झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २५ वैशाख । प्रत्येक वर्ष किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ । बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको यस विषयमा अनुसन्धान गरिरहनुभएका कीर्तिकुमार दूमी राईले राससलाई जानकारी दिनुभयो । गर्मी बढ्ने भएकाले यो समुदायका मानिस बेँसीबाट लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उँभौली रहेको हो । वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उँभो लाग्ने किराँत समुदायको विश्वास छ । नदीमा माछा पनि गर्मीबाट बच्न बेँसीको नदीबाट लेकतिर लाग्छन् भन्ने भनाइ छ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बाली भित्र्याएर जाडो छल्न…

Read More

काठमाडौँ, २५ बैशाख । छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ८७ जना नयाँ संक्रमित थपिएका छन् । यो सँगै भारतमा कोारेना संक्रमितको संख्या ५२ हजार ९ सय ८७ पुगेको छ । १२ लाख ७६ हजार ७८ को कोरोना परीक्षण गरेको भारतमा संक्रमितमध्ये १७८५ संक्रमितको ज्या’न गइसेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । पछिल्लो २४ घण्टामा भारतमा ९२ जना संक्रमितको ज्या’न गएको छ ।

Read More

झापा, २५ वैशाख । कोरोना भाइरस (कोभिड–१९) लाई जित्न सक्ने ‘मोनोक्लोनल एन्टिबडी’ (एन्टिबडी ४७ डि ११) वैज्ञानिकहरूले प्रयोगशालामा तयार पारेका छन् । यसको सहयोगबाट कोरोनाको उपचार हुने तथा महामारी फैलनबाट रोकिने उनीहरूको अपेक्षा छ । मोनोक्लोनल एन्टिबडी प्रयोगशालामा सिर्जना गरिने त्यस्तो प्रोटिन हो, जसले शरीरभित्रका भाइरस र ब्याक्टेरियासँग लड्न सक्ने अन्य प्रोटिन पैदा गर्छ । नेदरल्यान्ड्सस्थित युट्रेच विश्वविद्यालयको प्रयोगशालामा गरिएकोे ‘सेल कल्चर’ परीक्षणमा उक्त एन्टिबडीले कोरोना भाइरसलाई मत्थर पार्न सफल भएको छ । उक्त एन्टिबडी कोरोना संक्रमणको उपचारका लागि उपयोगी साबित हुन सक्ने आशा वैज्ञानिकहरूमा देखिन्छ । कोरोनाबाहेकका रोगका लागि पनि विभिन्न औषधिसँग संयुक्त वा एकल रूपमा सो एन्टिबडी उपयोगी…

Read More

काठमाडौं, २५ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना संक्रमण भयावह हुन सक्ने लक्षण देखिएको भन्दै सबैलाई सजग हुन पनि आह्वान गरेका छन् । सरकारले सुरुदेखि नै प्रभावकारी कदम चालेकोले हालसम्मको स्थिति ठिकै रहेको तर आउने दिनमा स्थिति भयाबह हुने लक्षण देखिएको भन्दै उनले सबैलाई सजग रहन आग्रह गरेका हुन् । ‘सरकारले सुरुदेखि नै चालेका प्रभावकारी कदमहरुका कारण अहिलेसम्म नेपालमा स्थिति भयावह भइसकेको त छैन । तर, भयावह हुनसक्ने लक्षणहरु छन्,’ प्रधानमन्त्री ओलीले बिहीबार एक सन्देश जारी गर्दै भनेका छन्, ‘यदि आफ्नो सतर्कता, आफ्नो तयारी र रोकथाममा हामी सबैको सम्झदारीपूर्ण ऐक्यबद्धता भएन भने यस महामारीले भयावह रुप लिन सक्दछ…

Read More

झापा, २५ वैशाख । सरकारले बुद्ध जयन्तीका दिन आज बिहीबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले एक विज्ञप्ति जारी गरी बुद्धजयन्ती (वैशाख पूर्णिमा÷चण्डी पूर्णिमा) परेकाले उक्त दिन मुलुकभर सबैलाई लागू हुने गरी बिदा दिइएको जनाएको छ । मन्त्रिपरिषदको चैत ९ को निर्णयअनुसार एक वर्षभरि दिइने बिदा र कार्यालय समयको निर्धारण गरिसकेको र उक्त निर्णय राजपत्रमा प्रकाशित भइरहेकाले सोहीअनुसार बिदा दिइएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Read More

झापा, २५ वैशाख । लकडाउनको अन्योलबीच सरकारले पठनपाठन, विद्यार्थी भर्ना र परीक्षा सन्दर्भमा ठोस योजना ल्याउन सकेको छैन । लकडाउनको ४४ औं दिन पुगिसक्दासमेत ठोस योजना ल्याउन नसकेको पाइएको हो । लाखौं विद्यार्थी ‘अबको विकल्प के रु’ भन्दै प्रश्न उठाउन थालेका छन् । मुख्यत एसईई, कक्षा ११, १२ को परीक्षा, पठनपाठन, विद्यार्थी भर्ना अभियान पूर्ण प्रभावि बन्न पुगेको छ । कक्षा १ देखि ९ , स्नातक, स्नातकोत्तर तहका शिक्षा, परीक्षासमेत प्रभावित भएका छन् । यद्यपि, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले गृहकार्य अघि बढाइसकेको बताउँदै आए पनि ठोस योजना सार्वजनिक गर्न सकेको छैन । आजको राजधानी दैनिकमा खबर छ ।

Read More

झापा, २५ वैशाख । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न देशमा पुगेका चार लाखभन्दा बढी नेपाली श्रमिक स्वदेश फर्किन चाहेको बताएका छन् । प्रतिनिधि सभाको श्रम, तथा उद्योग र उपभोक्ता तथा आपूर्ति समितिको बुधबारको बैठकमा उहाँले सो जानकारी दिनुभएको हो । मन्त्रालयका अनुसार विदेशमा झन्डै चार लाख नागरिक तत्काल स्वदेश फर्किन चाहेका छन् । तीमध्ये एक लाख १२ हजारलाई तत्कालै उद्धार गर्नुपर्ने अवस्था छ । मन्त्रालयका अनुसार मलेसियाबाट सात हजार, कतारबाट ५० हजार, साउदी अरबबाट २० हजार, संयुक्त अरब इमिरेट्स (यूएई)बाट १२ हजार, कुवेतबाट नौ हजार, बहराइनबाट तीन हजार र ओमानबाट पाँच सय श्रमिक…

Read More

झापा, २५ वैशाख । आज बिहीबारदेखि प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुको कोरोना संक्रमणको परीक्षण सुरु गरिने भएको छ । संसद सचिवालयका अनुसार संघीय संसद भवनकै ल्होत्से हलमा बिहीबार बिहान १० बजेदेखि राष्ट्रिय सभाका सदस्यहरुको परीक्षण सुरु हुनेछ भने ११ बजेदेखि प्रतिनिधिसभाका सदस्यहरुको पीसीआर प्रविधिबाट कोरोनाको परीक्षण सुरु गरिने छ । सकेसम्म एकै दिनमा स्वाब संकलन गरिसक्ने सचिवालयको तयारी छ । सांसदहरुको टेष्ट गरिसकेपछि कर्मचारी, मर्यादापालक, पत्रकारको स्वाब संकलनको प्रवन्ध मिलाइने सचिवालयका सूचना अधिकारी दशरथ धमलाले जानकारी दिए । मंगलबार बसेको कार्यव्यवस्था समितिले स्वास्थ्य मन्त्रालयलाई संसद भवन छिर्नेहरुको स्वास्थ्य परीक्षणको व्यवस्थाका लागि आग्रह गरेको थियो । स्वास्थ्य मन्त्रालयले स्वीकार गरेपछि सचिवालयमा भएका…

Read More

झापा, २४ वैशाख । नेपालीको प्रमुख श्रम गन्तव्य रहेको बहराइनमा हालसम्म २४५ नेपालीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । मनमास्थित नेपाली दूतावासका अनुसार पछिल्लो एक साताको अवधिमा ८८ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यही वैशाख १९ गतेसम्म बहराइनमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या १५७ थियो । दूतावासका अनुसार मङ्गलबारसम्म बहराइनमा एक हजार ९५० मा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । सङ्क्रमणबाट निदान प्राप्त गरी डिस्चार्ज हुनेको सङ्ख्या पनि एक हजार ७६२ पुगेको छ । बहराइनमा कोरोना सङ्क्रमणबाट आठ जनाको मात्र ज्या’न गएको छ । बहराइनले हालसम्म एक लाख ५५ हजार ५०१ जनामा कोरोना परीक्षण गरेको छ । ठूलो…

Read More

काठमाडौँ, २४ बैशाख । नेपालमा बुधबार थप १९ नया कोरोना भाइरस कोभिड-१९ संक्रमित भेटिएका छन । संक्रमित मध्य एक जना २ महिने शिशु देखि ६६ वर्षका रहेका छन । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको नमुना परिक्षणमा पर्साका १७ जनामा कोरोना संक्रमण देखिएको हो । ७ जना महिला र १० जना पुरुष संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ९९ पुगेको छ । काठमाडौको सनसिटी अपार्टमेन्टमा बस्ने ५२ वर्षीय ती व्यक्तिको पनि पीसीआर रिपोर्ट पोजिटिभ देखिएको छ । पाटन अस्पतालमा उपचारपछि डिस्चार्ज भएका उनलाई पनि पुनस् अस्पताल भर्ना गरिएको मन्त्रालयले जनाएको छ ।

Read More