झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

भद्रपुर, २ जेठ । भद्रपुर नगर क्षेत्रका खानेपानी संस्थान तथा उपभोक्ता समितिसित उपभोक्ता केन्द्रित राहत सम्बन्धी माग राखेर नेपाली कांग्रेसले ज्ञापनपत्र बुझाएको छ । कोरोना संक्रमण त्रासले गरिएको बन्दाबन्दी (लक डाउन) का कारण समस्यामा परेका उपभोक्तालाई महसुलमा ५० प्रतिशत भन्दामाथि छुट दिनु पर्ने, मितव्ययी प्रशासनका लागि खर्च कटौटी गरिनु पर्ने तथा सामाजिक उत्तरदायित्वका राहत कार्यक्रममा सहभागिताको माग गर्दै माग पत्र बुझाएको हो । नेपाल महिला संघकी केन्द्रीय सदस्य गोमा भट्टराई, नेपाली काँग्रेस झापा जिल्ला सदस्य विजय रिजाल, राजेन्द्र रिजाल, क्षेत्र नम्बर ३ का सभापति गणेश पोखरेल, नगर उपसभापति ज्ञानबहादुर चौहान, लगायत वडा सभापतिहरू गोपालप्रसाद श्रेष्ठ, लावन्य पोखरेल, चेतनाथ भट्टराईको टोलीले…

Read More

झापा, २ जेठ । ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’ यो भनाइलाई हालै सार्थक तुल्याएका छन्, बेलायतलाई कर्मथलो बनाएका नेपालीहरुले । कोरोना भाइरसको रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका विपन्न वर्गका नागरिकलाई राहत दिन सञ्चालन गरिएको एकका लागि एक अभियानमा २ लाख ७१ हजार ३ सय १८ रुपैयाँ सहयोग गरेर सो भनाइलाई बेलायतमा रहेका ६२ जनाले सार्थक तुल्याएका हुन् । झापाका विभिन्न संघ–संस्थाको संयुक्त पहलमा संचालित उक्त अभियानमा चारपानेका डिल्लीराम सिटौलाको पहलमा बेलायतमा रहँदै आएका नेपालीहरुले उक्त रकम सहयोग गरेका हुन् । बिहीबार एक कार्यक्रमका बीच अभियानलाई रकम हस्तान्तरण गरिएको छ । चारपानेकी कोपिला सिटौला, दीपबहादुर गिरी, अप्सरा गिरी, सविता…

Read More

भद्रपुर, २ जेठ । पूर्वराजा ज्ञानेन्द्र शाह झापाको दमकमा रहेको हिमालय महालक्ष्मी चिया बगानस्थित निवासबाट आज बिहान सवारी साधन पास लिएर काठमाडाँैं फिर्ता हुनुभएको छ । कोभिड –१९ को रोकथामका लागि सरकारले चैत ११ गते बन्दाबन्दी लागू गर्नुअघिदेखि उहाँ झापामा रहनुभएको थियो । प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल शाहसमेत पाँच जनाको सवारी पास जारी गरिएको बताउनुभयो । पूर्वराजा शाहका तर्फबाट उहाँको सचिवालयले काठमाडौंँ जानका बिहीबार झापा जिल्ला प्रशासन कार्यालयमा सवारी पासका लागि इमेलबाट निवेदन पठाएको थियो । अन्तरजिल्ला सवारी पासका लागि जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयलमा निवेदन पठाएपछि मन्त्रालयले स्वीकृति प्रदान गरेको प्रजिअ रानाले जानकारी दिनुभयो…

Read More

झापा, २ जेठ । कोरोना भाइरस कोभिड(१९ बाट थप ९ जना नया संक्रमित भेटिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भेरी अस्पताल नेपालगञ्जमा भएको परीक्षणमा थप ९ जनामा संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार बिहान प्रेस विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ । संक्रमितहरु मकवानपुर निवासी ३७ वर्षीय पुरुष, बाँके नैनापुर १, ३ र ५ निवासी १८, २०, २२, २५,२५ ,२७, ३२ र ३६ वर्षीय पुरुषहरु रहेका छन् । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् । यो संगै नेपालमा संक्रमितको संख्या २ सय ५८ पुगेको छ ।

Read More

एजेन्सी । विश्वमा निकै कम यस्ता व्यक्ति छन्, जसले आफ्नो देशको नाम परिवर्तन गर्न सक्छन् । त्यस्ता सीमित व्यक्ति मध्ये एक हुन्, स्वाजील्याण्डका राजा मस्वाती । अफ्रिकाको अन्तिम साम्राज्य स्वाजील्याण्डका राजा मस्वाती तृतीयले बुधबार देशको नाम परिवर्तन गरेका छन् । उनले देशको नाम स्वाजील्याण्डबाट परिवर्तन गरी द किङ्गडम अफ इस्वातिनी राख्ने घोषणा गरेका छन् । देश स्वतन्त्र भएको ५० वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा राजा मस्वातीले यसको आधिकारिक घोषणा गरेका हुन् । इस्वातिनीको अर्थ स्थानीय भाषामा स्वाजीहरुको भूमि हो । देशको नाम परिवर्तन आकश्मिक रुपमा भएको हो । तर राजा मस्वातीले लामो समयदेखि स्वाजील्याण्डलाई इस्वातिनी भन्दै आएका थिए । उनले…

Read More

झापा, २ जेठ । अतिआवश्यकीय वस्तुको आपूर्ति सहज भएको बेला पनि उपभोक्ता कृत्रिम महँगीको मारमा परेका छन । उजुरी आएपछि मात्रै बजारमा सरकारी अनुगमन तथा नियमनकारी निकाय पुग्ने अन्यथा नजाने गरेका कारणले व्यापारीले तोकिएको अधिकंतम खुद्रा मूल्यभन्दा बढी मूल्य लिएर खाद्यवस्तु खुलेआम विक्री गरिरहेका छन । यस्तै निजीस्तरबाट सञ्चालित अस्पतालले पनि सेवाग्राहीसँग मनपरी शुल्क लिने गरेका छन । उपभोक्ताको उजुरीका आधारमा मङ्गलबार सरकारी टोलीले काठमाडौँको ठमेलस्थित मनमोहन अस्पताल र मिनभवन फार्मेसीको क्लिनिकले सेवाग्राहीसँग मनलाग्दी शुल्य लिएको प्रमाणित भएपछि क्रमशः दुई लाख ५० हजार र दुई लाख रूपियाँ जरिवाना गरेको छ । उपभोक्ताको उजुरीका आधारमा अनुगमनका लागि पुगेको वाणिज्य, आपूर्ति तथा…

Read More

झापा, २ जेठ । नेपालको संविधान २०७२ ले आफ्नै भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी बिर्सिएको छ। त्यसमाथि नेपालकै नक्सा राखिएको छैन । ९० प्रतिशतभन्दा बढी जनमतबाट अनुमोदित संविधानमा राखिएको निसान छापमा गलत नक्सा छ। त्यसमा भारतले अतिक्रमण गरेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी गायव छ। सांसदले छातीमा सजाउने लोगोमा पनि गलत नक्सा परेको छ। २०६४ को संविधानसभाले संविधान बनाउन नसकेपछि २०७० सालमा दोस्रो संविधानसभा निर्वाचनपछि २०७२ असोज ३ मा संविधान जारी गरिएको थियो। दुई वर्षमा संविधान बनाउने वाचा गरेका राजनीतिक दलले आठ वर्षमा संविधान त बनाए तर त्यहाँ नेपालको नक्सा राख्न बिर्सिए। नापी विभागका पूर्वमहानिर्देशक एवं सीमाविद् बुद्धिनारायण श्रेष्ठ…

Read More

बिर्तामोड, २ जेठ । कोभिड–१९ को सङ्क्रमण बिहीबार तीन जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणमा नयाँ तीन जनामा सङ्क्रमण देखिएको बताउनुभयो । संक्रमितहरुमा काठमाडौँ दहचोक निवासी सात वर्षीय बालक, धनुषाको जनकपुर उपमहानगरपालिका निवासी १७ वर्षीया महिला र धादिङ निवासी ३० वर्षीया महिला रहेका छन् । योसँगै सङ्क्रमितको सङ्ख्या २४९ पुगेको छ । यसअघि बिहान दुई जनामा सङ्क्रमण देखिएको थियो । बिहीबार मात्र पाँच जना नयाँ सङ्क्रमित भेटिएका हुन । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीका अनुसार दुवै सङ्क्रमित व्यक्तिको अवस्था सामान्य रहेको र तीनै जना स्वास्थ्यकर्मीको सम्पर्कमा रहनुभएको छ ।

Read More

बिर्तामोड, २ जेठ । भारतबाट काँकडभिट्टा हुँदै नवलपरासी पुगेका ४९ वर्षीय पुरुषमा कोरोना भाइरस देखिएको छ । पूर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नम्बर–१२ घरका ती पुरुषमा सङ्क्रमण देखिएको हो । स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डाक्टर समिरकुमार अधिकारीले भरतपुर कोभिड–१९ प्रयोगशालामा बिहीबार गरिएको स्वाब परीक्षणमा कोारेना पुष्टि भएको बताए । बैशाख २५ मा भारतको कोलकाताबाट हिँडेका उनी ३० गते चितवनको भरतपुर पुगेका थिए । ३० गते राति ११ बजे उनलाई सोझै भरतपुर कोरोना अस्पतालमा लगिएको थियो । कोलकाताबाट औषधि बोकेको गाडीमा उनी काँकडभिट्टासम्म आएका हुन् । काँकडभिट्टाबाट पनि उनी औषधि बोकेको गाडीमा भरतपुरसम्म गएको खुलेको छ ।

Read More

विराटनगर, १ जेठ । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत एक जना आज डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा भारतका २५ वर्षीय मोहम्वद अदुबकर सुल्तान रहेका छन् । सुल्तान डिस्चार्ज भएसँगै प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या १७ पुगेको छ । यसअघि १६ जना डिस्चार्ज भएका थिए । आज डिस्चार्ज भएका सुल्तानमा गत वैशाख ५ गते उदयपुरको भुल्केमा संक्रमण देखिएको थियो । उनलाई रानी मरकजको क्वारेन्टाईनमा राखीएको स्वास्थ्य कार्यालय मोरंगका प्रमुख तथा कोभिड अस्पताल व्यवस्थापन संयोजक ज्ञानबहादुर वस्नेतले जानकारी दिनुभयो । अस्पतालमा अव १८ जना उपचाररत रहेका छन् । उनीहरु सवैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।…

Read More