
बिर्तामोड, २२ जेठ । बिर्तामोड नगरपालिकाले संचालन गरेको मेयर पकेट प्याकेज ग्रामीण बंगुरपालन कार्यक्रम अन्तरगत बडा नं ६ स्थित शन्देश महिला बंगुरपालन समूहबाट प्राप्त बंगुरका पाठा बडा नं २ स्थित सोमबारे अगुवा बंगुरपालन समुहलाई प्रदान गरिएको छ ।
०७५ सालमा नगरपालिकाले शन्देश महिला बंगुरपालन समूहका प्रत्येक सदस्यलाई २ बटाका दरले ३० बटा बंगुरका पाठा बितरण गरेको थियो ।
यसरी सो समूहबाट उपहार स्वरुप प्राप्त बंगुरका पाठा नगर उप प्रमुख पबित्रा महतारा प्रसाई, बडा नं २ का अध्यक्ष नगेन्द्र संग्रौलाले समूहका सदस्यलाई हस्तान्तरण गर्नुभयो ।
सो कार्यक्रम अन्तरगत बंगुरका पाठा सहित बिमा, खोर निर्माण र औषधोपचार सुबिधा समेतका सुबिधा रहेको बिर्तामोड नगरपालिका पशुपक्षि तथा मत्स्य विकास शाखाका प्रमुख साबित्राकुमारी दाहालले जानकारी दिनुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



