झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

जेनेभा, २६ वैशाख । कोरोनाभाइरसका कारण विश्वभर २ लाख ७० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ३९ लाख २९ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार शुक्रबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ५ हजार ५८९ जनाको मृत्यु भएको छ । अघिल्लो दिन पनि विश्वभर ६ हजार ८११ जनाको मृत्यु भएको थियो । प्राप्त समाचार अनुसार विश्वभर करिब ४९ हजार मानिसको स्वास्थ्य अवस्था कोरोनाभाइरसबाट अत्यन्त जटिल रहेको छ भने २२ लाख ६२ हजार अर्थात् करिव ९८ प्रतिशतको अवस्था सामान्य छ । युरोपेली मुलुकहरुमध्ये बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार बेलायतमा…

Read More

कैलाली, २६ बैशाख । कञ्चनपुरमा १५ वर्षकी किशोरीलाई ५० रुपैयाँ दिएर ब’ला’त्कार गर्ने ६८ वर्षका वृद्ध पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका–११ भुजेलाका तारादत्त जोशीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ गरेको हो । किशोरीलाई ५० रुपैयाँ दिई ब’ला’त्कार ती वृद्धले घटना सार्वजनिक नगर्न भन्दै पीडित पक्षलाई १० लाख रुपैयाँ दिएको प्रहरीले बताएको छ । पीडित पक्षलाई दिएको १० लाख रुपैयाँको चेकसमेत प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता रवीन्द्र पौडेलले घटनाबारे अनुसन्धान भइरहेको बताए । वैशाख २ गतेको घटना ढिला गरी प्रहरीसमक्ष पुगेको हो ।

Read More

विराटनगर, २६ वैशाख । कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा उपचार गराइरहेका ८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । कोरोना संक्रमणबाट निको भएर ७ जना नेपाली र एक जना भारतीय नागरिक शुक्रबार विहान डिस्चार्ज भएका हुन् । डिस्चार्ज भएकामध्ये एक महिलासहित पाँचजना उदयपुरको त्रियुगा नगरपालिका– ३ भुल्केका हुन् । २ जना भने विराटनगर महानगरपालिका– १७ का बासिन्दा हुन । एक जना भारत दिल्लीबाट आएका जमाती हुन् । उनीहरुको लगातार दुई पटक कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ देखिएपछि डिस्चार्ज गरिएको कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरीटेण्डेन्ट डा। संगीता मिश्राले बताइन् । डिस्चार्ज भएका सबैलाई ८ वैशाखमा कोरोना संक्रमण देखिएको थियो…

Read More

संखुवासभा, २६ बैशाख । जंगली च्याउ खाएर बिरामी भएकी संखुवासभाको सभापोखरी गाउँपालिका–२ की २४ बर्षीया मनिला राईको उपचारको क्रममा मृत्यु भएको छ । गत २० गते बेलुका जंगलबाट टिपेर ल्याएको च्याउ पकाएर खाएका दुई घर परिवारका ६ जना बिरामी भई उपचारको लागी जिल्ला अस्पताल खाँदवारी लगिएको थियो । उपचार गराई अस्पतालबाट डिस्चार्ज समेत भएर घर गएका मध्ये २४ बर्षीया मृतक मनिला र २४ बर्षकै अनिता राईलाई पुन श्वास प्रश्वासमा समस्या देखिएपछी उपचारको लागी जिल्ला अस्पताल लगिएकोमा मनिला राईलाई थप उपचारको लागी बिराटनगरको नोबेल अस्पताल पठाईएकोमा उपचारको क्रममा आज बिहान साँढे ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ…

Read More

झापा, २६ वैशाख । बिहीबार साँझ तेह्रथुम र खोटाङमा ३ जनाको हत्या भएको छ भने हत्यामा संग्लग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार साँझ साँढे ६ बजेको समयमा तेह्रथुमको फेदाप गाउँपालिका(५ ईसिबु बस्ने २० बर्षीय कन्चन लिम्बुले आफ्नै बुबा ४२ बर्षीय रुप बहादुर लिम्बु र सौतेनी आमा ३५ बर्षीय रुपेनी लिम्बुलाई बन्चरोले टाउको तथा ढाडमा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । छोराको बन्चरो प्रहारबाट दुबै जनाको घटनास्थलमा नै मृत्यु भएको थियो । घटना घटाई फरार रहेका लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ । त्यसैगरी खोटाङको…

Read More

झापा, २६ वैशाख । देशभर १५ वटा पिसिआर उपकरणमार्फत कोभिडको परीक्षण भइरहेको छ । तर, आवश्यक साधन नहुँदा परीक्षण घटिरहेको छ । देशभर कोरोना संक्रमितको संख्या बढ्दै जाँदा परीक्षण भने घटेको छ । आरएनए एक्स्ट्राक्सन किट अभावमा पिसिआर परीक्षण घटेको मात्र छैन, पाँच ठाउँका प्रयोगशाला ठप्प भएका छन् । कोरोना भाइरस पत्ता लगाउने प्रक्रियामा आरएनए एक्स्ट्राक्सन किट अत्यावश्यक हुन्छ । कोरोनाको जीवाणु तीनवटा लेयर ९पत्र० भएको खोलभित्र बसेको हुन्छ । खोल टुक्राटुक्रा पारेर जीवाणु पत्ता लगाउने रसायन नै आरएनए एक्स्ट्राक्सन हो । राज्यको सम्पूर्ण साधन र स्रोत परिचालन गर्न सक्ने सरकारले १०६ दिनसम्म आरएनए एक्स्ट्राक्सन किट जुटाउन सकेन, जर्मनी र स्विट्जरल्यान्डबाट ३४ हजार किट आएकोले…

Read More

झापा, २६ वैशाख । संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरू हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वान अनुसार शुक्रबार अपराह्न ४ बजे दुवै सदनको बैठक सुरू हुँदै छन् । आजको गोरखापत्र दैनिकमा खबर छ – कोरोना भाइरस (कोभिड–१९) को कहरबीच सुरू अधिवेशनको सुरक्षा लगायतका सम्पूर्ण तयारी संसद् सचिवालयले पूरा गरिसकेको छ । बिहीबारदेखि संघीय संसद्का सदस्यहरूको कोरोना परीक्षण पनि सुरू गरिएको छ । राष्ट्रपतिको अधिवेशन प्रारम्भसम्बन्धी पत्र पढेर शुक्रबार बैठक प्रारम्भ गरिने छ । राष्ट्रिय सभातर्फ अघिवेशन प्रारम्भ भएको अवसरमा दलीय आधारमा शुभकामना मन्तव्यको सम्भावित कार्यसूची तय गरिएको छ तर प्रतिनिधि सभाको कार्यसूची एकिन भइसकेको छैन । अधिवेशन नभएको बेला निधन भएका पूर्व सभासद् प्रा।डा। विश्वनाथप्रसाद अग्रवालको…

Read More

झापा, २६ वैशाख । भारतमा मजदुरी गर्ने करिब ५० हजार नेपाली श्रमिकले अवस्था संकटपूर्ण भएको भन्दै स्वदेश फर्कन दिल्लीस्थित नेपाली दूतावास गुहारेका छन् । तर, नेपाल सरकारले उनीहरूलाई घर फर्काउनेभन्दा उतै रोक्ने रणनीति अख्तियार गरेको छ । लकडाउन पूर्ण पालना गर्नुपर्ने, भारतबाट फर्किने अवस्था सिर्जना नगर्न र सीमामा आएकाहरूलाई पनि उतै रोक्न सरकारको निर्देशन छ । दिल्लीस्थित नेपाली दूतावासका उपनियोग प्रमुख भरतराज रेग्मीले महाराष्ट्र, गुजरात, राजस्थान र पन्जाबमा रहेका श्रमिक अझ धेरै समस्यामा रहेको रिपोर्ट आएको बताए । दूतावासका दुई हटलाइनबाट प्राप्त गुनासाका आधारमा करिब ५० हजार नेपाली तत्काल स्वदेश फर्कनुपर्ने अवस्थामा रहेको आकलन गरिएको छ । दूतावासले ‘भारतमा रहेका नेपालीलाई अब रोक्न नसकिने’ भन्दै…

Read More

झापा, २६ वैशाख । कोरोना भाइरस (कोभिड–१९) का कारण भएको बन्दाबन्दीले नारायणहिटी दरबारस्थित तत्कालीन राजा वीरेन्द्र शाहको भवन श्रीसदन अवलोकन गर्ने चाहना कौतुहलमै रहन गयो । नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले श्रीसदन नागरिकको अवलोकनका लागि खुला गर्ने तयारी गरेको थियो । विकास समितिका प्रमुख भेषनारायण दाहालका अनुसार श्रीसदनमा रेलिङ लगाउने काम मात्र बाँकी थियो । श्रीसदनका कक्ष र वीरेन्द्रले प्रयोग गरेका सामानको परिचय खुल्ने क्याप्सन तयार भइसकेको थियो । सफाइ कार्य पनि सकिइसकेको थियो । बाँकी काम सम्पन्न गरेर श्रीसदन खुला गर्ने सोचमा विकास समिति थियो । बन्दाबन्दीका कारण सबै काम रोकिएको छ भने…

Read More

झापा, २६ वैशाख । नेपालमा बन्दाबन्दी (लकडाउन) को अवधिमा मात्रै विभिन्न मुलुकबाट ४० अर्ब रुपियाँभन्दा बढीको अति आवश्यकीय वस्तु भित्र्याइएको छ । उद्योग, आपूर्ति तथा वाणिज्य मन्त्रालयका अनुसार लकडाउनको अवधि गत चैत ११ गतेदेखि वैशाख २१ गतेसम्म ४० अर्ब २४ करोड ३२ लाख ९२ हजार रुपियाँ बराबरको अति आवश्यकीय वस्तु नेपाल भित्रिएको हो । मन्त्रालयका अनुसार नेपालमा लकडाउनमा अति आवश्यकीय वस्तु भारतबाट मात्रै नभएर चीनबाट समेत भित्र्याएको छ । यस अवधिमा नेपाल भित्रिएको अति आवश्यकीय वस्तुमध्ये चीनको तातोपानी नाकाबाट चार करोड ६२ लाख ४७ हजार रुपियाँ बराबरका र अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट ११ करोड ४४ लाख ३९ हजार रुपियाँ बराबरको औषधिको कच्चा…

Read More