झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २६ वैशाख । सरकारले नेपाल प्रहरीसँग भीड नियन्त्रणका लागि पानीको फोहोरा फ्याँक्न प्रयोग गरिने सातवटा वाटर क्यानल हुँदाहुँदै थप एउटा र गोली ताकेर हान्ने तालिमका लागि चाहिने सिमुलटेर पाँचवटा खरिद गर्ने भएको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले यस्तो निर्णय गरेको हो । सरकारले यो निर्णय गोप्य राखेको छ । नेपाल प्रहरीलाई तत्काल आवश्यक नभएका उपकरण किन्दा विरोध हुने भएकाले निर्णय गोप्य राखिएको हो । सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री डा। युवराज खतिवडाले प्रहरीका लागि खरिद गर्न लागिएका यी सामाग्रीबारे बताएका छैनन् । ‘हाल आवश्यक नरहेको सामाग्री खरिद गर्ने निर्णय सार्वजनिक हुँदा सरकारको विरोध हुनसक्ने भन्दै गोप्य राखिएको हो,’…

Read More

झापा, २६ वैशाख । युवालाई कृषिमा आकर्षित गर्न सरकारले आगामी आर्थिक वर्षदेखि लागत खर्चमा न्यूनतम् २५ प्रतिशत प्रतिफल सुनिश्चित गरिदिने तयारी गरेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आर्थिक वर्ष २०७७र७८ को नीति तथा कार्यक्रममार्फत यस्तो व्यवस्था गर्न लागेको हो। कृषि पेशाबाट विमुख भएका र वैदेशिक रोजगारबाट फर्केका युवा तथा कृषि कर्ममै खटिएका किसानको लागत खर्च सुनिश्चित गर्न मन्त्रालयले यस्तो कार्यक्रमलाई प्राथमिकतामा राखेको छ। धान, गहुँ र उखुको समर्थन मूल्य तोकेजस्तै मन्त्रालयले अब केही खाद्यान्न बाली, तरकारी बाली, दलहन तथा तेलहन, फलफूल र माछामासुजन्य पदार्थको उत्पादनमा लाग्ने लागत खर्चमै २५ प्रतिशत न्यूनतम् प्रतिफल रकम जोडेर मूल्य तोकिदिने तयारी गरेको छ।…

Read More

झापा, २६ वैशाख । विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचारत ८ जना कोरोना संक्रमितले कोरोनालाई जितेका छन् । उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा संक्रमण देखिएका थप ८ जनाको पछिल्लो तीन रिपोर्ट पोजेटिभ आएपछि उनिहरुलाई डिस्चार्ज गर्ने तयारी गरिएको छ । भुल्केमा १६ जमातीसहित २८ जनालाई कोरोना देखिएको थियो । ती मध्ये ६ जना बुधबार निको भएर अस्पतालबाट फर्किएका थिए । अब एक महिलासहित आठ जनालाई शुक्रबार डिस्चार्ज गरिने कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेण्डेन्ट डा। संगीता मिश्राले बताइन् । कोभिड उपचार केन्द्रमा ३१ जना भर्ना भएका थिए । शुक्रबार आठजनाको डिस्चार्ज भएपछि १७ जना उपचारमा रहने छन् । संक्रमित सबैको…

Read More

काठमाडौँ, २६ बैशाख । कोरोना भाइरस (कोभिड–१९) बाट नेपालमा संक्रमितको संख्या १०१ जना पुगेको छ । बिहीबार कपिलवस्तु ८ का १६ वर्षीय र २२ वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएसंगै नेपालमा कोरोना संक्रमितको संख्या १०१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीका अनुसार उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेका छन् र अवस्था सामान्य छ । कपिलवस्तुमा पहिलो पटक कोरोना संक्रमित भेटिएका हुन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय १ पुगेको छ ।

Read More

झापा, २६ वैशाख । मलेसियाले भिसा सकिएका नेपाली कामदारलाई लकडाउन सकिएको १४ दिनभित्र टिकटसहित स्वदेश फर्कने अवसर दिने भएको छ । विभागले आज सूचना जारी गर्दै कुनै जरिवाना बिना मे १२ देखि २६ सम्म थप कागजात वा कुनै पास नबनाइ स्वदेश फर्कन चाहनेलाई अवसर दिएको हो । मलेसियाले भिसासम्बन्धी लिइएको नयाँ नीतिबारे जानकारी दिँदै क्वालालम्पुरस्थित नेपाली दूतावासका अनुसार त्यस्ता कामदारलाई सीधै टिकट काटेर आफ्नो देश जान अनुमति दिइएको छ । मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले डिसेम्बर ३१ भन्दा अगाडि भिसा समाप्त भइसकेका कामदारमाथि भने कारबाही हुने न्यूज २४ लाई जानकारी दिनुभयो । एमओसी सुरु हुनुभन्दा अगाडि वा सुरु भएपछि…

Read More

मेचीनगर, २५ वैशाख । लागुऔषधको कुलतमा फँसेका युवालाई छुटकारा दिई पुर्नजीवन दिलाउन प्रयासरत् युवा अर्जुन राई पछिल्लोसमय आदर्श मावि क्वारेन्टाइनमा ब्यस्त छन् । कोरोना भाइरसको जोखिमबाट जोगिन सरकारले घोषणा गरेको लकडाउन सुरु भएसँगै नव यात्रा पुर्नस्थापना केन्द्र काँकरभिट्टाका संस्थापक अध्यक्ष उनी सो क्वारेन्टाइनमा ब्यस्त हुन थालेका हुन् । केन्द्रका परामर्शदाता समेत रहेका राईसहित लागुऔषधमुक्त समाज निर्माणका लागि चेतना प्रवाह गराउँदै आएका अन्य युवा अहिले उक्त क्वारेन्टाइनमा प्रशिक्षणमा ब्यस्त छन् । कोरोनाको रोकथाम र नियन्त्रणका लागि मेचीनगर नगरपालिकाले सो विद्यालयमा स्थापना गरेको क्वारेन्टाइनमा रहेका युवाहरुलाई उनीहरुले प्रशिक्षित गराउँदै आएका छन् । त्यहाँ नव यात्रा पुर्नस्थापना केन्द्रका अध्यक्ष भीम लुईँटेल क्षेत्री, स्वतन्त्र…

Read More

भद्रपुर, २५ वैशाख । लायन्स क्लब अफ भद्रपुरले अति विपन्न परिवारका लागि खाद्यन्न जुटाउन नगर सरकारलाई ५० बोरा चामल, ५० पन दाल, ५० लिटर तेल, ५० वटा साबुन र ३०० प्याकेट पपकन हस्तान्तरण गरेको छ । क्लबले पचास परिवारलाई करिब १० दिन खान पुगने गरी प्रति परिवार चामल २० किलो, तेल १ लिटर, दाल १ किलो र पपकर्न ५ पिसका दरले पुग्ने गरी भद्रपुर नगर सरकारलाई हस्तान्तरण गरेको हो । प्रेसिडेन्ट लायनर यमबहादुर श्रेष्ठको नेतृत्वमा चार्टर प्रेसिडेन्ट तथा ब्रान्ड एम्बेस्डर माननीय ओमप्रकाश सरावगीको प्रमुख उपस्थितिमा सम्पन्न सो कार्यमा पास्ट प्रेसिडेन्ट ला.शिवकुमार गुप्ता र प्रदीपमणी रेग्मी, फस्ट भाईस प्रेसिडेन्ट योगेन्द्र पौडेल,…

Read More

बिर्तामोड, २५ वैशाख । झापाको पुरानोमध्येको एक शक्तिपीठ बिर्ताबजारमा रहेको दुर्गा मन्दिर पुनः प्रतिस्थापनका लागि आज शिलान्यास गरिएको छ । बुद्ध जयन्तीको दिन आज बिहान नगरप्रमुख ध्रुवकुमार शिवाकोटी र उपप्रमुख पवित्रा महतरा प्रसाईले वैदिक विधिपूर्वक मन्दिरको शिलान्यास गरेका हुन् । बिर्तामोड–भद्रपुर चारलेनको सडक निर्माणका क्रममा सडककै बीचमा मन्दिर परेपछि हालको मन्दिरभन्दा केही मिटर पूर्व मन्दिर प्रतिस्थापन गर्न लागिएको हो । नगरपालिकाले सम्पूर्ण खर्च ब्यहोर्ने गरी मन्दिर निर्माण गरिने नगरप्रमुख शिवाकोटीले बताएका छन् । नगरपालिकाले करिब ४५ लाख रुपैयाँको अनुमान गरेको छ तर उपभोक्ता समितिले सोभन्दा कम खर्चमा मन्दिर निर्माण गरिसक्ने बताएको छ । मन्दिर निर्माण उपभोक्ता समितिका अध्यक्ष पर्शुराम सिटौलाले…

Read More

मोरङ, २५ बैशाख । मोरङको बेलबारी–७ स्थित दौलथपुरमा एक युवा मृत फेला परेका छन् । कानेपोखरी गाउँपालिका–१ होक्लाबारीका १८ वर्षीय आयुष गिरी मृत अवस्थामा नहरको डिलमा फेला परेका हुन् । बुधबार साँझ साथीहरूसँग सामान्य विवादपछि हातपात भएको स्थानीयले देखेका थिए । आज बिहान मर्निङवाकमा निस्किनेले नहरको डिलमा युवाको शव देखेपछि इलाका प्रहरी कार्यालय बेलबारीलाई फोन गरेर जानकारी गराएका थिए । शव पोस्टमार्टमका लागि धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाई सकिएको छ । घटनाको अनुसन्धानका लागि १० जना बढीलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए ।

Read More

नवेश गुरुङआजको दिन विशेषत २६४४ औँ बुद्ध जयन्ती, २६०९ औँ बोधिलाभ पुर्णिामा, २५६४ औँ महापरिनिर्भाणा प्राप्तिको दिन हो । आज २६४४ औँ बुद्ध जयन्ती बिश्वभरिका बौद्धमार्गी एंवम धर्मप्रेमीहरुले श्रद्धा भावका साथ प्राथना, पुजा पाठ गरी उत्सव मनाउँदैछन् । राष्ट्रिय विभूति गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोगका नामले विशेष महत्वपूर्ण दिनका रुपमा लिने गरिएको छ । यधपी बर्तमान प्ररिपेक्षमा कोरोना भाईरस बिश्वब्यापि महामारीको रूपमा फैलिरहेको छ। जस अनुसार नेपालमा पनि यसले असर गरिरहेको छ । मानिस घर मै सुरक्षित भई रहन बाध्य भएका छन् । चिनको हुहान राज्यबाट फैलिएको…

Read More