
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौं, ७ जेठ । कोरोना भाइरस कोभिड-१९ बाट काठमाडौँमा नेपाल प्रहरीका दुई जनामा संक्रमण पुष्टि भएको छ। महानगरीय प्रहरी वृत्त, कालीमाटीमा कार्यरत दुई जना प्रहरी अधिकारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको महानगरीय प्रहरी परिसरका एसएसपी श्याम ज्ञवालीले जानकारी दिए । सुरुमा र्यापिड टेस्ट गर्दा पोजेटिभ पाइएपछि गरिएको पिसिआर टेस्टले उनीहरूमा संक्रमण भएको पुष्टि गरेको हो। दुई जना प्रहरी अधिकारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि प्रहरीका ६ वटा इकाइ सिल गरिएको छ । संक्रमित बस्ने व्यारेकमा दुई सय १४ जना प्रहरी बस्दै आएका छन्। मातहतको बल्खु, कलंकी र स्यूचाटार प्रहरी प्रभाग पनि सिल गरिएको छ । टेकुस्थित प्रयोगशालाले मंगलबार बेलुकी कालीमाटीका…
झापा, ७ जेठ । लामो समयको लकडाउनका कारण भारतका विभिन्न ठाउँमा अप्ठेरोमा परेका नेपालीका लागि सीमासँग जोडिएको झापामा होल्डिङ एरिया निर्माण हुन थालेको छ । झापाको शिवसताक्षी नगरमा पनि बढीमा १ सय ५० का लागि होल्डिङ एरिया निर्माण हुने भएको हो । दुधे स्थित राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयको पूर्वाधार युक्त भवनलाई होल्डिङ एरिया निर्माण गर्न लागिएको शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले बताए । शिवसताक्षी नगर कार्यपालिकाको सोमबार बसेको बैठकले दूधेको उक्त सामुदायिक विद्यालयलाई होल्डिङ एरिया निर्माणका लागि निर्णय गरेको थियो । मङ्गलवार नगर स्तरीय सर्वदलीय समन्वय समितिले पालिकाको निर्णयलाई ऐक्यबद्धता जनाएपछि होल्डिङ एरिया तय भएको हो । नगर प्रमुख…
झापा, ७ जेठ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डाक्टरलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज कोरोना पुष्टि गरेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डाक्टर ललितपुरको पाटनमा बस्दै आएको जानकारी दिइएको छ । कोरोना रेस्पोन्स टिममा संलग्न उहाँको राष्ट्रिय प्रयोगशाला टेकुमा गरिएको परीक्षण पोजेटिभ आएको हो । महाशाखामै कार्यरत डाक्टरलाई कोरोना भएको पाइएपछि टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेशनमा लैजाने तयारी छ । यसैगरी आज काठमाण्डौको गोकर्णेश्वर, तारकेश्वर र कालीमाटीमा एकरएक जनामा कोरोना पुष्टि भएको हो । उनीहरुलाई पनि नजिकैको अस्पताल लैजाने तयारी गरिएको छ । भक्तपुरमा आज कोरोना पुष्टि भएका व्यक्तिको भने…
झापा, ७ जेठ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले स्वास्थ्य सुरक्षालाई ध्यान दिएर विकास निर्माण र उद्योगधन्दा सञ्चालन गर्न आग्रह गर्नुभएको छ । नेपाल उद्योग परिसङ्घले मङ्गलबार गरेको भर्चुअल अन्तक्र्रियामा उहाँले सरकारले महामारीबीचमै जीवन खोज्ने गरी उद्योग सञ्चालन, रोकिएका विकास आयोजनाका काम सञ्चालन गर्ने र उद्योगका लागि अत्यावश्यक कच्चा सामग्रीको ढुवानी गर्न सक्ने व्यवस्था मिलाएको बताउनुभयो । “कोरोना महामारी कहिलेसम्म रहन्छ कसैले अनुमान गर्न सक्ने विषय होइन”, मन्त्री पुनले भन्नुभयो, “सङ्कटकै बीच जीवन खोज्ने काममा अभ्यस्त हुनुपर्ने भएको छ ।” महामारी लम्बिँदै गए बाह्य श्रम बजारमा रहेका १० लाख नेपाली रोजगारी गुमाएर स्वदेश फर्कने प्रारम्भिक प्रक्षेपण रहेको उल्लेख गर्दै उहाँले…
बनियानी, ७ वैशाख । भारतबाट लुकिछिपी नेपाल छिरेका एक युवामा कोरोनाको पिसिआर परीक्षण पोजिटिभ आएको भोलिपल्टै आज नौजना संक्रमित थपिएपछि सिङ्गै कचनकल गाउँपालिका सिलबन्दी गर्ने निर्णय गरिएको छ । झापा क्षेत्र नं. ३ (क) का प्रदेशसभा सदस्य बसन्त बानियाँले दिएको जानकारी अनुसार प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुखसहितको उपस्थितिमा मंगलबार सो सम्बन्धी निर्णय गरिएको हो । एकाएक संक्रमितको संख्या बढेपछि थप ६५ जनाको तत्कालै पिसिआर परीक्षण गराउने, संक्रमित ९ जनालाई उपचारार्थ आजै कोरोना अस्पताल बिराटनगर लैजानेसमेत निर्णय गरिएको प्रदेशसभा सदस्य बानियाँले जानकारी दिएका छन् । सो क्षेत्रमा थप क्वारेन्टाइन निर्माणका लागि महेन्द्ररत्न मावि केचना, जानकी आधारभूत विद्यालय पाठामारी र लक्ष्मी…
झापा, ६ जेठ । कोभिड–१९ को सङ्क्रमण आज २७ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले आज विभिन्न ठाउँमा गरिएको स्वास्थ्य परीक्षणमा विभिन्न १३ जिल्लाका मानिसमा सङ्क्रमण देखिएको जानकारी दिनुभयो । उहाँका अनुसार झापाका नौ, मोरङ एक, सुनसरी एक, सर्लाही दुई, मकवानपुर एक, भक्तपुर एक, काठमाडौँ तीन, ललितपुर एक, सिन्धुली एक, कपिलवस्तु चार, नवलपरासी एक, रामेछाप एक र लमजुङका एकजनामा सङ्क्रमण देखिएको हो । आज २७ जना थपिएपछि सङ्क्रमितको सङ्ख्या ४०२ पुगेको छ । यसैगरी ३६ जिल्लामा सङ्क्रमण देखिएको उहाँले बताउनुभयो । आज देखिएका सङ्क्रमितमा २४ पुरुष र तीन महिला छन् । प्रवक्ता डा देवकोटाले…
सुनसरी, ६ जेठ । सुनसरीको देवानगञ्ज गाउँपालिका(१ बाट ठुलो परिणामको लागुऔषध सहित १ जना पक्राउ परेका छन् । आज इलाका प्रहरी कार्यालय हरिनगराबाट खटिएको प्रहरी टोलीले हरिनगरा गाउँपालिका–१ लब्टोलियाबाट सोही नगरपालिका(७ का २१ बर्षीय भोला भनिने नरेश कुमार यादवलाई लागुऔषध सहित पक्राउ गरेको हो । पक्राउ परेका यादवको साथबाट अवैध लागु औषध नुफिन ५८० एम्पुल, डाइजेल्याब ५६० एम्पुल र फेनारगन ५६० एम्पुल गरी जम्मा १७०० एम्पुल बरामद भएको छ । पक्राउ परेका यादवको सम्बन्धम थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
मोरङ, ६ जेठ । मोरङको बिराटनगर महानगरपालिका-११ बसपार्कबाट ठुलो परिणामको नक्कली मदिरा सहित १ जनालाई पक्राउ गरिएको छ । बसपार्क छेउमा रहेको एक घरमा कोठा भाडामा लिएर बसोबास गर्दै आएका विराटनगर महानगरपालिका–६ बस्ने श्रवण मुखियाले संचालन गर्दे आएको न्यूडिएन ट्रेडर्सको पसल भित्र विभिन्न ब्राण्डको बोतलमा नक्कली लेवल टाँस गरी नक्कली मदिरा बनाउने गरेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले आज दिउँसो साँढे २ बजे मुखियालाई बिभिन्न ब्रान्डका ५३० बोतल नक्कली मदिरा सहित पक्राउ गरेको हो । मुखीयाको पसलबाट प्रहरीले पास पास मदिरा १५ बोतल, सिग्नेचर २१० बोतल, गोल्डेन वक २२ बोतल, गोल्डेन ग्लोब १२ बोतल, नेटवर्क…
जेनेभा, ६ जेठ । कोरोनाभाइरसका कारण विश्वभर ३ लाख २० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४९ लाख पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार मंगलबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ८८ हजार ८५८ जना नयाँ संक्रमित भेटिएका छन् । यसअघि अघिल्लो २४ घण्टामा विश्वमा ८२ हजार २५७ जना नयाँ संक्रमित भेटिएका थिए । विगत २४ घण्टामा विश्वभर ३ हजार ४४५ जनाको ज्या’न गएको छ । प्राप्त समाचार अनुसार विश्वभर करिब ४४ हजार ७६५ जनाको स्वास्थ्य अवस्था कोरोनाभाइरसबाट अत्यन्त ज’टिल रहेको छ भने २६ लाख २० हजारको स्वास्थ्य अवस्था सामान्य छ । युरोपेली मुलुकहरुमध्ये कोरोनाभाइरसबाट…
बिर्तामोड, ६ जेठ । बिर्तामोड नगरपालिकाले स्थापना गरेको कोरोना राहत कोषमा ग्लोब आइएमई बैंक शाखा कार्यालय बिर्तामोडले चामल उपलब्ध गराएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथामका लागि सरकारले लकडाउन गरेको समयमा विपन्न वर्गका नागरिकलाई राहत दिन बैंकले नगरपालिकाको कोषमा एक हजार केजी चामल उपलब्ध गराएको हो । आज एक कार्यक्रमका बीच बैंकका शाखा प्रबन्धक पवनकुमार पौड्यालले नगरप्रमुख ध्रुवकुमार शिवाकोटीलाई चामल हस्तान्तरण गर्नुभयो । शाखा प्रबन्धक पौड्यालले विपतका बेलामा विपन्न वर्गलाई राहत दिन सहयोग गरिएको बताउनुभयो । राहत सामग्री ग्रहण गर्दै नगरप्रमुख शिवाकोटीले संकटका बेलामा सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले कोरोना विरुद्धको अभियानमा सबै एकताबद्ध…