झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

भद्रपुर, २६ जेठ । सरकारले मेची–महाकाली विद्युतीय रेलमार्गका लागि पूर्वबाट जग्गा अधिग्रहण प्रक्रिया शुरु गरेको छ । पहिलो चरणमा रेलमार्ग निर्माण हुने भनिएको १०६ किलोमिटर लामो काँकडभिट्टा–इनरुवा खण्डका लागि झापा, मोरड र सुनसरी जिल्लाभित्रका लगभग चार हजार कित्ता जग्गाको अधिग्रहण प्रक्रिया शुरु भएको हो । सरकारले रेलमार्गले ओगट्ने ६७३ बिघा १८ कठ्ठा जग्गा अधिग्रहण गर्नेछ । झापामा ३०३ बिघा, मोरङमा २३० बिघा र सुनसरीमा १४० बिघा १८ कठ्ठा जग्गा अधिग्रहण हुनेछ । झापा जिल्ला प्रशासन कार्यालयले यही जेठ २४ गते सार्वजनिक सूचना प्रकाशित गरी अधिग्रहण प्रक्रिया शुरु भएको जानकारी दिएको छ । झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले ३५ दिनभित्र…

Read More

झापा, २६ जेठ । झापाको हल्दीवारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । हल्दीवारी स्वास्थ्य चौकीको भवनमा रहेको क्वारेन्टाइनमा राखिएका दुई जना पुरुषमा सोमवार कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु दुबैजना भारतबाट आएका हुन् । गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङदेनले क्वारेन्टाइनमा राखिएका दुई जनामा संक्रमण भएको पुष्टि गर्दै उनीहरुलाई धरान वा विराटनगर पठाउने तयारी भइरहेको बताए । संक्रमितमध्ये एकजना मात्रै हल्दीवारीका स्थानीय बासिन्दा हुन् । अर्का संक्रमित पाँचथरको लालीखर्कका भएको गाउँपालिकाले जनाएको छ । यसअघि आइतवार झापाको अर्जुनधाराका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । आज हल्दिबारीमा कोरोना संक्रमित भेटिएसँगै जिल्लाका ११ स्थानीय तहमा कोरोना देखिएको छ । बिर्तामोड,…

Read More

झापा, २६ जेठ । कोभिड–१९ सङ्क्रमणबाट आज एक जनाको निधन भएको छ । स्याङ्जा वालिङ नगरपालिका–३ घर भएका ५८ वर्षका पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । उहाँको मृत्यु भएसँगै अहिलेसम्म १४ जना कोभिड–१९ को कारणले मृत्यु भएका छन् । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा क्रममा ३१४ जनामा सङ्क्रमण देखिएको छ । तीमध्ये २९४ जना पुरुष र २० जना महिला रहेका छन् । आज देखिएका सङ्क्रमितसँगै जम्मा सङ्क्रमितको सङ्ख्या तीन हजार ७६२ जना रहेको छ । यसमा पुरुषको सङ्ख्या तीन हजार ५०६ र महिला २५६ रहेका…

Read More

झापा, २६ जेठ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले नेपालका केही भूभाग भारत सरकारसँग द्विपक्षीय वार्ता र कूटनीतिक प्रयासबाट फिर्ता ल्याइने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७७÷०७८ को बजेटमा मन्त्रालयबारे उठेका प्रश्नको जवाफमा उहाँले सिमानासम्बन्धी समस्या समाधान गर्न दुवै देशका प्राविधिक सम्मिलित संयुक्त सीमा कार्य समूहले काम गरिरहेको जनाउँदै द्विपक्षीय वार्ता र कूटनीतिक प्रयासमार्फत समस्या समाधान गरिने बताउनुभयो । राष्ट्रको सार्वभौमसत्ता र अखण्डता अक्षुण्ण राख्न देशको सिमानाको स्पष्ट अभिलेख महत्वपूर्ण हुन्छ, सोका लागि देशको सम्पूर्ण भूभाग स्पष्टसँग देखिने नक्शा प्रकाशन गरी प्रचलनमा ल्याउन अत्यन्त आवश्यक छ”, मन्त्री अर्यालले भन्नुभयो, “विगतमा नेपालको नक्शामा छुट्याइएका गुञ्जी,…

Read More

बिर्तामोड, २६ जेठ । झापाका १० वटा स्थानीय तहमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । हालसम्म जिल्लाका १५ वटा स्थानीय तहमध्ये १० स्थानीय तहका १३८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाका महामारी कार्यक्रम संयोजक जीवन चम्लागाईंले जानकारी दिनुभयो । मेचीनगर, बिर्तामोड, कनकाई, शिवसताक्षी र हल्दिबारीमा संक्रमण देखिएको छैन । झापामा सबैभन्दा बढी दक्षिणी झापाको सीमावर्ती गाउँपालिका कचनकवलमा ११३ जनामा कोरोना संक्रमण देखिएको छ । भद्रपुरमा तीन जना, अर्जुनधारामा दुई जना, गौरादहमा तीन जना, दमकमा एक जना, झापा गापामा एक जना, बाह्रदशीमा चार जना, बुद्धशान्तिमा पाँच जना, कमलमा एक जना र गौरीगञ्जमा पाँच जनामा कोरोना संक्रमण देखिएको संयोजक चम्लागाईंले…

Read More

सञ्चिता घिमिरेझापा, २६ जेठ । सरकारले अवस्था हेरेर बन्दाबन्दीको स्वरुपमा परिवर्तन गर्ने तयारी गरिरहँदा सार्वजनिक यातायातलाई पनि कसरी सञ्चालन गर्न सकिन्छ भनी छलफल शुरु भएको छ । बन्दाबन्दीको झण्डै साढे दुई महिना ठप्प भएका सार्वजनिक यातायात सेवालाई पुनः सञ्चालन गर्न यातायात व्यवस्था विभागले सरोकारवाला निकायसँग छलफल थालेको हो । विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ जोखिम कम गर्दै यातायात सञ्चालनसम्बन्धी कार्यविधि बनाएर विभागले यसमा छलफल शुरु गरेको छ । सरकारले रेड, ग्रिन र एल्लो जोन निर्धारण गरेर बन्दाबन्दीको स्वरुप परिवर्तन गर्न सकिने विषयमा छलफल गरिरहेको छ । जो’खिम कम भएका स्थानमा सार्वजनिक यातायात सञ्चालनका विषयमा छलफल थालिएको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताउनुभयो ।…

Read More

झापा, २६ जेठ । मोरङको सुन्दरहरैँचाको कोरोना उपचार केन्द्रमा अनलाइन प्रणालीबाट सङ्क्रमितको भर्ना गरिने भएको छ । प्रदेश नं १ सरकारले सञ्चालनमा ल्याएको पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेजस्थित कोरोना उपचार केन्द्रमा सङ्क्रमितको भर्ना अनलाइन प्रणालीबाट गरिने सामाजिक विकासमन्त्री जीवन घिमिरेले जानकारी दिनुभयो । सङ्क्रमित अस्पतालमा आएर भर्ना हुन समय लाग्ने भएकाले अनलाइनबाट बेड ‘बुक’ गर्नसक्ने प्रबन्ध गरिएको मन्त्री घिमिरेले बताउनुभयो । उहाँका अनुसार सङ्क्रमितले बेड बुक गरेपछि बेड नं र सङ्क्रमितको ‘लोकेसन’का आधारमा भर्ना गरिने व्यवस्था गरिएको छ भने सङ्क्रमण देखिएको स्थानबाट एम्बुलेन्सले अस्पताल ल्याएर छाड्ने र सोझै बेडमा पुग्ने व्यवस्था मिलाइएको छ । अनलाइन भर्नाका लागि नेपाली सेना, पूर्वाञ्चल विश्वविद्यालय…

Read More

झापा, २६ जेठ । कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ६ हजार २०७ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ७० लाख ९२ हजार ९१९ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्वारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ । नेपाली समयानुसार सोमबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ३४ लाख ६२ हजार १८५ जना निको भएका छन्।। हाल विश्वभरमा कोरोना भाइरस संक्रमित ३२ लाख २४ हजार ५२७ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५३ हजार ७४७ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट…

Read More

भद्रपुर, २६ जेठ । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) प्रदेश १ को बृहद अन्र्तक्रियात्मक भेलामा सहभागी अधिकाम्सले सरकार निजी विदालयका शिक्षक कर्मचारीको पक्षमा नरहेको तथा नीति र सिद्धान्तको पालना नभएकै कारण निजी विद्यालयमा समस्या उत्पन्न भएको धारणा राखेका छन् । बन्दाबन्दीमा परेका शिक्षक कर्मचारीको पक्षमा सरकार नउभिँदा गएको शैक्षिक वर्षमा शिक्षक कर्मचारीलाई दिनु पर्ने तलव अधिकाम्स विद्यालयले अहिलेसम्म नदिँदा शिक्षक कर्मचारी भोकमरीमा परेको प्रति प्याब्सनको जिल्ला तथा स्थानीय समितिले केन्द्रीय नीति र सिद्धान्त विपरितको कार्य गरेको ठहर सहभागीले गरेका हुन् । प्रदेश नम्बर १ मा सञ्चालित एक हजार ३ सय विद्यालय मध्ये ९० प्रतिशत हाराहारी विद्यालयले गएको शैक्षिक वर्षको चैत्र…

Read More

दीपक चापागाईंऐ झरी तिमी न आइदेउन घरिघरि ऐसरीउनको याद किन आउँछ मलाई सारै बेसरी । काला गोरा सबै राम्रा जवानीले छोई दिएपछिपलासका फुल पनि हुँदारहेछन रस सरी । अधेरीमा चम्किऐका आकाशका तारा टिप भन्यौटिप्न सकेन भनी छोडी नजाउ मलाई त्यसरी । मुटुभित्र कोरिएको तिम्रो मायाको आकृतिलाईभुल्नलाई मुटु झिकी मिल्काई दिउ अब कसरी । तिम्रो मूर्खताको अगाडि मेरो विद्वताको के अर्थ ?भैगो म हारिदिउला तिम्रो नै जित भयो ल सरी ।

Read More