झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौं, ९ जेठ । सर्च इन्जिन जाइन गुगलले पनि नेपालको बढेको नयाँ क्षेत्रफल अपडेट गरेको छ । नेपाल सरकारले आधिकारिक रुपमा लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर नया नक्सा सार्बजनिक गरेपछि गुगलले पनि सोहि अनुसार नया क्षत्रफल राखेको हो । अब नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ५१६ वर्गकिलोमिटर रहेको छ । भारतले नेपालको लिपुलेक हुँदै चीनको मानसरोवर जाने सडक बनाएपछि सर्वत्र आक्रोश चुलिएसंगै नेपाल सरकारले पनिलिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर नया नक्सा सार्बजनिक गरेको थियो । भारतले एकतर्फी रुपमा उक्त बाटो निर्माण गरेर उद्घाटन समेत गरेको भन्दै नेपाल सरकारले कूटनीतिक नोटसमेत पठाएको थियो । नेपालले गत बुधबार (जेठ ७)…

Read More

हल्दिबारी, ९ जेठ । हल्दिबारी गाउँपालिकाले बाह्रदशी र कचनकवल गाउँपालिकाबाट हल्दीबारी प्रवेश गर्ने सबै नाका बन्द गर्ने निर्णय गरेको छ । छिमेकी गाउँपालिकामा कोरोना भाइरसका संक्रमित फेला परेपछि कोरोना भाइरस संक्रमण रोकथाम तथा व्यवस्थापन समितिको आकस्मिक बैठकले स्थानीय प्रहरी प्रशासन र वडा समिति मार्फत स्वयंसेवकहरु परिचालन गरि नाका बन्द गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनले जानकारी दिए । गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनको अध्यक्षतामा जेठ ७ गते बसेको बैठकले संक्रमण फैलिई महामारीको रुप लिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै लकडाउनलाई कडा गर्न त्यस्तो निर्णय गरेको प्रवक्ता सागर पोर्तेलले बताए । कोरोना भाइरस संक्रमण रोकथाम, उपचार, समन्वय तथा अनुगमन समितिले ३ जेठमा…

Read More

झापा, ९ जेठ । कोरोना भाइरस कोभिड-१९ बाट थप ३० जनामा संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ र भक्तपुर अस्पताल, चितवनमा गरिएको परिक्षण अनुसार थप ३० नया पुष्टि भएको हो । संक्रमितहरुमा नवलपरासी बर्दघाट सुस्ता पुर्व बिनय त्रिवेणी गाउपालिका ६ निवासी ४५ वर्षीय पुरुष, भरतपुर महानगरपालिका ६ केसर्बाघ, चितवन निवासी ७४ वर्षीय पुरुष र ७३ वर्षीय महिला, नवलपरासी, सुस्ता गाउपालिका ५ र रामग्राम नगरपालिका ३ र १८ निवासी ३३ र ३५ वर्षीय पुरुषहरु, १५ वर्षीय महिला, कपिलवस्तु बाणगंगा नगरपालिका मायादेवी गाउपालिका निवासी २४, २५, २७, २९, ३४, ३६, ४५, ५३ वर्षीय पुरुषहरु र ८ वर्षीय बालिका, सर्लाही…

Read More

भद्रपुर, ९ जेठ । बहुमूल्य नगदे बाली अलैंचीसम्बन्धी सबै खाले जानकारी सहज ढंगले उपलब्ध गराउन सक्ने गरी झापाको विर्तामोडमा निर्माण शुरु गरिएको अलैंची सूचना तथा अनुसन्धान केन्द्रको दोस्रो तलाको ढलाइ बुधबार गरिएको छ । अलैंची व्यवसायीहरु कै आर्थिक सहयोगमा विर्तामोड–७ को हर्कलाल मार्गमा खरिद गरिएको दुई कट्ठा दुई धुर जग्गामा निर्माण भइरहेको सुचना तथा अनुसन्धान केन्द्र एवम् सचिवालय भवन नेपाल अलैंची व्यवसायी महासंघको व्यवस्थापनमा सञ्चालन हुनेछ । पहिलो सभाहल र सचिवालय एवम् दोस्रो तलामा व्यवस्थित सूचना तथा अनुसन्धान केन्द्र सञ्चालन गर्न निर्माणाधीन भवनको लकडाउनका कारण रोकिएको काम सामाजिक दूरी कायम राख्दै अघि बढाइएको महासंघका कार्यकारी अधिकृत अनिल ढुंगानाले जानकारी दिए…

Read More

झापा, ९ जेठ । सुगौली सन्धिअनुसार काली नदीको उद्गम लिम्पियाधुरासम्मको भूभाग समेटेर नयाँ नक्सा जारी गर्ने कदममाथि कांग्रेस उपसभापति विमलेन्द्र निधिको अस्वाभाविक टिप्पणी आएको छ । उपसभापति विमलेन्द्र निधि संयोजक रहेको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले नक्सा जारी गर्नुलाई कुनै पनि नेपालीले अन्यथा मान्न नसक्ने भन्दै यत्तिकै भरमा महान् क्रान्तिकारी, राष्ट्रवादी काम गरिएको भ्रम छर्ने र उत्तेजना फैलाउने प्रयास भइरहेको आरोप लगाएको छ । ‘पहिलोपटक नेपाली भूमिसमेत समावेश गरी भारतले जारी गरेको नक्सालाई लिएर प्रधानमन्त्री ओलीले गत कात्तिकमा आयोजन गर्नुभएको सर्वदलीय बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले सीमा समस्या समाधान गर्न र यससँग उत्पन्न सबै विषयमा नेपाली कांग्रेसले सरकारलाई पूर्ण…

Read More

झापा, ९ जेठ । बन्दाबन्दीको समयमा चैत महिनाको पूरै तलब र वैशाख महिनाको आधा अहिले र आधा पछि दिनेगरी तलब वितरण गर्नुपर्ने सरकारले निर्णय गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोभिड १९ का कारण उद्योग कलकारखाना सबै बन्द हुँदा श्रमिक कामविहीन भएकाले रोजगारदाता र श्रमिक दुवै पक्षको हितमा यस्तो निर्णय गरिएको जनाएको छ । उद्योगी व्यवसायीले लकडाउनका कारण उद्योग व्यवसाय बन्द भएको अवस्थामा श्रमिकलाई तलब दिन नसकिने बताउँदै आएका छन् । श्रम मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले देशमा लकडाउन सुरु (चैत ११ गते) देखि नै अत्यावश्यकबाहेकका अन्य उद्योग बन्द भएको हुँदा बन्द रहेका उद्योगमा काम गर्नेलाई चैत महिनाको…

Read More

झापा, ९ जेठ । स्रोतको संकट भएका वेला ठूलो नभई यथार्थवादी बजेट बनाउन विज्ञहरू एवं योजना आयोगले समेत सुझाब दिए पनि अर्थ मन्त्रालय भने विगतकै जस्तो बजेटको आकार बढाउने पक्षमा देखिएको छ । अर्थ मन्त्रालयले सवा १७ खर्ब हाराहारी आकारको बजेट निर्माण गरिरहेको हो । राजस्वको लक्ष्य गत वर्षकै हाराहारीमा राख्ने, आन्तरिक तथा बाह्य ऋण र अनुदान परिचालनलाई बढाउने गरी स्रोत व्यवस्थापन गर्दै ठूलै आकारको बजेट बनिरहेको अर्थ मन्त्रालय स्रोत बताउँछ । आगामी आर्थिक वर्षमा अनिवार्य दायित्वबाहेक साधारण खर्चलाई सकेसम्म घटाउने र पुँजीगत खर्चको आकार बढाउने काम भइरहेको छ । वृद्धभत्तालगायत सामाजिक सुरक्षाको बजेटले निरन्तरता पाउनेछ, तर वृद्धि गरिनेछैन ।…

Read More

झापा, ९ जेठ । झापामा नोबेल कोरोना सङ्क्रमितको सङ्ख्या ३५ पुगेको छ । तीन साताअघि दुईजना सङ्क्रमित रहेको झापामा तीन दिनअघि १० जना फेला परेका थिए । बिहीबार बिहान १५ र दिउँसो आठ गरी २३ जना नयाँ सङ्क्रमित पुष्टि भएका छन् । अहिले झापामा कूल सङ्क्रमितको सङ्ख्या ३५ पुगेको छ भने दुईजना निको भएर घर फर्केका छन् । झापामा फेला परेका कूल सङ्क्रमितमध्ये ३३ जना भारतसँगको सीमावर्ति कचनकवल गाउँपालिकाका हुन् । यी सबै भारतबाट आएका हुन् । कचलनकवल मात्रै होइन, झापाका सीमावर्ती क्षेत्रमा भारतबाट आउने क्रम बढेपछि झापामा कोरोनाको जोखिम बढेको छ । भारतबाट फर्कनेहरु बढेपछि अहिले कचनकवलसहित अधिकाँस स्थानीय…

Read More

दक्षिणपूर्वी एसियाली देश म्यानमारमा एउटा यस्तो रहस्यमय विशाल ढुंगा छ जुन चामत्कारिक रुपले अर्को पत्थरको टुप्पाको छेउँमा सदियौँदेखि अडिइरहेको छ । २५ फिट अग्लो उक्त ढुंगालाई गोल्डेन रक अर्थात सुनौलो चट्टान पनि भनिन्छ । झण्डै चिप्लिन्छ कि जस्तो गरी अडिएको यो ढुंगाको अवस्थिति कुनै रहस्यभन्दा कम छैन । यो चट्टान म्यानमारका बोद्ध धर्माबलम्बीहरुको प्रमुख तीर्थस्थल हो । सुनजस्तै पहेँलो देखिने हुनाले यसको नाम नै गोल्डेन रक अर्थात् क्याटियो प्यागोडा रहेको छ । वास्तवमा मानिसहरुले यो चट्टानमा सुनका पत्रहरु टाँसेर यसलाई सुनजस्तै बनाइदिएका हुन् । यो चट्टान कसरी अर्को चट्टानको टुप्पोको छेउँमा गएर अडियो भन्ने कुरा इतिहासकै गर्भमा छ । यो…

Read More

काठमाडौँ, ८ जेठ । प्रहरीलाई देखेपछि एक व्यक्तिले लाखौ रुपैया बाटैमा फालेर भागेका छन । रौटहटको इशनाथ नगरपालिका–९ दुलरीयाको सडकबाट एक व्यक्तिले प्रहरीलाई देखेपछि १० लाख पाँच हजार रुपैया बाटैमा फालेर भागेका थिए । गस्तीमा निस्केको प्रहरीलाई देखेपछि मोटरसाइकलमा सवार एक व्यक्ति भाग्न थाले। ती व्यक्तिलाई प्रहरीले पछ्याउँदै जाँदा उनले आफूसँग भएको पैसा र मोटरसाइकल छाडेर भागेका थिए। ति व्यक्तिको प्रहरीले अझै खोजी कार्य जारी राखेको छ । अहिले मोटरसाइकल र रकम प्रहरीसंग भएको र यस घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More