
इलाम, १० साउन । कलाकार मुकेश गुरुङ चौँथो सिल्भर म्युजिक अवार्डमा ‘उत्कृष्ट आर्टिस्ट’को रुपमा सम्मानित भएका छन् ।
गुरुङले अभिनय गरेको घरबार हाम्रो पुर्वैतिर हो बोलको गीत उक्त अवार्डमा नोमिनेसनमा परेको थियो । उक्त गीतबाट उनले उत्कृष्ट मोडलको उपाधि हात पार्न सफल भएका हुन् ।
गीतमा मेलिना राई र कुमार प्रयास राईको सुमधुर स्वर रहेको छ भने शान्तिराम राईको शब्दमा संगीतकार अनिल कोयु राईले संगीत भरेका छन् ।
फिक्कलका गुरुङले हालसम्म १६ वटा गीतमा अभिनय गरिसकेका छन्। यसअघि पनि उनले हिमालयन इन्टरनेशनल अवार्डको पाँचौँ संस्करणमा समेत अवार्ड जितिसकेका छन् ।
सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका मुकेशको यो सफलताले कलाकारिता यात्रा थप उचाइमा पुग्ने विश्वास गरिएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


