
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ३ असार । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समावेश गरेको ‘भूमि बैंक’ लाई कृषि उत्पादन अभिवृद्धि गरी आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि परिचालन गर्ने गरी तयारी गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधिसभाको कृषि तथा प्राकृतिक स्रोत समितिको बसेको बैठकले जमिन हुनेले नहुनेलाई कृषि उपज उत्पादन गर्न दिने गरी एउटा खाका तयार पारेर एक महिना भित्र जानकारी दिन भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई निर्देशन दिएको छ । समितिका सभापति पूर्णाकुमारी सुवेदीले स्पष्ट कार्यविधि तयार पारी किसानको हातमा जमिन र काम गर्ने वातावरण बनाउन सरकारलाई निर्देशन दिइएको जानकारी दिनुभयो । कृषि उत्पादन बढाउन,…
झापा, ३ असार । कैलालीको लम्कीचुहा नगरपालिका–१ की ३१ वर्षीया युवती ६ महिनाअघि कामको खोजीमा भारतको बैङलोर पुगिन् । श्रीमान् कान्छी श्रीमती लिएर झन्डै ७ वर्षअघि भारत भासिएपछि दुई बच्चाको लालनपालन गर्न उनी पनि त्यतै गएकी हुन् । भाँडा माझ्ने काम कोरोना महामारीले रोकियो । झन्डै दुई महिनापछि उनी गैरीफन्टा नाका हुँदै जेठ २० गते लम्की पुगिन् । नाबालक छोराछोरी र नजिकै रहेका माइती भेट्ने रहर हुँदाहुँदै पनि उनी स्थानीय सरकारले बनाएको क्वारेन्टाइनमा बसिन् । सरकारले पहरा दिने भनिएको क्वारेन्टाइनमा शनिबार राति सामूहिक बलात्कारको सिकार भइन् । क्वारेन्टाइनका लागि निश्चित मापदण्ड छन् । सुरक्षा, स्वास्थ्यकर्मी, खानपान, नियमित रेखदेख । तर,…
पर्वत, ३ असार । चन्द्र शमशेरले १९७७ सालमा सती प्रथामा बन्देज लगाएपछि त्यस्ता घटना विरलै सुनिन्थे । तर, सोमबार पर्वतको मोदीवेणी घाटमा भएको घटनाले सती प्रथाकै झल्को दिइरहेको थियो । श्रीमान– श्रीमती एउटै चितामा जलिरहेका थिए । पहिरोले पुरिँदा ज्यान गुमाएका तुलबहादुर थापा र उनकी श्रीमती मीनकुमारीलाई एउटै चितामा राखेर दाहसंस्कार गरिएको हो । कुश्मा नगरपालिका–३ दुर्लुङको काउलेमा शनिबार राति पहिरोमा पुरिएर दुई परिवारका ८ जनाको मृत्यु भएको थियो । सँगै मर्ने र सँगै बाँच्ने वाचाकसम खाएर झन्डै चार दशकअघि विवाह गरेका थापा दम्पती अन्ततः एउटै चितामा जलेर खरानी बने । उनीहरूलाई १ छोरी, १ नातिनी र २ नातिहरूसँगै विनाशकारी…
झापा, ३ असार । लद्दाखमा भारत र चीनबीच तनाव चुलिँदै गएका बेला भारतीय सेनामा कार्यरत नेपाली सुनौली नाका हुँदै भारततर्फ जान थालेका छन् । रुपन्देहीको सीमावर्ती बेलहिया इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईश्वरी अधिकारीले भारतीय सेनामा कार्यरत नेपाली चार–पाँच दिनदेखि भारत गइरहेको बताए । भारततर्फ जानेको अभिलेख नराखिने भएकाले संख्या यकिन नभएको बताए । ‘दिनमा १२–१५ जना गइरहेका छन्,’ उनले भने, ‘उनीहरु लकडाउन हुनुपूर्व बिदामा घर आएका भारतीय सैनिक हुन् । बिदा सकिएपछि र लकडाउन केही खुकुलो भएपछि उनीहरु फर्किएको हुनुपर्छ ।’ लकडाउनका कारण भारतमा पनि यातायातका साधन सञ्चालन नभएकाले घर आएका भारतीय सैनिक फर्कन पाएका थिएनन् । भारत र…
झापा, ३ असार । सरकारले वृत्ति विकासमा प्रत्यक्ष प्रभाव पर्ने गरी विभेदपूर्ण कानुन ल्याउन लागेको भन्दै प्रशासन सेवाका उपसचिव र अधिकृतसहित ५ हजार कर्मचारीले भद्र आन्दोलन थालेका छन् । सरकारले हाल छुट्टाछुट्टै सेवा समूहमा रहेका शिक्षा, आर्थिक योजना तथा तथ्यांक सेवा र विविध सेवालाई प्रशासन सेवामा गाभ्ने गरी संघीय निजामती सेवा विधेयकमा नयाँ प्रस्ताव तयार पार्ने गृहकार्य अघि बढाएपछि उपसचिव र अधिकृतहरू आन्दोलित बनेका हुन् । आन्दोलनमा सहभागी हुनेमा उपसचिव १ हजार ६३ जना र शाखा अधिकृत ३ हजार ९ सय ३६ जना छन् । उनीहरूलाई प्रशासन सेवाका सहसचिव र अधिकांश सचिवको सहानुभूति रहेको छ । अधिकृतहरूले आन्दोलनको पहिलो चरणअन्तर्गत…
झापा, ३ असार । आर्थिक वर्ष २०७६–७७ को दस महिनामा विप्रेषण आप्रवाहमा ६.१ प्रतिशतले कमी आएको छ । नेपाल राष्ट्र बैङ्कले प्रकाशित गरेको आर्थिक वर्ष २०७६–७७ को दस महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १९.६ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.४ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ९.३ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या २।७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ३६.८ प्रतिशतले घटेको थियो । वैदेशिक…
भद्रपुर, २ असार । नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रियता र समृद्धिका लागि सरकारलाई पार्टीले अग्रमोर्चामा रहेर सहयोग गर्ने बताउनुभएको छ । झापाको चन्द्रगढीमा आज सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै प्रवक्ता शर्माले राष्ट्रियताको पक्ष र मुलुकको समृद्धिका कांग्रेसले जहिले सहयोग गर्ने बताउनुभयो । “संकटको सामना गर्न प्रतिपक्षले सरकारलाई सहयोग गरिरहेका बेला उल्टै भ्रष्टाचार र अनियमितता बढेको छ”, उहाँले भन्नुभयो, “जसका कारण कांग्रेस देशव्यापी विरोधमा उत्रिनु परेको छ ।” देश र जनताको रक्षा गर्नुपर्ने संकटका बेलामा सरकार भ्रष्टाचारमा लिप्त भएको उहाँको आरोप छ । सपना बाँढेर मात्र रोग र भोकबाट बच्न नसकिने प्रवक्ता शर्माको भनाइ थियो । सडकमा उत्रिएर युवाहरूले उठाएका माग…
हामीकहाँ एउटा घर किन्नुपर्यो भने कति पर्दछ रु सामान्य आम्दानी भएका मान्छेहरुले सहरमा घर किन्ने सपना नदेखे पनि हुने गरी मूल्य आकाशिएको छ । तर इटालीको एक गाउँमा अब जम्मा एक डलरमा एउटा घर पाइनेछ । आफूलाई कोरोना भाइरसमुक्त गाउँ घोषणा गरेको इटालीको सिंक्वेफ्रोन्डी गाउँले नयाँ बासिन्दाहरुलाई आकर्षित गर्नका लागि यस्तो अफरको घोषणा गरेको हो । गाउँमा बसोबास गर्न आउने नयाँ मानिसहरुलाई खाली रहेका घरहरु जम्मा १ डलर मूल्यमा उपलब्ध गराइनेछ । तर त्यसका लागि घर खरिद कर्ताले उक्त घरको मर्मत सम्भार तथा रङरोगन गर्ने प्रतिबद्धता जनाउनु पर्नेछ । इटालीको कालाब्रिया क्षेत्रमा रहेको सो गाउँमा पछिल्लो समय कुनै पनि कोरोना…
भद्रपुर, २ असार । नेपाली कांग्रेस झापाले १७ बुँदे माग समेटेर सरकारलाई ज्ञापनपत्र बुझाएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा नेतृत्व टोलीले झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामागर मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको हो । झापा काँग्रेसले कोभिड–१९ (कोरोना भाइरस) संक्रमणले देश आक्रान्त भएका बेला सरकारका मन्त्री तथा जिम्मेवार पदाधिकारी भ्रष्टाचारमा लिप्त भएको, अव्यवस्थित क्वारेन्टिन रोग संक्रमण र मृत्युको कारक बनिएको, झापामा करोडौं रकम भ्यु टावरका लागि छुट्याउने सरकारले कोरोना संक्रमणको केन्द्र बन्दै गएको झापाका लागि एउटा पिसिआर परीक्षण प्रयोगशाला र सुविधा सम्पन्न अस्पताल बनाउन वजेट नछुटाएको लगायत आरोप लगाउँदै झापामा सुविधा सम्पन्न कोरोना अस्पताल र पिसिआर परीक्षण…
पूर्णप्रसाद मिश्रकाठमाडौँ, २ असार । असार ७ गते आइतबार आषाढ कृष्ण औँसीका दिन खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले बिहान १०ः५० बजे स्पर्श गर्ने छ । मध्याह्न १२ः३८ बजे मध्य र अपराह्न २ः२३ बजे ग्रहणले मोक्ष प्राप्त गर्ने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो । तीन घण्टा ३३ मिनेटसम्म नेपालबाट ग्रहण देखिने उहाँले बताउनुभयो । शास्त्रीय मान्यता अनुसार असार ६ गते राति १०ः५० देखि बाल, वृद्ध र बिरामी बाहेक अरुलाई भोजन निषेध गरिएको छ । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधना लगायत कर्म गर्न शुभ मानिन्छ ।…