
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, ४ वैशाख । झापामा कोरोना भाइरसको संक्रमण भए–नभएको परीक्षण गर्न सुरु गरिएको ¥यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) हालसम्म २५० जनाको गरिएको छ । जिल्लाका विभिन्न क्वारेन्टाइन र होम क्वारेन्टाइनमा रहेकाहरुमा कोरोना भए–नभएको पत्ता लगायत गत चैत २८ गतेदेखि आरडीटी शुरु गरिएको थियो । हालसम्म गरिएको परीक्षणमा एक जना कोरोना देखिएको छ । ‘हल्दिबारीका एक जनामा कोरोना देखिएको छ’, जनस्वास्थ्य कार्यालय झापाका महामारी कार्यक्रम संयोजक जीवन चम्लागाईंले भन्नुभयो, ‘आरडीटीमा रिपोर्ट पोजिटिभ देखिएको, स्वाब परीक्षणका लागि पठाएका छौँ, रिपोर्ट नआएसम्म केही भन्न सकिँदैन ।’ -यापिड टेष्टका लागि झापामा ८०० किट प्राप्त भएको छ । जिल्लामा करिब ११०० जनाको टेष्ट गरिने संयोजक चम्लागाईंले…
बिर्तामोड, ४ बैशाख । झापाको हल्दिवारीका एक युवामा कोरोनाको एन्टिबडी देखिएको छ । र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) मा एन्टीबडी पोजेटिभ देखिएको हो । र्यापिड टेस्ट अर्थात आरडिटी विधिबाट गरिएको परीक्षणका क्रममा ती युवामा कोरोनाको एन्टीबडी देखिएको प्रदेशको सामाजिक विकास मनत्रालयले जनाएको छ । । बैदेशिक रोजगारीमा गएका ती युवा एक महिनाअघि दुबईबाट झापा फर्किएका हुन् । उनी होम क्वारेन्टाइनमा थिए । ती युवाको र्यापिड टेस्ट पोजिटिभ देखिएपछि स्वाब परीक्षणका कोशी अञ्चल अस्पताल पठाइएको छ। उनलाई कोरोना भए नभएको विषयमा भने विहीवार साँझसम्म अन्तिम नतिजा आउने छ । विज्ञहरुका अनुसार आरडिटी टेस्टमा पोजेटिभ देखिए पनि नतिजा नेगेटिभ आउने सम्भावना उत्तिकै हुन्छ…
झापा, ४ बैशाख । लहान नगरपालिकाले राहतमा बाँडेको कुहिएर खानै नमिल्ने चामल दलित तथा विपन्नले फिर्ता गरेका छन् । राहत बुझेका वडा नम्बर २० का दलित परिवारले बुधबार चामल वडा कार्यालयमै फिर्ता दिएका छन् । तीन दिनअघि राहतमा पाएको चामल फिर्ता गर्न वडा कार्यालयमा आएकी लहान– २० ब्राह्मण गाउँकी अनिता चौधरीले कोरोनाको संक्रमणभन्दा राहतमा पाएको चामल खाएर मरिन्छ कि भन्ने डर लागेको बताइन् । ‘कुहिएर खानै नसकिने चामल दिएको छ, गन्हाउँछ । कोरोना भाइरस सरेरभन्दा राहतमा पाएको चामल खाएर मरिन्छ भन्ने डर लागेको छ,’ ४१ वर्षीया अनिताले भनिन् । वडा नम्बर २० का ३७ वर्षीया लीलादेवी राम र ४६ वर्षीय भिखन रामले पनि चामल वडा…
बिर्तामोड, ४ वैशाख । झापाको मेचीनगरमा चट्याङ लागेर एउटा गोरुको मृत्यु भएको छ । भद्रपुर–३ मेचीपारिका पल्टन हस्दाको एक वटा गोरु चराउन लैजादै गर्दा बाटोमा हावाहुरीसँगै परेको चट्याङले लागि गोरूको घटना स्थलमानै मृत्यु भएको हो ।
झापा, ४ बैशाख । शैली परिवर्तन नभए वीरगन्ज–पथलैया औद्योगिक करिडोर क्षेत्र कोरोना फैलाउने ‘हट जोन’ का रुपमा दरिने सम्भावना बढेर गएको छ । तीन जिल्लाका श्रमिकको श्रमस्थल रहेको यो कोरिडोर क्षेत्रमा उदोगले श्रमिकका लागि आवश्यक मापदण्ड प्राय अपनाएका छैनन् । एक–दुई वटा औषधि निर्माण कम्पनीले भने दुई गाडीमा आउने श्रमिकलाई तीन वटा गाडीमा ल्याउने व्यवस्था गरेको र उद्योगमा पुगेपछि हातमा सेनिटाइजर लाउन दिनेबाहेक अरु खासै व्यवस्था नगरेको पाइएको छ । आजको राजधानी दैनिकमा खबर छ ।
झापा, ४ बैशाख । बन्दबन्दीमा पनि सर्लाहीमा पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माणको काम चलिरहेको छ । राष्ट्रिय गौरवको योजनाका रूपमा रहेको रेलको लिग तथा पुल निर्माणका लागि काम भइरहेको हो । अहिले सर्लाही र महोत्तरीे जिल्लाको सीमामा पर्ने बाँके खोलामा मजदुर खटिएर धमाधम निर्माणको काम गरिरहेका छन् । उनीहरूले काम गर्दा आपसमा दूरी कायम गरी बाहिरबाट कोही मानिस आउन दिएका छैनन् । निर्माण कम्पनीका प्रतिनिधि तीर्थ श्रेष्ठका अनुसार बाहिरबाट कसैलाई पनि आउन नदिई आवश्यक सम्पूर्ण सामग्री जुटाएर काम धमाधम भइरहेको हो । बाँके खोलामा अहिले सबै ठाउँबाट आउने बाटो बन्द गरी एक दर्जन बढी मजदुर खटिएर काम गरिरहेका श्रेष्ठले जानकारी दिए…
नेपालगञ्ज, ४ बैशाख । बन्दाबन्दी सुरु भएयता नेपालगञ्ज नाका भएर २० दिनको अवधिमा भारतबाट ६४ करोड ६५ लाख ९५ हजार ९७८ रुपियाँको खाद्यान्न, तरकारी, औषधि र फलफूल आयात भएको छ । यो तथ्याङ्क चैत ११ देखि ३० गतेसम्मको २० दिनको रहेकोे नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शान्तिराम निरौलाले बताए । उनका अनुसार सो अवधिमा २९ करोड पाँच लाख ७३ हजार ४६३ रुपियाँ मूल्य बराबरको ४९ लाख ४५ हजार २५ किलो चामल, चार करोड ४४ लाख छ हजार ४४३ रुपियाँको १३ लाख ४४ हजार १८५ किलो मकै तथा एक करोड ८९ लाख १६ हजार ६४३ रुपियाँको दुई लाख १४ हजार…
विराटनगर, ३ वैशाख । प्रदेश नंं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा अब बन्ने योजना माग र आवश्यकताको आधारमा तराई पहाड र हिमालको समुचित विकास हुने गरी बन्ने आधार तयार भएको बताउनु भएको छ । बुधबार प्रदेश नं. १ को आर्थिक मामिला तथा योजना मन्त्रालयले आयोजना गरेको प्रदेश स्तरीय योजना र बजेट तथा कार्यक्रम तर्जुमा दिग्दर्शनको सार्वजनिकिकरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले योजना संकलन, छनोट, कार्यान्वयन र तर्जुमाको वैज्ञानिक आधार बनेको बताउनुभयो । उहाँले यस अघि योजना संकलन, छनौट र तर्जुमा गर्ने आधार नहुदा व्यक्तिगत सम्बन्ध र प्रभावका आधारमा योजनाहरु बन्ने र कार्यन्वयनमा समस्या भएको उल्लेख गर्दै दिग्र्दशनले योजना कार्यान्वयनको…
विराटनगर, ३ वैशाख । प्रदेश १ मा कोरोना परीक्षणको दायरा र संख्या बढेको छ । छरितो विधि (र्यापिड डाइग्नोष्टिक टेस्ट) बाट बुधबारसम्म जम्मा ५ सय ५५ जनाको परीक्षण भएको छ । ल्याबमा गरिने परीक्षण (पीसीआर) र किटबाट गरिने (आरडीटी) विधिबाट बुधबारसम्म जम्मा ८ सय २१ जनाको रिर्पोट नेगेटिभ आएको छ । जम्मा ८ सय ३९ जनाको नमुना संकलन भई परीक्षणमा पठाइएको थियो । पीसीआरतर्फका १८ जनाको रिर्पोट आउन बाँकी छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कोरोना सूचना डेस्कका अनुसार सबैको परीक्षण नतिजा नेगेटिभ छ । अर्थात कसैमा कोरोना रोगको संक्रमण देखिएको छैन । आरडीटी विधिबाट ७६ महिला र ४ सय…
उमेरले आधा शताब्दी नाघिसक्दा पनि नायक राजेश हमाल आफूलाई सधै जवान ठान्छन् । कसैले अहिलेको उमेर सोध्यो भने भन्ने गर्छन्, ‘२५ वर्ष पुगेपछि गन्नै छोडिदिएँ ।’ सार्वजनिक कार्यक्रममा जाँदा टिपटप भएर पुग्ने भएकाले उनको उमेर अनुमान गर्न पनि गाह्रै हुन्छ । तर, हमालको अनुहारमा बुढ्यौलीका चिन्हहरु देखिन थालिसकेका छन् । जस्तो कि उनी आफैंले हालै फेसबुकमा सार्वजनिक गरेको तस्वीरहरुले पनि राजेशको उमेर छिप्पिँदै गएको संकेत गर्छन् । होम क्वारेन्टाइनमा रहँदा खिचेका तस्वीर तथा भिडियोमा राजेशको जुँगा दारी लामा छन् र सेतै फुलेका छन् । बाहिर हिँड्नु नपर्दा दारी खौरिनसमेत अल्छि गरेका हमाल दिन चाहिँ कसरी बिताइरहेका छन् त ? उनी…