
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ४ बैशाख । प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या बिहीबारसम्म कूल ५ सय ६८ जना छ । जसमा ४ महिला र ४६ पुरुष डिस्चार्ज भएका छन् । क्वारेन्टाइनमा ६८ महिला र ५ सय पुरुष बसिरहेका छन् । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा रहेका एक महिला र एक पुरुष डिस्चार्ज भएका छन् । अब आइसोलेसनमा जम्मा आठ जना बसिरहेका छन् । होम क्वारेन्टाइनमा ६ सय ३५ महिला र ३ हजार एक सय ८१ पुरुष गरी जम्मा जम्मा ३ हजार ८ सय १६ जना बसिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । क्वारेन्टाइनमा बस्नेको संख्या हरेक दिन बढ्दो क्रममा रहेकोे छ…
झापा, ४ बैशाख । प्रदेश नं. १ मा बिहीबारसम्म द्रुत परीक्षण विधि (आरडीटी) बाट जम्मा ८ सय २६ जनाको कोरोना परीक्षण भएको छ । जसमा एक जनाको रिर्पोट पोजेटिभ आएको छ । बाँकी ८ सय २५ जनाको रिर्पोट नेगेटिभ आएको छ । झापाको हल्दीबारीमा आरडीटीमा पोजेटिभ देखिएका एक जना पुरुषको रिर्पोट कोशी अस्पताल विराटनगरमा पिसिआर बाट परीक्षण गर्दा आज नेगेटिभ आएको हो । ल्याबमा गरिने परीक्षण (पीसीआर) विधिबाट बुधबारसम्म जम्मा ३ सय ४१ जनाको नमुना परीक्षण भएको छ । जसमध्ये ६५ महिला र २ सय ७६ पुरुष छन । परीक्षण नतिजा ४९ महिला र २ सय ४३ महिलाको रिर्पोट नेगेटिभ…
बिर्तामोड, ४ बैशाख । झापामा डेरा गरी अध्ययन गर्दै आएका ४५ जना विद्यार्थीलाई आआफ्नो गृहजिल्ला पु¥याइएको छ । कोभिड–१९ को संक्रमण नियन्त्रणका लागि सरकारले देशभर लकडाउन घोषणा गरेपछि डेरामा बसेर अध्ययनरत विद्यार्थी समस्यामा परेकाले उनीहरुलाई गृहजिल्ला पु¥याइएको हो । उनीहरु इलाम, पाँचथर र ताप्लेजुङबासी हुन् । ‘सम्पर्कमा आएका विद्यार्थीलाई क्वारेन्टाइनमा राखेर कोरोना नभएको पुष्टि भएपछि घर पु¥याउने व्यवस्था गरिएको छ’, कोरोना भाइरस रोकथाम, उपचार तथा समन्वय अनगुमन समिति झापाका संयोजक सोमनाथ पोर्तेलले भन्नुभयो, ‘पहिलो पटक ४५ जनालाई घर पु¥याउने काम भएको छ, थप सम्पर्क आइरहनुभएको छ ।’ झापामा करीब ३५० विद्यार्थी बाहिर अन्य जिल्लाबाट आएर अध्ययन गरिरहेको प्रारम्भिक अनुमान छ…
सुनसरी, ४ बैशाख । सुनसरी प्रशासनले क्वारेन्टाइनका रुपमा प्रयोगमा ल्याइएका मस्जिदहरु खाली गराएको छ । मुस्लिम समुदायका व्यक्तिहरुलाई राख्न राख्नका लागि बनाइएको मस्जिदमा बस्ने र बसाउने क्रमले असावधानी बढ्न सक्ने भन्दै सुनसरी प्रशासनले सबै मस्जिद खाली गरिएको हो । प्रशासनका अनुसार बाहिरबाट आएर मस्जिदमा शरण लिई बस्न सक्ने सम्भावना र त्यसले समाजमा फैलाउने त्रासका साथै सम्भावित संक्रमणको जोखिमलाई मध्यनजर उक्त कदम चालिएको हो । प्रजिअ राजेश पौडेलका अनुसार मस्जिद खाली गरिएको भन्ने अर्थलाई गलत ढङगले लिन भने नहुने बताए । पौडेलका अनुसार सुनसरीका विभिन्न मस्जिदमा ५२ जना बस्दै आएका थिए । उनीहरुलाई जिल्लाका विभिन्न स्थानमा रहेका क्वारेन्टाइन स्थलमा सारिएको पौडेलले…
काठमाडौँ, ४ वैशाख । भारतमा कोरोना भाइरसका नयाँ संक्रमितहरु थपिएका बिहीबार जनाइएको छ । गएको २४ घन्टायता यहाँ ९ सय ४१ जना नयाँ संक्रमित थपिएका छन् । बिहीबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोविड १९’ का संक्रमितहरुको संख्या १२ हजार ३८० जना पुगेको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ । भारतमा देखिएका यी संक्रमितहरुमध्ये १ हजार ४८९ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् । मन्त्रालयले दिएको जानकारीअनुसार हाल यहाँ १० हजार ४७७ कोरोनाका संक्रमित विरामी अस्पतालमा उपचाररत रहेका छन् । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार भारतभर गएको २४ घन्टा यता मृत्यु हुनेको संख्या ३७…
द्रोण अधिकारीभद्रपुर, ४ वैशाख । कृषिमै भविश्य बनाउन चाहने श्रमजीवि झापाली पौरखी किसानका उत्पादन बजारमा जान नसकेपछि वर्षभरीको आम्दानीको श्रोत ऋणमा परिणत हुने अवस्था आएको छ । यस वर्ष झापाका कृषकले उत्पादन गरेका अधिकाम्स नगदेवाली लकडाउनका कारण बिक्री गर्न नपाएपछि जीवन गुजाराको आय ऋणमा परिणत हुने चिन्ता थपिएको हो । कृषका लागि सरकारले घोषणा गर्ने भनेको राहत प्याकेज कस्तो हुने हो ? अहिलेसम्म अत्तोपत्तो छैन । तर, कृषकको थाप्लोमा लाखौँ ऋणको भारी बोक्नु पर्ने बाध्यता जीवित छ । आफ्ना घरबारीका कृषि उत्पादन बिक्री गर्न चाहँदा चाहँदै कृषकले अवसर पाएका छैनन् । नाफा कमाउनु पर्ने समयमा कृषकले नोक्सानी व्यहोरिरहेका छन् ।…
बिर्तामोड, ४ बैशाख । बिर्तामोड नगरपालिकाको कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोष नगरपालिका स्तरीय समितिले आज विभिन्न तीन वटा निर्णय गरेको छ । नगरबासीको दैनिक सञ्चालनमा सहजता ल्याउन एवम् अत्यावश्यक वस्तुको अभाव हुन नदिन समितिले खाधान्नका पसल दिनको १२ बजेदेखि ३ बजेसम्म मात्र खोल्न पाइने निर्णय गरेको छ । त्यस्तै, स्थानीय रूपमा उत्पादित घुमन्ते सब्जी पसल, दूध, औषधि पसल नियतित सञ्चालन गर्न पाइने निर्णय गरिएको नगरप्रमुख धुवकुमार शिवाकोटीले जानकारी दिनुभयो । ‘अत्यावश्यक वस्तुको अभाव हुन नदिन र लकडाउनको पूर्ण पालना गर्न÷ गराउन नगरपालिका लागि परेको छ’, उहाँले भन्नुभयो, ‘नगरबासीमा समितिको निर्णय अनुसार कामकारबाही गर्न अनुरोध गर्दछौँ ।’ समितिले वैशाख…
झापा, ४ बैशाख । झापाको हल्दिवारीका एक युवामा कोरोना सङ्क्रमण नभएको पुष्टि भएको छ । यसअघि र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) मा एन्टीबडी पोजेटिभ देखिएको थियो ।र्यापिड टेस्ट अर्थात आरडिटी विधिबाट गरिएको परीक्षणका क्रममा ती युवामा कोरोनाको एन्टीबडी देखिएपछि स्वाव परीक्षणका लागि कोशी अस्पताल विराटनगर पठाइएकोमा त्यहाँ भएको पीसीआर परीक्षणमा नतिजा नेगेटिभ आएको हो । बैदेशिक रोजगारीमा गएका ती युवा एक महिनाअघि दुबईबाट झापा फर्किएका हुन् । उनी होम क्वारेन्टाइनमा थिए । विज्ञहरुका अनुसार आरडिटी टेस्टमा पोजेटिभ देखिए पनि नतिजा नेगेटिभ आउने सम्भावना उत्तिकै हुन्छ । कोरोना सङ्क्रमण भएपछि निको भइसकेको अवस्था भए र्यापिड टेस्टमा पोजेटिभ देखिने तर पीसीआर टेस्टमा नेगेटिभ…
झापा, ४ बैशाख । दैनिक ज्यालादारी, असङ्गठित क्षेत्रका श्रमिक तथा रोजगार गुमेपछि आफ्नो घर पुग्न लामो पैदल यात्रारत नागरिकका लागि बसोबास तथा खानपिनको उचित व्यवस्थापनमा सरकार गम्भीर हुन माग गरेको छ । कोभिड–१९ जोखिम हुन नदिन बन्दाबन्दी (लकडाउन) जारी रहेपछि विशेष गरी ती वर्गका नागरिकलाई धेरै समस्या परेको जनाउँदै पार्टीले सो माग गरेको हो । काँग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले आज एक विज्ञप्तिमार्फत कोरोना भाइरसको जो’खिमलाई बढ्न नदिन लामो समय लकडाउनको घोषणा गरिए पनि उचित व्यवस्थापन गर्न नसकेका कारणले जनता पीडामा रहेका उल्लेख गर्नुभएको छ । उहाँले सरकारले कोभिड–१९को जोखिम न्यूनीकरण, रोकथाम तथा उपचारको व्यवस्थापनका लागि पर्याप्त समय पाउँदा पनि…
झापा, ४ चैत । नेपालको पूर्वी नाकाबाट आयात निर्यात ठप्प भएको छ । कोरोना संक्रमणको जोखिम देखाउँदै भारतको पश्चिम बंगाल सरकारले नेपालसँग जोडिएको नाका बन्द गरेको मेची भन्सार कार्यालयका प्रमुख ध्रुवराज विश्वकर्माले जानकारी दिए । ‘बंगाल सरकारले भारतीय भन्सार कार्यालयलाई पत्राचार गर्दै अनिश्चित कालका लागि कारोबार रोक्न निर्देशन दिएको जानकारी मलाई पारिबाट गराएका छन्,’ भन्सार प्रमुख विश्वकर्माले भने । उनकाअनुसार पश्चिम बंगाल भन्सार विभागका जोइन्ट कमिसनर एसके मोहापात्रले अवस्था सामान्य नभएसम्म भारतबाट वस्तु निर्यात गर्न नसकिने बताएका छन् । नाकामा आएर थन्किएका वस्तुलाई रिरुट गरी अन्य नाकाबाट पठाउन मोहापात्रले भारतीय भन्सारका अधिकारीलाई निर्देशन दिएको विश्वकर्माले बताए । भारततर्फको नाका बन्द…