
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १४ साउन । रुसको सुदूर पूर्वी कामचट्का प्रायद्वीपमा बुधबार बिहान ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। सुरुमा ८.७ म्याग्निच्युडको रिपोर्ट गरिए पनि संयुक्त राज्य भूगर्भ सर्वेक्षण (USGS) ले त्यसलाई परिमार्जन गर्दै ८.८ म्याग्निच्युड पुष्टि गरेको हो। भूकम्पको केन्द्र कामचट्स्की क्षेत्रको पेत्रोपाभ्लोभ्स्क-कामचाट्स्की शहरबाट करिब १३६ किलोमिटर पूर्वमा रहेको थियो। भूकम्पको गहिराइ १८.२ किलोमिटर रहेको जनाइएको छ। भूकम्पपछि रुसले सुनामी चेतावनी जारी गरेको छ। कामचट्का प्रायद्वीपमा ३–४ मिटर अग्ला छालहरू देखिएको बताइएको छ। जापान, हवाई, अलास्का, गुआम र माइक्रोनेसियाका केही क्षेत्रमा पनि सुनामीको चेतावनी जारी गरिएको छ । जापानको होक्काइडो क्षेत्रमा पहिलो छाल ३० सेन्टिमिटरको देखिएको छ भने थप छालहरू आउने…
नवलपरासी, १४ साउन । नारायणी नदीमाथिको पुलबाट हामफालेर मंगलबार दुई जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा एक किशोर र एक महिला रहेका छन् । इलाका प्रहरी कार्यालय गैँडाकोटका अनुसार बिहान करीब १५ वर्षीय आदेश श्रेष्ठले पुलबाट हामफालेका थिए। उनी गैँडाकोट–५ निवासी हुन् । सो घटनाको अनुसन्धान जारी रहँदा साँझ ७ः४५ बजे अर्की महिला पनि सोही पुलबाट हामफालेर बेपत्ता भएकी छन्। महिलाको अनुमानित उमेर ४२ वर्ष रहेको बताइएको छ भने उनको पहिचान खुल्न सकेको छैन । प्रमुख प्रहरी निरीक्षक कमला नरालका अनुसार साँझ भएको घटनाका कारण खोजी कार्यमा कठिनाइ आएको छ । उनले भनिन्, “मंगलबार बिहान हामफालेका किशोरको अवस्था पनि…
झापा, १४ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ। जसको प्रभावले हाल बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधरणतया बदली रहनेछ। सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका धेरै स्थानहरूमा तथा बाँकी तराई भूभागका थोरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। आज राति देशको पहाडी भूभागमा साधरणतया बदली रही तराई भूभागमा आंशिक बदली रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा…
सन्तोष शर्माझापा, १३ साउन । दुई वर्षअघि सम्पन्न भएका योजनाको भुक्तानी नपाएको भन्दै झापा र इलामका निर्माण व्यवसायीले भौतिक पूर्वाधार विकास कार्यालय झापा र जिल्ला प्रशासन कार्यालय झापामा आज ज्ञापन–पत्र बुझाएका छन् । निर्माण व्यवसायी संघ झापाको नेतृत्वमा गएको व्यवसायीको टोलीले भुक्तानीका लागि प्रभावकारी पहलको माग गर्दै ती कार्यालयमा ज्ञापनपत्र बुझाएका हुन् । गत आर्थिक वर्ष २०८०÷०८१ मै काम सम्पन्न गरिएका झापा र इलामका करिब ३४ वटा योजनाको रू २२ करोड भुक्तानी निर्माण व्यवसायीले लिन बाँकी रहेको निर्माण व्यवसायी संघ झापाको अध्यक्ष रमेश अधिकारीले जानकारी दिनुभयो । “सम्बन्धित निकायमा पटक–पटक आग्रह र अनुरोध गरिए पनि व्यवसायीले भुक्तानी पाएका छैनन्”, उहाँले…
मोरङ, १३ साउन । मोरङको केरावारी गाउँपालिका-७ स्थितमा मुगु मेडिकलबाट प्रतिबन्धित लागू औषधी सहित मेडिकल संचालक बेलबारी नगरपालिका-८ का २८ बर्षीय मनिष कुँवरलाई प्रहरीले पक्राउ गरेको छ । साउन १३ गते बिहान मेडिकलबाट प्रतिबन्धित लागू औषधीको कारोबार भईरहेको भन्ने विषेश सूचनाको आधारमा इलाका प्रहरी कार्यालय केराबारी र लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उक्त मेडिकल खानतलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा डिकोलिक ४ हजार ५ सय ट्याव्लेट र ट्रामाडोल ४ हजार ५ सय ट्याव्लेट बरामद गरेको हो । प्रतिबन्धित लागू औषधी सहित पक्राउ परेका कुँवरको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।
झापा, १३ साउन । कोशी प्रदेशमा ट्राफिक व्यवस्थापन सुदृढ बनाउँदै सडक दुर्घटना न्यूनीकरणका लागि नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको नेतृत्वमा १४ जिल्लाका ९६ ट्राफिक इकाईमार्फत दैनिक कार्य सञ्चालन भइरहेको छ। आर्थिक वर्ष २०८१/०८२ मा ट्राफिक प्रहरीले प्रदेशभर २६ हजार २९३ पटक सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ। उक्त कार्यक्रमबाट ६ लाख १६ हजारभन्दा बढी सवारी चालक, सहचालक, विद्यार्थी तथा सर्वसाधारण लाभान्वित भएका छन्। प्रदेशका मुख्य तथा सहायक मार्गहरूमा ९३२ स्थानमा सीसीटीभी क्यामेरा जडान गरिएको छ। झापाको झिलझिले, विराटनगरको दूधफारम र खार्जीमा नम्बर प्लेट डिटेक्टर (ANPR) सहितको क्यामेरा जडान गरिएको छ। भारतबाट आउने तथा लामो दूरीका सवारीसाधन जाँचका…
इलाम, १३ साउन । इलामको माङसेबुङस्थित महेन्द्रोदय माध्यमिक विद्यालयको अक्षयकोषमा भूतपूर्व विद्यार्थी डा. प्रेम फ्याकले एक लाख ५० हजार रूपैयाँ प्रदान गरेको छन् । उनले आफ्ना स्वर्गीय पिता टेकविर फ्याक लिम्बू र माता बुधमाया एक्तेन फ्याकको स्मृतिमा उक्त रकम प्रदान गरेका हुन् । अक्षय कोषबाट प्राप्त हुने व्याजको रकमले वार्षिक रूपमा विद्यालयमा अध्ययन गरिरहेका गरिब तथा जेहनदार विद्यार्थीहरूलाई पुरस्कार वितरण गर्ने,शैक्षिक सामग्री वितरण गर्ने साथै विद्यार्थीहरूको शैक्षिक तथा खेलकुदको क्षेत्रमा खर्च गरिने विद्यालयका प्रधानाध्यापक हरि बरालले बताए । डा. फ्याकप्रति आभार व्यक्त गर्दै प्रअ बरालले उनको योगदानले भावी पुस्ताका विद्यार्थीहरूलाई प्रेरणा तथा हौसला मिल्ने विश्वास व्यक्त गरे । विद्यालयको शैक्षिक…
झापा, १३ साउन। झापाको भद्रपुर नगरपालिका( ५ स्थितबाट लागू औषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन १२ गते दिउँसो १ बजे प्रहरी बिट मेचिपुलबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा साईकल यात्री सोहि स्थानका २४ बर्षीय समरदेब राजबंशी र बिर्तामोड नगरपालिका– ५ का २७ बर्षीय रोसन शिवाको साथबाट १ ग्राम ७ मिलिग्राम ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको हो । पक्राउ परेका दुबै जनाको जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान तथा कानुनी कारबाहीको भईरहेको छ ।
तनावबाट मुक्त, आत्मबिश्वास रहनु, खुसी हुनु, दैनिक बाधा अवरोध, हाँसी खेली सामना गर्ने हिम्मत राख्नुलाई सामान्यतया स्वस्थ मानसिकता अथवा मानसिक स्वास्थ्य राम्रो भएको भनिन्छ । शारीरिक स्वास्थ्य जत्तिकै तपाईँले आफ्नो मानसिक स्वास्थ्यमा ध्यान दिनु पनि उत्तिकै जरुरी हुन्छ । त्यसैले आफ्नो मानसिकता कसरी स्वस्थ राख्ने र सुन्दर जीवनयापन कसरी गर्ने ? आउनुस हामी तपाईँलाई केही उपाय सुझाउछौँ । ती उपायहरु यसप्रकार छन् ः १. ब्यक्तिगत सम्बन्ध – तपाईँको जीवनमा साथ दिने सहयोग गर्ने मानिसहरुसंग राम्रो र स्वस्थ ब्यक्तिगत सम्बन्ध राख्नुस् । मानसिक स्वास्थ्यमा ब्यक्तिगत सम्बन्धको धेरै ठूलो भूमिका हुन्छ । २. मनोरञ्जनलाई समय दिनुस् – आफ्नो दैनिक कार्यमा तपाइले भित्रबाटै…
झापा, १३ साउन । भद्रपुरमा ग्यासबाट आगलागी हुँदा ७० हजार मुल्य बराबरको क्षति भएको छ । आज बिहान अन्दाजी ६.४० बजेको समयमा भद्रपुर नगरपालिका– ९ स्थितपुहाँतुबारी निवासी तारा चौलागाईको २ तले पक्की घरको पहिलो तलाको किचन कोठामा ग्यासमा आगो बाल्ने क्रममा अचानक आगो लागेको थियो । आगलागीबाट किचन कोठाको भाडा बर्तन लगायत अन्य सामान जल्दा अन्दाजी ७० हजार बराबरको क्षति प्रहरीले जनाएको छ । आगो भद्रपुरको दमकल, स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो । किचन कोठा बाहेक अन्य कोठा तथा मानवीय, चौपाया क्षति नभएको प्रहरीले जनाएको छ ।