
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ११ पुस । सरकारी बेवास्ताका कारण झापा सदरमुकाम चन्द्रगढीमा निर्माणाधीन गिरिजाप्रसाद कोइराला सभागृहको भवन निर्माण कार्य अलपत्र परेको छ । दुई वर्षमा निर्माण कार्य सक्नेगरी २०७२ असार १० गतेदेखि निर्माण सुरु भएको सभागृहका लागि सरकारले बजेट विनियोजन नगर्दा निर्माण कार्य प्रभावित भएको हो । सभागृहको निर्माण कार्य २०७४ असार १० मा सम्पन्न गरिसक्नुपनेर् ठेक्का सम्झौतामा उल्लेख छ । तर, समयावधि सकिएको २ वर्ष बित्दा समेत भवन निर्माणको ७० प्रतिशत मात्र काम भएको छ । तत्कालीन जिल्ला विकास समितिको कार्यालयमार्फत् निर्माण सुरु गरिएको सभागृहका लागि ११ करोड २६ लाख २७ हजार ५५१ रुपैयाँ ठेक्का सम्झौता भएको थियो । सभा गृह निर्माणको ठेक्का ललितपुरको प्रेरा–शाह इन्जिनियरिङ…
झापा, ११ पुस । झापाको, शिवसताक्षी नगरपालिका-६ बस्ने ३९ बर्षीया फङके किस्कु मुर्मुको श्रीमानको छुरा प्रहारबाट मृत्यु भएको छ । भारतको डिगलबैक पञ्चायत घर भई झापाको शिवसताक्षी नगरपालिका-६ मा रहेको धानको काँटामा काम गरी सोही स्थानमा बस्दै आएका ४० बर्षीय शंकर भन्ने बुधराम मुर्मु र श्रीमती बिच बिहिवार राती ७ बजे घरायशी बिषयमा बादबिबाद भई तनाव पैदा हुँदा श्रीमानले एक्कासी छुरा प्रहार गर्दा श्रीमती गम्भीर घाईते भएकी थिईन् । घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय शिवगंजबाट खटिएको प्रहरी टोलीले घाईतेलाई उपचारको लागी प्राथामिक स्वास्थ्य केन्द्र शिवगंज लगेकोमा उपचारको क्रममा राती साँढे ७ बजे मृत्यु भएको हो । श्रीमतीलाई छुरा…
तित्रायो पुस महिना उज्यालो भनेको जम्ममा सात–आठ घण्टा, केही वर्ष अघिको बिजुलीको सोर–अठार घण्टे लोडसेडिङ जस्तो अँध्यारै–अँध्यारो । पुस रुखो, सुखो, चिसो महिना, मन बहलाउने कतै केही नभएको । न कतैबाट बिहेको निम्तो आउँछ न व्रतबन्ध । न कसैले सुनमालामा बोलाउँछ न गुन्युचोली । यस महिना न कुनै चाडपर्व उत्सव महोत्सव होस् ! यस्तो बिरसिलो महिना निराशा भएर मान्छे नबिग्रिउन् भनेरै होला पिकनिकका लगन मूहुर्तचाहिँ दिनैपिच्छे जुरैका । ल सुन्नुहोस् त पिकनिकको लगन सुरु भइसके छ । बोर्डिङे साना नानी, अलिक ठूला ठेट्ना, चकचके उपद्रे ठेट्ना, प्लसटु तिर पढ्ने जुँगा भुतला पलाइसकेका किशोरी किशोरी, कलेज तिरका दाह्रीवाला केटा, साडीवला केटी, नयाँमै काटेका फाटेका लुगा लगाउने, रङ्गीचङ्गी…
एजेन्सी, ११ पुस । पूर्व विश्व सुन्दरी मानुषी छिल्लरले संसारकै कामुक शाकाहारी व्यक्तिको उपाधी पाएकी छन् । उनलाई पशु अधिकारका लागि काम गर्ने संस्था पिपुल फर एथिकल ट्रिटमेन्ट अफ एनीमल्स (पेटा) ले सेक्सिएस्ट भेजिटेरियन पर्सनालिटीको उपाधि दिएको हो । छिल्लर पहिलेदेखि नै शाकाहारी हुन् । शाकाहारी भएर पनि आफ्नो स्वास्थ्यलाई राम्रो बनाउन सकिने छिल्लर बताउछिन् । उनले आफुले कहिल्यै पनि शाकाहारी महशुस नभएको बताएकी छन् । उनले शाकाहारी हुनु आफ्नो बाँच्ने तरिका भएको तथा अभिभवाक पनि शाकाहारी नै भएको बताएकी छन् । उनको कामको कुरा गर्नु पर्दा ऐतिहासिक फिल्म पृथ्वीराजमा बलिउड डेब्यु गर्न लागेकी छन्, जसमा बलिउड सुपरस्टार अक्षय कुमारसँग…
पाँचथर, ११ पुस । पाँचथरको याङ्वरक गाउँपालिका वडा नं ३ स्थित पाथीभरा चिया बगानको चिया प्रतिकिलो रु पाँच हजारसम्ममा बिक्री हुने गरेको छ । प्राङ्गारिक प्रमाणित भइसकेको यहाँ उत्पादित चियाको ठूलो हिस्सा युरोपका विभिन्न मुलुकमा निर्यात हुने गरेको छ । आफ्नो स्वादअनुसारको चिया खरीद गरी लैजान तथा यहाँको चियाको अन्तरराष्ट्रिय ब्यापार गर्न युरोपेली विभिन्न मुलुक तथा छिमेकी मुलुक चीनका नागरिक यहाँ आउने गरेका छन् । उनीहरुले यहाँबाट चियाको नमूना सङ्कलन गरी लैजाने, उपयुक्त मूल्य निर्धारण गर्ने र चिया खरीद गरी लैजाने गरेको पाथीभरा टी स्टेट प्रालिका अध्यक्ष उदयकुमार योङ्याले जानकारी दिनुभयो । फ्रान्स, जर्मनी, चेक, रुस, चीनलगायत मुलुकका नागरिक तथा…
झापा, ११ पुस । सरकारले सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापबाट गरिने वित्तीय लगानीलाई कडाइका साथ नियन्त्रण गरेर कारबाही गर्न पाँच वर्षे राष्ट्रिय रणनीतिसहितको कार्ययोजना कार्यान्वयनमा ल्याएको छ । सरकारले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा कार्य गर्दै आइरहेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत ल्याएपछि पहिलोपटक आक्रामक कार्यक्रमसहितको कार्ययोजना कार्यान्वयनमा ल्याइएको हो । नयाँ आर्थिक अपराधका रूपमा रहेका यस्ता विषयलाई नियन्त्रण गर्ने उद्देश्यसहित कार्ययोजना कार्यान्वयनमा ल्याइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता यमलाल भुसालले जानकारी दिए । प्रधानमन्त्री कार्यालयले सञ्चालनमा ल्याएको कार्ययोजनामा १० वटा रणनीतिक योजना समेटिएका छन् । आजको राजधानी दैनिकमा खबर छ ।
झापा, ११ पुस । राजस्व चुहावट नियन्त्रणका लागि सुराकीका नाममा हुने विकृति अन्त्य गर्न सुराकीका नाममा हुने विकृति अन्त्य गर्न सुराकीको रकम अधिकतम २५ लाखसम्म रहने सरकारले बताएको छ । राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण (पहिलो संसोधन) विद्येयकमार्फत सुराकी गरेबापत दिइने रकम २५ लाख रुपैयाँभन्दा माथि नहुनेगरी राखिएको अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् । सरकारी कर्मचारी र सुरक्षाकर्मीले आफ्नै परिवारका सदस्यलाई सुराकीका रुपमा प्रयोग गर्ने क्रम बढेकाले सरकारले यसमा कडाइ गर्न लागेको हो । राष्ट्रिय सभाको बिहिबारको बैठकमा खतिवडाले सुराकीलाई पेशा नै बताउने काम भएको भन्दै त्यसलाई रोक्न रकम नै तोकिएको जानकारी दिए । आजको आर्थिक अभियानमा खबर छ…
झापा, ११ पुस । मेची–महाकाली विद्युतीय रेल मार्ग अन्तर्गत निजगढ–बर्दिबास खण्डमा ट्र्याक निर्माण कार्यका लागि सरकारले रौतहटमा अधिग्रहण गरेको जग्गाको मुआब्जा वितरण सुरु गरेको छ । रेल तथा मेट्रो विकास आयोजना सिमरा बर्दिबास खण्ड साइट कार्यालय बर्दिबासबाट मुआब्जा दिन सुरु गरेको हो । जिल्ला प्रशासन कार्यालय रौतहटले दिएको जानकारीअनुसार रेल मार्गमा पर्ने जिल्लाको ५० बिघा अर्थात ३३० कित्ताभन्दा बढी जग्गा अधिग्रहण गरिएको छ । जसमध्ये प्रक्रिया पूरा भएका जग्गाधनीलाई मुआब्जाबापतको रकम साइट कार्यालय बर्दिबासबाट वितरण सुरु भइसकेको छ । आजको गोरखापत्र दैनिकमा खबर छ ।
काठमाडौं, ११ पुस । लामो समयदेखि रिक्त रहेको सभामुख पदका लागि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाउने भएको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल नेकपा संसदीय दलका उपनेतासमेत रहेका नेम्वाङलाई उम्मेदवार बनाउन सहमत भएका हुन् । संविधानसभाको सभामुख पदको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेका नेम्वाङ नेकपाभित्र सबैले रुचाउने नेतामा पर्छन् । पछिलो समय पटक–पटक भएको ओली र दाहालबीचको छलफलबाटै नेम्वाङलाई नै सभामुखको उम्मेदवार बनाउने सहमति जुटेको नेकपा स्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीले नेम्वाङलाई सभामुख बनाउन गरेको प्रस्तावमा अर्का अध्यक्ष दाहालसमेत सहमत भएका हुन् । यसअघि अध्यक्ष दाहालले सभामुखका लागि…
काठमाडौं, ११ पुस । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम (पीएमइपी) मार्फत ३ लाख बेरोजगार युवालाई न्युनतम रोजगारी दिने लक्ष्यसहित ५ अर्ब १ करोड रुपैयाँ स्थानीय तहमा पठाउने तयारी गरेको छ । चालू आर्थिक वर्षको रोजगार कार्यक्रम अन्तर्गत ७५३ स्थानीय तहमा पुसको परियोजनामार्फत रोजगारी दिन सो बजेट विनियोजन गर्न लागेको समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ । सरकारले महत्वका साथ अघि बढाएको प्रधानमन्त्री स्वरोजगार कार्याक्रम (पीएमइपी) अन्तर्गत स्थानीय तहमा परियोजना सञ्चालन गरी बेरोजगार युवालाई एक सय दिनसम्मको रोजगारी दिन पुसको अन्त्यसम्म बजेट विनियोजन गर्ने तयारी शुरु गरेको छ । श्रम रोजगार तथा साजिक सुरक्षा मन्त्रालयका सहसचिव ढा नारायण रेग्मीले रोजगारी सृजनाका लागि…