झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १४ जेठ । कोरोना सङ्क्रमितलाई वर्गीकरण गरेर उपचार गरिने भएको छ । प्रदेश नं १ मा कोरोना भाइरसको लक्षण देखिएकालाई कोभिड अस्पताल र रिपोर्ट पोजेटिभ आएकालाई आइसोलेसन केन्द्रमा राखेर उपचार गर्ने तयारी शुरु गरेको प्रदेश सरकारले जनाएको छ । सरकारले बिरामीलाई वर्गीकरण गरेर उपचार गर्ने तयारीसँगै ४५० श्यया ९बेड० को आइसोलेसन उपचार केन्द्र निर्माणकार्यलाई तीव्र पारेको छ । कोरोना सङ्क्रमित वृद्धि भएसँगै उनीहरुको वर्गीकरण गरेर उपचार गर्ने तयारी शुरु गरिएको छ । प्रदेशमा यसअघि कोभिड–१९ उपचार केन्द्रका रूपमा विराटनगर र सुनसरीको धरानमा सञ्चालन गरिसकेको छ । यस्तै मेची अस्पतालमा पनि कोरोना सङ्क्रमितको उपचारका लागि अस्पताल तयार शुरु गरिँदैछ ।…

Read More

झापा, १४ जेठ । कोरोना भाइरस कोभिड-१९ बाट झापा जिल्लामा थप १७ जनामा संक्रमण पुष्टि भएको छ । कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेण्डेन्ट डा संगीता मिश्राका अनुसार उक्त अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणबाट आज बुधबार दिउँसो १७ जनालाई कोरोना पोजिटिभ देखिएको हो । यसअघि देखिएका संक्रमितहरुको सम्पर्कमा आएका र भारतबाट आएकाहरुको स्वाब नमुना संकलन गरी विराटनगरस्थित कोसी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो । यो संगै झापामा कुल संक्रमितको संख्या ५४ जना पुगेको छ । आज संक्रमण पुष्टि भएकाहरु कचनकवल गाउँपालिकाका १५ जना र गौरदह नगरपालिकाका २ जना रहेका छन् । रौतहटमा थप ३५ जनामा कोरोना संक्रमणकोरोना भाइरस कोभिड–१९…

Read More

बिर्तामोड, १४ जेठ । लकडाउनको पालना नगरी सहरमा भिडभाड बढेको भन्दै अघोषित कफ्र्यु रहेको बिर्तामोड नगरपालिका क्षेत्रमा भोलिदेखि संघीय सरकारको निर्णयानुसार हुने भएको छ । मंगलबार नगरपालिकामा भएको छलफलको निश्कर्ष र आज बुधबार उद्योगी व्यवसायीको आग्रह पछि नगरपालिकाले आफ्नो निर्णयमा पुनःविचार गरेको हो । जसअनुसार भोलि जेठ १५ गते गणतन्त्र दिवसको दिनदेखि पालो मिलाएर अत्यावश्यक वस्तु तथा सेवा सञ्चालन गरिने भएको छ । बिर्तामोड नगरपालिका कोरोना संक्रमण रोकथाम तथा राहत व्यवस्थापन समितिको आजको बैठकको निर्णयाअनुसार खाद्यान्न पसलहरु र निर्माणजन्य तथा अत्यावश्यक सामाग्रीका पसलहरु जोर बिजोर बार पारेर बिहान ७ बजेदेखि १० बजे सम्म खोल्न पाउने भएको छ । यस्तै बैंक…

Read More

झापा, १४ जेठ । झापा जिल्ला कारागार भद्रपुरमा एकै दिन दुई कैदीको मृत्यु भएको छ । मृतक दुवै जबरजस्ती करणी मुद्दामा जेलमा थिए। मृत्यु हुने कैदीबन्दीमा भद्रपुर नगरपालिका–६ का ५० वर्षीय अनुरञ्जन घोष र कचनकवल गाउँपालिका–७ का ३२ वर्षीय किशनलाल राजवंशी रहेका झापा कारागारका प्रमुख राजेन्द्र निरौलाले जानकारी दिए । उनका अनुसार फोक्सोमा पानी जमेर मेची अञ्चल अस्पताल भद्रपुरको आइसियुमा उपचाररत घोषको मंगलबार दिउँसो मृत्यु भएको हो । अदालतले जबरजस्ती करणी मुद्दामा १३ वर्ष सजाय तोकेका घोष २०७१ साल मङ्सिर २२ गतेदेखि कारागारमा कैद भुक्तान गरिरहेका थिए । त्यस्तै मिर्गौलाका बिरामी रहेका राजवंशी मङ्गलबार बिहान कारागार भित्रै बेहोस भएर लडेका…

Read More

हिजोदेखि हराएको धनजिते घरमा आएन । किन न आओस् त पाँच दिन भइसक्यो ।रक्सीले उसलाई छोडेको छैन ।आजसम्म पनि उ मातिरहेको नै छ । घरमा श्रीमतीलाई गाली गर्‍यो । छोराछोरीलाई मन परि बोल्यो । पस्किएको भात फ्याँकेर फुत्त हिड्यो । मेरो घरमा न आइज । तँ जहाँ जान्छस् जा । मेरो र तेरो कुनै सम्बन्ध छैन । रिसको झोकमा लगाएको पोते चुत्याइ रमाले । पोते चुत्याउदा हिजो राती धनजितेले एक थाप्पड हिर्कायो। त्यहाँदेखि हिडेको मान्छे घर फर्किएर आएन ।दिनरात झगडा गर्थ्यो ।न मातेको दिन नै हुँदैन थियो । रक्सी छुटाउन अनेक प्रयास गरि । तैपनि केहि सीप चलेन ।बिहानदेखि पिउन…

Read More

काठमाडौँ, १४ जेठ । अमेरिकामा कोरोना संक्रमितको संख्या र मृतकको संख्या दुवै सबै भन्दा धेरै रहेको छ । जहा यो समाचार तयार पार्दा सम्म ज्यान गुमाउनेको संख्या १ लाख ५७२ पुगेको छ । विश्वभर यतिठूलो संख्यामा कोरोना संक्रमितको मृत्यु भएको अमेरिका पहिलो देश हो । त्यसै गरि संक्रमितको संख्या १७ लाख २५ हजार २७५ जना पुगेको छ । यस बीच निको भएर घर फर्किनेको संख्या ४ लाख ७९ हजार ९६९ जना रहेको छ । अमेरिकामा संक्रमित र मृतकको संख्या धेरै हुनुको अर्को कारण अमेरिकी सरकारले गरेको ठुलो मात्रको कोरोना परिक्षण पनि हो । अमेरिकामा अहिले सम्म विश्व कै सबै भन्दा…

Read More

मान्छेले बनाएका पेन्टिङ लाखौंमा बिक्ने कुरा त सामान्य नै हो । तर, यहाँ त मुसाले बनाएको पेन्टिङसमेत डेढ लाख रुपैयाँ बराबरको मूल्यमा बिकेको छ । बेलायतमा एउटा मुसाले आफ्नो पन्जाले तयार गरेको अमूर्त पेन्टिङ झण्डै डेढ लाख रुपैयाँ बराबरको मूल्यमा बिक्री भएको छ । गुस नामक उक्त घरपालुवा मुसाले निकै सुन्दर पेन्टिङ तयार गरेको थियो । जेस इन्डसेठ नामकी युवतीले पालेको उक्त मुसाले रङमा पन्जा छोप्दै कागजमा सो पेन्टिङ बनाएको थियो । जेसले आफ्नो मुसालाई कलाकारिता प्रदर्शन गर्नका लागि विषाक्तरहित पेन्ट र कागजको मिनी क्यानभास दिएकी थिइन् । त्यसपछि मुसाले जुन कलाकारिता प्रदर्शन गर्यो त्यसबाट जेस तिनछक परिन् । गुस…

Read More

एजेन्सी, १४ जेठ । चर्चित भारतीय टेलिभिजन शो क्राइम पेट्रोलकी कलाकार प्रेक्षा मेहाताले आत्महत्या गरेकी छन । २५ वर्षीय प्रेक्षाले मध्यप्रदेशको इन्दोरस्थित आफ्नै घरमा आत्महत्या गरेको हिरा नगर पुलिस स्टेशनका अफिसर इन्चार्ज राजिव भादोरियाले एनडीटिभीलाई बताए । उनलाई मंगलबार बिहान उनको कोठामा रहेको पंखामा झुण्डिएको अवस्थामा भेटिएपछि परिवारले उनलाई तत्काल अस्पताल पुर्याएका थिए । तर डाक्टरले उनलाई मृत घोषित गरेका थिए । लकडाउन अगाडी मुम्बई रहेकी प्रेक्षा लकडाउन पछी आफ्नो घर इन्दोर गएको खुलेको छ । पछिल्लो समय लकडाउनका कारण गुमेको कामका कारण उनी डिप्रेशनमा गएको हुन सक्ने प्रहरीको अनुमान छ । प्रेक्षाको ज्यान लकडाउनले लिएको भन्दै फिल्ममेकर मिलाप फावेरीले…

Read More

जर्मन तानाशाह हिटलरले पालेको भनिएको गोही अब यो संसारमा रहेन । दोस्रो विश्वयुद्धको बमबारीबाट समेत बाँच्न सफल भएको स्याटर्न नामक उक्त घडियाल गोहीको ८४ वर्षको उमेरमा रुसको मस्कोस्थित चिडियाखानामा कालगतीले मृत्यु भएको हो । सन् १९४३ मा बर्लिन चिडियाखानामा भएको बम आक्रमणमा परी बाँच्न सफल भएका केही जनावरमध्ये सो गोही पनि एक थियो । बम आक्रमणमा समेत नमरेको सो गोही अन्ततः आम गोहीभन्दा धेरै उमेरसम्म जीवित रह्यो । त्यसबेला बर्लिन चिडियाखानामा यो गोही आकर्षणको केन्द्र थियो । मस्को चिडियाखानाका अधिकारीका अनुसार, हिटलरले उक्त गोहीलाई निकै मन पराउँथे । त्यो गोहीलाई हिटलरकै निजी गोही मानिन्छ । बम आक्रमण मात्र होइन, यो…

Read More

सर्लाही, १३ जेठ । सर्लाहीको बसबरिया गाउँपालिकामा गएराति एक वृद्धको घरेलु धारिलो हतियार प्रहारबाट हत्या भएको छ । बसबरिया गाउँपालिका–५ धनगढा निवासी ७५ वर्षीय रामअधिन रायको धारिलो हतियार प्रहारबाट मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिनुभयो । आफ्नै आँपको बगैँचामा सुतिरहेको अवस्थामा वृद्धको हत्या भएको उहाँले बताउनुभयो । घरेलु हतियारले वृद्धको टाउको र हातमा प्रहार गरी हत्या गरिएको छ । बुबालाई हत्या गरेको आरोपमा मृतकका कान्छो छोरा ४० वर्षीय विनोद रायलाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै घरमा खाटमुनि लुकेको अवस्थामा आज बिहान विनोदलाई पक्राउ गरिएको बसबरिया गाउँपालिकाका अध्यक्ष रामअयोध्या रायले जानकारी दिनुभयो ।…

Read More