
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको विषयमा निर्माण गरिएको बताइएको फिल्म ‘कोपिला’ डिसहोम मार्फत रिलीज भएको छ । कोरोना भाईरसका कारण फिल्म हलहरु ठप्प भएपछि यतिबेला फिल्महरु रिलीज भएका छैनन् । हलमा रिलीज नभए पनि डिसहोम मार्फत यो फिल्म रिलीज हुन भएको हो । बैशाख ३० गतेबाट च्यानल नम्बर १०८ मार्फत हेर्न सकिने उक्त फिल्म दैनिक ८ शो प्रदर्शन हुन लागेको बताइएको छ । फिल्मले यसअघि हेटौडामा भएको बिशेष शो मार्फत आएको रकमबाट स्व. निर्मला पन्तको परिबारलाई ५० हजार सहयोग समेत गरिसकेको निर्माता मणिराज गौतमले बताए ।
एजेन्सी, ३१ बैशाख । यूएईले कोरोना उपचारका लागी प्रयोगमा ल्याएको स्टेम सेल थेरापी विधि सफल भएको दावी गरेको छ । यूएईमा पहिलो कोरोना भाईरस संक्रमण भएका ब्यक्ति स्टेम सेल थेरापी विधिको उपचार पद्धती बाट निको भएर घर फर्केका छन । यूएईबाट प्रकाशित हुने द नेशनल अनलाईन पत्रिकाको अनुसार यूएईको राजधानी अबुधाबी स्थित खलिफा मेडिकल सिटी अस्पतालका डाक्टरले ल्याएको स्टेम सेल थेरापी विधिको उपचार पद्धतीबाट उपचार गरिएका सोमालियाका नागरिक अब्दुल्लाही रोधिल निको भएका हुन । ५० बर्षीय अब्दुल्लाही लाई गत मार्च ३० मा कोरोना पोजेटिभ देखिएको थियो । उनी पहिले देखीनै मुटुका बिरामी भएकाले संक्रमणसंगै उनको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक बन्दै…
झापा, ३१ वैशाख । उच्च शिक्षा सुधार परियोजनाको खर्च नभएर फिर्ता हुन लागेकोमध्ये ४७ करोड ६१ लाख ५० हजार कोरोना भाइरसको अनुसन्धानलगायतमा खर्च हुने भएको छ । सो रकम विश्वविद्यालय अनुदान आयोगमार्फत कोरोनासम्बन्धी अनुसन्धान, त्यसका कारण उत्पन्न परिस्थितिमा अनलाइन कक्षालाई व्यवस्थित बनाउनेलगायतका काममा खर्च हुने भएको हो । विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव प्रा.डा. देवराज अधिकारीका अनुसार परियोजनाको रकम कोरोना भाइरसको अनुसन्धान र अनलाइन शिक्षालाई व्यवस्थित बनाउन खर्च गर्न अर्थ मन्त्रालय र विश्व बैंकबाट स्वीकृति पाइसकेको छ । सो रकम परियोजनाको अन्तिम समय आगामी जुनसम्ममा खर्च गरिसक्नु पर्नेछ । कोरोना भाइरसका कारण लकडाउन भएपछि अधिकांश विश्वविद्यालयले अहिले अनलाइन कक्षा सञ्चालन गरिरहेका छन् । केही विषयमा…
झापा, ३१ वैशाख । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको पीसीआर नमुनाको परीक्षणमा मंगलबार थप २६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमित भेटिएका छन । मंगलबार बिहान ५७ जनामा कोरोना पुष्टि भएको थियो । मंगलबार एकै दिन सबैभन्दा बढी ८३ जना संक्रमित भेटिएका हुन् । यो संगै नेपालमा संक्रमितको संख्या २१७ पुगेको छ । मंगलबार संक्रमण पुष्टि भएका मध्य ३ जना राजधानीका पनि छन । जसमध्ये काठमाडौँ जिल्ला निवासी ३३ वर्षीय महिला, भक्तपुर जिल्ला निवासी २५ वर्षीय महिला र २७ वर्षीय पुरुष रहेका छन । त्यस्तै पर्सा जिल्ला निवासी २२, २८, २८, ३२, ४५, ६० वर्षीय महिलाहरु र १६, २२, २४, २५,…
रियाद , ३० बैशाख । खाडी मुलुक साउदी अरबमा कार्यरत ६ सय ७४ जना नेपाली श्रमिकमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । मंगलबार रियादस्थित नेपाली दुतावसले एक सुचना जारी गर्दै ६ सय ७४ जना नेपालीलाई कोरोनाको संक्रमणपुष्टि गरेको हो । साउदी अरबको पूर्वी क्षेत्रमा ३ सय ३६ , पश्चिमक्षेत्र मक्का, मदिना, जेद्दा र जजानमा १ सय ४८, रियाद क्षेत्रमा १ सय ७५ , कसिम क्षेत्रमा ३ , हायल क्षेत्रमा ३ र अन्य स्थानमा ९ जना नेपालीहरू संक्रमित भएका छन् । संक्रमितमध्ये कतिपय निको भएर काममा समेत फर्किसकेको दूतावासले जनाएको छ । संक्रमितमध्ये ११ जना महिला कामदार रहेको दूतावासले…
झापा, ३१ वैशाख । वैदिक समाज झापाका संस्थापक तथा पूर्व अध्यक्ष भद्रपुर–१० चन्द्रगढी निवासी समाजसेवी तथा दानवीर सामाजिक अभियन्ता दाताराम घिमिरेको ८४ वर्षको उमेरमा निधन भएको छ । धार्मिक जागरण तथा सामाजिक उन्नतिमा निस्वार्थ सेवाका लागि आर्थिक तथा जिन्सी सहयोग गरेर योगदान दिने दानवीर घिमिरेको बैशाख २८ गते तदनुसार सन् २०२० मे १० का दिन सम्युक्त राज्य अमेरिकाको क्याली नर्थ क्यारोलिना राज्यमा निधन भएको हो । धार्मिक विकृति बिरूद्ध सामाजिक सुधारका लागि आदिम ग्रन्थ वेद विद्याको अध्ययन तथा अध्यापन गर्नका लागि तन मन र धनले निस्वार्थ सेवामा रहनु भएको घिमिरेको निधनले विभिन्न धार्मिक तथा सामाजिक संस्थाहरूले समाज सुधारको मूल खम्बा…
झापा, ३० बैशाख । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन खुकुलो बनाएकोमा असन्तुष्टि जनाएका छन् । कोरोना संक्रमितको संख्या बढ्दै गएको बेला लकडाउन खुकुलो हैन कडा पार्नुको विकल्प नभएको प्रधानमन्त्री ओलीले बताएको एक मन्त्रिले जानकारी दिए । लकडाउन खुकुलो पार्दा अवस्था भयावह हुनसक्ने हुदा हेलचेक्र्याई गर्नु हुन्न भन्ने प्रधानमन्त्रीको बुझाई छ मन्त्रिले भने । लकडाउनमा केहि खुकुलो पारीएसंगै काठमाडौँ उपत्यकामा चहलपहल बढेको छ । कोरोना भाइरस कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सिफारिसमा काठमाडौं उपत्यकामा शुक्रबारबाट लकडाउन खुकुलो पारिएको थियो । प्रधानमन्त्री ओलीले मान्छेको जीवनभन्दा आर्थिक गतिविधि ठूलो होइन भन्दै लकडाउनमा सम्झौता नगर्न…
अर्जुनधारा, ३० वैशाख । संसारमा आमाभन्दा महान को होला र ? आमाका लागि छोराछोरीले जस्तो सुकै त्याग पनि गर्न सक्नुपर्छ भन्ने उदाहरण बनेका छन् झापाका दुई दाजुभाई । झापाको अर्जुनधारा–१० घर भएका पर्शुराम विश्वकर्माकी आमा शिवमाया बराईलीलाई आन्द्राको क्यान्सर भएपछि उनी हाल भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत छिन् । भर्खर एईई परिक्षा सकेका पर्शुरामले कल्पना समेत गरेका थिएनन् कि जीवनमा यति ठूलो संकट आईपर्छ भनेर । पढ्ने उमेरमा आमालाई कसरी बचाउने एउटै चिन्ताले पिरोलेको छ अहिले पर्शुरामलाई । पेट दुख्ने समस्या भएपछि बिर्तामोड स्थित निलकण्ठ डाइनोष्टिकमा उपचारका लागि आएर जाँच गराउँदा त्यहाँबाट क्यान्सरको आशंका गर्दै चिकित्सकले भरतपुर तथा काठमाण्डौं स्थित टिचिङ…
काठमाडौं, ३० बैशाख । साउदी अरबमा कोरोना सङ्क्रमणबाट फेरी एक नेपालीको मृ’त्यु भएको छ । उक्त घटनाको खबरले स्तब्ध बनाएको भन्दै कन्सुलेटले दुःख व्यक्त गरेको छ । अन्य संक्रमितमध्ये १० जना निको भई अस्पतालबाट फर्किसकेको र बाँकी सबै उपचाररत रहेको समाचारमा उल्लेख छ । यस विषम परिस्थितिमा सङ्क्रमण रोकथाम र उपचारका लागि विश्व स्वास्थ्य सङ्गठन लगायत साउदी सरकारले चालेका कदमलाई पूर्ण पालना गरी संयमित र सुरक्षित रहन कन्सुलेट जनरलले साउदीमा कार्यरत नेपालीलाई अनुरोध गरेको छ । कोरोना सङ्क्रमणको लक्षण देखिँदा कम्पनीले बेवास्ता गरे कन्सुलेटमा सम्पर्क गर्न पनि अनुरोध गरेको छ ।
वीरगञ्ज, ३० वैशाख । पमंगलबार पर्सामा भेटिएका ३९ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितमध्ये चार जना पत्रकार भएको पाइएको छ । नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले संक्रमितमध्ये चार पत्रकार पनि भएको पुष्टि गरेका हुन् । पहिलेदेखि नै कोरोनाको इपि सेन्टर बनेको वीरगञ्जमा पत्रकारहरूले जोखिम मोलेर रिपोर्टिङ गर्दै आएका थिए । वीरगञ्जमा पहिलो पटक ३१ चैतमा तीन जना जमातीमा संक्रमण देखिएको थियो भने छपकैयामा एकै परिवारका १८ जनामा संक्रमण पुष्टि भएको छ ।