
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौं, २२ बैशाख । लाखौं नेपालीहरु कार्यरत रहेको खाडीका ६ मुलुकमा कोरोना भाइरसबाट ३८० जनाको मृत्यु भएको छ भने ६७ हजार ६५९ जना संक्रमित भएका छन् । खाडीका ६ राष्ट्रमध्ये साउदी अरवमा अहिलेसम्म सबैभन्दा धेरै १८४ जनाको मृत्यु भएको छ । त्यहाँ २७ हजार ११ जना संक्रमित भएका छन् । यस्तै यूएईमा १२६ जनाको मृ’त्यु भएको छ भने १४ हजार १६३ जना संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणले कुवेतमा ३८ जनाको मृत्यु भएको छ भने ४ हजार ९८३ जना संक्रमित भएका छन् । यस्तै कतार र ओमानमा १२–१२ जनाको मृत्यु भएको छ । ती देशहरुमा क्रमश १५ हजार ५५१…
झापा, २२ बैशाख । सरकारले कोरोना भाइरसको उपचार तथा रोकथामका लागि आफ्नो जीवन नै जोखिममा राखेर फ्रन्ट लाइनमा खटिने डाक्टर, नर्स, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीलाई शतप्रतिशतसम्म प्रोत्साहन गर्ने व्यवस्थापन आदेश ल्याएको छ । ‘कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको उपचारमा सम्लग्न जनशक्तिको जोखिम भत्ता व्यवस्थापन आदेश (२०७७’ मा कोरोनाविरुद्ध खटिनेलाई जोखिम भत्ता उपलब्ध गराइने छ । स्वास्थ्य मन्त्रालयले तयार पारेको उक्त आदेश मन्त्रिपरिषद्ले पास गरेको हो । गत ९ चैतमा बसेको मन्त्रिपरिषदको बैठकले कोरोनाको उपचार तथा रोकथाममा खटिने स्वास्थ्यकर्मीलाई ५०, ७५ र १०० प्रतिशतको दरले जोखिम भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो । आदेश अनुसार कोरोना विरुद्ध अग्रपंक्तिमा रहेर काम गर्ने…
भद्रपुर, २२ वैशाख । विश्वव्यापी महामारी प्राणघातक कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउन लम्बिँदै जाँदा किसानलाई बर्खे खेतीका लागि आवश्यक मल–बीउ जोहो गर्न समस्या देखिएको छ । किसानको यही समस्यालाई ध्यानमा राख्दै झापा भद्रपुर ४ मा रहेको साना किसान सहकारी संस्थाले आफ्ना सदस्य र गैरसदस्य किसानको घर–घरमा मल बीउ पुर्याउन थालेको छ । संस्थाले आफ्नो सेवा क्षेत्र रहेको भद्रपुर वडा नं ४, ६ र ७ का किसानलाई घरघरमै मल र बीउ पुर्याउन शुरु गरेको संस्थाका अध्यक्ष मदनबहादुर वस्नेतले जानकारी दिनुभयो । पहिलो चरणमा २०० बोरा डीएपी मल र १०० बोरा उन्नत जातको धानको बीउ सहुलियत…
झापा, २२ वैशाख । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्यामा वृद्धि भएको छ । सोमबारको पछिल्लो तथ्यांकअनुसार यहाँ यस भाइरसबाट संक्रमित हुनेको संख्या ४२ हजार ५३३ जना पुगेको बताइएको छ । यहाँ यस संक्रमणबाट मृत्यु हुनेको संख्या पनि बढ्दो रहेको छ । अहिलेसम्म १ हजार ३७३ जनाको यस संक्रमणबाट ज्यान गएको बताइएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार सोबार बिहानसम्म गएको २४ घन्टामा यहाँ २ हजार ५०० भन्दा बढी विरामी थपिएका छन् । साथै गएको २४ घन्टामा मात्र यहाँ ७२ जना संक्रमितको ज्यान गएको बताइएको छ । संक्रमणबाट निको भएका विरामीको संख्या ११ हजार ७०६ जना रहेको पनि बताइएको छ…
सन्तोष शर्माझापा, २२ वैशाख । विश्वव्यापी रुपमा देखिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका बेला यसको नियन्त्रण, रोकथाम र राहतका लागि झापाका स्थानीय सरकार र सामाजिक संघसंसस्था सँगसँगै अघि बढिरहेका छन । यहाँका १५ वटै स्थानीय सरकारले सञ्चालन गरेको कोरोनाविरुद्धको अभियानमा यहाँका सामाजिक संघसंसथाले ऐक्यबद्धता जनाएर सँगसँगै अघि बढिरहेका हुन् । अहिले विपन्नको घरदैलोमा गएर चुल्हो बाल्नेदेखि लिएर समस्यामा परेकालाई उद्धारमा स्थानीय सरकार र सामाजिक संघसंसस्थामा भूमिका नङ र मासुजस्तै देखिएको छ । स्थानीय सरकारले स्थापना गरेको कोरोना कोषमा हालसम्म विभिन्न संघसंस्थाले रू दुई करोड ६५ लाख २२ हजार ३९५ जम्मा गरेका छन् । एकद्वार प्रणालीबाट राहत वितरण गर्ने सरकारी नीति…
नया दिल्ली, २२ वैशाख । लामो समय देखि लागेको लकडाउनलाई सरकारले खुकुलो पारेर मदिरा पसल पनि खोल्न दिने निर्णय गरेसंगै दिल्लीका मदिरा पसलमा निक्कै लामो लाइन लागेको छ । सोमबारदेखि लागु हुनेगरी कोरोना भाइरस जोखिमको आधारमा छुट्याइएको ‘रेड’, ‘अरेन्ज’ र ‘ग्रिन’ जोनहरुमा मदिरा पसल खोल्न दिने भारत सरकारले निर्णय गरेको थियो । पसल खोल्ने निर्णय गरेपनि एक अर्काले कम्तिमा ६ फिट दुरी कायम राख्नु पर्ने बताईएको छ । भारती संचारमाध्यमहरुका अनुसार दिल्लीको झील चोक क्षेत्रको एक म दिरा पसलमा आएका मानिसहरुले भौतिक दुरी कायम नगरेपछि प्रहरीले बन्द गराएको छ । दिल्लीमा मात्र हैन भारतका अन्य शहरमा पनि त्यस्तै अवस्था रहेको…
झापा, २२ वैशाख । संखुवासभा र धनकुटाको २ स्थानमा पानीमा डुबेर १ बालिका सहित २ जनाको मृत्यु भएको छ । आइतबार दिउँसो २ बजेको समयमा संखुवासभाको सभापोखरी गाउँपालिका(२ की ३२ बर्षीया चन्द्र कुमारी राई सभापोखरी गाउँपालिका-१ को सादीबेसीमा रहेको दिब्यश्वरी हाइड्रो पावरको पानी जमाउने पोखरीमा डुबिरहेको अवस्थामा मृत फेला परेकी हुन् । घटनाको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरी टोलीले कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागी जिल्ला अस्पताल खाँदवारी पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ । यसैगरी धनकुटा नगरपालिका-१ जौटार बस्ने राजिव तितुङको १८ महिनाकी छोरी सिर्जना तितुङको आफ्नै घरमा रहेको…
जलेश्वर, २२ वैशाख । महोत्तरी जिल्लामा लकडाउनको अवस्थामा सीमा पार गर्दागर्दै आज बिहान ११ भारतीय मुस्लिम पक्राउ परेका छन् । जिल्लाको मनरासिस्वा नगरपालिका–९ बथनाहा गाउँ हुँदै नेपालबाट भारत जान खोजेका ११ मुस्लिमलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा पक्राउ गरिएको वडाध्यक्ष बलिराम रायले बताउनुभयो । हातहातमा झोला बोकेका सबैजना लहरै नेपालबाट भारत जाँदै गरेको अवस्थामा उनीहरुलाई प्रहरीको सहयोग लिएर पक्राउ गर्न सफल भएको वडाध्यक्ष रायले बताउनुभयो । पक्राउ परेका उनीहरूले भारतको पश्चिम बङ्गाल राज्यको कोलकाता घर भएको बताएका छन् । उनीहरुले महोत्तरीको एकडारा गाउँपालिका–५ कोल्हुवा बगेया गाउँमा लामो समयदेखि जस्तापाताका भाँडाकुँडा र ड्रम बनाउने काम गर्दै आएको बताएका छन् ।…
झापा, २२ वैशाख । पछिल्लो समय कोरोना भाइरसको संक्रमित बढ्दै गएपछि जोखिम उच्च रहेको भन्दै सरकारले फेरि १५ दिन लकडाउन थप्ने तयारी गरेको छ । मन्त्रिपरिषद्को आइतबारको बैठकमा पछिल्लो समय नेपाल कोरोना संंक्रमित बढ्दै गएको र छिमेकी मुलुक भारतमा पनि संक्रमण दर बढिरहेकाले जोखिम कायमै रहेकाले लकडाउन थप १५ दिन बढाउनुपर्ने विषयमा छलफल भएको छ । भारतले लकडाउनलाई निरन्तरता दिइरहेका बेला खुला सिमाना भएको नेपालमा लकडाउन हटाउँदा स्थिति जुनसुकै बेला पनि भयावह हुनसक्ने भन्दै जेठ १० गतेसम्म बढाउने सहमति भएको स्रोतले बतायो । केही मन्त्रीले कोरोना प्रभावित क्षेत्र वर्गीकरण गरी सोही आधारमा लकडाउन खुकुले गर्नुपर्ने धारणा राखेका थिए । आजको…
भद्रपुर, २२ बैशाख । जिल्ला अनुगमन समितिले झापाको दक्षिणी क्षेत्रमा रहेको कचनकवल गाउँपालिकाका विभिन्न स्थानमा सञ्चालित चारवटा पसललाई स्थलगत अनुगमन गरेको छ । अनुगमनका क्रममा नियमविपरित काम गर्ने केही व्यापारीलाई कारवाही गरिएको छ भने दुईवटा पसललाई जिल्ला प्रशासन कार्यालय झापामा उपस्थित हुन पत्र काटिएको छ । जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईको नेतृत्वमा बजार अनुगमनमा गएको टोलीले गणेश राईस मिल, लालबाबु किराना पसल, प्रदिप किराना पसल, सुरज किराना पसललाई कारवाही गरेको हो । गणेश राईस मिलले मादक पदार्थ विक्रीका लागि राखेको पाएपछि जिल्ला प्रशासन कार्यालय झापाबाट खटिएको अनुगमन टोलीले कारवाही गरेको जनाएको छ । गणेश राईस…