
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १९ जेठ । नेपालमा आगामी तीन महिनासम्म कोरोना भाइरस संक्रमणको दर अझै बढ्ने र संक्रमित गम्भीर अवस्थामा पुग्न सक्ने भएकाले कम्तीमा १० हजार भेन्टिलेटर स्ट्यान्डबाइ राख्नुपर्ने स्वास्थ्यसम्बन्धी अनुसन्धानकर्ता तथा चिकित्सकले सरकारलाई सुझाव दिएका छन् । अहिले देशभरमा १ हजार ५ सय ९५ आइसीयू बेड र ८ सय ४० वटा भेन्टिलेटर मात्रै छन् । पछिल्लो समय नेपालमा कोरोना भाइरस संक्रमणको दर एक्कासि बढ्दै जान थालेकाले यसले भयावह रुप लिन सक्ने भन्दै सरकारले विशेष सतर्कता अपनाउनुपर्नेमा अुनसन्धानकर्ताले जोड दिएका हुन् । आजको राजधानी दैनिकमा खबर छ ।
झापा, १९ जेठ । कृषि बाली तथा वनस्पतिलाई सखाप पार्ने सलह कीरा नेपाल आउने सम्भावना अत्यन्तै न्यून रहेको छ । पछिल्लो समय परिवर्तन भएपछि नेपालमा आउन सक्ने सम्भावना अत्यन्त न्यून भएको हो । सलह कीरा सुख्खा वातावरण भएको मरुभूमिमा बस्न रुचाउने कीरा भएकाले वर्षायाम (प्रिमनसुन) सुरु हुने क्रम भएकाले नेपालमा आउने सम्भावना अत्यन्तै न्यून रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयद्वारा गठित प्राविधिक र जैविक पक्षको अध्ययन गर्ने प्राविधिक समितिका संयोजक तथा प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईँले बताए । आजको राजधानी दैनिकमा खबर छ ।
झापा, १९ जेठ । राष्ट्रपति कार्यालयमा पूराना गलैँचा फालेर नयाँ गलैँचा राख्न थालिएको छ । तीन वर्षअगाडि निर्माण गरिएको उक्त भवनमा दुईवटा ठूला हलका लागि करिब ३० ३० लाख पर्ने गलैँचा र अन्य कोठाहरुका लागि करिब ४० लाख पर्ने गलैँचा फेर्न लागिएको हो । राष्ट्रपति कार्यालयको कोठाहरु भव्य बनाउने ठेक्का हिमालयन डेकोर गण्डकी प्रदेशका नेकपा सांसद रामबहादुर गुरुङलाई दिइएको छ । राष्ट्रपति कार्यालयले विदेशी पाहुना आउँदा भेटघाट गर्ने कक्षमा देशको इज्जत बढाउन महँगो गलैँचा बिछ्याउन लागेको जनाएको छ । हिमालय डेकोरकी प्रबन्धक शोभा गुरुङले नेपाली मौलिकता झल्कने गरी कोठाहरु सजाउन लागिएको हो । कम्पनीले लकडाउनमा पनि गलैँचा बुन्ने काम धमाधम…
जर्मनीको बर्लिनमा रक्सीले मात्तिएका एकजना युवकले आफ्नै यौनांग काटेर फ्याँकेका छन् । बर्लिनस्थित एक पार्कमा बुधबार मध्यरातमा प्रहरीले रगताम्मे अवस्थामा लडेका ती युवकलाई उद्दार गरेको छ । इमर्जेन्सी नम्बरमा फोन गरेर गुहार मागेसँगै पुगेको पुलिसले लिंग काटिएर रगताम्मे भएका युवकलाई तत्कालै अस्पताल पुर्याएको थियो । तर दुःखको कुरा उनले काटेर फ्याँकेको लिंगको टुक्रा फेला नपरेका कारण डाक्टरहरुले उनको गोप्य अंगलाई जोड्न पाएनन् । ती युवकले निकै नै धेरै मदिरा सेवन गरेको र तीन पटकको प्रयासमा आफ्नो लिंग छिनालेको समेत प्रहरीले पत्ता लगाएको छ । प्रहरीले तीव्र खोजतलासका बाबजुत ती युवकले छिनालेर फ्याँकिएको यौनांगको टुक्रा फेला पार्न सकेको छैन । युवकले…
फिल्म ‘टाइगर जिन्दा हे’, ‘सुल्तान’ र ‘भारत’ का निर्देशक अली अब्बास जफरले आफ्नो नयाँ फिल्ममा अभिनेत्री कैटरीना कैफलाई अनुबन्धित गरेका छन् । यो एक सुपरहिरोमा आधारित फिल्म हुने बताइएको छ । फिल्ममा कैटरीनाले मुख्य भूमिका निर्वाहा गर्नेछिन् । यो एक फिमेल सेन्ट्रिक एक्सन फिल्म हुनेछ । फिल्मको अहिले प्रि(प्रोडक्सनको काम चलिरहेको छ । अली अब्बास जफरले एक अन्तर्वार्तामा आफूले निर्देशन गर्न लागेको नयाँ फिल्ममा कैटरीनालाई मुख्य भूमिकामा अनुबन्ध गरेको खुलाएका हुन् । उनले भनेका छन्, ‘मेरो नयाँ फिल्म सुपरहिरोमा आधारित हुनेछ । यसमा कैटरीना कैफ लिड रोलमा हुनेछिन् । यसको स्क्रिप्ट तयार भैसकेको छ । मैले आफ्नो अर्को एक फिल्मको…
काबुल, १८ जेठ । अफगानिस्तानको एउटा निजी टेलिभिजन च्यानल खुर्शिद टिभीको सवारी साधनलाई लक्षित गरी शनिबार गराइएको बिस्फोटमा एक जना पत्रकार र गाडी चालकको मृत्यु भएको छ । खुर्शिद टिभीका प्रधान सम्पादक रफी सेद्दीकीले उक्त घटनामा टिभीका अरु छ जना कर्मचारी घाइते भएका जानकारी दिनुभयो । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । अफगानिस्तानका पूर्व प्रमुख कार्यकारी अधिकृत अब्दुल्लाह अब्दुल्लाहले ट्वीट गर्दै खुर्शिद टिभीको सवारी साधनमाथि भएको आक्रमणबाट आफू अत्यन्त दुःखित भएको बताउनुभएको छ । आतंकवादी यस कार्यको विस्तृत अनुसन्धान गर्न उहाँले सरकारी अनुसन्धान निकायहरुलाई अनुरोध पनि गर्नु भएको छ । अफगानिस्तानका राष्ट्रपति कार्यालयका प्रवक्ता सेदिक सेद्दीकीले पनि उक्त…
बिर्तामोड, १८ जेठ । झापामा कोरोना संक्रमण तीब्र हुँदै गएको छ । संक्रमितको संख्या थपिँदै गएको हो । आइतवार गौरीगञ्जका चार जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालले जनाएको छ । नयाँ थपिएकासँगै झापामा संक्रमितको संख्या ११२ पुगेको छ । यसअघि शनिवार झापा घर भइ काठमाडौँमा बस्दै आएका एक जनामा संक्रमण फेला परेको थियो । शुक्रवार २८ जना संक्रमित थपिएका थिए । कचनकवल कोरोना भाइरसको केन्द्र बनेको छ । भारतबाट प्रवेश गरेका स्थानीयमा संक्रमण देखिएको हो । कचनकवलमा मात्रै संक्रमितको संख्या एक सय पुगेको छ । भारतबाट भित्रिने क्रम जारी रहेको र परीक्षणमा पठाइएकाहरुको रिपोर्ट आउने क्रम जारी रहेकाले त्यहाँ…
झापा, १८ जेठ । कोरोना भाइरस कोभिड–१९ बाट आज आइतबार थप १६६ जनामा संक्रमण पुष्टि भएको छ । जसमा १६२ जना पुरुष र ४ जना महिला रहेका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा गरिने नियमित पत्रकार सम्मेलनमा यसको पुष्टि भएको हो । संक्रमितहरुमा पोखरामा गरिएको परिक्षणमा ३ जना, नारायणी अस्पताल बिरगंजमा गरिएको परिक्षणमा ५ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा ३७ जना, सुर्खेतमा गरिएको परिक्षणमा २६ जना, धुलिखेलमा गरिएको परिक्षणमा १ जना, भेरी अस्पताल प्रयोगशालामा गरिएको परिक्षणमा ८ जना, धरान विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानमा गरिएको परिक्षणमा १२ जना, सेती अस्पतालमा गरिएको परिक्षणमा ५ जना, कोशी अस्पतालमा गरिएको परिक्षणमा…
द्रोण अधिकारीभद्रपुर, १८ जेठ । विवादको बाहना बनाएर कोरोना उपचार अस्पताल निर्माण अलपत्र पार्नु नहुने कोभिड–१९ उपचार अस्पताल विवाद समाधान समितिले ठहर गरेको छ । विवाद समाधान समितिले भद्रपुरस्थित मेची अस्पतालको निर्माणाधीन भवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी समितिका पदाधिकारी तथा सदस्यहरूले मेची अस्पताल सञ्चालनमा रहेको भवन जीर्ण र साँघुरो रहेको तथा निर्माणाधीन भवन निर्माणका चरणमा रहेकाले विकल्पका रूपमा रहेका भवन मध्येमा यथासिघ्र अस्पताल सञ्चालन गरिनु पर्ने माग अगाडि सारेका हुन् । भेलामा सहभागीहरूले भद्रपुर–१० स्थित कलवलगुरी प्रशिक्षण केन्द्रको भवन, चन्द्रगढीमा रहेको खाद्य गोदाम, निर्माणाधीन गिरिजाप्रसाद स्मृति सभा गृह, वा निर्माण सम्पन्नको चरणमा पुगेको भद्रपुर नगरपालिकाको नयाँ भवन मध्ये एक…
झापा, १८ जेठ । राष्ट्रियसभाको बैठकमा सरकारको आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल शुरु भएको छ । आजको बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । छलफलमा सत्तारुढ सांसदले अहिलेको आवश्यकतालाई प्राथमिकता दिएर बजेट आएको बताउनुभयो । यसैगरी प्रतिपक्षी दलका सांसदले बजेटले प्राथमिकता र आवश्यकताका विषयलाई समेट्न नसकेको टिप्पणी गर्नुभयो । यही जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा खतिवडाले आगामी आव २०७७÷७८ का लागि १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट प्रस्तुत गर्नुभएको थियो । छलफलमा भाग लिँदै नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का…