झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौं, २४ वैशाख । सरकारले जेठ १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान र सीमा नाकामा आवागमन बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले अन्तर्राष्ट्रिय हवाई उडान र सीमा नाका आवागमनमा लगाएको रोकलाई मे ३१ अर्थात जेठ १८ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो । त्यस्तै, मुलुकमा जारी लकडाउन जेठ ५ गतेसम्म लम्बिएको छ । बैठकले भोलि २५ गते बुद्धजयन्तीको अवसरमा साँझ ७ बजे दीप प्रज्ज्वलन गर्ने निर्णय समेत गरेको छ ।

Read More

भद्रपुर, २४ वैशाख । भद्रपुर–८ नम्बर वडा भित्रका चेतनशील टोल विकास संस्था तथा भद्र शिवा टोल विकास संस्थाले अति विपन्न वर्गका एक सय घर परिवारलाई राहत स्वरूप खाद्यन्न वितरण गरेका छन् । बन्दाबन्दीका कारण रोजगारी गुमाएर आर्थिक अभावले खाद्यन्न खरिद गर्न नसक्ने अति विपन्न परिवार पहिचान पश्चात ती टोल विकास संस्थाले प्रति परिवार १२ किलो चामल, एक किलो दाल, एक किलो नुन राहत स्वरूप वितरण गरेका हुन् । प्रति परिवार ७ सय १५ रूपैया बरावरको खाद्यन्न जम्मा ७१ हजार ५ सयको वितरण गरिएको चेतनशील टोल विकास संस्थाका सल्लाहकार पूर्व प्रहरी नायव उपरिक्षक धनप्रसाद शिवाकोटीले जानकारी दिएका छन् । चन्द्रगढी खानेपानी…

Read More

काठमाडौं, २४ वैशाख । सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । यसअघि घोषित लकडाउन २५ वैशाखसम्म छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि लगाएको लकडाउन बुधबार ४४ दिन पुगेको छ । लामो लकडाउनले अर्थतन्त्रमा ठूलो समस्या परेको भन्दै प्रभावित क्षेत्र छुट्याएर लकडाउन खुकुलो पार्नुपर्ने आवाज पनि उठिरहेको छ । मंगलबार बसेको कोभिड(१९ रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकमा जोखिमका आधारमा ७७ जिल्लालाई रातो, पहेँलो र हरियो क्षेत्रमा विभाजन गर्ने र त्यसअनुसार लकडाउन कडा वा खुकुलो बनाउने प्रस्ताव पेश गरेको थियो ।…

Read More

अमित संग्रौलाबिदेशमा सबथोक छ । दुख छ । परिवारको माया छ । देशप्रतिको प्रेम छ जति टाढा गए पनि आफ्नो देशलाई भुल्न सकिन्न । आफ्नो देश प्रतिको प्रेम भावना कस्तो हुन्छ भनेर बुझ्न सकिन्छ । अहिले जताततै कोरोना भाइरसको त्रास छ । यसले आत्मीयता बढायो तर सामाजबाट दुरि गर्यायो । मेरो देश मेरो नेपाल । मेरो नेपाल स्वर्गको टुक्रा हो । म दुबईमा बस्तै आएको छु । दुई वर्ष भयो । यहाँ ब्यस्त जीवनशैली छ । कसैलाई एकछिन पनि फुर्सद छैन । दिसा ( पिसाब गर्न पनि समय निकाल्नु पर्छ । यति धेरै ब्यस्त जीवन बाचीरहेका छन् ।सबैलाई आफ्नो (…

Read More

बिर्तामोड, २४ वैशाख । झापाको कनकाई नगरपालिकामा जंगली च्याउ खाएर दुई जना बिरामी परेका छन् । कनकाई–७ की ४० वर्षीया जानुका लिम्बू र २६ वर्षीय बेनु लिम्बू जंगली च्याउ खाँदा बिरामी भएका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मंगलबार बेलुकाको खानासँगै जंगलबाट टिपेर ल्याएको च्याउ पकाएर खाएका दुवै जनालाई केही समयपछि वान्ता हुन थालेको र उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएको प्रहरीले जनाएको छ । उपचाररत् उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

Read More

झापा, २४ वैशाख । किराँत धर्मावलम्बीले ‘सत्यधर्म मुचुल्का’ को पाठ पारायण एवं व्यवहारमा लागू गरी ९०औँ किराँत समाज सुधार दिवस मनाउँदैछन् । विसं १९८८ वैशाख २४ गते पाँचथरको लोब्रेचौरमा १६औँ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको सक्रियतामा किराँत धर्ममा सुधारका सात बुँदामा ‘सत्यधर्म मुचुल्का’ जारी गरिएको थियो । त्यही सम्झनामा प्रत्येक वर्ष वैशाख २४ गते देशभरका किराँत धर्मावलम्बीले समाज सुधार दिवस मनाउने गरेको विश्व ज्योतिष महासङ्घको उपाध्यक्षसमेत रहनुभएका किराँत धर्मगुरु चन्द्रकुमार शेर्माले राससलाई जानकारी दिनुभयो । मुचुल्कामा किराँत मन्दिरमा रक्तबलि दिएर पूजा नगर्ने, न्वारान, विवाहलगायत किराँत धर्माललम्बीका संस्कारमा जाँड, रक्सी, मासु निषेध गर्ने, किराँतको बसोबास भएको प्रत्येक गाउँमा मन्दिर स्थापना गर्ने, किराँत…

Read More

झापा, २४ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको लोकतान्त्रिक आन्दोलनमा सञ्चार जगत्ले निर्वाह गरेको भूमिका अविस्मरणीय रहेको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले पाँचौँ राष्ट्रिय पत्रकारिता दिवस तथा गोरखापत्रको १२० वर्ष प्रवेशको सन्दर्भमा शुभकामना दिँदै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सामाजिक जीवनको प्राणवायु भएको उल्लेख गर्दै पत्रकारको पेसागत हकहित र स्वतन्त्रताको रक्षाका लागि सरकार साथमा रहेको स्पष्ट पार्नुभएको छ । प्रधानमन्त्री ओलीले लकडाउनको कठिन परिस्थितिमा पत्रकार एवं सञ्चारकर्मीले गरिरहेको कार्यसम्पादनप्रति सम्मान पनि व्यक्त गर्नुभयो । “प्रेस स्वतन्त्रताप्रति हाम्रो प्रतिबद्धता र अविचलित निष्ठा रहेको छ । प्रेस स्वतन्त्रता, लोकतन्त्र र राष्ट्रियताको संरक्षण, सामाजिक न्याय र समानताको प्रत्याभूति गर्दै शान्ति र स्थायित्वको प्रवद्र्धन…

Read More

सन्तोष शर्माझापा, २४ वैशाख । झापा बिर्तामोड नगरपालिका–१ का हर्कबहादुर परियारको छ जनाको परिवार छ । मोटर ग्यारेजमा काम गर्ने परियारकै कमाइले परिवारको बिहान–बेलुकाको छाँक टर्दै आएको थियो । कोरोना भाइरस (कोभिड–१९) का कारण बन्दाबन्दी भएपछि रोजगारविहीन भएका परियारलाई बिहान–बेलुकाको छाक कसरी टोर्ने भन्ने चिन्ता थियो । स्थानीय तहले दिएको राहतले उहाँको चिन्ता केही दिन नहटेको भने होइन । बन्दाबन्दी लम्बिँदै गएँसँगै उहाँ समस्यामा पर्नुभएको छ । तर, ‘एकका लागि एक’ अभियान अन्तरगत राहत पाएपछि उहाँको चिन्ता टरेको छ । परियारजस्तै समस्यामा हुनुहुन्छ, बिर्तामोड–१ की फूलमाया दर्जी । आठ जनाको परिवार आम्दानीको स्रोत केही नभएपछि राहतको मुख ताक्नुको विकल्प छैन…

Read More

भद्रपुर, २४ वैशाख । झापास्थित नेपाली सीमा सुरक्षा चौकीमा सोमबार अपराह्न भएको आक्रमणको प्रयासका विषयमा भारतीय पक्षले मङ्गलबार माफी मागेको छ । झापा गाउँपालिका–४ सुकुम्वासी बस्तीमा १५० को सङ्ख्यामा घरेलु ह तियारसहित आएका भारतीय नागरिकले १३१ नं सीमास्तम्भ नजिकको सुरक्षा चौकीमा हुलहुज्जत गरेपछि उनीहरुलाई भगाउन नेपाली सुरक्षाकर्मीले दुई राउण्ड हवाईफायर गर्नुपरेको थियो । सोही विषयमा मङ्गलबार दिउँसो घटनास्थलमा दुवै देशका नागरिक समाज, जनप्रतिनिधि र सुरक्षा निकायबीच छलफल हुँदा भारतीय पक्षले आफ्नो गल्ती स्वीकार गर्दै संलग्नमाथि भारतीय प्रशासनद्वारा कानूनी कारवाही गरिने सहमति भएको नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालले बताउनुभयो । “भारतीय सीमा सुरक्षा बल, सीमावर्ती भारतीय ग्रामपञ्चायतका जनप्रतिनिधि र…

Read More

झापा, २४ वैशाख । कोरोना भाइरसबाट थलिएको पर्यटन क्षेत्रलाई उकास्न आन्तरिक पर्यटकलाई सहुलियत दिनुपर्ने नेपाल पर्यटन बोर्डले सुझाव दिएको छ । कोरोना महामारीबाट परिस्थिति सामान्य हुँदै गएपछि पहिलो चरणमा आन्तरिक पर्यटकलाई नै प्राथमिकतामा राखेर योजना बनाउनुपर्ने बोर्डले सरकारलाई सुझाव दिएको हो । त्यसका लागि घुम्न निस्कनेको आत्मविश्वास जगाउन पनि घुमघाममा वार्षिक ५० हजार खर्च गर्नेलाई बिल बुझाएको आधारमा आयकर छुट दिनुपर्ने सुझाव बोर्डले दिएको छ । यसो हुँदा सरकारले सामान्य आम्दानी गुमाउँदा पनि अर्थतन्त्रमा ५३ अर्बभन्दा बढीको योगदान पुग्ने बोर्डको हिसाब छ । बोर्डका अनुसार देशभर करिब ७० लाख ८७ हजार जना रोजगार रहेकामा वार्षिक १८ लाख मात्र घुम्न निस्कँदा…

Read More