झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २२ वैशाख । अन्तर्रा्ष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा गिरावट आए पनि नेपाल आयल निगमले लकडाउन सुरु भएपछि मूल्य समायोजन गरेको छैन । भारतीय आयल कर्पोरेसनसँगको स्वचालित मूल्यसूची अनुसार हरेक १५÷१५ दिनमा मूल्य समायोजन हुने व्यवस्था छ तर यो अहिले कार्यान्वयन भएको छैन । इन्डियन आयल कर्पोरेसनबाट शनिबार आएको स्वचालित मूल्यसूची घटेर आए पनि निगमले मूल्य घटाएको छैन । १५ दिनअघिको मूल्यसूची अनुसार पनि निगमले मूल्य समायोजन गरेन । निगमले शनिबार विज्ञप्ति जारी गरी अन्तर्रा्ष्ट्रिय बजार मूल्यबमोजिम पेट्रोल तथा डिजेलको खरिद मूल्य घटेर आए पनि हाल पेट्रोलियम पदार्थको माग अत्यधिक न्यून रहेकाले तत्काललाई मूल्य समायोजन यथावत् राखिएको जनाएको छ ।…

Read More

झापा, २२ वैशाख । नेपाल सरकारको विशिष्ट श्रेणी (सचिव)मा रहेका विभिन्न मन्त्रालय र निकायमा कार्यरत ६ जनाभन्दा बढी सचिव सेवानिवृत्त हुने भएका छन् । कोही उमेर हद र कोही सचिवको पाँच वर्षे सेवा अवधि पूरा गरी सेवा निवृत्त हुने अवस्थामा पुगेका हुन् । यसै क्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेश दाहाल १९ वैशाखदेखि सेवानिवृत्त भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव दीपक सुवेदी, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव विनोद केसी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानुन सचिव डिल्ली घिमिरे, कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालयका सचिव राजीव गौतम र प्रधानमन्त्री कार्यालयका नारायण बिडारी छिट्टै सेवानिवृत्त…

Read More

झापा, २२ वैशाख । महत्वपूर्ण क्षेत्रको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिएर त्यहाँ खटिएका सशस्त्र र नेपाल प्रहरीलाई सीमाको सुरक्षामा खटाइने भएको छ । कारागार, विकास निर्माण आयोजनालगायतका महत्वपूर्ण संरचनाको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिएर त्यहाँ खटिएका नेपाल प्रहरी र स’शस्त्र प्रहरीलाई सीमामा पठाउन लागिएको हो । आइतबार गृहमन्त्री रामबहादुर थापाको उपस्थितिमा गृह मन्त्रालयमा बसेको सुरक्षा बैठकमा यससम्बन्धी प्रक्रिया अगाडि बढाउने निर्णय भएको मन्त्रालयले जनाएको छ । कोभिड–१९ ले निम्ताएको समस्या निराकरणका लागि सीमा क्षेत्रमा थप कडाइ गर्ने उद्देश्यले सो निर्णय गरिएको हो । बैठकले सीमाबाट लुकिछिपी प्रवेश गर्ने क्रम नरोकिएको भन्दै त्यसरी प्रवेश गर्नेलाई कडा कानूनी कारवाही गर्नुपर्ने निश्कर्षसमेत निकालेको…

Read More

काठमाडौं, २२ वैशाख । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले एक पद छाड्नुपर्ने मुद्दा वरिष्ठ नेता माधवकुमार नेपाल समूहले उठाउने भएको छ । सत्तारुढ नेकपाको आगामी २५ वैशाखमा बस्ने स्थायी कमिटी बैठकमा नेपाल समूहको प्रधानमन्त्री ओलीले ‘प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक पदबाट राजीनामा दिनुपर्ने’ अडान कायमै छ । नेकपा सचिवालयको शनिबार बसेको बैठकमा प्रधानमन्त्री ओली र नेकपा अर्का अध्यक्ष पुष्पकमल दाहालले आत्मालोचना गर्दै पार्टी र सरकारको काम प्रभावकारी रुपमा अघि बढाउने निर्णय गरेको एकदिन नबित्दै नेपाल समूह आइतबार छुट्टै भेलापछि यस्तो निष्कर्षमा पुगेको हो । आजको राजधानी दैनिकमा खबर छ ।

Read More

झापा, २२ वैशाख । बाँकेको नेपालगन्जमा एकैदिन १५ जना संक्रमित भेटिएपछि कोरोना तेस्रो चरणतर्फ उन्मुख देखिएको छ। विज्ञका अनुसार बाहिरी देशबाट आएको व्यक्तिमार्फत स्थानीयमा कोरोना सरेर समुदाय नै प्रभावित भएको अवस्थालाई तेस्रो चरण मानिन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा चैत २२ गते संक्रमण दोस्रो चरण अर्थात् स्थानीयमा प्रवेश गरेको घोषणा गरेको थियो । संयुक्त अरब इमिरेट्स (यूईए) को दुबईबाट फर्किएका कैलालीका संक्रमित युवाकी भाउजूमा पोजिटिभ देखिएसँगै संक्रमण दोस्रो चरणमा पुगेको थियो। संक्रमित व्यक्तिले खोक्दा वा हाच्छ्यूँ गर्दा नाक तथा मुखबाट निस्किने छिटाको माध्यमबाट सर्ने कोरोना जोखिम समुदायमा पुगेको छ। यस विषयमा मन्त्रालयका अधिकारीले केही बताएका छैनन् । आजको अन्नपूर्ण…

Read More

झापा, २२ वैशाख । नेपालमा गत माघ ९ गते पहिलो व्यक्तिमा कोरोना पोजिटिभ देखियो । उनी सामान्य लक्षणमै निको भए । पहिलो संक्रमित देखिएको दुई महिनापछि मात्र दोस्रो संक्रमति भेटिइन् । यी दुवै विदेशबाट आएका थिए । यी दुवै जना कुनै स्वास्थ्य समस्या विनै निको भएका थिए । देशभरमा कुल संक्रमित ५९ जना मध्येमा १६ जना पनि कुनै जटिल समस्या विनै डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नयाँ संक्रमितहरुको स्वास्थ्य पनि सामान्य रहेको मन्त्रालयले जनाएको छ । विश्वभर कोरोना संक्रमितको स्थिति हेर्दा वृद्व–वृद्वा, उच्चरक्तचाप, दम,मिर्गौला, मधुमेह, क्यान्सर र मुटु रोगीहरुमाल जटिलता ल्याउँछ र मृत्यु गरेको अध्ययनले देखाएका…

Read More

भद्रपुर, २१ बैशाख । नेपाल भारत सिमानामा खटिएका सीमा सुरक्षा बलका सुरक्षाकर्मीका लागि भद्रपुरका दुई व्यक्तिले एक सय काटुन पानी निशुल्क दिएका छन् । कोरोना संक्रमण नियन्त्रणका लागि दशगजा क्षेत्रमा खटिएका सुरक्षाकर्मीका लागि शुद्ध पिउने पानीका लागि भद्रपुर–८ का भरत गुरूङ र भद्रपुर–९ का गोपाल श्रेष्ठले सम्युक्त रूपमा एक सय काटुन पानी निशुल्क दिएका हुन् । कोरोना संक्रमण रोक्न भारतीय भूमिबाट अवैध प्रवेश बन्द गर्न नेपाल भारत सिमानामा हरेक ५ सय मिटरको दुरीमा नेपाल प्रहरी सशस्त्र प्रहरीको भिन्ना भिन्नै सुरक्षा पोष्ट राखेर सीमा सिलको जिम्मेवारी दिइएको छ । नेपाल भारत सीमा क्षेत्र झापा जिल्लामा १४४.२ किलो मिटर रहेको छ ।…

Read More

झापा, २१ वैशाख । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले सांसदहरुसँग नयाँ बजेट र नीति तथा कार्यक्रमका विषयमा सुझाव संकलन गर्न सुरु गरेका छन् । पर्यटन क्षेत्रको विकास र समृद्धिका लागि आगामी आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रम तथा बजेटका विषयमा विहीबार नेकपाबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सुदुरपश्चिम, कर्णाली र प्रदेश १ का सांसदहरुसँग सुझाव लिएका छन् । आफुले समालेको मन्त्रालयका तर्फवाट प्रस्तुत गर्ने योजना तथा कार्यक्रमका सम्बन्धमा प्रदेशगतरुपमा संघीय सांसदहरुसँग सुझाव लिन मन्त्री भट्टराईले सुरु गरेका हुन् । प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का नेकपाका सांसदहरुसँग समेत सुझाव लिइएको मन्त्री भट्टराईको नीजि…

Read More

विराटनगर, २१ वैशाख । प्रदेश १ मा ७ हजार २ सय ७२ जनाको कोरोना परीक्षण भएको छ । आइबारसम्म द्रूत परीक्षण विधि (आरडिटी) र ल्याबमा गरिने परीक्षण (पिसिआर) बाट यो संख्यामा कोरोना परीक्षण भएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोचा सूचना डेस्कका अनुसार आरडीटीतर्फ ५ हजार ७ सय १६ जनाकोे नमूना परीक्षण भएको छ । त्यस्तै पिसिआरबाट १ हजार ५ सय ५६ जनाको परीक्षण भएको छ । प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या आइतबारसम्म कूल २ हजार ६३ पुगेको छ । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ३८ जना छन् । होम क्वारेन्टाइनमा जम्मा ६ हजार ९ सय २५…

Read More

बिर्तामोड, २१ वैशाख । झापाको बिर्तामोड नगरपालिका क्षेत्रमा अबदेखि नियमित बैंक खुल्ने भएको छ । बिर्तामोड नगरपालिका क्षेत्रमा रहेका बैंकहरुसँगको छलफलमा यस्तो सहमति भएको हो । यसअघि यहाँका बैंकहरु सातामा एक–दुई पटक मात्र खुल्दै आएका थिए । जसका कारण बैंकिङ कारोबार गर्न कठिनाइ हुनुका साथै बैंकमा सेवाग्राहीको भीड बढेकाले निश्चित समयका लागि नियमित बैंक खोल्न लागिएको नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले जानकारी दिनुभयो । ‘बैंक नियमित नखुल्दा सेवाग्राहीलाई समस्या भएको पाइयो, सँगै बैंकमा भीडभाड पनि बढेको देखियो’, उहाँले भन्नुभयो, ‘कोरोनाको जोखिम न्यूनीकरणका लागि पनि नियमित बैंक खोल्ने व्यवस्था गर्न लागिएको हो ।’

Read More