
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी सङ्क्रमणबाट बच्न नेपालमा सुरक्षाका उपाय अवलम्बनसहित रोकथाम, नियन्त्रण र उपचारका काम भइरहेका छन् । महामारी बिफल पार्न सरकारले हवाई र स्थलमार्गबाट आवागमन रोकेर गत चैत ११ गतेदेखि लकडाउन जारी गरेको छ भने परीक्षणको दायरालाई जिल्ला–जिल्लामा विस्तार गरेको छ । सरकारले जारी गरेको लकडाउनलाई सबै दल, नागरिक क्षेत्र र आम जनताले समर्थन गरेका छन् । बाध्यात्मक यस लकडाउनका कारण समग्र आर्थिक गतिविधि र खासगरी ज्यालादारी, श्रमिक र गरिखाने वर्ग समस्यामा परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले उपचार नपाएर रोग वा खान नपाएर भोकका कारण कुनै पनि नागरिक मर्नु नपर्ने घोषणा गर्दै आउनुभएको छ, तर…
तेह्रथुम, ७ बैशाख । तेह्रथुमको छथर गाउँपालिका–२ बस्ने रेवन्त बिकको १० बर्षीय छोरा सरोज बिक र निजकै भान्जी १० बर्षीया ऐलिना बिक तेलिया खोलाको दहमा मृत फेला परेका छन् । शनिवार दिउँसो बालक तथा बालिका छथर गाउँपालिका–२ र धनकुटाको छथर जोरपाटी गाउँपालिका–५ मा पर्ने तेलिया खोलाको कानगुदी दोभानमा पौडी खेल्न भनी गएको र पौडी खेल्ने क्रममा बेपत्ता भएको भन्ने खबर प्राप्त भएसंगै प्रहरी चौकी शुक्रवारेबाट खटिएको प्रहरी टोली र स्थानीयवासी समेतको टोलीले खोजतलास गर्ने क्रममा आज बिहान साँढे ११ बजे सोही दह भित्र ढुङगाले थिचिएको अवस्थामा दुवै जनाको शव फेला पारेको थियो । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट अनुसन्धान अधिकृत…
भद्रपुर, ७ वैशाख । नेपाली कांग्रेस भद्रपुर–९ नम्बर वडा समितिले वडाका अतिविपन्न परिवारका लागि खाद्य सहयोग अन्र्तगत ६९० किलो चामल वडाकार्यालयलाई हस्तान्तरण गरेको छ । वडा सभापति गोपालप्रसाद श्रेष्ठको नेतृत्वमा महिला संघकी केन्द्रीय सदस्य गोमा भट्टराई, वडा समितिका सचिव वीरेन्द्र मल्ल, अग्रज व्यक्तित्व लावन्य पोखरेल, राजेन्द्र रिजाल, पार्वती मल्ल लगायतको टोलीले कार्यवाहक वडाध्यक्ष राम दाहाल तथा वडा सदस्य नेत्रप्रसाद पौडेल नुतनलाई ३३ हजार ५०० रूपैयाँ बराबरको चामल हस्तान्तरण गरेको हुन् । नेपाली काँग्रेसमा आस्था राख्ने दानवीर दाताहरूबाट संकलित रकमले विपन्न वडा बासीको गाँस जुटाउन सहयोग पुरयाउने उद्देश्यले चामल खरिद गरेर वडा कार्यालयलाई हस्तान्तरण गरिएको राहत सहयोगका अभियन्ता चेतनाथ भट्टराईले जानकारी…
कोरोना भाइरसको संक्रमणबाट देशलाई बचाउन सरकारले लकडाउन घोषणा गरेपछि अभिनेत्री अदिती बुढाथोकी घरभित्रै सीमित भएकी छन् । भारतको मुम्बई बसेर बलिउड प्रवेशका लागि संघर्ष गर्दै आइरहेकी उनी एक फिल्ममा अभिनय गर्नका लागि गएको महिना नेपाल आएकी थिइन् । तर, उनी नेपाल आएको केही दिनमा नै देश लकडाउन भयो र उनी घरभित्रै नजरबन्द भइन् । नौं लाखभन्दा बढी फलोअर्स रहेको इन्स्टाग्राममा निकै सक्रिय रहने अदिती दैनिकजसो आफ्ना ‘हट एण्ड बोल्ड’ तस्विरहरु शेयर गरिरहेकी हुन्छिन् । लकडाउनको समयमा भने उनले घरभित्रै खिचेका तस्विरहरु पोस्ट्याउने गरेकी छन् । उनले घरको छतमा वर्कआउट गरिरहेको आफ्ना केही तस्विरहरु शेयर गरेकी थिइन् । उनले लकडाउनमा वर्कआउट…
एजेन्सी, ७ वैशाख । अमेरिकामा महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण जीवन गुमाउने नेपालीको सङ्ख्या १० पुगेको छ । तीन साताअघि निधन भएका ७२ वर्षीय विष्णुकुमार राईको शव न्यूयोर्कको एल्मस्र्ट अस्पतालमा भएको पुष्टि भएसँगै निधन हुनेको सङ्ख्या १० पुगेको हो । यसअघि बिहीबार ७० वर्षका महेश अमात्यको न्यूयोर्कको रिजउडमा र बुधबार उडसाइडमा पवन मल्लको निधन भएको थियो । शुक्रबार एक अर्का नेपालीको निधन भएको छ, तर अस्पतालले अधिकारिकरूपमा पुष्टि नगरेको भन्दै परिवारका सदस्यले नाम सार्वजनिक नगरिदिन आग्रह गरे । कोरोना भाइरसको ‘इपिसेन्टर’का रूपमा रहेको न्यूयोर्कमा भएको मृत्युपश्चात उनीहरुको सद्गतिको प्रक्रियामा रहेको छ । अहिलेसम्म केही व्यक्तिको सद्गति भइसकेको र सोनाम…
टीका खतिवडाइलाम, ७ बैशाख । देशैभरको बन्दाबन्दी ९लकडाउन० का कारण बेला भएको चिया टिप्न नपाउँदा छिप्पिएला भन्ने चिन्तामा रहेका इलामका चिया किसान अहिले भने खुशी भएका छन् । उनीहरुले चिया टिप्न शुरु गरेका छन् र बिक्रीको व्यवस्था पनि भएको छ । कोभिड–१९ को सङ्क्रमण रोक्न सरकारले बन्दाबन्दी गरेपछि बन्द भएका इलामका चिया बगान र कारखाना शुक्रबारदेखि सञ्चालनमा आएसँगै किसानको चिया बिक्री पनि हुन थालेको छ । चिया टिप्न नपाएको चिन्ताले पिरोलिएका इलाम नगरपालिका–२ का चिया किसान मात्रिका खतिवडा अहिले खुशी देखिएका छन् । चिया टिप्न पाएपछि र बिक्री पनि शुरु भएपछि चिया खेर जाँदैन भनेर उनि खुशी भएका हुन् ।…
मोरङ, ७ बैशाख । मोरङमा गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार मोरङ केराबारी–८ तोरीबारी स्थित इप्रका बेलबारी, ईप्रका केराबारीबाट खटिएको प्रहरी गस्ति टोलिले केराबारी–१० बस्ने बर्ष १९ को प्रमोद मल्लिक, केराबारी–१ वर्ष ४१ को बिष्णु लिम्बुलाई संका लागि चेकजाँच गर्दा उनीहरुको साथबाट गाँजा बरामद गरिएको हो । प्रहरीले उनीहरुको साथबाट १ केजी ८५० ग्राम गाँजा बरामद गरेको छ भने इप्रका केराबारीमा राखेर थप अनुसन्धान भइरहेको छ ।
इलाम, ७ वैशाख । सामाजिक सञ्जाल फेसबुक मार्फत अफवाह फैलाएको अभियोगमा इलाम फाकफोकथुम गाउँपालिका–७ का २४ बर्षीय सन्दिप योङहाङ लिम्बुलाई शनिवार बिहान सवा ८ बजे पक्राउ गरिएको छ । लिम्बुले आफ्नो फेसबुक स्टाटसमा इलामको बिब्ल्याटेमा एक जनामा कोरोना सङ्क्रमण भेटियो भनि तथ्यहीन र भ्रामक प्रचार गरी अफवाह फैलाई जनमानसमा डर त्रास फैलाउने काम गरेको पाईएपश्चात जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
काठमाडौँ, ७ वैशाख । नेपाल आयल निगमले ग्यास उद्योग सञ्चालन गर्न अनुमति लिएर सञ्चालनमा नआएका ५० उद्योगको अनुमति खारेज गरेको छ । ग्यास उद्योग निर्माण गरी सञ्चालन गर्न अनुमति लिने तर उद्योग निर्माण नगर्ने, अनुमतिपत्र खरिद क्रिी गर्ने प्रवृत्तिको अन्त्य गर्न निगमले ती उद्योगको अनुमति खारेज गरेको हो । उद्योग विभागमा ग्यास उद्योग दर्ताका लागि निवेदन दिने र उद्योग विभागबाट निगमसँग राय प्रतिक्रिया माग गरेपश्चात सम्पर्कविहीन हुने परिपाटी बढेसँगै एलपी ग्यास उद्योग सङ्घको व्यवस्थापनमा समस्या देखिएपछि ती उद्योगको अनुमति खारेज गरिएको निगमले जनाएको छ । यसबीचमा कूल ५३ उद्योगले एलपी ग्यास बिक्री गर्न अनुमति मागेका थिए । निगमले अनुमति पाएको…
झापा, ७ बैशाख । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विश्वभर मृत्यू हुनेको संख्या एक लाख ६० हजार नाघेको छ । २३ लाख ३० हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् । वल्डोमिटरको विहानको तथ्याङ्क अनुसार १ लाख ६० हजार ७५४ जनाको मृत्यू भएको छ । ज्यान गुमाउनेमा सबैभन्दा बढी अमेरिकाका नागरिक छन् । अमेरिकामा ३९ हजारभन्दा बढीको मृत्यु हुँदा ७ लाख ३८ हजार संक्रमित बनेका छन् । दोस्रो स्थानमा रहेको इटालीमा २३ हजार २ सयभन्दा बढीको मृत्यु भएको छ भने एक लाख ७५ हजार बढी संक्रमित छन् । उता स्पेनमा भने मृतकको संख्या २० हजार ६ सय नाघेको छ भने…