
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २५ जेठ । सत्तासीन दल नेकपामा नेताहरूले पार्टी स्थायी समिति बैठक माग गरेर थाकेका छैनन। उनीहरूले लगातार माग गरेकै डेढ महिना भयो। स्थायी समितिका २० जना नेताले गत वैशाखमै पार्टी बैठक बोलाउन माग गरी अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाललाई लिखित पत्र बुझाएका थिए । ४५ सदस्यीय स्थायी समितिका २० सदस्य अर्थात् (झण्डै ४५ प्रतिशत) नेताले स्थायी समिति बैठक बोलाउन माग गत वैशाख १० मै गरेका थिए। त्यसयता वैशाख २५ र ३१ गतेका लागि स्थायी समितिको बैठक मिति त तोकियो, तर बैठक बसेन। विधानत तीन महिनामा स्थायी समिति बैठक बस्ने नियमित प्रक्रिया पनि हो। न सदस्यहरूले माग गरे…
झापा, २५ जेठ । कोरोना महामारीको रोकथामको निमित्त जारी लकडाउनको समय लम्बिदै जादा जनजीवन प्रभावित बनेको भन्दै चौतर्फी खुकुलो बनाउनु पर्ने माग आइरहेको छ । त्यसैले अब भने सरकारले लकडाउनलाई खुकुलो बनाउदै लैजाने तयारी थालेको छ । कोरोना भाइरस कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले लकडाउनलाई सहज बनाउँदै लैजाने विषयमा तयार गरेको मस्यौदामाथि छलफल गरेको छ । लकडाउन खुकुलो बनाउन तीन फरक मोडालिटीलाई अन्तिम रूप दिएको छ । यसमा अत्यन्त आवश्यक कुरालाई सबैभन्दा पहिला र त्यसपछि अन्यलाई हरेक दुई सातामा परिवर्तन गर्दै जाने उल्लेख छ । त्यसैगरी सिंहदरबारमा शनिबार बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले पनि यस विषयमा…
बिर्तामोड, २५ जेठ । सामाजिक अभियन्ता तथा सहारा नेपाल साकोस चारपानेका प्रमुख कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीलाई पितृशोक परेको छ । गिरीका बुवा बमबहादुर गिरीको ८९ वर्षको उमेरमा बिर्तामोड २ चारपाने निजी निवासमा शनिबार अपराह्न ५ बजे निधन भएको हो । सामाजिक तथा धार्मिक क्रियाकलापमा सक्रिय गिरीको श्रीमती बशुन्धरा गिरीको २०६६ सालमा निधन भइसकेको छ । स्व।गिरीको दुई छोरा, दुई छोरी, चार नाती, चार नातीनी रहेका छन् । उनका छोरा –वुहारीहरुमा महेन्द्रकुमार–ज्योती गिरी र राजु –मिनादेवी गिरी रहेका छन् । त्यस्तै छोरी –ज्वाईंहरुमा निर्मला – लोकवहादुर भारती र मिना – ध्यानवहादुर भारती रहेका छन् । छोराहरु मध्ये महेन्द्रकुमार गिरी सहारा नेपालका…
बिर्तामोड, २५ जेठ । झापाको बिर्तामोडमा रहेको पूर्ण टुङ्ग बिर्तासिटी हस्पिटलमा गरिएको आरडीटी परीक्षण गर्दा पोजेटिभ आएका तीन जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । हस्पिटलका कार्यकारी निर्देशक आनन्दकुमार बस्नेतका अनुसार ३ जनाको आरडीटी पोजिटीभ देखिएपछि पीसीआर परीक्षणको लागि पठाइएको थियो । तर, तिनै जनको पीसीआर नेगेटिभ आइसकेको छ । सरकारले निजी अस्पतालले समेत कोरोना परीक्षण गर्न सक्ने भनेपछि बिर्तासिटीले किट ल्याएर आरडिटी परीक्षण शुरु गरेको थियो । तर केहि ब्यक्तिले गलत हल्ला फैल्यिाएपछि अहिले परीक्षणको काम बन्द गरिएको कार्यकारी निर्देशक बस्नेतले जानकारी दिए । स्थानीय नागरिकमा फैलिएको डर त्रासका कारण परीक्षण गर्न सकिने अवस्था नरहेको भन्दै कार्यकारी निर्देशक बस्नेतले…
भद्रपुर, २५ जेठ । झापा भद्रपुर नगरपालिका–९ का कृषक ५५ वर्षपछि सपना पूरा हुने भएको छ । यहाँका कृषकले वि.सं. २०२२ सालअघि देखेको सिँचाइ नहर निर्माणको सपना अब पूरा हुने भएको हो । ‘बाइस सालदेखि कुलो निर्माणका लागि माग गर्दै आएका थियौँ’, स्थानीय कृषक विष्णुप्रसाद शिवाकोटीले भन्नुभयो, ‘५५ वर्षपछि किसानको सपना पूरा हुने भएको छ ।’ भद्रपुर–९ (साविक चन्द्रगढी गाविस–३, ४, ५ र ९) को ४१० हेक्टर जमिनमा सिचाई पुग्ने गरी पहिलो चरणमा काम सम्पन्न भएको छ । पहिडिया कृषक कुलो जल उपभोक्ता संस्थामार्फत् रू ४९ लाख ३३ हजारको लागतमा पक्की कुलो निर्माण कार्य सम्पन्न भएको संस्थाका अध्यक्ष होमनारायण प्रधानले…
लक्ष्मीपुर, २४ जेठ । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लक्ष्मीपुर सेवा केन्द्रले व्यावसायिक बाख्रापालक ३५ जना सदस्यलाई निःशुल्क घाँसको बिउ उपलब्ध गराएको छ । शनिबार लक्ष्मीपुरमा बाख्रापालक कृषकलाई दुई केजीका दरले ‘टियोसेन्टी’ घाँसको बिउ उपलब्ध गराइएको हो । लक्ष्मीपुर सेवा केन्द्र सहयोग समिति सदस्य टोमकुमारी ओझाको अध्यक्षतामा बिउ वितरण भएको थियो । संस्थाका पशुचिकित्सक कमलेश्वर भाटले वर्षायाममा उत्पादन गर्ने घाँसका विषयमा जानकारी दिएका थिए । उनले बाख्रामा लाग्ने रोग र रोकथामका उपाय समेत बताएका थिए । उनले संस्थाले झापाका २० वटा सेवा केन्द्रमार्फत करिव ४ सय जनालाई सुडान दुईसय केजी र टियोसेन्टी छ सय केजी गरी आठ सय…
काठमाडौं, २४ जेठ । आज कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको पुष्टि भएको छ । डोल्पामा गत जेठ २१ गते राति निधन भएका ५८ वर्षीय पुरुषको मृत्यु भएका उनको कोरोना पोजिटिभ आएको छ । त्यस्तै सेतीमा गरिएको परिक्षणमा धनगडीकि ५५ वर्षीय महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । उनको जेठ २३ गते मृत्यु भएको हो । त्यस्तै कोरोना भाइरस कोभिड(१९ बाट आज शनिबार थप ३२३ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब नेपालमा कुल संक्रमितको संख्या ३ हजार २३५ पुगेको छ । संक्रमितहरुमा बिराटनगरमा गरिएको परिक्षणमा ६ जना, कोशी अस्पतालमा गरिएको परिक्षणमा १…
झापा, २४ जेठ । कोरोना भाइरस कोभिड–१९ बाट आज शनिबार थप ३२३ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब नेपालमा कुल संक्रमितको संख्या ३ हजार २३५ पुगेको छ । संक्रमितहरुमा बिराटनगरमा गरिएको परिक्षणमा ६ जना, कोशी अस्पतालमा गरिएको परिक्षणमा १ जना, भरतपुर अस्पतालमा गरिएको परिक्षणमा ३ जना, भेरी अस्पतालमा गरिएको परिक्षणमा ४० जनामा संक्रमण भेटिएको छ । त्यसैगरी पोखरामा गरिएको परिक्षणमा १४ जना, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परिक्षणमा ८ जना, सेती अस्पतालमा गरिएको परिक्षणमा १३ जना, कर्णालीमा गरिएको परिक्षणमा ४४ जना, सुर्खेतमा गरिएको परिक्षणमा ५७ जना, रुपन्देहीमा गरिएको परिक्षणमा १७ जना, राष्ट्रिय…
झापा, २४ जेठ । कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ९८ हजार २६० पुगेको छ भने संक्रमितको संख्या ६८ लाख ५१ हजार ७१७ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) आफ्नो दैनिक विज्ञप्तिमा जानकारी दिएको छ । नेपाली समयानुसार शनिबार मध्याह्नसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसको कारण बिरामी भएका ३३ लाख ५१ हजार ४०६ जना निको भएका छन्। । हाल विश्वभरीमा कोरोना भाइरस संक्रमित ३१ लाख २ हजार ५१ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५३ हजार ६१८ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको उहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यमा शुरु भएको कोरोना भाइरस…
इलाम, २४ जेठ । कोरोना भाइरसका कारण न्यून आय भएका र मजदुरलाई राहात गर्दै आएको इलामको माईजोगमाई गाउँपालिकाले श्रममा आधारित राहत कार्यक्रम शुरु गरेको छ । जनतालाई भोकै हुन नदिने र गाउँमा विकास निर्माणका कामलाई नियमित बनाउन श्रममा आधारित राहात कार्यक्रम शुरु गरेको गाउँपालिका अध्यक्ष जितबहादुर राईले बताउनुभयो । श्रममा आधारित राहात कार्यक्रम लागू गरी माईजोगमाई गाउँपालिकाले विकास निर्माणको काम शुरु गरेको हो । कारोना रोगको सङ्क्रमणका कारण दैनिक ज्यालादारी गर्ने र रोजगारी गुमाएर घर फर्किएका युवाले राहत पाएपछि अनिवार्य श्रम गर्नुपर्ने निर्णय भएको छ । युवालाई गाउँमै रोजगारी दिन दैनिक उपभोग्य सामग्री प्रदानसँगै अनिवार्य श्रम गर्नुपर्ने निर्णय गरी विकास…