झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

सुनसरी, २८ वैशाख । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–६ नहरचोकबाट ठुलो परिणामको लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले भोक्राहा नरसिंह गाउँपलिका–३ का राज कुमार मण्डललाई ३ हजार ८ सय ४० क्याप्सुल ट्रोमाडोल र ४ बोतल डाईलक्स डिसी तथा १६ हजार ७०० नगद र १ थान मोवायल सहित शनिवार अपरान्ह ४ बजे पक्राउ गरेको हो । प्रदेश १–०२–०४०–प. ५३२७ नम्वरको मोटरसाईकलमा सवार रहेका मण्डल नहरचोकमा उक्त परिणामको लागुऔषध सहित पक्राउ परेका हुन् । त्यसैगरी को २२ प ७३५३ नम्बरको मोटरसाईकलमा उक्त लागुऔषध खरिद गर्न आएका धरान उपमहानरपालिका–८ का २७…

Read More

झापा, २८ वैशाख । झापा र सोलुखुम्बुमा पानीमा डुबेको अवस्थामा १ बृद्धा सहित २ जना मृत फेला परेका छन् । झापाको गौरीगञ्ज गाउँपालिकास्थित पाराखोपी बस्ने ७३ बर्षीया बेटिया किस्कु शनिवार दिउँसो २ बजे कमलखोलामा मृत फेला परेकी हुन् । त्यसैगरी सोलुखुम्बुको सोताङ गाउँपालिका(३ खहरे बस्ने १८ बर्षीय दत्तसिंह राई हुगा खोलामा मृत फेला परेका छन् । बैशाख २४ गते देखि घरबाट अचानक हराएका राईको खोजतलास गर्ने क्रममा शनिवार अपरान्ह ४ बजे उक्त खोलाको बिच भागमा मृत फेला परेको ईलाका प्रहरी कार्यालय सोताङले जनाएको छ ।

Read More

काठमाण्डौ, २८ बैशाख । भारतले नेपाली भूमि लिपुलेकमा सडक बिस्तार गरी शुक्रबार उद्घाटन गरेपछि नेपालमा त्यस्को व्यापक विरोध भइरहेको छ । नेपाल सरकारले पनि शनिबार नै यस बिषयमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । तर नेपालले जनाएको चासोमा भारतले मुखतोड जवाफ दिएको छ । उसले नेपाली भूमिमा नभइ भारतीय भूमिमै सडक बनाएको दाबी गरेको छ । भारतले नेपाली भूभाग लिपुलेक हुँदै मानसरोवर जाने सडक बनाएर उद्घाटन गरेपछि नेपाल सरकारले आपत्ति जनाएको थियो । नेपाल सरकारले आपत्ति जनाएको २४ घण्टा नबित्दै भारतीय विदेश मन्त्रालयले आफुहरुले सडक भारतीय क्षेत्रमा नै बनेको दाबी गरेको छ । भारतीय विदेश मन्त्रालयले शनिबार साँझ जारी गरेको…

Read More

झापा, २८ वैशाख । कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली ७८ पुगेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार सबैभन्दा बढी बेलायतमा ५१ जनाको मृत्यु भएको हो । यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्या’न गु’माउनेको संख्या १५ पुगेको छ । समितिका अनुसार न्युयोर्कमा १२, कोलोराडोमा दुई र भर्जिनियामा एक जनाको मृत्यु भएको हो । यस्तै संयुक्त अरब इमिरेट्स ९युएइ० मा ६ तथा आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्डस, बहराइन र स्वीडेनमा एकएक जनाको कोरोना भाइरसका कारण ज्यान गएको समितिका संयोजक डा सञ्जीव सापकोटाले जानकारी दिनुभयो । संयोजक डा सापकोटाका अनुसार नेपालबाहेक विश्वभर पाँच…

Read More

कचनकवल, २८ वैशाख । झापाको सुदूर दक्षिणी कचनकवल गाउँपालिकाले ५२९१ प्रिवारलाई राहत वितरण गरेको छ । विश्वव्यापी महामारी प्राणघातक कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण खानेकुराकै समस्यामा परेका परिवारलाई पारदर्शी ढंगले एकद्वार प्रणालीमार्फत रहत वितरण गरिएको गाउँपालिका अध्यक्ष अञ्जरा आलमले बताउनु भयो । राहत वितरण गरिएको संख्या कूल घरधूरीको ५८ प्रतिशतभन्दा बढी हो । पालिकामा ९००१ घरधुरी रहेका छन् । प्रतिपरिवार १० केजी चामल, एककेजी दाल, एक लिटर खानेतेल, एककेजी नून र एकथान नुहाउने साबुन वितरण गरिएको थियो । राहत वितरणलगायतका कार्यमा ४४ लाख १२ हजार ६९४ रुपैयाँ खर्च भइसकेको योजना शाखा प्रमुख केशव…

Read More

काठमाडौं, २८ वैशाख । कानुनी रूपमा दर्ता नभए पनि सञ्चालनमा रहेका उद्योग व्यवसायले वार्षिक दुई खर्ब रुपियाँभन्दा बढी आम्दानी गर्ने पाइएको छ । केन्द्रीय तथ्याङ्क विभागले हालै सार्वजनिक गरेको आर्थिक गणना २०७४ को प्रतिवेदनअनुसार त्यस्ता व्यवसायले दुई खर्ब ३३ अर्ब १५ करोड रुपियाँको आम्दानी गर्ने उल्लेख छ । त्यस्तै यी व्यवसायको वार्षिक खर्च एक खर्ब ६१ अर्ब १४ करोड रुपियाँ रहेको र नाफा करिब ७२ अर्ब रुपियाँ पुग्ने पनि प्रतिवेदनमा उल्लेख छ । विभागका अनुसार गणनाको क्रममा देशभर चार लाख ५८ हजार ८५७ त्यस्ता व्यवसाय दर्ता नभई सञ्चालनमा रहेको पाइएको छ । सञ्चालनमा रहेका त्यस्ता प्रतिव्यवसायको आम्दानी औसतमा ५० करोड…

Read More

इलाम, २७ वैशाख । वसन्त ऋतुको आगमनसँगै मुलुककै उत्कृष्ट पर्यटकीय गन्तव्य श्रीअन्तु र सन्दकपुरबाट सूर्योदय र सूर्यास्तको दृश्य हेर्न स्वदेशी र विदेशी पर्यटक झुम्मिने बेला हो यो । तर इलामको श्रीअन्तु र सन्दकपुरलगायत उत्कृष्ट पर्यटकीय गन्तव्य यतिबेला सुनसान छ । न यहाँ पहिले पहिले यही समयमा लाग्ने पर्यटकको ओइरो देखिन्छ, न त मानिसको भिडभाड । इलाम पर्यटकीय क्षेत्रमा उत्कृष्ट गन्तव्य हो । जहाँ मुलुककै उत्कृष्ट पर्यटकीयस्थलमा पर्ने श्रीअन्तुबाट सन्दकपुरसम्म पर्दछन् । जुन गन्तव्यहरु सूर्योदय र सूर्यास्तका लागि अब्बल मानिन्छन् । तर कोरोना भाइरसका कारण भने अहिले पर्यटकको सङ्ख्या शून्य छ । पर्यटकको बाक्लो नै उपस्थिति हुने यस बेलामा पर्यटक नहुँदा…

Read More

झापा, २७ बैशाख । यूएईमा एकैदिन २२ जना नेपाली महिला कामदारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । युएईको सारहजस्थित एक सफाइ कम्पनीमा कार्यरत ६१ संक्रमित मध्ये २२ जना नपालीमा एकैदिन कोरोना भाइरसको संक्रमण पुष्टि भएको विदेशी सञ्चारमाध्यमहरुले जनाएका छन् । कम्पनीमा सयभन्दा बढी महिला नेपाली कामदार कार्यरत छन । संक्रमित हुनेहरुलाई कम्पनीले आफ्नै क्वारेन्टाइन बनाएर अलग राखेको छ । यूएईमा नेपाली महिला विभिन्न कलेज, स्कूल, बैकलगायतमा हाउस किपिङको काममा कार्यरत छन् । अहिलेसम्म यूयईमा १ सय ४९ जनामा संक्रमण पुष्टि भएकोमा २७ जना निको भइसकेका छन् । त्यस्तै संक्रमणका कारण ६ जनाको मृत्यु भइसकेको जनाइएको छ । गैरआवासीय नेपाली…

Read More

काठमाडौँ, २७ वैशाख । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाली भूमिमा भारतले सडक बनाएको विषयमा सरकारले तत्काल कदम चाल्नुपर्ने बताएका छन् । पूर्व परराष्ट्रमन्त्रीसमेत रहनुभएका प्रवक्ता श्रेष्ठले भारतले अनधिकृतरुपमा क’ब्जा गरेको र आफैँले समेत वि’वादित भनी स्वीकार गरेको पश्चिम सीमाक्षेत्रमा सडक बनाएकामा आपत्ति प्रकट गर्दै सो माग गरेका हुन् । सामाजिक सञ्जाल ट्वीटरमा आज ट्वीट गर्दै प्रवक्ता श्रेष्ठले भनेका छन्, “नेपाली भूमिमा सडक बनाई शुक्रबार उद्घाटन गरेको कार्यप्रति घोर आपत्ति प्रकट गर्दै भत्र्सना गर्दछु।” उनले हामी सबै कोरोनावि’रुद्ध ल’डिरहेको अवस्थामा गरिएको यो अतिक्रमणवि’रुद्ध सरकारले तत्काल कदम चाल्नुपर्ने धारणा व्यक्त गरेका छन्। भारतले एकतर्फीरूपमा नेपालको भूगोलमा रहेको लिम्पियाधुरा,…

Read More

काठमाडौं, २७ वैशाख । भारतले नेपाली भू(भाग दार्चुलाको लिपुलेक कालापानी हुँदै चीनको मानसरोवर जाने बाटो बनाएकोमा आपत्ति जनाएको छ । भारतले नेपाली भूमि लिपुलेक–कालापानी हुँदै चीनको मानसरोवर जाने बनाएको सडक उद्घाटन गरेको भोलिपल्ट अर्थात आज नेपाल सरकारले वक्तव्यमार्फत् आपत्ति जनाएको हो । परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भारतले नेपाली भूमि लिपुलेकमा शनिबार बाटो उद्घाटन गरेको जानकारी भएको भन्दै त्यसप्रति कडा आपत्ति भनिएको छ । तर, विज्ञप्तीमा कसैको पनि हस्ताक्षर गरिएको छैन् । न त मिति नै उल्लेख गरिएको छ । सुगौली सन्धि अनुसार लिम्पियाधुरा, कालापानी, लिपुलेकसहित महाकाली नदी पूर्वको भूभाग नेपालको रहेको कुरा मन्त्रालयको विज्ञप्तीमा जनाईएको छ । जारी विज्ञप्तिमा…

Read More