झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २१ वैशाख । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण बन्द रहेका सामुदायिक तथा निजी विद्यालयलाई वैशाख २५ सम्म जारी बन्दाबन्दी (लकडाउन) अघि अनलाइनबाट विद्यार्थी भर्ना नलिन निर्देशन दिइएको छ । बन्दाबन्दीको अवस्थासम्म हेर्न सरकार तथा निजी विद्यालयका संस्थाहरूले विद्यालयलाई आह्वान गरेका छन् । कतिपय निजी क्षेत्रका विद्यालयले अनुमतिबेगर अनलाइनबाट भर्ना लिन थालेको र वैशाख महिनाको समेत शुल्क लिन थालेको गुनासो बढेपछि सरकार तथा निजी विद्यालयका संस्थाहरूले पनि अहिले अनलाइन भर्ना नलिन निर्देश दिएका हुन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का अध्यक्ष टीका पुरीले कसैलाई पनि अनलाइनमा विद्यार्थी भर्ना लिन नभनिएको बताए । देशभरका प्याब्सन मातहतका विद्यालयले…

Read More

झापा, २१ वैशाख । लकडाउनलाई खुकुलो र खुला गर्ने उद्देश्यसहित सरकारले कोभिड–१९ बहिर्गमन रणनीति तयार पारेको छ । कोभिड–१९ को सम्भावित महामारी कम गर्न ४० दिनदेखि जारी लकडाउनले सर्वसाधारणको जनजीवन अस्तव्यस्त भएको र मुलुकको आर्थिक अवस्थासमेत कमजोर हुँदै गएको विश्लेषण गर्दै सरकारले सो कार्ययोजना तयार पारेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले तयार पारेको सो रणनीतिमा उल्लिखित कार्ययोजनामा सिंगो देशलाई तीन क्षेत्रमा विभाजन गरी सोही अनुसार लकडाउनलाई खुकुलो बनाइने तयारी गरिएको हो । जसअनुसार अब स्वास्थ्यसम्बन्धी तथ्यांक र वैज्ञानिक विश्लेषणका आधारमा देशका विभिन्न भागलाई हरियो क्षेत्र (ग्रिन जोन), पहेँलो क्षेत्र (एलो जोन) र रातो क्षेत्र (रेड जोन) मा विभाजन गरिनेछ…

Read More

झापा, २१ वैशाख । नेपालसहित विश्वभर प्रेससँग सम्बन्धित निकायले आइतबार प्रेस स्वतन्त्रता दिवस आआफ्नै ढंगले मनाउँदै छन् । विश्वका लोकतान्त्रिक मुलुकहरुमा प्रेस स्वतन्त्रतालाई विशेष महत्त्व दिइन्छ । प्रेस स्वतन्त्रताबिना लोकतन्त्र सुदृढ हुन सक्दैन भन्ने मान्यताअनुसार लोकतान्त्रिक मुलुकहरुले प्रेस स्वतन्त्रतालाई विशेष महत्त्व दिएका छन् । रिपोर्टर विदआउन बोर्डर (आरएसएफ) ले प्रकाशित गरेको प्रेस स्वतन्त्रता इन्डेक्स २०२० मा नेपालको स्थान गत वर्षको तुलनामा ६ स्थान खस्किएर १८० राष्ट्रहरुमध्ये ११२ औं स्थानमा पुगेको छ । आरएसएफले सञ्चारसम्बन्धी प्रस्तावित कानुनहरु र सरकारका प्रतिनिधिहरुले प्रेसका बारेमा गर्ने टिप्पणीहरुलाई आधार मानेर प्रेस स्वतन्त्रताको स्थिति मुल्यांकन गर्ने गर्छ । आजको नागरिक दैनिकमा खबर छ ।

Read More

बैतडी/दार्चुला, २१ वैशाख । झुलाघाट नाकाबाट बिहीबार एक हजार दुई सय ९९ जना भित्रिए। भारतको पिथौरागढ जिल्ला प्रशासनले ८ सय ३७ जना नेपाली क्वारेन्टाइनमा रहेको जानकारी बैतडी जिल्ला प्रशासनलाई गराएको थियो। तर भारतीय पक्षले उपलब्ध गराएको तथ्यांकभन्दा डेढी बढी आएकाले व्यवस्थापनमा समस्या भएको छ। ‘हामीले करिब नौ सयजना आउने अनुमान गरेका थियौं,’ बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले भने, ‘तर धेरैजना आएपछि व्यवस्थापनमा समस्या भयो ।’ उताबाट आएकालाई सोही दिन सीमानाकामा स्वास्थ्य जाँच गरी सम्बन्धित जिल्ला वा स्थानीय तहमा पठाउने तयारी भए पनि दुई सय ७४ जनालाई दशरथचन्द नगरपालिकाको ज्ञानेश्वर माविमा एक रात राख्नुपर्यो । उनीहरुले त्यो रात खाना…

Read More

बिर्तामोड, २० वैशाख । झापाको बुद्धशान्ति गाउँपालिकामा करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धशान्ति–१ का पदमलाल गड्तौला रहेको इलाका प्रहरी कार्यालय बुधबारेका प्रमुख युवराज राईले जानकारी दिनुभयो । उहाँका अनुसार छिमेकीको घरमा खन्ती फ्रिजमा अड्याएर राख्ने क्रममा गड्तौलालाई करेन्ट लागेको हो । विद्युत् सर्ट भएर गड्तौलाको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । यसैबीच, झापाको अर्जुनधारा नगरपालिका–१ स्थित सातकटेरीमा बाढीले बगाएर एक जनाको मृत्यु भएको छ । सानो नेते खोलामा आएको बाढीले बगाएर ६५ वर्षीय दुर्गाबहादुर खपाङ्गी मगरको मृत्यु भएको स्थानीय हलुवागढ सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष चक्र तामाङले बताउनुभयो । खपाङ्गीको आजै…

Read More

झापा, २० वैशाख । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले यही वैशाख २५ गते बिहीबार बिहान ११ः०० बजे पार्टी स्थायी कमिटीको बैठक गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको केन्द्रीय सचिवालय बैठकले बुधबार अपराह्न ३ः०० बजे केन्द्रीय सचिवालयको बैठक गर्ने निर्णय गरेको छ । स्थायी कमिटीको बैठकको तयारीका निम्ति उक्त बैठक हुनेछ । साथै आजैको सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभा सदस्य बनाउने निर्णय गरेको बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीलाई बताउनुभयो । उहाँले नेकपालाई एकताबद्ध राख्ने, पार्टीलाई विधि पद्धति र कम्युनिष्ट मूल्य मान्यताअनुसार सञ्चालन गर्ने, पार्टीको मार्गनिर्देशनमा सरकार सञ्चालन गर्ने र सरकारले…

Read More

बिर्तामोड, २० वैशाख । झापाको बिर्तामोडमा शिशुसहित दुई जनाको शव फेला परेको छ । शुक्रबार बिर्तामोड–३ स्थित बिर्ताबजारमा सालनालसहितको शिशु र बिर्तामोड–५ स्थित बिएण्डसी हस्पिटल अगाडि एक पुरुषको शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिर्तामोड–३ बिर्ताबजारमा करिब ५÷६ महिनाको सालनालसहितको पुरुष जातको शिशुको शव बेवारिसे अवस्थामा फेला परेको हो । घटनास्थलमा प्रहरी चौकी बिर्ताबजारबाट प्रहरी टोली खटिगई घटना स्थल सुरक्षित राखी आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि इप्रका अनारमनीबाट प्रहरी टोली खटिएको र शवको कानुनी प्रक्रिया पूरा गरी पोष्टमार्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाइएको जिप्रका झापाले जनाएको छ । त्यस्तै, शुक्रबार दिउँसो बिर्तामोड–५ स्थित बिएण्डसी…

Read More

झापा, २० वैशाख । जर्मनीले कोभिड–१९ विरुद्ध जुध्न नेपाल सरकारलाई २० हजार थान पिसीआर उपलब्ध गराउने भएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिने नेपाल सरकारको प्रयासमा सघाउन जर्मनीले पहिलो चरणमा तीन हजार थान पिसीआर नेपाल ल्याइएको बताएको छ । यहाँस्थित सङ्घीय गणतन्त्र जर्मनीको राजदूतावासले आज एक प्रेस विज्ञप्ति जारी गर्दै बाँकी पिसीआर र अन्य उपकरण स्थलमार्ग हुँदै चीनबाट ल्याइने बताएको छ । आजै तीन हजार थान पिसीआर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई हस्तान्तरण गरिएको छ । नेपालका लागि जर्मनीका राजदूत रोलाण्ड सेफेरले महामारीको वर्तमान अवस्थामा गुणस्तरीय स्वास्थ्य उपकरणबाट सङ्क्रमण भएनभएको परीक्षण गर्नु अपरिहार्य भएकाले सहयोगस्वरुप ती उपकरण उपलब्ध गराइएको बताउनुभएको…

Read More

अम्बिका भण्डारीभद्रपुर, २० वैशाख । कोरोनाको सङ्क्रमण फैलिन नदिन सरकारले घोषणा गरेको बन्दाबन्दीको अवधिमा झापामा जङ्गली हात्तीको उपद्रो घटेको छ । बन्दाबन्दीमा घरभित्रै बस्न बाध्य झापावासीले हात्ती पनि जङ्गलभित्रै बस्नुलाई अनौठो संयोग मानेका छन् । डिभिजन बन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले कोभिड १९ को प्रकोप रोक्न बन्दाबन्दी भएयता जङ्गली हात्तीको गाउँ प्रवेश, बालीनाली क्षति र प्रभाव घटेको बताए । ‘एक दुईबाहेक हात्ती गाउँ पसेको घटना छैन,’ कार्यालयका प्रमुख घिमिरे जङ्गली हात्तीको त्रास कम भएको बताउँदै भन्छन्, ‘सँधैभरि यस्तै भइदिए हुन्थ्यो भन्ने हाम्रो विगतदेखिकै प्रयास छ, तर लकडाउनका बेला उपद्रो नबढ्नु संयोग मात्र हो कि अरु केही छ भनेर कारण…

Read More

झापा, २० वैशाख । कोभिड–१९ सङ्क्रमण रोकथामका लागि सरकारले बाहिरबाट अहाउने शङ्कास्पद व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने काम प्रभावकारीरुपमा अघि बढाएको छ । प्राप्त विवरणअनुसार हाल मुलुकभर २२ हजार ९७८ व्यक्ति क्वारेन्टाइनमा रहेका छन् । सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा १३ हजार ८२३ व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको छ । प्रदेश नं १ मा दुई हजार ८६५, प्रदेश नं २ मा एक हजार ३९१, वाग्मती प्रदेशमा ५११, गण्डकी प्रदेशमा ६३२, प्रदेश नं ५ मा ११ हजार ३०४, कर्णाली प्रदेशमा पाँच हजार ५७१ व्यक्ति क्वारेन्टाइनमा रहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभयो । हालसम ६१ हजार बढीको स्वास्थ्य परीक्षण गरिएको छ ।…

Read More