
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २३ जेठ । लिम्पियाधुरा र कालापानी मात्र होइन, पूर्वी नेपालको सीमावर्ती झापाका विभिन्न ठाउँमा एक सय ७४ हेक्टर जमिन भारतले मिचेको पाइएको छ । मिचिएको स्थानमा झापाका पाठामारी, मेचीखोला पारिको गाउँ, महेशपुर, मेचीपुल, भद्रपुर गलगलिया सीमा क्षेत्र, काँकडभिट्टा, बारिसजोत, मदनजोत, नकलाबन्दा, बाहुनडाँगीलगायत ठाउँ रहेको सीमाविद् डा राजकुमार पोखरेल बताउँछन्। झापामा मात्रै नौ सय ८८ वटा पिलर छन् । पूर्वका सीमाविद् डा। पोखरेलका अनुसार २०२२ सालमा नेपाल सरकारले झापाका वासिन्दाले जग्गा नापजाँच गरेर धनीपुर्जा दिएको हो । ०४५ सालदेखि नेपालको भूमिमा भारतीयले हस्तक्षेप गर्न थालेका हुन् । ‘मेची नदीले धार परिवर्तन गरेसँगै सीमा क्षेत्रका जनताको जमिन पनि परिवर्तन भए ।…
भद्रपुर, २२ जेठ । कोभिड–१९ को सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि झापाको कचनकबल गाउँपालिकामा नेपाली सेना परिचालन गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयमा आज बसेको जिल्ला कोभिड स’ङ्कट व्यवस्थापन समितिको बैठकले सबैभन्दा बढी कोरोना सङ्क्रमित भएको सो गाउँपालिकामा नेपाली सेना परिचालनको निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाको अध्यक्षतामा सम्पन्न सो बैठकको निर्णयको ३ नं बुँदा क्वारेन्टिनको सञ्चालन र व्यवस्थापन कार्यमा थप सहयोगका लागि नेपाली सेनाको अस्थायी पोस्ट तैनाथ गरिने उल्लेख छ । हाल सो गाउँपालिकामा १०३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भइसकेको छ ।
झापा, २२ जेठ । कोरोना भाइरस सङ्क्रमण भएका अधिकांश सङ्क्रमितलाई भाइरसको लक्षण नदेखिएको पाइएको छ । सङ्क्रमितलाई रुखाघोकी, ज्वरो, श्वास फेर्न गाह्रो, स्वाद थाहा नपाउने, थकाइ लाग्नेजस्ता लक्षण देखिनुपर्नेमा त्यसो पाइएको पाइएको र्छैन । इमिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले यहाँ देखिएका ९५ प्रतिशत सङ्क्रमितमा कोभिड–१९ को लक्षण नदेखिएको बताउनुभयो । संसारमा भने ८० प्रतिशत सङ्क्रमितमा पनि लक्षण देखिएको छैन । उहाँले कोभिड–१९ परीक्षणका क्रममा ती बिरामीमा सङ्क्रमण देखिए पनि सङ्क्रमतिको अवस्था भने सामान्य मानिस सरहको छ । लक्षण नदेखिनुमा परीक्षण ढिलो, नेपालमा प्रवेश गरेको भाइरस कडा खालको नहुने र नेपालीमा प्रतिरोधात्मक क्षमता बढीजस्ता कारणले लक्षण…
काठमाडौँ, २२ जेठ । कोरोना भाइरस कोभिड–१९ बाट आज थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । पाल्पाको पुर्व खोलाका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । उनी पाच दिन अगाडी मात्र भारतबाट आएका थिए ।उनको पाल्पाको मिसन अस्पतालमा उपचारको क्रममा जेठ २० गते भएको थियो उनको स्वाब परिक्षण गर्दा कोरोना पोजिटिभ आएको हो । यो संगै नेपालमा मृतकको संख्या १० जना पुगेको छ । त्यस्तै आज एकै दिन अहिले सम्म कै सबै भन्दा धेरै थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएका संक्रमितहरु ३१९ पुरुष जना र महिला १५ जना रहेका छन । स्वास्थ्य तथा…
झापा, २२ जेठ । कोरोना भाइरस कोभिड–१९ बाट आज थप ३३४ जनामा संक्रमण पुष्टि भएको छ । आज थपिएका संक्रमितहरु ३१९ पुरुष जना र महिला १५ जना रहेका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको पुष्टि गरेको हो । संक्रमितहरुमा बिराटनगरमा गरिएको परिक्षणमा १ जना, नारायणी अस्पताल बिरगंजमा गरिएको परिक्षणमा १ जना, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा १८ जना, हेटौडामा गरिएको परिक्षणमा ९ जना, पोखरामा गरिएको परिक्षणमा १६ जना, सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा ३ जना, भेरी अस्पतालमा गरिएको परिक्षणमा ४२ जना जनामा संक्रमण भेटिएको छ । त्यस्तै धुलिखेल अस्पतालमा गरिएको परिक्षणमा १७ जना, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा…
झापा, २२ जेठ । चक्रवात ‘निसर्ग’ को प्रभावले आगामी तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना देखिएको छ । अरब सागरको दक्षिणपूर्वी भूभागमा बुधबारदेखि विकसित भएको ‘निसर्ग’ चक्रवातको अप्रत्यक्ष प्रभाव नेपालमा पनि पर्ने मौसमविद् शान्ति कँडेलले बताउनुभयो । उक्त चक्रवातको असर नेपालमा शुक्रबार र शनिबार बढी पर्ने बताइएको छ । “नेपालको अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षा गराउनुको साथै उच्च पहाडी तथा हिमाली भूभागमा यसले हिमपात गराउने सम्भावना छ”, मौसमविद् कँडेलले भन्नुभयो । भारतमा बुधबारदेखि प्रवेश गरेको निसर्ग चक्रवातको प्रभाव अमपुनको तुलनामा नेपालमा बढी देखिने मौसमविद्को अनुमान छ । निसर्ग चक्रवात हाल भारतको अलिवाग नजिकै मुम्बइबाट ७५ किमी र पुणेबाट ६५ किमी…
झापा, २२ जेठ । कोरोना भाइरस ९कोभिड १९० बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ८८ हजार ४१ पुगेको छ भने, संक्रमितको संख्या ६५ लाख ७३ हजार ५६८ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) आफ्नो दैनिक विज्ञप्तिमा जानकारी दिएको छ । नेपाली समयानुसार बिहीबार बिहानसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसको कारण बिरामी भएका ३१ लाख ७० हजार ५३२ जना निको भएका छन् । हाल विश्वभरीमा कोरोना भाइरस संक्रमित ३० लाख १४ हजार ९९४ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५४ हजार २०० जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको उहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यमा शुरु भएको कोरोना…
मोरङ, २२ जेठ । मोरङको बिराटनगर महानगरपालिका–१७ का २८ बर्षीय सोहिल मियालाई गाई काटेको आरोपमा पक्राउ गरिएको छ । आज बिहान ७ बजेको समयमा स्थानीय सौरभ मियाको घरमा गाई काटिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले १० केजी मासु सहित मियालाई पक्राउ गरेको हो । घटनामा संग्लग्न रहेका अन्य दुई जना तत्काल फरार रहेकोले खोजतलास भईरहेको तथा पक्राउ परेका मियाको सम्बम्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
धरान, २२ जेठ । सुनसरीको धरान उपमहानगरपालिका–१५ सिद्धकाली चोकमा रहेको नरबहादुर श्रेष्ठको घरमा आगलागी हुँदा २ जनाको मृत्यु भएको छ । आज बिहान सवा ८ बजे अचानक आगलागी हुँदा ८७ बर्षीया धनमाया श्रेष्ठ र ५८ बर्षीया सिता श्रेष्ठको आगोले जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । उक्त आगलागी नेपाल प्रहरी, सशस्त्र प्रहरी र धरान तथा इटहरीबाट गएको दमकलको सहयोगमा बिहान पौने १० बजे पुर्ण रुपमा नियन्त्रणमा आएको तथा अन्य थप अनुसन्धानका साथै मृतकको कानुनी प्रकृया भईरहेको उक्त कार्यालयले जनाएको छ । बर्षायाम शुरु भएसँगै आगलागीका घटना बढीरहेको हुँदा सबैले सचेत भई छिटो आगलागी हुने चिज बस्तुहरुमा बिशेष…
बिर्तामोड, २२ जेठ । बिर्तामोड नगरपालिकाले संचालन गरेको मेयर पकेट प्याकेज ग्रामीण बंगुरपालन कार्यक्रम अन्तरगत बडा नं ६ स्थित शन्देश महिला बंगुरपालन समूहबाट प्राप्त बंगुरका पाठा बडा नं २ स्थित सोमबारे अगुवा बंगुरपालन समुहलाई प्रदान गरिएको छ । ०७५ सालमा नगरपालिकाले शन्देश महिला बंगुरपालन समूहका प्रत्येक सदस्यलाई २ बटाका दरले ३० बटा बंगुरका पाठा बितरण गरेको थियो । यसरी सो समूहबाट उपहार स्वरुप प्राप्त बंगुरका पाठा नगर उप प्रमुख पबित्रा महतारा प्रसाई, बडा नं २ का अध्यक्ष नगेन्द्र संग्रौलाले समूहका सदस्यलाई हस्तान्तरण गर्नुभयो । सो कार्यक्रम अन्तरगत बंगुरका पाठा सहित बिमा, खोर निर्माण र औषधोपचार सुबिधा समेतका सुबिधा रहेको बिर्तामोड…