
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
सुरुङ्गा, २५ जेठ । झापामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि जनस्तरबाट स्थानीय तहलाई स्वास्थ्य सामग्री प्रदान गर्न शुरु गरिएको छ । ‘एकका लागि एक’ अभियान, मेची अभियान र अन्तर्राष्ट्रिय झापाली समाजले जिल्लाका १५ स्थानीय तहलाई कोरोना परीक्षणका लागि भिटिएम किट (भाइरल ट्रान्सपोर्ट मिडिया), व्यक्तिगत सुरक्षा कवच (पिपिइ), स्यानिटाइजर र एन–९५ मास्कलगायतका स्वास्थ्य सामग्री उपलब्ध गराइएको हो । सो अभियानसँगको सहकार्यमा अन्तर्राष्ट्रिय झापाली समाजले सबै स्थानीय तहलाई एक हजार ५०० भिटिएम किट उपलब्ध गारएको छ भने मेची अभियानले छ पालिकालाई भिटिएम किटसहित पिपिइ, स्यानिटाइजर र एन–९५ मास्क उपलब्ध गराएको छ । सो समाजका उपाध्यक्ष नवीन पोखरेलले सो अभियानसँग सहकार्य गर्दै सबै स्थानीय…
झापा, २५ जेठ । कोरोना भाइरस कोभिड(१९ बाट आज शनिबार थप २२३ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब नेपालमा कुल संक्रमितको संख्या ३ हजार ४४८ पुगेको छ । संक्रमित हुनेमा झापाका २ जना, सुनसरीका २ जना, मोरङका ३ जना, धादिङका १ जना, रौटहटका १ जना, धनुषाका १ जना, सिरहाका २ जना, कालिकोटका ३ जना, दाङका २ जना, प्युठानका १ जना, रोल्पाका १ जना, कपिलवस्तुका १ जना, दैलेखका ३ जना, सल्यानका २८ जना, सुर्खेतका २० जना, सर्लाहीका ५७ जना, कपिलवस्तुका ९ जना, महोत्तरीका ५ जना, सर्लाहीका १८ जना, सिन्धुपाल्चोकका १ जना र उदयपुरका ३ जना…
खोटाङ, २५ जेठ । खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छामा खुकुरी प्रहारबाट १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । आज बिहान पौने ९ बजेको समयमा स्थानीय ३६ बर्षीय शुभराज राईले सोही स्थान बस्ने ६५ बर्षीय डिल्लीराज राई र निजकै श्रीमती ६२ बर्षीया सममाया राईलाई धारिलो हतियार खुकुरीले प्रहार गरी घाइते बनाएको भन्ने खबर प्राप्त भएसंगै प्रहरी चौकी खार्ताम्छाबाट खटिएको प्रहरी टोलीले दुबै जनालाई घाइते अवस्थामा फेला पारेको थियो । घाइते दुबै जनालाई उपचारको लागी हेलिकोप्टरद्वारा काठमाण्डौ पठाउने तयारी हुँदै गर्दा डिल्लीराज राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । घाइते सममायालाई कैलाश एयरको हेलिकोप्टरद्धारा काठमाण्डौ…
निर्मात्री एकता कपुरले निर्माण गरेको वेव सिरिज ‘एक्सएक्सएक्स अनसेन्सर्ड २’ यतिबेला विवादमा फसेको छ । यो वेव सिरिजको एक भागमा देखाइएको दृश्यले भारतीय सेनाको अपमान गरेको भन्दै निर्माण कम्पनीविरुद्ध उजुरी परेको छ । हिन्दुस्तान भाउ नामक संस्थाले मुम्बई प्रहरीमा उजुरी दर्ता गरेपछि एकता कपुरको नाममा अल्टिमेटम पत्र समेत पठाएको छ । जसमा, उनले माफी माग्नुपर्ने र भारत सरकारलाई एक सय करोड जरिवाना पनि तिर्नुपर्ने बताइएको छ । प्रशारित भाग हटाउनुपर्ने, भारतीय सेनासँग माफी माग्नुपर्ने र जरिवाना स्वरुप भारत सरकारको खातामा सय करोड दिनुपर्ने माग गरेसँगै एकता तनावमा परेकी छिन् । यदि, अल्टिमेटमलाई वेवास्ता गरेको खण्डमा सर्वोच्च अदालतमा उजुरी दिने र…
आफ्ना छिमेकीका १२६ जोर जुत्ता चप्पल चोरेको आरोपमा थाइल्याण्डमा एकजना युवक पक्राउ परेका छन् । थाइल्याण्डको नन्थाबुरीमा बस्ने २४ वर्षका थीरापत क्लाइयाको घरबाट प्रहरीले १२६ जोर पुराना जुत्ता चप्पल बरामद गरेको छ । ती छिमेकीहरुका त्यतिधेरै पुराना जुत्ता चप्पल चोरेर आफ्नो घरमा थुपार्नुको कारण के होला ? उनले सेकेण्ड ह्याण्ड जुत्ता चप्पल चोरी बजारमा बेचेर पैसा कमाउनका लागि त्यसो गरेका होइनन् । ती युवकले पुलिसलाई बताए अनुसार उनले यौनसम्पर्क गर्नका लागि जुत्ताचप्पल चोरेका हुन् । चप्पल चोरी भएको एक घरको सिसिटिभी फुटेजका आधारमा प्रहरीले युवकको घरमा छापा मार्दा ठूलो परिमाणमा जुत्ता चप्पल फेला परेपछि अनौठो तथ्यको खुलासा भएको हो ।…
बिर्तामोड, २५ जेठ । कोरोनाका कारण भएको लक डाउनले कामविहीन भएका मजदुरलाई नयाँ चाहना समूहले राहत वितरण गरेको छ । समूहले विपन्न समुदायका करिव २ सय परिवारलाई आइतबार बिर्तामोडमा राहत वितरण गरेको हो । समुहले बिर्तामोड क्षेत्रभित्रका दैनिक ज्यालादारी काम गरी जीविका चलाउँदै आएका विपन्न परिवारलाई राहत सामग्री प्रदान गरेको समूहका सचिव मदन राईले जानकारी दिए । नागरिकताविहीन र स्थानीय तहले दुई पटकसम्म वितरण गरेको राहतबाट बञ्चितहरुलाई समुहले सहयोग गरेको उनले बताए । ‘लकडाउन तत्काल खुल्ने स्थिति देखिंदैन’, राईले भने, ‘वडामा पहुँच नपुग्ने, बोल्न नसक्ने बास्तविक पीडित राहतबाट बञ्चित भएकाले त्यस्ताको पहिचान गरी समूहले आफ्ना स्थानीय साथीभाई र दाताहरुबाट सहयोग जुटाएर…
झापा, २५ जेठ । प्रदेश १ मा कोरोना मु्क्त हुनेको संख्या ९० पुगेको छ । शनिबार १२ जना डिस्चार्ज भएसँगै निको हुनेको संख्या ९० पुगेको हो । शनिबार राति झापाका १८ देखि ५८ वर्ष उमेर समूहका १२ जना डिस्चार्ज भएका हुन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत १२ जनाको दुई पटक गरिएको पीसीआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि डिस्चार्ज गरिएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिए । अस्पतालमा अब ८३ जना उपचारत छन् । शनिबार सात जना थपिएपछि प्रदेश १ मा संक्रमितको संख्या २४७ जना पुगेको छ । तीमध्ये ९० जना उपचारपछि घर…
नयाँदिल्ली, २५ जेठ । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको दैनिक संख्या बढ्दै गइरहेको छ । सरकारी अधिकारीहरुले आइतबार सार्वजनिक गरेको विवरण अनुसार एकैदिनमा झण्डै दश हजार जना सङ्क्रमित भेटिएका छन् । सङ्क्रमितहरुको यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै रहेको जनाइएको छ । त्यसैगरी गएको २४ घण्टामा कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको संख्या पनि २८७ रहेको अधिकारीहरुले जनाएका छन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले हरेक दिन सार्वजनिक गर्ने विवरणमा पछिल्लो विवरणमा नै सबैभन्दा धेरै सङ्क्रमित देखिएका हुन् । भारतमा अहिलेसम्म कुल सङ्क्रमितको संख्या दुई लाख ४६ हजार ६२८ पुगेको छ । कुल सङ्क्रमितमध्ये एक लाख २० हजार ४०६ जना अझै पनि…
झापा, २५ जेठ । केही दिन यतादेखि न्यून चापीय प्रणालीबाट प्रभावित मौसम आजदेखि सुधार हुँदै जाने भएको छ । सो प्रणाली पश्चिमी भूभागबाट बाहिरिने क्रम शुरु भएकाले क्रमशः सुधार हुँदै जाने मौसमविद् मीनकुमार आर्यालले जानकारी दिनुभयो । हाल देशको प्रदेश नं ५, कर्णाली , गण्डकी , वाग्मती प्रदेश, प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा सामान्य बदली रही प्रदेश नं १ तथा प्रदेश ५ र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो देशका धेरैजसो स्थानमा सामान्य बदली भई प्रदेश नं १, वाग्मती, गण्डकी प्रदेश तथा प्रदेश नं ५ का थोरै स्थानका साथै कर्णाली तथा…
झापा, २५ जेठ । कोरोना भाइरस महामारीसंगै देश लकडाउनमा गएपछि बन्द भएको सुनचाँदी ब्यबसाय सुरु भएको छ । बन्द रहेको सुनचाँदीको कारोबार ७५ दिनपछि आज आइतबारदेखि खुलेको हो । आज सुनको भाउ तोलाको ८७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो भाउ तोलामै एकैपटक १० हजार ४०० रुपैयाँको बढोत्तरी हो। लकडाउन हुनु अगाडी गत वर्ष चैत १० गते छापावाल सुनको भाउ प्रतितोला ७७ हजार रुपैयाँ रहेको थियो। लकडाउन भएसँगै नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदीको दरभाउ वितरण समेत स्थगित गरेको थियो । कोरोना महामारी पछी अन्तर्राष्ट्रिय बजारमा पछिल्लो समय सुनको भाउमा उछालको अवस्था देखिएको…