झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिर्तामोड, ८ बैशाख । बिर्तामोड नगरपालिकाले लकडाउनमा अत्यावश्यक पसल खोल्ने समय परिवर्तन गरेको छ । कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोष बिर्तामोड नगरपालिकास्तरीय समितिको आइतबार बसेको बैठकले अत्याबश्यक पसल खोल्ने समय बिहान ८ देखि ११ बजेसम्म तोकेको नगरपालिकाका नायव सुब्बा मेघराज बास्तोलाले बताए । यसअघि बिर्तामोडमा खाद्यान्न पसल दिउँसो १२ बजेदेखि ३ बजेसम्म मात्र खोल्न पाइने व्यवस्था गरिएको थियो ।

Read More

बिर्तामोड, ८ वैशाख । झापाको कनकाई नगरपालिकाको एक घरमा लुकाइछिपाइ राखिएको अवस्थामा सखुवाको काठ बरामद भएको छ । कनकाई–४ का योगेन्द्र दंगालको घरमा आइतबार १५ किबि सखुवाको काठ लुकाइछिपाइ राखेको अवस्थामा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षण महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार दंगालको घरमा सखुवा जातको चिरान काठ लुकाइछिपाइ राखेको छ भन्ने गोप्य सूचनाको आधारामा इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट प्रहरी टोली र कनकाई सब डिभिजन वन कार्यालय सुरुङ्गाको संयुक्त टोलीले उक्त काठ बरामद गरेको हो । बरामद काठ कनकाई सब डिभिजन वन कार्यालय बुझाइएको प्रहरीले जनाएको छ ।

Read More

झापा, ८ वैशाख । सरुवारोग विशेषज्ञ तथा टेकु अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुनले मिडिया र जनताको दबाबका कारण आफूमाथिको कारवाही रोकिएको बताएका छन् । उनले भने, ‘ममाथि कारबाहीको तयारी भएको थियो भन्ने त मन्त्रालयका अधिकारीहरूले यसअघि मिडियामा दिएका प्रतिक्रियाबाट पनि प्रस्ट हुन्छ नि । डाक्टर भएर किन जान्ने हुने रु चेतना फैलाउँछु भन्दै किन बोल्ने ? आवश्यक परे मन्त्रालयका प्रवक्ता बोल्छन् भनेर त मिडियामा उहाँहरूले बोल्नुभएकै हो नि । छापिएकै छ नि ।’ ‘तर, यो महामारीका विषयमा विज्ञ डाक्टर नबोलेर को बोल्ने भन्ने मेरो अडान अहिले पनि छ । किनकि चेतना फैलायो भने संक्रमण रोकिन्छ, त्यसैले चेतना…

Read More

झापा, ८ वैशाख । जिल्ला अदालत काठमाडौंले बलात्कार प्रयासको अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महराले सफाइ पाउने मुख्य आधार नै पीडित भनिएकी महिलाको इन्कारी बयान भएको ठहर गरेको छ । न्यायाधीश अम्मरराज पौडेलले गरेको फैसलाअनुसार महरालाई कुनै पनि आधारमा दोषी ठहर गर्न मिल्ने प्रमाण नभेटिएको फैसलाको पूर्ण पाठमा उल्लेख छ । जिल्ला अदालतबाट महराले गत ५ फागुन २०७६ मा सफाइ पाएर छुटेको भए पनि फैसलाको पूर्ण पाठ भने केही समयअघि मात्रै आएको हो । पीडित भनिएकी संसद् सचिवालयकी कर्मचारीले अनुसन्धानका क्रममा र पछि अदालतमा बकपत्र गर्दा आफूमाथि बलात्कारको प्रयासको आरोप खण्डन गरेको, अनुसन्धानका क्रममा नै उनले इन्कारी निवेदन दिएको, बकपत्रमा महरा…

Read More

काठमाडौं, ८ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीेले कोरोना भाइरसबारे बोलेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । प्रधानमन्त्री ओलीले गत साता मुख्यमन्त्रीहरुसँगको भिडियो कन्फेरेन्समा कोरोना भाइरसको प्रकृति, यसको उपचार र सर्ने तरिकाबारे ‘वैज्ञानिक व्याख्या’ गरिरहेको देख्न सकिन्छ । उनले मुख्यमन्त्रीहरुलाई कोरोनाबारे दिन खोजेको शिक्षा भने वैज्ञानिक ढंगले पुष्टि हुँदैनन् । बरु उनको भिडियो सामाजिक सञ्जालमा रमाइलो ठट्टाको विषय बनिरहेको छ । वासिङ्टन पोस्टमा प्रकाशित रिपोर्ट तथा रोयटर्सले गरेको तथ्य परीक्षणले भने प्रधानमन्त्रीको दाबीलाई गलत सावित गर्छ । आजको नागरिक दैनिकमा खबर छ ।

Read More

झापा, ८ बैशाख । उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ३ भुल्केस्थित मस्जिदमा लुकिछिपी बसेका १६ जनामध्ये १२ भारतीयसहित १३ जनामा कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण पुष्टि भएपछि प्रहरीले उनीहरूको विगतको यात्रा वृत्तान्त (ट्राभल हिस्ट्री) गहन अध्ययन थालेको छ । प्रहरीको प्रारम्भिक अध्ययन अनुसार सङ्क्रमितको समूह मोरङ, सुनसरी, सप्तरी र उदयपुरका विभिन्न मस्जिदमा चार महिना बिताएको पाइएको छ । उदयपुरका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीका अनुसार यात्रा वृत्तान्तसँगै त्रियुगा नगरपालिका वडा नं। ३ भुल्केस्थित मस्जिद आसपासमा रहेका मुस्लिम समुदायका ५३ परिवारका करिब छ सय जनाको स्वास्थ्य परीक्षण थालिएको छ । नमुना परीक्षण गर्ने क्रममा शनिबार पहिलो चरणमा ६९ जनाको स्वाब सङ्कलन गरिएको…

Read More

झापा, ७ बैशाख । उदयपुरको मस्जिदमा रहेका १२ जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएसँगै झापाका मस्जिदमा रहेका सबै भारतिय नागरिकहरुलाई क्वारेन्टाइनमा पुर्याइएको छ । बिर्तामोडस्थित मामे मस्जिदमा रहेका ८ भारतीय र एक नेपाली नागरिकलाई भद्रपुर–१० स्थित कलबलगुडी प्रशिक्षण केन्द्रको क्वारेन्टाइनमा पठाइएको इलाका प्रहरी कार्यालय विर्तामोडका डिएसपी मुकुन्द रिजालले जानकारी दिए । मस्जिदमा रहेका भारतीय नागरिकका कारण कोरोनाको संक्रमण फैलनसक्ने त्रास बढेको भन्दै स्थानीयले असन्तुष्टि जनाएपछि नगरपालिकाको पहलमा उनीहरुलाई क्वारेन्टाइनमा पु¥याइएको हो । क्वारेन्टाइनमा पठाइएका सबैको आरडिटी परिक्षण गरिसकिएको र सबैको नेगेटिभ रिपोर्ट आएको जनाइएको छ । उता दमक–६ स्थित जामे मस्जिदमा रहेका ११ भारतीय धर्मगुरुसहित १४ को आरडिटी परीक्षण…

Read More

विराटनगर, ७ वैशाख । प्रदेश १ मा आइतबारसम्म द्रुत परीक्षण विधि (आरडिटी) र ल्याबमा गरिने पीसीआर विधिबाट कोरोना संक्रमण भए नभएको परीक्षण गर्ने संख्या समेत थपिएको छ । पीसीआर विधिबाट जम्मा ३ सय ८७ जनाको स्वाब परीक्षण गरिएको छ । यसैगरी आरडीटी विधिबाट जम्मा २ हजार २ सय ८१ जनाको नमूना परीक्षण भएको छ । धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरको कोशी अस्पतालमा पीसीआर विधिबाट नमुना परीक्षण हुन्छ । प्रदेश १ सरकारले जिल्लाका क्वारेन्टाइनहरुमा भने द्रुत विधिबाट परीक्षण गरिरहेको छ । यता, प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या आइतबारसम्म कूल ६ सय ७६ जना पुगेको छ…

Read More

आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरु, नमस्कार हामीहरु अहिले कोरोना भाइरस (कोभिड—१९) विरुद्धको संघर्षमा छौं । यो भाइरस रोकथाम, नियन्त्रण र जनताको जीवन रक्षाका लागि देश लकडाउन भएको पनि आज २७ दिन भएको छ । यति लामो अबधिसम्म तपाईहरुले कायम गरिरहनु भएको धैर्यतालाई हार्दिक सम्मान व्यक्त गर्दै बाँकी दिनहरुमा पनि यस्तै धैर्यताको अपेक्षा गर्दछु । अहिले हाम्रो प्रदेशबाटै पोलिमरेज चेन रियाक्सन पीसीआर प्रविधिबाट दुई ठाउँ वीपी कोइराला स्वास्थ्य तथा विज्ञान प्रतिष्ठान धरान र कोशी अस्पतालबाट कोरोना परीक्षण भइरहेको छ । आजसम्म ३ सय ८७ जनाको परीक्षण भइसकेको छ । त्यस्तै द्रुत परीक्षण विधि र्यापिट डाइग्नोष्टिक टेस्ट (आरडीटी) बाट पनि द्रुत गतिमा परीक्षण…

Read More

विराटनगर, ७ बैशाख । कोभिड–१९ बाट संक्रमित भारतीय नागरिक लुकेर बसेको पाइएपछि विराटनगर महानगरपालिका भित्रका मस्जिदहरुको अनुगमन गरिएको छ । महानगरपालिकाका प्रमुख भीम पराजुलीले मुस्लिम समुदायका अगुवासँंगको सहकार्य र समन्वयमा शनिबार मस्जिदको अनुगमन गरिएको जानकारी दिनुभयो । अनुगमनमा मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेल, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विश्व अधिकारी ,नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य हसन अन्सारी,वडा नं १५ का वडाध्यक्ष असलम आलम लगायत सहभागि हुनुहुन्थ्यो । मुस्लिम समुदायको अवस्था बुझ्न आग्रह गरिए अनुसार अनुगमन गरिएको र आपसी धार्मिक सद्भाव तथा एकतालाई अझ बलियो बनाउँदै कोरोना भाइरसको जोखिम विरुद्ध लड्न आवश्यक रहेको प्रमुख पराजुलीले सो अवसरमा बताउनुभयो । यहाँस्थित वडा…

Read More