
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौं, १० जेठ । नेपाल सरकारद्वारा अद्यावधिक गरिएको नेपालको नयाँ नक्सा तथा निशान छाप अन्तर्रा्ष्ट्रिय समुदायसहित सबैतिर पठाउने तयारी गरेको छ । सोही तयारीका क्रममा सरकारले नक्सा छाप्ने र निशान छाप परिवर्तनको कानुनी प्रक्रिया सुरु गरिसकेको छ । नेपालको संविधानको अनुसूची ३ मा रहेको निशान छाप र त्यसभित्र अद्यावधिक नक्सा राख्ने कानुनी प्रक्रिया सुरु गरेको हो । संविधान संशोधनको प्रस्तावसँगै नयाँ निशान छापमा अद्यावधिक नक्सामा सामेल कालापानी, लिपुलेक र लिम्पियाधुरा छापिने छ । नक्सा छापिने प्रक्रिया सुरु भएसँगै स्वदेश र अन्तर्रा्ष्ट्रिय समुदायलाई कहाँ – कहाँ पठाउने भन्नेबारेमा समेत मन्त्रालयले तयारी गरेर सूचीसमेत तय गर्दैछ । आजको गोरखापत्र दैनिकमा खबर छ…
झापा, १० जेठ । सार्वजनिक खरिद अनुगमन कार्यालयले ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल प्रालिलाई कालोसूचीमा राख्ने प्रक्रिया अधिकारीहरूको दबाबको छायामा परेको छ । ओम्नीलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको महिना दिनभन्दा बढी भइसके पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उच्च अधिकारीहरूको दबाबमा कालोसूचीमा राख्ने प्रक्रिया रोकिएको स्रोतले बतायो । गत चैतमा स्वास्थ्य सेवा विभागले सम्झौताबमोजिमको मेडिकल सामग्री आपूर्ति नगरेको भन्दै ओम्नीलाई कालोसूचीमा राख्ने निर्णय गरी सार्वजनिक खरिद अनुगमन कार्यालयसमक्ष सिफारिस गरेको थियो । सिफारिस भएको एक महिना नाध्दासमेत कुनै निर्णय नहुनु प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उच्च अधिकारीमार्फत दबाबमा प्रक्रिया रोक्ने काम भएको स्वास्थ्य सेवा विभागका एक उच्च अधिकारीले नागरिकलाई बताए । आजको…
झापा, १० जेठ । आर्थिक वर्ष समाप्त हुने समय नजिकिएसँगै अहिले विभिन्न निकायबाट खर्च नभएका बजेट धमाधम फिर्ता हुन थालेका छन् । अर्थ मन्त्रालयका अनुसार गत चैत महिनामा मात्र विभिन्न १० निकायबाट करिब ४ अर्ब ८१ करोड ७० लाख ४४ हजार ७ सय ९१ रुपैयाँ बजेट फिर्ता भएको छ । जसमध्ये सबैभन्दा धेरै फास्ट ट्र्याकको रकम फिर्ता आएको हो । अर्थ मन्त्रालयका अनुसार रक्षा मन्त्रालयले चालू आर्थिक वर्षका लागि फास्ट ट्र्याकमा विनियोजित रकमबाट २ अर्ब ८३ करोड ६६ लाख ५२ हजार रुपैयाँ फिर्ता भएको हो । आजको राजधानी दैनिकमा खबर छ ।
झापा, १० जेठ । कोरोना भाइरसका कारण सबैभन्दा बढी संयुक्त अरब इमिरेट्स (युएई) मा कार्यरत नेपालीले रोजगारी गुमाउने देखिएको छ । युवालाई वैदेशिक रोजगारीमा पठाउँदै आएको वैदेशिक रोजगार व्यवसायी संघले गरेको पछिल्लो अध्ययन अनुसार कोरोनाको सबैभन्दा बढी असर युएईमा रहेका नेपालीमाथि पर्ने देखिएको हो । युएईमा रहेकामध्ये कम्तीमा ३० प्रतिशत नेपालीले रोजगारी गुमाउने संघले जनाएको छ । ‘कोरोनाले युएईको होटल, पर्यटन क्षेत्रमा नराम्रो असर परेको छ, संघका महासचिव सुजितकुमार श्रेष्ठले भने, जसले गर्दा होटल, पर्यटन क्षेत्रका काम गर्नेसहित धेरै सुरक्षा गार्डले रोजगारी गुमाएका÷गुमाउँदै छन् ।’ आजको नागरिक दैनिकमा खबर छ ।
झापा, ९ जेठ । कोरोना भाइरस सङ्क्रमण भएका थप २१ जना आज निको भई घर फर्कनुभएको छ । आज निको हुने सबै सङ्क्रमित बाँकेमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार गराइराख्नुभएको थियो । निको हुनेमा महिला नौ र पुरुष १२ रहनुभएको छ । योसँगै निको हुनेको सङ्ख्या ७० पुगेको छ । २० दिनको अस्पताल बसाइपछि उहाँहरु आज घर जानुभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभयो । त्यसैगरी स्वास्थ्य मन्त्रालयले पछिल्लो समय १९ जनामा कोभिड–१९ बाट सङ्क्रमण भएको पुष्टि भएको छ । अहिलेसम्ममा नेपालमा सङ्क्रमितको सङ्ख्या ५०७ पुगेको मन्त्रालयले पुष्टि गरेको छ…
झापा, ९ जेठ । नेपाल महिला संघकी केन्द्रीय सदस्य गोमा भट्टराईले सामाजिक सुरक्षा भत्ता रोकेर सरकारले अतिविपन्न, एकल महिला, बृद्धबृद्धा, अपाङ्ग लगायत सिमान्तकृत वर्गमाथि आहात पुगेको भन्दै सरकारी निर्णय सच्याउन माग गरेकी छिन् । नेतृ भट्टराईले एक विज्ञप्ति जारी गर्दै लकडाउनले गाँस जुटाउन समस्यामा परेका वर्गप्रति सरकारले अनुदार भएर सामाजिक सुरक्षा भत्ता रोक्ने काम निन्दनीय भएको ठहर गर्दै निर्णय सच्याउन माग गरेकी हुन् । उनले लेखेकी छिन्— निर्वाचनका बेला घरघरमा सामाजिक सुरक्षा भत्ता पुर्याइ दिने आश्वासन दिएर जनमत बटुलेको वर्तमान सरकारले बन्दाबन्दीले रोजगार गुमेको कठिन समयमा सामाजिक सुरक्षा भत्ता रोक्ने काम गर्दा एकल महिला, अतिविपन्न सिमान्तकृत वर्ग लगायत समस्यामा पर्ने…
झापा, ९ जेठ । नेपालमा थप २० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ५०७ पुगुेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार डडेलधुरा र वैतडीमा पनि संक्रमण देखिएको छ । डडेलधुराको पराशुराम–१० का २८ वर्षीय पुरुष र वैतडीको शिवनाथ–१ का २२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै कैलालीमा तीन जनामा संक्रमण पुष्टि भएको छ । जानकी गाउँपालिकाको सरस्वती माविको क्वारेन्टाइनमा रहेका १९, २३ र २६ वर्षका पुरुषमा संक्रमण पुष्ट भएको हो । यस्तै बाँकेमा १४ जना संक्रमित थपिएका छन् । उनीहरु १८ देखि ६१ वर्ष उमेरका पुरुषहरु छन् । उनीहरु मध्ये १८…
बिर्तामोड, ९ जेठ । निमार्ण व्यवसायी शेरबहादुर थापाले आफ्नो नातिको जन्मदिनमा लकडाउनका का समस्यामा परेकालाई खाद्यान्न सामग्री उपलब्ध गराएका छन् । बिर्तामोड–१ निवासी थापाले नाति हिमालविक्रम थापाको नौँ जन्मदिनको अवसरमा आफ्नो टोलका ३० परिवारलाई चामल, आलु, प्याज लगायतका खाद्य सामग्री उपलब्ध गराएका हुन् । प्रति परिवार चामल १० केजी, प्याज २ केजी, आलु २ केजी लगायतका खाद्य सामग्री दिइएको हो । लकडाउन कारण दैनिक ज्याला मजदुरी गर्ने र विपन्न परिवार काममा जान नसकिरहेकाहरुको दुःखलाई नजिकबाट बुझेर सहयोग गरिएको थापाले बताए । उनकी श्रीमती निर्मला थापा, नाति हिमालले विपन्न परिवारलाई खाद्यान्न सामग्री दिएका थिए । ‘कोरोनाको महामारीले विश्व नै संकटमा परेका…
सोलु, ९ जेठ । सोलुखुम्बु सोताङ बस्ने ४६ बर्षीया परीमाया राईले आफ्नै श्रीमानालाई खुकुरी प्रहार गरेकी छिन । हिजो दिउसो साढे ३ बजे घरमा बसिरहेका ४५ बर्षीय प्रताप सिंह राईलाई परीमायाले टाउँकोमा खुकुरी प्रहार गरेकी हुन । खुकुरी प्रहारबाट घाईते भएका प्रतापको स्थानीय प्रथामिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । मादक पदार्थ सेवन गरी घरमा आएकी परीमायाले एक्कासी श्रीमानालाई खुकुरी प्रहार गरी फरार भएकी थिईन । तत्काल प्रहरीमा खबर हुनसाथ उनलाइ पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय सोताङले जनाएको छ ।
द्रोण अधिकारीभद्रपुर, ९ जेठ । झापामा नोबल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण तीव्र गतिले फैलिरहेको अवस्थाको जिम्मेवारी प्रहरी प्रशासनको टाउकोमा थुप्रिएको छ । बन्दाबन्दी कार्यान्वयनका लागि सीमा बन्दको जिम्मेवारी लिएका प्रहरी प्रशासनले सरकारको निर्णय अनुसार भारतीय सीमा क्षेत्रबाट हुने लुकीछिपी नेपाल प्रवेश रोक्न नसकेपछि कोरोना संक्रमण तीव्र भएको दोष प्रहरी प्रशासनमा ठोक्किएको हो । झापामा देखिएको कोरोना संक्रमितको विवरण अध्ययन गर्दा भारतबाट केही दिनयता नेपाल प्रवेश गर्ने व्यक्तिहरू नै बढी संक्रमित पाइएका छन् । ती व्यक्तिहरू सरकारी निर्णयले नेपाल प्रवेश गरेका नभएर सीमा क्षेत्रमा परिचालित सुरक्षाकर्मीसितको समन्वयमै प्रवेश गरेको बताउने गर्छन् । भारतबाट च्यानल मिलाएर नेपाल पसेका अधिकाम्समा कोरोना संक्रमण…