झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २८ वैशाख । प्रदेश १ मा कोरोनालाई जितेर घर फर्कनेको संख्या १६ पुगेको छ । आज पनि दुई जना कोरोनामुक्त भएर घर फर्किएका छन् । भोजपुरका २६ वर्षीय पुरुष र झापा बाह«दशीका ४० बर्षीय पुरुषले कोरोनालाई जितेर घर फर्कनु भएको हो । प्रदेश १ ३५ जना कोरोना संक्रमित थिए । यतिबेला कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा १९ जना उपचाररत रहनुभएको छ । उहाँहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । यसैबीच प्रदेश सरकारले कोरोना परीक्षणको दर समेत बढाएको छ । यतिबेला प्रदेश १ मा पिसीआर र आरडीटी दुबै बिधिबाट परीक्षण भइरहेको छ । पिसिआर तीन ठाउँबाट भइरहेको मुख्यमन्त्री तथा…

Read More

भद्रपुर, २८ बैशाख । भद्रपुर–६ नम्बर वडाध्यक्षले वडा कार्यालयमा सञ्चालन गर्ने कार्य सम्पादन अपारदर्शी भएको भन्दै नेपाली कांग्रेस भद्रपुर–६ वडा समितिले ज्ञापनपत्र बुझाएको छ । कोरोना संक्रमणको युद्धमा वडा भित्र रहेका सबै दल, सहयोगी हात र वडाका जनप्रतिनिधिलाई विश्वासमा लिएर काम गर्नु पर्ने वडाध्यक्षले बहुमतको बलमा मनोमानी गरेको आरोप लगाउँदै वडा कांग्रेसले कार्यशैली सच्याउन माग राखी ज्ञापनपत्र बुझाएको हो । नगर प्रमुख जीवनकुमार श्रेष्ठ तथा वडाध्यक्ष प्रेमबहादुर बरूवाललाई बुझाइएको ज्ञापन पत्रमा भनिएको छ— वडाध्यक्षले केन्द्रीय सरकारको पदचापलाई नै पछ्याउँदै आएका छन् । मूलतः उनको शुरु देखिको अपारदर्शीतालाई बढावा दिने विधि प्रक्रिया र स्थापित मापदण्ड विपरितको काम गर्ने शैलीले हामीलाई गम्भीर…

Read More

बिर्तामोड, २८ वैशाख । झापाको कन्काई नगरपालिका–४ का ४० बर्षीय प्रदिप बुढाथोकी नियन्त्रीत लागूऔषध ब्राउनसुगर सहित पक्राउ परेका छन् । झापाको कन्काई नगरपालिका-४ का ४० बर्षीय प्रदिप भनिने हर्क बुढाथोकी नियन्त्रीत लागूऔषध ब्राउनसुगर सहित पक्राउ परेका छन् । बुढाथोकीले आफ्नै घरबाट नियन्त्रीत लागूऔषध ब्राउनसुगरको कारोवार गरिरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरी टोलीले निजलाई घरबाट नै १७ ग्राम ब्राउन सुगर र नगद २३ हजार ३५५ रुपैयाँ सहित आज बिहान साँढे १० बजे पक्राउ गरेको हो । पक्राउ परेका बुढाथोकीको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।  झापाको कन्काई नगरपालिका–४ का ४० बर्षीय प्रदिप बुढाथोकी नियन्त्रीत…

Read More

सोलुखुम्बु, २८ वैशाख । सोलुखुम्बुको सोताङ गाउँपालिका–३ मा रहेको नागीयाङ सामुदायिक वनबाट अबैध भरुवा बन्दुक सहित १ जना पक्राउ परेका छन् । उक्त सामुदायिक वनमा वन्यजन्तुको चोरी शिकारी भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सोताङबाट खटिएको प्रहरी टोलीले स्थानीय २५ बर्षीय प्रदिप राईलाई १ थान भरुवा बन्दुक र १ वटा मरेको कालिज सहित आज बिहान ७ बजे पक्राउ गरेको हो । चोरी शिकारीमा संग्लग्न रहेका अर्का स्थानीय २५ बर्षीय दिपक राई भने तत्काल फरार रहेकोले निजको समेत खोजतलास भईरहेको तथा अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Read More

काठमाडौँ, २८ वैशाख । सरकारले आगामी आर्थिक वर्षको बजेटमा भ्रष्टाचारवि’रुद्ध शून्य सहनशीलतालाई पूर्णरुपमा कार्यान्वयन गर्दै सुशासनको क्षेत्रमा विशेष योजनाका साथ काम गर्ने स्पष्ट पारेको छ । राष्ट्रियसभाको आजको बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले ‘आर्थिक वर्ष २०७७–०७८ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्दै उक्त कुराको जानकारी दिनुभएको हो । संविधानले प्रत्याभूत गरेको लोकतान्त्रिक मूल्य मान्यता, समाजवाद उन्मुख अर्थतन्त्रका प्रमुख आधारका रुपमा रहेको सार्वजनिक–निजी साझेदारीका माध्यमबाट सामाजिक न्याय स्थापना गर्दै समृद्ध अर्थतन्त्र निर्माण गर्नेतर्फ बजेट केन्द्रित गरिने उहाँले जानकारी दिनुभयो । संविधानप्रदत्त नागरिकको मौलिक हक कार्यान्वयन गर्दै विकास,…

Read More

झापा, २८ वैशाख । झापा गाउँपालिकाको विपद व्यवस्थापन समितिले पसल तथा अत्यावश्यक सामान खरिद बिक्री गर्न बिहान ६ बजे देखि १० सम्म पाउने निर्णय गरेको छ। समितिको आज बसेको बैठकले उक्त निर्णय गरेको गाउँपालीकाका अध्यक्ष जयनारायण शाहको बताउनुभयो । गत शुक्रबार जिल्ला विपद व्यवस्थापन समितिको बैठकले गरेको निर्णय माथि बहस गर्दा यहाँका पसलहरु खोल्ने समय ६ बजे देखि १० बजे सम्म बनाइएको हो। खाद्यान्न,मल,बीउ विजन,इटा विक्री केन्द्र,बैंक वित्तिय संस्थाहरु,हार्डवयेर,मोटर्स पार्टसका पसलहरु ६ बजे देखि १० बजे सम्म खोल्न पाउने निर्णय गरिएको झापा गाउँपालीकाका प्रमुख प्रशासकीय अधिकृत जीवन निरौलाले बताउनु भयो।

Read More

जेनेभा, २८ वैशाख । कोरोनाभाइरसका कारण विश्वभर २ लाख ८० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४१ लाख १५ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार आइतबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ४ हजार २४८ जनाको मृत्यु भएको छ । प्राप्त समाचार अनुसार विश्वभर करिब ४८ हजार मानिसको स्वास्थ्य अवस्था कोरोनाभाइरसबाट अत्यन्त जटिल रहेको छ भने २३ लाख ४१ हजार अर्थात् करिव ९८ प्रतिशतको अवस्था सामान्य छ । युरोपेली मुलुकहरुमध्ये बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार बेलायतमा ३१ हजार ५८७ जनाको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ । संयुक्तराज्य अमेरिकामा…

Read More

बिर्तामोड, २८ वैशाख । झापाको बिर्तामोडमा आजदेखि निःशुल्क खाना वितरण शुरु भएको छ । बन्दाबन्दीका कारण भोकभोकै बस्नु नपरोस् भन्ने उद्देश्यले ‘एकका लागि एक’ अभियान आजदेखि निःशुल्क खाना वितरण शुरु गरेको हो । लक डाउनको समयमा विपन्न तथा असाहय परिवारलाई राहत बाँड्दै आएको अभियानले खाना वितरण शुरु गरेको अभियानका खाना व्यवस्थापन उपसमितिका संयोजक सञ्जीव घिमिरेले जानकारी दिनुभयो । गत वैशाख १९ गते मजदुर दिवसको दिनदेखि शुरु भएको अभियानले हालसम्म एक हजार विपन्न परिवारलाई खाद्य सामग्री वितरण गरिसकेको छ । अभियानले कम्तिमा दुई हजार परिवारलाई खाद्यान्न वितरण गर्ने योजना बनाएको अभियानका संयोजक महेन्द्रकुमार गिरीले जानकारी दिनुभयो । पहिलो चरणमा खाद्य सामग्री…

Read More

काठमाडौँ, २८ वैशाख । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का अध्यक्ष पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिपुलेक, कालापानी तथा लिम्पियाधुरालगायत सीमाका विषय पेचिलो बनेको भन्दै त्यसको समाधानका लागि नेपालसामु सिधै एउटा टुङ्गोमा पुग्नुपर्ने समय आएको बताउनुभएको छ । विगतदेखि नै राजनीतिक र कूटनीतिकरूपमा विभिन्न चरणमा समाधानको प्रयास गरिए पनि निकास ननिस्किएको वर्तमान परिप्रेक्ष्यमा समस्याहरु थप जटिल बन्दै गएको अध्यक्ष दाहालको निष्कर्ष छ । सिंहदरबारमा आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समितिका सदस्यसमेत रहनुभएका अध्यक्ष दाहालले सीमा वि’वाद तत्काल उब्जिएको नभइ दशकौँदेखिको समस्या हो भन्दै सबै तथ्यहरुको विष्लेषण गरी एउटा ठोस निचोडमा जानुपर्ने आवश्यकता औँल्याउनुभयो । बैठकमा सांसदहरुले सीमारक्षाका विषयमा राष्ट्रिय सहमति…

Read More

पार्थ मण्डलझापा, २८ वैशाख । भारतको पश्चिम बङ्गाल सरकारले बन्द गरेको पूर्वी नेपालको काँकडभिट्टा नाका शनिवारदेखि खुलेको छ । कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि बङ्गाल सरकारले चैत २५ गतेदेखि काँकडभिट्टा–रानीगञ्ज नाका बन्द गराएको थियो । बङ्गाल सरकारले करिब एक महिना पछि नाका सुचारु गरेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी राजेन्द्र पोखरेलले जानकारी दिए । ‘बङ्गाल सरकारले नेपाललाई चाहिने अतिआवश्यक सामान मात्र पठाउने सर्तमा नाका सुचारु गरेको हो,’ डिएसपी पोखरेलले भने, ‘भारतबाट आउने अतिआवश्यक वस्तु मात्र आयात हुन्छ, नेपालबाट भारततर्फ कुनै पनि वस्तु निर्यात नहुने सर्त बङ्गाल सरकारले राखेको छ ।’ शनिवार दिउँसोदेखि नै काँकडभिट्टा नाकाबाट अतिआवश्यक वस्तु बोकेका ढुवानीका…

Read More