
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
इलाम, २३ वैशाख । इलामको माई नगरपालिका–९ बोरुङमा ठूलो परिमाणमा विष्फोट पदार्थसहित नेत्रविक्रम चन्द समूहका जिल्ला इन्चार्ज र दुई कार्यकर्ता पक्राउ परेका छन् । नेपाल प्रहरीको विशेष सुराकीका आधार सशस्त्र प्रहरीसमेतको टोलीले सोमबार राति ११ बजे पक्राउ गरेको हो । पक्राउ पर्नेमा सङ्खुवासभा घर भएका इलाम जिल्ला इन्चार्ज पुष्प कोइराला, ताप्लेजुङ लिकुखोला घर भएका जनम भनिने २४ वर्षीय पासाङ शेर्पा र उदयपुरका सौरभ भनिने १९ वर्षीय पासाङ तामाङलाई वि’ष्फोटक पदार्थ र त्यसमा लागि प्रयोग हुने सामग्रीसहित पक्राउ गरेको इलामका प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेले जानकारी दिनुभयो । पाण्डेका अनुसार उनीहरुको साथबाट विष्फोटक पदार्थ डिटोनेटर १९ थान, प्रेसरकुकर बम एक थान, ग्रिनेड…
खोटाङ, २३ वैशाख । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडा बस्ने शुक्र रोक्काको १४ बर्षीया छोरी अम्बिका रोक्काको खालाले बगाएर मृत्यु भएको छ । सोमवार दिउँसो बाख्रा चराउन खोला तर्फ गएको र फर्केदा बाटोमा पर्ने साप्सु खोला तर्ने क्रममा अचानक बाढीले बगाई बालिका बेपत्ता भएको भन्ने खबर प्राप्त भएसंगै प्रहरी चौकी चिउरीडाँडाबाट खटिएको प्रहरी टोली र स्थानीयवासी समेतको टोलीले खोजतलास गर्ने क्रममा बगाएको स्थान भन्दा करिव १ किलोलमिटर तल मृत अवस्थामा बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
बिर्तामोड, २३ वैशाख । झापाको बिर्तामोडबाट सञ्चालनमा रहेको साझामञ्च डटकममा कार्यरत पत्रकार तथा कर्मचारीहरु हरेकको एक लाख रुपयाँको कोरोना बीमा गरिएको छ । विश्वब्यापी महामारी फैलिएको कोभिड–१९ को सन्त्रासका बीचमा पनि अग्रभागमा रहेर काम गर्ने पत्रकारहरु कोरोना संक्रमणको उच्च जोखिममा रहेको महसुस गरी सामुहिक बीमा गरिएको हो । स्थलगत रिपोर्टिङ र जनसम्पर्कमा खटिरहनु पर्दा हाम्रो प्रतिष्ठानमा कार्यरत पत्रकार तथा कर्मचारीमा संक्रमणको जोखिम रहेको महसुस गरी राज्यले अघि सारेको बीमा नीतिलाई अवलम्बन गरिएको साझामञ्च डटकमका सम्पादक गोपाल काफ्लेले बताएका छन् । कोराना संक्रमण पुष्टि भएमा सरकारले नै सम्पूर्ण उपचार खर्च व्यहोर्ने ब्यवस्था छ । तर संक्रमण पुष्टि भएपछि परिवारमा उत्पन्न हुने…
भद्रपुर, २३ बैशाख । सय बढी भारतीय नागरिकले सुरक्षाकर्मीमाथि बल प्रयोग गरी नेपाल प्रवेश गर्न खोजेपछि नेपाल भारतको सीमा नाकामा सशस्त्र प्रहरीले दुई राउन्ड हवाई फायर गरेको छ । झापा गाउँपालिका–४ स्थित सुकुम्वासी बस्ती नजिकै सोमबार बेलुका पौने ५ बजे सो घटना भएको हो । सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट टाघनडुब्बादेखि सात किलोमिटर पूर्व १३१ नम्बर पिलर नजिकै बनाइएको अस्थायी पोस्टमा खटिएका सशस्त्र प्रहरीले भारतीय नागरिकलाई समूहलाई खेदाउन हवाई फायर गर्नु परेको सशस्त्र प्रहरी बल २ नम्बर गण झापाका एसपी रेशमकुमार थक्सुले जानकारी दिए । उनका अनुसार दुईजना भारतीय नागरिक भारतीय नम्बर प्लेटको मोटरसाइकल चढेर नेपाल छिर्न खोजेका थिए…
द्रोण अधिकारीभद्रपुर, २३ बैशाख । निर्माण तथा प्लाइउड उद्योगमा कार्यरत भारतीय मजदुर बन्दाबन्दीका कारण भोकमरीमा पर्न थालेपछि आफ्नो कार्यस्थल छोडेर भाग्ने क्रम बढ्न थालेको छ । काममा लगाउने ठेकेदारले बन्दाबन्दीको बाहना बनाएर खाना खाने व्यवस्थापन समेत गर्न छोडेपछि भारतीय मजदुर आफ्नो कार्य स्थल छोडेर भाग्न थालेका हुन् । झापामा सडक, पुल, भवन लगायत निर्माण क्षेत्रमा हजारौं भारतीय मजदुरले काम गर्दै आएका छन् । त्यसैगरी चिया, प्लाइउड लगायतका उद्योगमा समेत हजारौं भारतीय मजदुरले काम गरिरहेका छन् । तर, ती क्षेत्रमा काम लगाउनेहरूले खाने व्यवस्थापनमा समेत बेवास्ता गरेपछि रातारात मजदुर भाग्ने गरेका छन् । कोरोना संक्रमण त्रासमा नेपाल भारत सीमा पूर्ण रूपमा…
बिर्तामोड, २३ वैशाख । झापामा पहिलो पटक समानुपातिक रुपमा स्थानीय सञ्चारमाध्यमलाई लोककल्याणकारी विज्ञापन प्रकाशनवापत अनुदान दिन थालेको बिर्तामोड नगरपालिकाले अन्तिम किस्ता वापतको रकम अग्रीम भुक्तानी दिएको छ । कोरोना भाइरस (कोरोना–१९) का कारण बन्दाबन्दी भएको समयमा सञ्चारमाध्यमलाई केही भए पनि सहज होस् भन्ने उद्देश्यले नगरपालिकाले अग्रीम भुक्तानी दिएको बिर्तामोडका नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले बताउनुभयो । नगरपालिकाले चार÷चार महिनामा तीन किस्ता गरी भुक्तानी दिने सम्झौता गरे पनि अन्तिम किस्तावापतको रकम (साउनमा दिने तर वैशाखमै भुक्तानी) समय अगावै दिएको हो । “संकटका बेलामा पत्रकार अग्रपंक्तिमा उभिएर काम गरिरहनुभएको छ”, उहाँले भन्नुभयो, “यस्तो बेलामा आर्थिक समस्या पनि हुन सक्छ, त्यसैले पनि अग्रीम भुक्तानी दिइएको…
झापा, २३ वैशाख । सरकारले ४१ दिनदेखि लगाउँदै आइरहेको लकडाउनको मोडालिटी ९स्वरुप० परिवर्तन गर्ने संकेत गरेको छ । ११ चैतदेखि जारी लकडाउन २५ वैशाखसम्म कायम रहनेछ । २५ वैशाखपछि भने सरकारले लकडाउनको स्वरुप परिवर्तन गरी क्षेत्रअनुसार केही खुकुलो बनाउने तयारी गरेको हो । सरकारको योजनाअनुसार २५ वैशाखपछि कृषिजन्य वस्तुको उत्पादन, भण्डारण तथा बिक्री वितरणमा बन्देज नलाग्ने गरी लकडाउनको मोडालिटी परिवर्तन गर्ने तयारी भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । आजको राजधानी दैनिकमा खबर छ ।
झापा, २३ वैशाख । वैदेशिक रोजगारीका क्रममा विभिन्न मुलुकमा रहेका र कोरोना भाइरसका कारण अलपत्र परेका नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश ल्याउन सरकारले आन्तरिक तयारी गरिरहेको छ । नेपाली श्रम रोजगार पत्रकार समूहले सोमबार ‘कोभिड १९ का कारण विदेशमा अलपत्र श्रमिकको व्यवस्थापनमा सरकारको आगामी योजना’ विषयमा आयोजना गरेको भर्चुअल अन्तक्र्रियामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विदेशमा अप्ठेरोमा परेका नेपालीको पहिचान गरेर प्राथमिकताका आधारमा स्वदेश ल्याइने बताए । परराष्ट्रमन्त्री ज्ञवालीले अन्तर्रा्ष्ट्रिय उडान बन्द रहेकाले उनीहरूलाई कुन मितिमा ल्याउने भन्न सकिने अवस्था नरहेको स्पष्ट गरे । उनले भने, ‘‘जहाँसुकै रहेका नेपालीसँग हाम्रो भावनात्मक सम्बन्ध छ, अहिले धेरै कुरालाई योजना बनाएर मात्रै काम गर्नुपर्छ, कसरी फर्काउने…
झापा, २३ वैशाख । नेपालमा एकैसाथ पाँचवटा वायु प्रणाली सक्रिय बनेको छ । पाँचवटै प्रणाली सक्रिय हुँदा अझै एक साता वर्षाले निरन्तरता पाउने भएको छ । झुलुक्क घाम लाग्ने अनि फेरि बादल लागेर पानी पर्ने सम्भावना बढी छ । नेपालमा यति बेला पश्चिमी वायु, स्थानीय वायुका साथै नेपालको पूर्र्वी भू–भागमा वर्षा गराउने न्यून चापीय प्रणाली कायम रहेको छ । त्यस्तै बङ्गालको खाडीबाट नेपाल प्रवेश गरेको जलवाष्पयुक्त वायु र अरब सागरबाट आएको जलवाष्पयुक्त वायुको प्रभाव पनि उत्तिकै सक्रिय बनेको छ । पूर्वमनसुन ९प्रिमनसुन०को समयमा लगातार वर्षा गराउन यिनै पाँच वायु प्रणाली कारक रहेकाले वैशाखको सुक्खा याममा पनि पानी परिरहेको मौसम पूर्वानुमान…
झापा, २३ वैशाख । नेपाल–भारत सीमानाका बन्द रहेका बेला सयौं संख्यामा भारतीय नेपाल आएर कोसी बाँधमा काम गर्न थालेका छन्। कोसी बाँधको काम सुरु भएसँगै सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–१२ का बासिन्दा विरोधमा उत्रिएका छन्। स्वास्थ्य र सुरक्षाका कुनै पनि मापदण्ड पूरा नगरी भारतीय र अन्यत्र जिल्लाका मजदुर ल्याएर कोरोना भित्र्याउन खोजेको भन्दै उनीहरूले सडक अवरुद्ध पारे। हनुमाननगर कंकालिनी नगरपालिका–१२ का मो. साबिरले भने, ‘हामीले आफ्नै ठाउँमा सीप प्रयोग गर्न पाएका छैनौँ, बालबालिका भोकै छन् तर सीमापारिबाट हुल बाँधेर आएका भारतीय काम गरिरहेका छन् ।’ कोरोनाको भयले आवतजावत गर्ने डुंगासमेत बन्द गरिँदा माछा मार्ने काम ठप्प भएको जनाउँदै उनले बाँधको स्पर…