झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

एजेन्सी, २९ बैशाख । पछिल्लो समय क्वारेन्टाइनमा राखिएका महिलाहरुसँग नाजायज माग राख्ने क्रम बढेको पाइएको छ । पछिल्लो समय भारतको महाराष्ट्रको अमरावतीमा क्वारेन्टाइनमा राखिएकी एक गरिब महिलासँग गाउँकै एक व्यक्तिले यौ’न स’म्बन्धको माग गरेका हुन् । यदि आफ्नो प्रस्ताव स्वीकार नगरे खान नदिनेसम्मको ध’म्की ती व्यक्तिले दिएको खुलेको छ । महिलाको उजुरीपछि आरोपलिाई पक्राउ गरिएको छ । अमरावती जिल्लाको चांदूर रेलवे पुलिस थाना अन्तर्गत पर्ने बडगांव राजदी गाउँमा जिल्ला परिषदको स्कुलमा आइसोलेसन सेन्टर बनाइएको छ । घटना यही ठाउँको हो । गाउँका पुलिस पाटिल नामका व्यक्तिले महिलालाई शा’रीरिक स’म्बन्धको लागि दबाब दिएका हुन् । महिलाले यसको उ’जुरी पुलिसलाई दिएपछि पुलिसले…

Read More

अर्जुनधारा, २९ वैशाख । देशमा लकडाउनको ४९ औँ दिन गुज्रिरहेको छ । ज्यालादारी मजदुरी गर्ने मजदुर यतीबेला सहयोगको आपेक्षा गरिरहेका छन् । उनीहरूको दैनिकि ठप्प भएको छ । सरकारले स्थानीय निकाय नगरपालिका ,गाउँपालिका मार्फत एकद्वार प्राणाली लागू गरेको छ । पहिलो चरणको राहत वितरण गरिसकेको र दोस्रो चरणको राहत बितरण गरिँदै छ । यद्यपि, यो पाएको राहतले मात्रै उनीहरूलाई पयाप्त छैन । जसकारण विभिन्न सहयोगी संस्था ,,मनकारी व्यक्ति लगायतले स्वइच्छाले राहत बाँडिरहेका छन् । झापामा पनि विभिन्न संघसंस्था, ब्यक्ति, समूह नै परिचालन भएर स्फूर्त रूपमा ज्यालादारी गर्ने बिपन्न परिवारको पहिचान गरी घर घरमै पुगेर राहत वितरणमा रातदिन लागिपरिरहेका छन् ।…

Read More

झापा, २९ वैशाख । सीमा क्षेत्रमा अलपत्र परेका नेपालीको उद्धारका लागि झापा गाउँपालिकाले उद्धार गर्ने भएको छ । अलपत्र परेका नेपालीहरुलाई क्वारेन्टाइन सम्म ल्याउने वातावरण मिलाउन केन्द्र र प्रदेस सरकारसँग आव्यश्यक पहल गरिने गाउँपालिका अध्यक्ष जयनारायण शाहले बताउनुभयो । यसका लागि चाहिने क्वारेन्टाइन व्यवस्थापन खर्च स्थानीय सरकारले धान्न नसक्ने भएकाले प्रदेस सरकारसंग सहयोग रकम माग्ने समेत अध्यक्ष शाहले बताउनुभयो।

Read More

बनियानी, २९ वैशाख । भारतले नेपाली भूमि किचेर लिम्पियाधुरा, कालापानी र लिपुलेक आफ्नोमा पारेको भन्दै झापाको कचनकबलका युवाहरु संकेतिक रुपमा भारतको विरोध गरेका छन् । कचनकवल गाउँपालिका–६ का युवाहरुले सामाजिक दुरी कायम राखेर सरकारको ध्यान सिमा सुरक्षा तिर केन्द्रित हुनुपर्ने, भारतले मिचेको जमिन तत्काल फिर्ता हुनुपर्ने, लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै हो भनेर त्यस स्थानमा नेपालले सुरक्षाकर्मी खटाउनुपर्ने, भारतको सिमा अतिक्रमण विरुद्ध सबै एक हुनुपर्ने भन्दै युवाहरुले सांकेतिक रुपमा खबरदारी गरेको स्थानीय युवा आशिष वाग्लेले जानकारी दिए । पुर्खाको रगत पसिनाले आर्जेको मुलुक ,आज लोप हुने अवस्थामा पुगेको भन्दै युवाहरुले अब देशको रक्षाका लागि सबै एक हुने बेला आएको बताएका…

Read More

झापा, २९ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मेचीसहित देशभरका स्वास्थ्य संस्थामा ओपिडी सेवा सुचारु गर्न निर्देशन दिएको छ। कोरोना महामारीको जोखिम बढेपछि सरकारले देशभरका स्वास्थ्य संस्थामा ओपिडी सेवा बन्द गर्न निर्देशन दिएको थियो। सरकारको निर्देशनपछि सर्वसाधारण अत्यावश्यक स्वास्थ्य सेवाबाट वञ्‍चित हुनु परेको भन्दै मन्त्रालयले सेवा सुचारु गर्न भनेको छ। स्वास्थ्य आपतकालीन सञ्‍चालन केन्द्रका प्रमुख डा। गुणराज लोहनीले अस्पतालमा ओपिडी सेवा सुचारु गर्दा अस्पतालले कोरोनाको जोखिमलाई ध्यान दिन आग्रह गरेका छन्। डा। लोहनीले सरकारले तोकेको कोरोना संक्रमण रोकथाम र नियन्त्रणका सावधानीको मापदण्डको पालना गर्नु पर्ने पनि बताएका छन्।

Read More

झापा, २९ वैशाख । शिक्षा मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई), कक्षा ११ र १२ को परीक्षाको तयारी गरिरहन आग्रह गरेको छ । कोरोना भाइरसका कारण स्थगित भएका परीक्षाको आन्तरिक मूल्यांकनका आधारमा ग्रेड सिट दिन माग भए पनि कानुनअनुसार नमिल्ने भएकाले विद्यार्थीलाई परीक्षाको तयारी थाल्न आग्रह गरिएको हो । विभिन्न संघसंस्था र संसद्मा आवाज उठे पनि अहिलेकै अवस्थामा आन्तरिक मूल्यांकनका आधारमा ग्रेड सिट दिन नमिल्ने शिक्षा मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारीले बताएका छन् । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा।डा।चन्द्रमणि पौडेलले शिक्षा ऐनमा राष्ट्रिय परीक्षा बोर्डले परीक्षा लिनुपर्ने व्यवस्था भएकाले कानुनअनुसार नै अघि बढ्ने बताए । ‘कानुन संशोधन नभएसम्म परीक्षा लिनुपर्छ,…

Read More

झापा, २९ वैशाख । लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा नेपाली भूमि अतिक्रमण गरी भारतले सडक बनाएको भन्दै आक्रोशित सांसदहरूले भने यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न माग गरेका थिए। आफ्नो सीमा मिचेर भारतले सडक खन्दा पनि बेलैमा ध्यान नदिएको भन्दै उनीहरूले सरकारप्रति असन्तुष्टि जनाए। पूर्वउपप्रधान तथा रक्षामन्त्री एवं नेकपा नेता भीम रावलले नेपाली भूमि भारतले अतिक्रमण गरेकोमा निन्दा र भत्र्सना गर्दै अन्तर्रा्ष्ट्रिय कानुन र असल छिमेकी नीतिविपरीत भारतले नेपाली भूमि कब्जा गरेको बताए। नेपाली भूमि समेटेर नक्सा सार्वजनिक नगरेकोे भन्दै सरकारप्रति पनि असन्तुष्टि जनाए। नेकपाकै सांसद कृष्णभक्त पोखरेलले नेपाली भूमि फिर्ता गर्न भारतले नचाहे नेपालले संयुक्त राष्ट्रसंघ र अन्तर्रा्ष्ट्रिय अदालत जानुपर्ने सुझाव…

Read More

झापा, २९ वैशाख । कोरोना भाइरसको सङ्क्रमणका कारण जारी लकडाउनका बेला विद्यालयले सञ्चालन गरेको अनलाइन शिक्षा औपचारिकतामा मात्रै सीमित हुनेभएको छ । बन्दाबन्दी खुलेको केही दिनपछि नियमित कक्षा सञ्चालन गरिने भएकाले विद्यार्थी तथा अभिभावकसित सम्पर्क कायम गर्ने माध्यमका रूपमा मात्रै अनलाइन शिक्षालाई लिइनेभएको छ । शिक्षा तथा मानव विकास स्रोत केन्द्रका निर्देशक गेहनाथ गौतमले अनलाइन माध्यमबाट गरिएको पठनपाठनले कक्षा कोठाको शिक्षाको विकल्प दिन नसक्ने भएकाले यसलाई अनौपचारिक रूपमा मात्रै लिनुपर्ने अवस्था रहेको बताए । अनलाइनले विद्यार्थीको सिकाइमा मद्दत गर्ने, फुसर्दको समयको सदुपयोग हुने भएकाले यसको उपयोग गर्दै जानुपर्ने नै सरकारी नीति रहेको उनले उल्लेख गरे । अनलाइन शिक्षा र यसको…

Read More

झापा, २९ वैशाख । प्रवेशिका परीक्षा (एसईई) मा अनिवार्य विषयको राष्ट्रिय परीक्षा बोर्डले र ऐच्छिक विषयको सम्बन्धित विद्यालयले नै लिन पाउने व्यवस्थाका लागि प्रस्ताव गरिएको छ । कोरोना भाइरस ९कोभिड–१९० का कारण रोकिएको एसईई, कक्षा ११ र १२ को परीक्षालाई पुनः कसरी सञ्चालन गर्न सकिन्छ भन्नेबारेमा अध्ययन गर्न गठित कार्यटोलीले यस्तो प्रस्ताव बुझाएको हो । शिक्षा पत्रकार सञ्जालले आइतबार आयोजना गरेको अनलाइन अन्तक्र्रियामा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष तथा सो कार्यटोलीका संयोजक प्रा।डा। चन्द्रमणि पौडेलले परीक्षालाई सहजरूपमा सञ्चालन गर्न यस्तो प्रस्ताव शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसमक्ष बुझाइएको जानकारी दिँदै भने, “विकल्प दिएका छौँ । त्यसमध्ये एउटा विकल्पका रूपमा अनिवार्य विषयको बोर्डले…

Read More

झापा, २९ वैशाख । मुलुकभर फोरजी सेवा प्रयोग गर्ने ग्राहक संख्या साढे ४६ लाख पुगेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको एमआईएस प्रतिवेदनमा मुलुकभर फोरजी प्रयोगकर्ता ४६ लाख ६४ हजार ६६१ रहेको उल्लेख छ। दूरसञ्चार प्राधिकरणले २०७६ माघसम्मको एक वर्षको तथ्यांकका आधारमा प्रतिवेदन सार्वजनिक गरेको हो। २०७५ सालको माघसम्म अर्थात् एक वर्ष अघिसम्म २५ लाख तीन हजार ७२८ फोरजी प्रयोगकर्ता थिए। एक वर्षको अवधिमा ८६.३० प्रतिशतले फोरजी ग्राहकको संख्यामा वृृद्धि भएको छ। सो अवधिमा दूरसञ्चार सेवाप्रदायक कम्पनीमध्ये एनसेलका ग्राहक अधिक बढेको देखिएको छ। दोस्रो स्थानमा स्मार्ट र तेस्रोमा नेपाल टेलिकम छ। निजी क्षेत्रका सेवाप्रदायकले शतप्रतिशतले भन्दा धेरै ग्राहक बढाउँदा सरकारी…

Read More