झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ११ साउन । दमक नगरपालिका–१ बरगाछीमा मर्निङ वाकमा निस्किएका दुई महिला जङ्गली हात्तीको आक्रमणमा परी घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते हुनेमा ४२ वर्षीया कविता राई र ४७ वर्षीया सुनिता राई रहेका छन् । प्रहरीका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार आज बिहान घरबाट निस्केर बाटोमा हिँडिरहेका बेला नजिकैको जङ्गलबाट अचानक निस्किएको हात्तीले उनीहरूलाई सुँढले बेरेर लडाएको थियो। टाउको, हात, खुट्टा लगायत शरीरका विभिन्न भागमा चोट लागेका दुवै जनालाई तत्काल दमक अस्पतालमा उपचारका लागि लगिएको छ। सुनिता राईको अवस्था गम्भीर रहेको बताइएको छ। आक्रमणपछि हात्ती पुनः जङ्गलतिर फर्किएको थियो। झापाको जलथल, निचाझोडा र सामुदायिक वन क्षेत्रमा एक दर्जनभन्दा…

Read More

इलाम, १० साउन । कलाकार मुकेश गुरुङ चौँथो सिल्भर म्युजिक अवार्डमा ‘उत्कृष्ट आर्टिस्ट’को रुपमा सम्मानित भएका छन् । गुरुङले अभिनय गरेको घरबार हाम्रो पुर्वैतिर हो बोलको गीत उक्त अवार्डमा नोमिनेसनमा परेको थियो । उक्त गीतबाट उनले उत्कृष्ट मोडलको उपाधि हात पार्न सफल भएका हुन् । गीतमा मेलिना राई र कुमार प्रयास राईको सुमधुर स्वर रहेको छ भने शान्तिराम राईको शब्दमा संगीतकार अनिल कोयु राईले संगीत भरेका छन् । फिक्कलका गुरुङले हालसम्म १६ वटा गीतमा अभिनय गरिसकेका छन्। यसअघि पनि उनले हिमालयन इन्टरनेशनल अवार्डको पाँचौँ संस्करणमा समेत अवार्ड जितिसकेका छन् । सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका मुकेशको यो सफलताले कलाकारिता…

Read More

झापा, १० साउन । झापाको हल्दीबारी गाउँपालिका–४ स्थित ओली चोकमा ग्यास लिक भएर भएको आगलागीमा एकजनाको ज्यान गएको छ। गत साउन ६ गते बिहान ८:४० बजे स्थानीय ६० वर्षीय पुण्यप्रसाद ओलीको तीनतले पक्की घरको दोस्रो तलाको भान्सामा रोटी पकाउने क्रममा ग्यासमा अचानक आगो सल्किएको हो। आगलागी नियन्त्रण गर्ने प्रयासमा घरका चारजना घाइते भएका थिए। घाइतेहरूलाई प्रारम्भिक उपचारका लागि ओमसाई पाथीभारा अस्पताल भद्रपुर लगिएको थियो। अवस्था गम्भीर भएका पुण्यप्रसाद ओलीलाई थप उपचारका लागि काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पतालमा लगिएको थियो। सोही अस्पतालमा आज ओलीको निधन भएको हो। घाइतेमध्ये ५९ वर्षीया गोमा देवी र ३३ वर्षीय सन्तोष ओली उपचारपछि डिस्चार्ज भइसकेका छन्। आगलागीबाट…

Read More

भद्रपुर, १० साउन । झापाको भद्रपुर नगरपालिका-५ स्थित भित्री सडक खण्डबाट प्रहरीले गोली प्रहार गरी एकजनालाई नियन्त्रणमा लिएको छ। गोप्य सूचनाको आधारमा लागुऔषध नियन्त्रणका लागि खटिएको प्रहरी टोलीले आज दिउँसो एक जना भारतीय नागरिकलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको हो। भद्रपुर नगरपालिका–५ स्थित भित्रि सडक खण्डमा लागुऔषध कारोबार भइरहेको खबरका आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको टोलीले भारतको किसनगंज जिल्ला अन्तर्गत कोल्लिकोट थानाका ३६ वर्षीय मोहमद इस्लाम पक्राउ गरेको छ । शंकास्पद अवस्थामा हिँडिरहेको अवस्थामा फेला परेका उनले प्रहरीलाई देख्नेबित्तिकै आक्रमण गरेर भाग्न खोजेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। त्यसक्रममा प्रहरीले दुई राउन्ड गोली…

Read More

निशान निरौला इलाम, १० साउन । “आफ्नो गाउँ आफैं बनाऔं” भन्ने नारालाई आत्मसात् गर्दै सूर्योदय नगरपालिका–६ तारगाउँ उत्तरे टोलका युवाहरूले गाउँको समग्र विकासमा सक्रिय भूमिका खेलिरहेका छन् । स्थानीय विकासप्रति जिम्मेवार भावना राख्दै उनीहरूले गत हप्ता र आज गरी दुई दिनसम्म निरन्तर सरसफाइ तथा मर्मत कार्यमा सहभागिता जनाएका छन् । पैदलयात्रीहरूको सहज आवागमनका लागि कच्ची बाटोको मर्मत गर्नुका साथै गुराँस फुल रापने, पानीको मुहान क्षेत्रको सफाइ र संरक्षणमा समेत उनीहरू सक्रिय देखिएका छन् । सडक सुधार, सरसफाइ अभियान, खानेपानी स्रोतको संरक्षण, विद्यालय सुधार, र रूखरोपणजस्ता गतिविधिमा सामूहिक श्रमदानमार्फत युवाहरूले श्रम, समय र सीपको योगदान दिँदै आएका छन् । यी अभियानले…

Read More

क्यान्सर काउन्सिलले कुकुरले छाला, कोलोरेक्टल, फोक्सो, डिम्बाशय, प्रोस्टेट र स्तन क्यान्सर पत्ता लगाउन सक्ने दावी गरेको छ। कतिपय जनावरहरूको सुँघ्ने शक्ति मान्छेको भन्दा कैयौँ गुणा बढी हुन्छ । त्यस्तोमा कुकुर पनि पर्छ । कुकुरमा भएको यही क्षमताका कारण मान्छेहरूले यसलाई विस्फोटक पदार्थ, लागुऔषध र अन्य अवैध वस्तुहरू पत्ता लगाउन प्रयोग गर्छन् । क्यान्सरजस्ता रोगहरू पत्ता लगाउन पनि कुकुरलाई प्रयोग गर्न सकिन्छ भन्ने कुरा वैज्ञानिकहरूले पत्ता लगाएका छन् । यही आधारमा अहिले यो विषयमाथि विभिन्न अनुसन्धानहरू भइरहेका छन् । यसबारे २०२३ मा ताइवानका वैज्ञानिकहरूले यसबारे अनुसन्धान गरेका थिए ।जसमा कुकुरले फोक्सोमा भएको क्यान्सर पत्ता लगाउन कुकुरको प्रयोग गरिएको थियो । नेशनल…

Read More

ताइवानी मिडियामा एक जना पुरुषको दुखद् निधनको समाचार प्रकाशित भएको थियो । ती व्यक्तिको मृत्युको कारणचाहिँ १० वर्षसम्म खिया लागेको एउटै थर्मस प्रयोग गर्दा सिसाको विषाक्तताका कारण भएको बताइएको छ । समाचार अनुसार ती व्यक्तिमा एक वर्षअघिबाट स्वास्थ्यसम्बन्धी समस्याहरू देखिन थालेका थिए । उनको रक्त परीक्षणले पनि शरीरमा कडा धातु विषाक्तता रहेको देखायो । जब चिकित्सकहरूले धातु विषाक्तताको कारण पत्ता लगाउने प्रयास गरे, त्यसबाट अनौठो तथ्य फेला पर्‍यो । ती व्यक्तिले पछिल्लो १० वर्षदेखि एउटै पुरानो थर्मसलाई दैनिक रुपमा प्रयोग गर्दै आएका थिए । उक्त थर्मसको जाँच गर्दा भित्री भागमा खिया तथा फोहोरको मात्रा जमेको थियो । उनले त्यहीँ थर्मसमा…

Read More

काठमाडौं, १० साउन । चलचित्र ‘जनक्रान्ति‘ निर्माण हुने भएको छ । गणतन्त्र स्थापनाका लागि भएको आन्दोलनमा आधारित नेपाली कथानक चलचित्र ‘जनक्रान्ति‘ निर्माण गर्न लागिएको हो । निर्माण हुन लागेको उक्त चलचित्रको पहिलो पोष्टर शनिबार गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड‘ले सार्वजनिक गरेका छन् । कार्यक्रममा प्रचण्डले चलचित्रले युवा पुस्तालाई गणतन्त्र स्थापनाका लागि भएको संघर्ष र गणतन्त्र स्थापना अधिको सामाजिक, राजनैतिक, आर्थिक अवस्थाबारे जानकारी दिन र लिन सहयोगी हुने विश्वास व्यक्त गरे । हिजोको समाजको अवस्थाबारे युवा पुस्तालाई जानकारी दिन आवश्यक रहेको उनको भनाइ थियो । रुद्राक्ष फिल्स प्रा।लि।को व्यानरमा निर्माण हुन लागेको नेपाली कथानक चलचित्र ‘जनक्रान्ति‘को निर्देशन उपेन्द्र तिमिल्सिनाले…

Read More

सिरहा, १० साउन । लहान–३ अस्पताल चोकदेखि आज सशस्त्र प्रहरीले स्रोत नखुलेको रु १० लाख एक हजार ६९५ नगदसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मधुवनी जिल्लास्थित लौकाहा बजार बस्ने अन्दाजी २४ वर्षीय राहुल कुमार रहेका छन् । सशस्त्र प्रहरी बल, नेपाल न(७ गण सिरहाका गणपति, सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारीका अनुसार बिहान करिब ९ः३० बजे सुरक्षा वेश क्याम्प लहानबाट खटिएको ‘चेक प्वाइन्ट’ टोलीले यात्रुवाहक सवारी जाँच गर्ने क्रममा इनरुवाबाट लहानतर्फ आउँदै गरेको बसमा सवार राहुल कुमारलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका राहुल कुमारलाई नगदसहित भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको उहाँले जानकारी दिनुभयो ।

Read More

एजेन्सी, १० साउन । थाइल्यान्ड र कम्बोडियाबीच दोहोरिएको सीमा विवादका कारण अहिलेसम्म दुवै पक्षका ३२ जनाको ज्यान गएको छ । एक सय ३० जनाभन्दा बढी घाइते भएका छन् । सीमा क्षेत्रमा द्वन्द्व चर्किँदै गएपछि दुवै देशबीच ठूलो युद्धको खतरा बढेको अल जजिराले जनाएको छ । कम्बोडियाको ओडर मेन्चे प्रान्तमा बिहीवार थाइल्यान्डको तोप आक्रमणले क्षति पुर्‍याएको बौद्ध गुम्बाबाट एक जनाको शव निकाल्दै गरेका कम्बोडियन सैनिकहरूको तस्वीर सार्वजनिक भएको छ । हिजो कम्बोडियन सेनाले सात जना सर्वसाधारण र पाँच जना सैनिक गरी थप १२ जनाको ज्यान गएको पुष्टि गरेको हो । कम्बोडियाको राष्ट्रिय रक्षा मन्त्रालयका प्रवक्ता माली सोचेताले अहिलेसम्म कम्बोडियाबाट ५० जनाभन्दा…

Read More