
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १० बैशाख । १ नम्बर प्रदेशका बिभिन्न स्थानमा बर्षासंगै चट्याङ पर्दा चट्याङले लागेर ५ जना मानीस घाईते भएका छन् भने केही चौपायाको मृत्यु भएको छ । उदयपुरको कटारी नगरपालिका–११ बेतीनीका ५५ बर्षीय चन्द्र बहादुर मगरको घरमा गए राती साँढे ११ बजे अचानक चट्याङ पर्दा चट्याङले लागेर चन्द्र मगर सहित निजको श्रीमती ४८ बर्षीया मन कुमारी मगर, आमा ७० बर्षीया मन माया मगर र छिमेकी सुमन मगर सामान्य घाईते भएका छन् । उक्त चट्याङले लागेर मगरको गोठमा बाधीराँखेको १ वटा बाख्रा समेत समेत मरेको छ । त्यसैगरी सोही नगरपालिका–६ रिस्कुमा गए राती ११ बजे अचानक चट्याङ पर्दा स्थानीय मेनुका राईको…
काठमाडौँ, १० बैशाख । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पार्टी स्थापना दिवसका अवसरमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सांसद्हरुसँग प्रदेशगतरुपमा छलफल शुरु गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा आज सुदूरपश्चिम प्रदेशका सांसद्हरु सहभागी हुनुभएको र यसपछि आज र बिहीबार गरी क्रमशः प्रदेश नं १ र बागमती प्रदेश हुँदै सबै प्रदेशका सांसद्सँग छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । छलफलमा हालै जारी भएका दुई अध्यादेश, कोरोना भाइरसवि’रूद्ध जारी लकडाउन र आगामी कार्यभार लगायतका विषयमा सांसदहरूलाई स्पष्ट पारिने जनाइएको छ । ती विषयमा पार्टीभित्रै विभिन्न मतहरु…
काठमाडौं, १० बैशाख । आरडीटीमा कोरोना संक्रमण पोजेटिभ देखिएका काठमाडौंका दुई नर्सको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्जको तयारी गरिएको छ । उनीहरु कैदीहरुको स्वास्थ्य परीक्षणमा खटिएका थिए । कोरोनाको आशंका गरिएका केन्द्रीय कारागारका कै’दीहरुको स्वास्थ्य परीक्षणमा खटिएका उनिहरु दुबै जनाको रिपोर्ट नेगेटिभ आएको हो । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन राखिएका दुबै नर्सको स्वाब संकलन गरी पीसीआरबाट गरिएको परीक्षणको रिपोर्ट आज बिहान नेगेटिभ देखिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका एक चिकित्सकले जानकारी दिए ।
सन्तोष शर्माझापा, १० वैशाख । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन सरकारले देशभर बन्दाबन्दी (लकडाउन) गरेपछि झापाका शिक्षण संस्थाहरुले दूर शिक्षाको माध्यमबाट पठनपाठन शुरु गरेका छन् । बन्दाबन्दीका कारण विद्यार्थीको पठनपाठनमा असर परिरहेकाले यहाँका विद्यालयदेखि कजेलसम्मले प्रविधिमा आधारित दूर शिक्षाको माध्यमबाट पठनपाठन शुरु गरेका हुन् । जसका कारण हरेक विद्यार्थीको घरमै विद्यालय भएको छ । कनकाई आदर्श क्याम्पस बिर्तामोडका क्याम्पस प्रमुख सुरेशकुमार चापागाईंले एमबीएस प्रथम सेमिस्टारका विद्यार्थीका लागि दूर शिक्षाको माध्यमबाट पठनपाठन शुरु गर्न लागिएको बताउनुभयो । “बिहीबारदेखि पहिलो चरणमा एमबीएसका विद्यार्थीबाट कक्षा शुरु गर्दै छौँ”, उहाँले भन्नुभयो, “त्यसपछि अवस्था अनुसार अन्य कक्षा पनि सञ्चालन गर्दै लैजान्छौँ ।” बिहान…
काठमाडौं, १० बैशाख । सोमबार थप ३ जना नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएसँगै कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या बढेर २४ पुगेको छ । कुवेतको स्वास्थ्यले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार अनुसार ३ नेपालीसहित ८० जना नयाँ संक्रामित फेला परेका हुन् । योसँगै कुवेतमा कोरोना संक्रमित विरामीको संख्या १९ सय ५५ पुगेको छ । तीमध्ये ९ जनाको ज्यान गएको छ, भने ३ सय ६७ जना उपचारपछि पूर्णरुपमा निको भएका छन् । त्यस्तै ३९ जनाको गम्भिर अवस्थामा उपचार भैरहेको छ ।
कृष्णप्रसाद शर्मालण्डन, १० वैशाख । बेलायतमा कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ । पोखरा याङ्जाकोट स्थायी घर भइ हाल बेलायतको रेडिङमा बस्दै आउनुभएका ४९ वर्षीय विजय गुरुङको उपचारका क्रममा रोयल बर्कशायर अस्पतालमा निधन भएको रेडिङ तमु समाजका अध्यक्ष नन्द गुरुङले बताउनुभयो । आइतबार मृत्यु भएका विजयबारे अस्पतालले दुई दिनपछि मात्रै परिवारलाई जानकारी दिएको थियो । स्वासप्रश्वासमा समस्या देखिएपछि विजयलाई गत साता अस्पताल भर्ना गरिएको थियो । अस्पतालले परिवारलाई जानकारी गराएको थियो । बेलायतमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ । रासस
झापा, १० वैशाख । कोरोना भाइरसका कारण देशभर लकडाउन भएको अवस्थामा मानव अधिकारको अवस्था बुझ्न राष्ट्रिय मानवअधिकार आयोगले झापामा जिल्ला स्तरीय मानव अधिकार अवस्था अनुगमन नेटवर्क गठन गरेको छ । नेटवर्कमा झापा बार एसोसिएशनका अध्यक्ष लेखनाथ निरौलाको संयोजकत्वमा नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष तारामणि सापकोटा, एजिओ फेडरेसन झापाका अध्यक्ष हरि गौतम, मानव अधिकारकर्मी विष्णु खरेल र पबित्रा श्रेष्ठ सदस्य रहेका छन् । आयोगद्वार गठित उच्चस्तरीय तथा प्रदेश स्तरीय नेटवर्क गठन भइसकेको छ । झापामा गठन भएको जिल्ला नेटवर्कले दैनिक भिडियो सम्वाद गरी मानवअधिकारको अवस्थामा सम्बन्धमा छलफल गर्ने गरिएको संयोजक लेखनाथ निरौलाले बताए । आयोगले पठाएको निर्देशिका अनुसार झापाका स्थानीय…
झापा, १० वैशाख । केन्द्रीय सचिवालयको निर्णयविना नै राजनीतिक दल फुटाउन सहज हुने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएपछि नेकपाका शीर्ष नेताहरूको विवादले आकार लिने संकेत देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल भावी कदमबारे छुट्टाछुट्टै परामर्शमा जुटेपछि विवादले थप आकार लिने संकेत देखिएको हो । अध्यादेश अन्य पार्टीलक्षित भएको प्रधानमन्त्री ओलीको भनाइप्रति आश्वस्त हुन नसकेका अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालनिकट दोस्रो तहका नेताहरूले विधि र प्रक्रिया मिचेर एकलौटी गरिएको भन्दै मंगलबारबाट स्थायी समिति बैठकका लागि ‘क्याम्पेनिङ’ सुरु गरेका छन् । लकडाउनकै अवधिमा पनि उनीहरूको यस्तो ‘क्याम्पेनिङ’सँगै शीर्ष तहबाटै तत्काल…
उदयपुर, १० बैशाख । प्रदेश–१ मा मंगलबार एकैदिन ११ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै यहाँ संक्रमितको संख्या २४ पुगेको छ। उनीहरू सबै त्रियुगा नगरपालिका–३ भुल्केस्थित नुरी मस्जिदमा बसेका भारतीय र आसपासका बासिन्दा हुन्। यसअघि वैशाख ५ गते ११ भारतीय र उनीसँगै रहेका दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको थियो। मंगलबार थपिनेमा क्रमशः वर्ष १८, १८, २९, ३३, ४०, ४१, ४१, ५२ र ५८ का पुरुष, वर्ष ३६ की महिला र अर्की उमेर नखुलेकी महिला छन्। उनीहरू भने मस्जिद आसपासका बासिन्दा हुन्। मस्जिदमा बसेका भारतीय र नेपाली गरी १३ जनामा कोरोना पुष्टि भएपछि त्यस क्षेत्रका बासिन्दा र उनीहरूसँग सम्पर्कमा रहेकाहरूको…
काठमाडौं, १० वैशाख । राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीका शीर्ष नेताहरु आफ्नै पार्टीका सांसदहरुसँग सशंकित भएका छन् । यद्यपि दुवै पार्टीका नेताहरुले तत्काल राजपा र समाजवादी फुट्ने कुनै सम्भावना नभएको प्रस्ट पारेका छन् । राजपा अध्यक्ष मण्डलका संयोजक शरतसिहं भण्डारी तथा समाजवादी पार्टीका कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवले मंगलबार छुट्टाछुट्टै विज्ञप्ति निकाली राजनीतिक दल विभाजन र संवैधानिक परिषद्सम्बन्धी ल्याइएको अध्यादेश तत्काल फिर्ता लिन माग गरेका छन् । उनीहरुले उक्त दुई अध्यादेशको कडा निन्दा र भत्सर्ना गरेका छन् । आजको नागरिक दैनिकमा खबर छ ।