झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ७ बैशाख । झापा गाउँपालिकाले कोरोना महामारीबाट आफ्ना गाउँपालिकाका नागरिकलाई सहयोग गर्न बनाएको कोरोना राहत कोषमा साहारा नेपाल साकोसले एक लाख एक हजार रुपैयाँ सहयोग गरेको छ। संस्थाका दुधेका इलाका प्रबन्धक चुडामणि कट्टेल र कुमरखोद शाखा प्रमुख दिपक पोखरेलले संयुक्तरुपमा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहलाई रकम हस्तान्तरण गर्नुभयो । हस्तान्तरण कार्यक्रममा सेवा केन्द्र सहयोग समितिका संयोजक जगरनाथ राजबंशी, सदस्यहरु माधवप्रसाद पोख्रेल,सागिरथ गणेश,कुमरखोद साखाका कर्मचारी सन्तोषप्रसाद गणेश लगायतको उपस्थिति रहेको थियो । साहाराले यस अघि झापा गाउँपालिकाका दुई अस्थायी क्वारेन्टाइनमा २५ हजार ४३५ रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरिसकेको छ ।

Read More

काठमाडौं, ७ बैशाख । बन्दाबन्दी घोषणापछि न्यून वर्गका जनतालाई राहत दिने उद्देश्यसहित सरकारले घोषणा गरेको विद्युत् महसुल छुटसम्बन्धी निर्णय कार्यान्वयनमा ढिलाइ हुँदा उपभोक्ता अन्योलमा छन् । निर्णय कार्यान्वयनमा तदारुकता देखाइएको भए अहिले करिब ३८ लाख ग्राहकले विद्युत् महसुलमा राहत पाइसकेका हुन्थे । गत चैत १६ गतेको मन्त्रिपरिषद् बैठकले १५० युनिटसम्म खपत गर्ने ग्राहकलाई विद्युत् महसुलमा २५ प्रतिशत छुट र भुक्तानी ढिलाइ भए पनि जरिवाना नलाग्ने निर्णय गरेको थियो । यही अनुरूप छुट अपेक्षा गरेका ग्राहकले चैतको बिलमा त्यस्तो छुट देख्न पाएनन् । काठमाडौँ स्युचाटार निवासी विनिता गौतमले भनिन्, ‘छुट भन्ने सुनेका थियौँ आज अनलाइनमार्पmत भुक्तानी गर्दा बिलमा त्यस्तो छुट उल्लेख…

Read More

झापा, ७ बैशाख । सरकारले सर्वोच्च अदालतको अन्तरिम आदेश छलेर मुलुकलाई ठूलो व्ययभार हुने गरी भूमिसम्बन्धी समस्या समाधान आयोग गठन गरेको‌ खुलेको छ। कोरोना भाइरस (कोभिड–१९) संक्रमण त्रासले देशै संकटमा परेका बेला सर्वोच्चको आदेशविपरीत गुपचुप आयोग गठन गरिएको हो । सुकुम्बासी समस्या समाधान आयोग गठन अवैध रूपमा गरिएको भन्दै सर्वोच्चले २०७१ सालमा अन्तरिम आदेशमार्फत त्यसलाई रोक लगाएको थियो। त्यो आदेश अहिलेसम्म खारेज भएको छैन। आदेश चालू रहेकै अवस्थामा त्यसविपरीत उस्तै प्रकृतिको भूमि आयोग गठन गरिएको हो। गत चैत ९ गते नै आयोग गठन गरे पनि गुपचुप राखिएको थियो। मन्त्रिपरिषद् बैठकको उक्त निर्णय मंगलबार राजपत्रमा प्रकाशन भएपछि मात्र सार्वजनिक जानकारीमा आएको…

Read More

झापा, ७ बैशाख । नेपाल राष्ट्र बैंकले ५ रुपैयाँ र १० रुपैयाँ दरको ६४ करोड थान नयाँ नोट चीनमा छाप्ने भएको छ । राष्ट्र बैंकले यसका लागि चीनको एक प्रिन्टिङ प्रेस कम्पनीसँग खरिद सम्झौता पनि गरिसकेको छ । बैंकले ५ रुपैयाँ दरका ३० करोड थान नोट र १० रुपैयाँ दरका नोट ३४ करोड थान छाप्न ‘चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेनि’सँग सम्झौता गरेको हो । बैकले नोट छाप्ने प्रक्रिया तीन महिनाअगाडि थालेको थियोे । नयाँ गभर्नर महाप्रसाद अधिकारीको पहिलो हस्तारक्षरयुक्त कुल ४९ करोड रुपैयाँ नयाँ नोट तिहारको हाराहारीमा आउनेछ । आजको राजधानी दैनिकमा खबर छ ।

Read More

नेपालगञ्ज, ७ बैशाख । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालको आईसोलेशनमा भर्ना भएका दुई विरामीको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु भएका दुबै जना स्वासप्रश्वास तथा छाति सम्बन्धित समस्याले ग्रसित रहेको अस्पतालले जनाएको छ । स्वास्थ्य कार्यालय बाँकेका फोकलपर्शन नरेश्वर श्रेष्ठले दिएको जानकारी अनुसार शिक्षण अस्पताल नेपालगञ्जको आईसोलेशनको आईसियुमा उपचारको लागि भर्ना भएका बर्दिया बढैयाताल–३ का ४२ वर्षिय ईस्राईल बेहना र शिक्षण अस्पताल कोहलपुरमा कोहलपुर–५ चपरगौरीकी ३२ वर्षिया शान्ता शर्माको शनिबार बिहान उपचारको क्रममा मृत्यु भएको हो । मृतक बेहना बैशाख ३ गते र शर्मा चैत्र ३० गते उपचारको लागि अस्पताल भर्ना भएका थिए । मृतक बेहना रुघाखोकी दमबाट ग्रसित…

Read More

जनकपुर, ६ वैशाख । कोरोनाभाइरसको त्रासको बेलामा लुकीछिपी जथाभावी पैसा फालेर भागेको आरोपमा प्रहरीले जनकपुरबाट दुई जना महिलालाई पक्राउ गरेसँगै उनीहरुमा गरिएको आरडीटी परीक्षणमा पोजेटिभ नतिजा आएको छ । प्रादेशिक अस्पताल जनकपुर स्रोतका अनुसार सो अस्पतालमा गरिएको परीक्षणमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएको हो । उनीहरु दुबैजनाको अहिले पिसिआर विधिबाट टेस्ट भइरहको बताइएको छ। शुक्रबार जनकपुरधामको महावीर चोक स्थित पेठीया बजार जाने सडकमा रु १० को दर्जनौं नोट फालेर भागेको स्थानीयको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाले ती दुई जनालाई शनिबार दिउँसो पक्राउ गरेको थियो । पक्राउ पर्ने दुवै महिला जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ बस्नेहरु हुन् । दुवैजना नातामा नन्द…

Read More

सुरुङ्गा, ६ वैशाख । उदयपुरको त्रियुगा नगरपालिका– ३ झुल्के मस्जिदमा बस्दै आएका मुस्लिम समुदायका नागरिकमा कोभिड– १९ को सङ्क्रमण पुष्टि भएपछि प्रहरीले झापामा रहेका ७० मस्जिदलाई उच्च निगरानीमा राखेको छ । विर्तामोड र दमक नगरपालिकामा रहेका दुई जमादमा मुस्लिम समुदायका २० धर्मगुरु रहेका छन् । उनीहरुमध्ये १८ भारतीय नागरिक हुन् । जमादमा भारतीय धर्मगुरु बस्ने हुँदा कोरोनाको सङ्क्रमण हुनसक्ने भन्दै प्रहरीले निगरानी बढाएको हो । जमादमा बस्ने सबै धर्मगुरुको आज नै स्वास्थ्य परीक्षण गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार विर्तामोडमा रहेको मामे मस्जित मुनवारमा नौ र दमकमा ११ मुस्लिम समुदायका धर्मगुरु बस्दै आएका छन् । उनीहरुको आज आरडिटी परीक्षण…

Read More

काठमाडौँ, ६ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सत्तारूढ दलको नेतृत्व रहेका कैयौँ स्थानीय तहमा राहत वितरणमा पक्षपातपूर्ण व्यवहार भएको आरोप लगाउँदै स्थानीय तहमा सर्वदलीय अनुगमनको व्यवस्था गर्न माग गरेको छ । काँग्रेस पदाधिकारीको आज बसेको बैठकले कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि लागू गरिएको ‘लकडाउन’का कारण अप्ठ्यारोमा परेका नागरिकलाई प्रदान गरिँदै आएको राहत वितरण कार्य न्यायोचित, पारदर्शी र व्यवस्थित बनाउन आग्रह गर्दै सो माग गरेको हो । बैठकले केन्द्र र प्रदेश सरकारले घोषणा गरेको राहतको बजेट अझैसम्म निर्धारित क्षेत्र र व्यक्तिसम्म नपुगेको विषयमा सरकारको ध्यानाकर्षण गराउने र तत्काल पु¥याउन आग्रह गर्ने निर्णयसमेत गरेको काँग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद…

Read More

झापा, ६ बैशाख । कोभिड–१९ का बिरामी पहिचानका लागि ¥यापिड डायग्नोष्टिक किटबाट देशका ७७ जिल्लामा परीक्षण शुरु गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज आयोजित नियमित ब्रिफिङमा हालसम्म यस प्रविधिबाट १९ हजार ४५४ जना र पिसिआर प्रविधिबाट आठ हजार १७ जनाको परीक्षण भइसकेको जानकारी दिइयो । मुलुकभरका क्वारेन्टाइनमा बस्ने व्यक्तिको सङ्ख्या आज चार हजार ५३६ जना रहेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभयो । आइसोलेसनमा बसेका सङ्क्रमितको सङ्ख्या ११७ रहेकामा काठमाडौँ उपत्यकाभित्र पाँच र बाहिर ११२ रहेका छन् । मन्त्रालयमा रहेका दुई कल सेन्टर १११५ र ११३३ मा गत २४ घन्टामा तीन हजार २१ कल प्राप्त भएकामा सबैको…

Read More

विराटनगर, ६ वैशाख । प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या शनिबारसम्म कूल ६ सय ६ जना पुगेको छ । २० जना डिस्चार्ज भएका छन् । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ५ महिला र १७ पुरुषसहित २२ जना छन् । होम क्वारेन्टाइनमा जम्मा ४ हजार ४९ जना बसिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

Read More