
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
भद्रपुर, २७ बैशाख । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) भद्रपुर नगर समितिले भद्रपुर नगर क्षेत्रका अधिकाम्स संस्थागत विद्यालयहरूले शिक्षक तथा कर्मचारीहरूको काम गरिसकेको समयको तलब नदिएको प्रति गम्भीर ध्यानाकर्ष भएको जनाएको छ । युनियन नगर समितिको आकस्मिक बैठकले शैक्षिक वर्ष २०७६ सालको चैत्र महिनाको शिक्षक कर्मचारीको पारिश्रमिक रोकेर विद्यालय सञ्चालकहरूले अन्याय गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको ठहर गरेको हो । वर्षभरी काम गरेका शिक्षक कर्मचारीलाई संरक्षण गर्नु पर्ने दायित्व भएका विद्यालय सञ्चालकहरूले काम गरेको समयको पारिश्रमिक रोकेपछि युनियनले चासो र चिन्ता व्यक्त गरेको हो । नगर समितिका अध्यक्ष द्रोण अधिकारीको अध्यक्षतामा सम्पन्न बैठकमा संस्थागत विद्यालयमा काम गरेर जीविका चलाइरहेका शिक्षक…
बिर्तामोड, २७ बैशाख । ‘एकका लागि एक’ अभियानले भोलि आइतबारबाट झापाको बिर्तामोड चोकमा तयारी खाना वितरण गर्ने भएको छ । लक डाउनको समयमा विपन्न तथा असाहय परिवारलाई राहत बाँड्दै आएको अभियानले अब तयारी खानाको प्याकेट वितरण गर्न लागेको खाना व्यवस्थापन उपसमितिका संयोजक सञ्जीव घिमिरेले जानकारी दिए । अभियानले यसअघि एक सातामा १ हजार विपन्न परिवारलाई खाद्य सामग्री वितरण गरिसकेको छ । अभियानले कम्तिमा २ हजार परिवारलाई खाद्यान्न वितरण गर्ने योजना बनाएको छ । ‘कोभिड १९ को संक्रमणबाट बचौँ, विपन्न तथा असहाय परिवारलाई सहयोग गरौँ’ भन्ने नाराका साथ सुरु भएको अभियानले बिर्तामोडको वान स्टप मलअगाडि अस्थायी टेन्ट बनाएर खाना बाँड्ने घिमिरेले…
झापा, २३ बैशाख । इलाम चुलाचुली–४ का ३१ बर्षीय रणबहादुर लिम्बुको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ । हिजो बेलुका साँढे ७ बजे झापा कमल गाँउपालिका-५ पाडाजुंगी स्थित राजमार्गमा पुर्व तर्फ जादै गरेको ना६ख ५४०१ नम्बरको ट्रकले बिपरीत दिशाबाट आउदै गरेको बा६८प ९७७० नम्बरको मोटरसाइकललाइ ठक्कर दिदा मोटरसाईकल चालक लिम्बुको मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । ठक्कर दिने ट्रक र चालक शिबसताक्षी-८ बस्ने २७ बर्षीय कबिन्द्र तामाङ नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।
झापा, २७ वैशाख । नेपाली पक्षसँग सल्लाह नै नगरी छिमेकी भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवर जाने सडक मार्ग खोलेको छ। नेपालले उक्त भूभाग आफ्नो रहेको र त्यसलाई त्रिदेसिय विन्दु बनाउन सक्नेसम्मको लचकता देखाउँदा समेत भारतले एकतर्फी रूपमा यस्तो सडक निर्माण गरेको हो। उक्त सडक भारतबाट मानसरोवर जाने सबैभन्दा छोटो बाटोको रूपमा हेर्न सकिन्छ। यो सडक भारतको राजधानी दिल्लीबाट लिपुलेकको दूरी सात सय ५० किलोमिटर हुन्छ र त्यहाँबाट मानसरोवरको दूरी ९७ किलोमिटर मात्र छ। भारतका रक्षामन्त्री राजनाथ सिंहले दिल्लीबाट भिडियो कन्फरेन्समार्फत उक्त सडकको उद्घाटन गरेपछि सञ्चार माध्यमले सार्वजनिक गरेका हुन्। यो विषयमा दिल्लीस्थित नेपाली दूतावास पनि…
काठमाडौं, २७ वैशाख । बन्दाबन्दीको अवस्थामा पनि केही आधारभूत उद्योग खोल्न सरकारले दिएको अनुमतिपछि उद्यमी ब्यवसायी उत्साहित भए पनि शूरुका दिनमा कच्चापदार्थ एबं श्रमिक ब्यवस्थापन र उत्पादित बस्तुको बजारीकरणमा समस्या र चुनौती रहेको ब्यवसायीको गुनासो रहेको छ । विराटनगर, कच्चा पदार्थको अभावबीच सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योग सञ्चालनमा आएका छन् । भण्डारण, बाटोमा रहेका र आयात प्रक्रियामा रहेको कच्चा प्रशोधन उद्योगमा सुरु गरिएको हो । करिडोरका धेरै उद्योगीको तेस्रो मुलुकबाट आयात गरिएको कच्चा पदार्थ कोलकातास्थित बन्दरगाहामा रोकिएको छ । त्यो मालवस्तु क्रमशः ल्याउने र आयात प्रक्रियासमेत बढाउने योजनाअनुरूप उद्योग सञ्चालनमा आएका हुन् । खाद्यान्नसहित डिटरजेन्ट र प्याकेजिङका उद्योग बन्दाबन्दीको अवधिमा समेत…
बैतडी, २७ वैशाख । भारतसँग सीमा जोडिएको बैतडीका विभिन्न ठाउँमा नेपालीहरु फर्कने क्रम अझै पनि जारी रहेको छ । कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि सरकारले सीमा नाका बन्द गरे पनि महाकाली नदी ट्युबमार्फत तरेर नेपाल फर्कने क्रम जारी छ । भारतका विभिन्न ठाउँमा अलपत्र परेका नेपालीहरु ट्युबमार्फत स्वदेश फर्किरहेका छन् । सीमा नाका बन्द हुँदा आफूहरुलाई समस्या परेकाले ट्युबमार्फत नेपाल आएका शिवनाथ गाउँपालिकाका जयसिंह साउँदले बताए । भारतमा अलपत्र परेपछि आफूहरु जोखिम मोलेर स्वदेश फर्किएको उनले बताए । सीमा नाका खुला नहुँदा जोखिम मोलेर नेपाल भित्रिनु परेको नागरिकहरुले बताएका छन् । भारतसँग सीमा जोडिएका विभिन्न ठाउँमा अझै पनि नेपालीहरु अलपत्र…
झापा, २७ वैशाख । कोरोना भाइरस कोभिड–१९ को थप ७ जना संक्रमित फेला परेका छन । उदयपुरको भुल्केमा ३, कपिलवस्तुमा ३ र पर्साको छपकैयामा एक जना नयाँ संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उदपयपुरको भुल्के निवासी १८, ४५ र ६५ वर्षका महिलाहरु, कपिलवस्तुमा १७ र १८ वर्षका पुरुषहरु तथा पर्साको छपकैयामा ६२ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितहरु सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ ।
शालिक भट्टराई ‘अन्तरे’बत्तिस तेत्तिस सालताका गाँउघरमा रेडियो सुन्न र देख्नलाइ नै दुर्लभको विषय थियो । हुनेखाने, देशपरदेश घुमेका लाहुरे परिवारका एकादुइ घरमा छिटफुट मात्रै रेडियो थियो । उबेला मलायाका लाउरेहरुको कसै-कसैको घरमा मात्रै रेडियो हुन्थ्यो । कोहि-कोहि लाउरेको घरमा रेडियो भन्दा ठुलो टेपरिकर्डर नै हुन्थ्यो । मेला बजार, बिवाह, जाग्राम जस्ता समारोहहरुमा टेपरिकर्डर भिरेर बजाउँदै हिड्नेहरु सारै ठुला गनिन्थे र ठुलै पल्टिन्थे । तरुनी केटीहरु पनि रेडियो भिरेर हिड्ने केटाहरुको पछि लाग्न तँछाड-मछाड गर्थे रे त्यो बेला । हामी स-साना मान्छेलाइ त्यस्ता कुराको खासै मतलव थिएन । हाम्रो घरमा पनि रेडियो चाहिने र किन्नु पर्ने विषयमा परिवारका सबै सहमत भएकाथिए…
झापा, २६ वैशाख । राष्ट्रियसभामा बैठक प्रारम्भ भएकै दिन आज तीन अध्यादेश पेश गरिएको छ । प्रधानमन्त्रीका तर्फबाट गृहमन्त्री रामबहादुर थापाले “संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश र २०७७”, “राजनीतिक दलसम्बन्धी (दोस्रो) अध्यादेश, २०७७” गर्नुभयो । त्यस्तै कानून, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्वाहाङ्फेले बैठकमा “केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउने अध्यादेश, २०७७” पेश गर्नुभयो । शोक प्रस्ताववैठकले पहिलो संविधानसभा सदस्य प्रा डा विश्वनाथप्रसाद अग्रवाल र शिवनारायण उराँवको निधनमा शोक प्रस्ताव पारित गरेको छ । नेपाली जनता दलका तर्फबाट संविधानसभा सदस्य र अग्रवालको ७५ वर्षका उमेरमा गत फागुनमा निधन भएको थियो ।…
झापा, २६ वैशाख । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले विश्वका जुनसुकै क्षेत्रमा अलपत्र परेका नेपाली नागरिकलाई सरकारले उद्धार गर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उहाँले अलपत्र नागरिकलाई उद्धार नगर्ने भन्ने सरकारको कुनै मनसाय नरहेको पनि प्रष्ट पार्नुभयो । “हामी नेपाली हौँ, कुनै पनि नेपाली देश वा विदेशमा अलपत्रमा परेको छ भने हामी संवेदशनीलताका साथ उनीहरुलाई उद्धार गर्छौं”, अलपत्र नेपालीलाई उद्धार गर्ने मावनीय विषय भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “अलपत्र नेपालीलाई स्वेदश ल्याउन सरकारको तर्फबाट कुनै कसर बाँकी राखिँदैन ।” सर्वोच्च अदालतको परमादेशलाई सरकारले सकारात्मक रुपमा लिएको बताउँदै उहाँले…