
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
सुरेन्द्र भण्डारी सुरुङ्गा, ९ वैशाख । “स्थानीय सरकारका प्रतिनिधि अहिले राहतका पोका बोकेर गाउँगाउँ हिँडिरहेका छन्, सरकारले अहिले राहत बाँड्ने होइन, सबै नागरिकको स्वास्थ्य परीक्षण गर्ने हो”, विर्तामोड नगरपालिका–२ चारपानेका सामाजिक अगुवा महेन्द्रकुमार गिरीले भन्नुभयो, “एक परिवारले एक विपन्न परिवारलाई सहयोग ग¥यो भने झापामा कोही पनि भोकै मर्दैनन् ।” झापाका ६८ सामाजिक सङ्घसंस्थाको साझेदारीमा समर्पण राष्ट्रिय अभियान सञ्चालन गर्दै रु दुई करोड जुटाएर कनकाइमाईको पूर्वी तटमा कर्मयोग भवन (मृत्युपछि गरिने अन्तिम संस्कार, काजक्रिया) निर्माण गर्दै उदाहरणीय काम गर्नुभएका गिरीले अहिले पनि ‘एक परिवारले एक विपन्न परिवारलाई सहयोग गरौँ’ अभियान शुरु गर्नुभएको छ । गरिब तथा विपन्न परिवारका नागरिकलाई रोगबाट बचाउन…
काठमाडौँ, ९ वैशाख । स्थानीय वायुका साथै पश्चिमी वायुको प्रभावका कारण आज बिहानैदेखि झापासहित देशको अधिकांश भू–भागमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज बिहान एक बुलेटिन निकालेर विगत केही दिनदेखि नेपालमा जारी रहेको पश्चिमी वायुको प्रभाव अझै सक्रिय हुँदै गएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ । हाल काठमाडौँ उपत्यकालगायत देशका विभिन्न स्थानमा विकसित मेघगर्जन, चट्याङसहित वर्षा गराउने बादलका कारण मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षा भइरहेको हो । उक्त प्रणाली उत्तर–पूर्वतिर सर्दै गएकाले अझै केही दिन हावाहुरी, मेघगर्जन, चट्याङ, असिनाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही…
झापा, ९ बैशाख । कुर्था–जनकपुर–जयनगर खण्डमा सञ्चालन गर्नेगरी खरिद गरिएको रेल नेपालका लागि गुडे पनि लकडाउनका कारण भारतमै अड्किएको छ। रेल भारतको चेन्नाई स्थित उद्योगबाट गुडेर मध्य प्रदेशको जबलपुरमा आइसकेको रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए । रेल विक्रेता भारतीय कम्पनी कोंकण रेलवे कर्पोरेसन र रेल विभागबीच २०७६ चैत १८ गते पहिलो रेल सेट हस्तान्तरण गर्ने सहमतिअनुसार रेल चेन्नाइस्थित उद्योगबाट गुडेको थियो। उनले भने, ‘लकडाउनका कारण जबलपुरबाट रेल अघि बढ्न सकेको छैन। रेलको यथास्थितिको बारेमा उद्योगका अधिकारीसँग फोनमा सम्पर्क भइरहेको छ। लकडाउन खुलेपछि नेपालका लागि हिडाइनेछ।’ लकडाउन खुले पनि रेल नेपाल भित्रिनका लागि थप १० देखि १५ दिन लाग्नेछ।…
काठमाडौं, ९ बैशाख । गोरखा घर भई काठमाडौं बस्दै आएकी २७ वर्षीया नाना थापाले अस्पताल जान नपाएपछि यसअघि देखाएको कार्डमा रहेको फोनमा सम्पर्क गरेर सेवा लिनुभएको छ । थापाथलीस्थित परोपकार तथा स्त्रीरोग अस्पताल ९प्रसूति गृह०बाट सेवा लिइरहेकी उनको यो दोस्रो गर्भ हो । अहिले छ महिना भइसकेको छ र कुनै समस्या नभएकाले फोनमा चिकित्सकले दिएको सल्लाहअनुसार नै खाना खाने र व्यायाम गर्दै आएकी छिन् । यस्तै नुवाकोट घर भई काठमाडाँैंमा बस्दै आएकी कला तामाङको पनि दोस्रो गर्भ पाँच महिनाको छ । उनले समस्या भएमा कहाँ र कसरी सेवा लिनेबारे जानकारी राखेको पाइएन । प्रसूति गृहले बन्दाबन्दी ९लकडाउन०का कारण अस्पतालसम्म आउन…
काठमाडौं, ९ बैशाख । गत फागुनमा महँगी ६।७० प्रतिशतले बढेको प्रतिवेदन केन्द्रीय बैंकले सोमबार सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदन अनुसार गत फागुनमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति (महँगींं) ६.७० प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.२० प्रतिशत थियो । सो महिनामा खाद्य तथा पेय पदार्थ समूहको ९.३३ प्रतिशत र गैर –खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.६९ प्रतिशत छ । आजको नागरिक दैनिकमा छ ।
काठमाडौं, ९ बैशाख । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)ले कोरोना भाइरस सङ्क्रमणको प्रभावसम्बन्धी सातवटा विषयमा अध्ययन अगाडि बढाएको छ । स्वास्थ्यसँग सम्बन्धित अध्ययन र अनुसन्धानका क्षेत्रमा अनुगमन, नीति निर्माणमा सरकारलाई सहयोग गर्ने संस्थाका रूपमा रहेको एनएचआरसीले कोरोना भाइरस सङ्क्रमणपछि विभिन्न क्षेत्रमा देखिएका समस्यालाई लिएर अध्ययन थालेको हो । एनएचआरसीका कार्यकारी सदस्यसचिव डा। प्रदीप ज्ञवालीका अनुसार सङ्क्रमणको सफल उपचार भएकाहरूको प्लाज्मामार्फत सङ्क्रमितको उपचार प्रभाव कस्तो हुन्छ भन्ने विषयमा समेत अध्ययन गरिने भएको छ । ¥यापिड डाइग्नोस्टिक किट (बजारमा पाइने र सरकारले ल्याएको) र रियल टाइम पोलिमरेज चेन रियाक्सन (आरटी–पीसीआर)को तुलना, लकडाउन र क्वारेन्टाइनमा बसेकाहरूको मनोवैज्ञानिक अवस्था, चिकित्सक र स्वास्थ्य सेवा सम्बद्धमा…
झापा, ८ वैशाख । प्रदेश १ मा सोमबारसम्म तीन हजार २ सय ६८ जनामा कोरोना परीक्षण भएको छ । सरकारले दू्रत परीक्षण विधि (आरडिटी) र ल्याबमा गरिने पीसीआर विधिबाट कोरोना संक्रमण भए नभएको धमाधम परीक्षण गरिरहेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कका अनुसार आरडीटी विधिबाट जम्मा २ हजार ६ सय ९ जना र ल्याबमा स्वाब ल्याएर गरिने परीक्षण विधि (पीसीआर) बाट ६ सय ५९ जनाको परीक्षण गरेको हो । धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरको कोशी अस्पतालमा पीसीआर विधिबाट नमुना परीक्षण हुन्छ । प्रदेश १ सरकारले जिल्लाका क्वारेन्टाइनहरुमा भने द्रुत विधिबाट परीक्षण गरिरहेको जनाएको…
काठमाडौँ, ८ वैशाख । नेपाल पत्रकार महासङ्घले जारी लकडाउनका कारण सञ्चार प्रतिष्ठानहरू समस्यामा परेको हुँदा श्रमजीवी पत्रकार र सञ्चार प्रतिष्ठानका लागि तत्काल राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गरेको छ । महासङ्घको केन्द्रीय समितिका पदाधिकारी र प्रदेश समितिका पदाधिकारीको आज भएको डिजिटल कन्फरेन्स बैठकले कोभिड–१९ को सङ्क्रमणले उत्पन्न जटिल परिस्थितिमा समाचार सङ्कलनका क्रममा आफ्नो सुरक्षालाइ पहिलो प्राथमिकतामा राख्न सञ्चारकर्मीमा आग्रह गरेको छ । क्वारेन्टाइन, आइसोलेसन वार्ड, सङ्क्रमण परिक्षण स्थलको संवदनशिलतालाई ख्याल गर्न, पर्याप्त पूर्वसतर्कता र सुरक्षाको सुनिश्चितता नभइ नजान पनि महासङ्घले आग्रह गरेको महासचिव रमेश विष्टले जानकारी दिनुभयो । वर्तमान परिस्थितिमा सञ्चार क्षेत्रले खेलेको भूमिका र चुनौतीको समीक्षा गर्दै सरकारले…
कमल, ८ वैशाख । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड १९० को रोकथामका लागी नेपाल सरकारले गरेको लकडाउन कारण पीडित बनेका विपन्न परिवारलाई दोस्रो चरणको राहत बाड्ने काम सकिएको छ । कमल गाउँपालिकाले अतिविपन्न र ज्याला मजदुरी गरेर छाक टार्ने परिवारलाई समस्या भएकोले विपन्न परिवार छनौट गरी कमल गाउँपालिकाल दोस्रो चरणको राहत वितरण कार्यक्रम सकेको हो । राहत वितरणका लागी गाउँपालिकाले सातवटै वडाका अध्यक्षको संयोजकत्वमा प्रत्येक वडामा समिती वनाएर सबै वडा र टोलटोलबाट सिफारिस भएर आएका १ हजार ५सय ४८ घरधुरीलाई खाद्य समाग्री वितरण गरिएको कमल गाउँपालिकाका उपाध्यक्ष बेनु सिवाकोटीले जानकारी दिए । पालिकाले १ हजार ५ सय ४८ घरधुरीका…
धनकुटा, ८ बैशाख । धनकुटा छथरजोरपाटी–४ पानी ट्याङ्की बस्ने ४७ बर्षीय ईन्द्रबहादुर लिम्बुको श्रीमतीको कुटाईबाट मृत्यु भएको छ । आज बिहान ०७ बजे श्रीमान श्रीमतीको घरायसी बिषयमा बादबिबाद भई झगडा हुदा श्रीमती धनमाया लिम्बुले ईन्द्र बहादुरलाई घरेलु हतियार तथा लाठीले टाँउकोमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । घटनामा संम्लग्न धनमाया लिम्बुलाई पक्राउ गरी थप अनुसन्धान तथा कानुनी कारबाही भईरहेको उक्त कार्यालयले जनाएको छ ।