झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिर्तामोड, ३ बैशाख । छिमेकी राष्ट्र भारतसँगको सीमामा आवतजावत अनिश्चितकालसम्मलाई बन्द गरेको छ । लकडाउन १२ दिन थप्ने निर्णय गरेसँगै सरकारले सीमामा आवतजावत अनिश्चितकालसम्मलाई बन्द गरेको हो। ‘भारतमा कोरोनाको प्रकोप फैलिइरहेको छ। यसैले भारतमा कोरोनाको प्रकोप साम्य नभइन्जेललाई आवतजावत बन्द गर्ने निर्णय गरिएको छ,’ मन्त्रिपरिषद स्रोतले बतायो। लकडाउनको समयमा नै स‌ंक्रमितहरु भारतबाट नेपाल प्रवेश गरेको खुलासा भएपछि सरकारले सीमामा थप कडाइ गर्ने पनि निर्णय गरेको छ। कञ्चनपुर र रौतहटका संक्रमित युवा लकडाउन घोषणा गरिएपछि पैदलै नेपाल प्रवेश गरेका थिए। अत्यावश्यक सामाग्री र खाद्यवस्तुको आपुर्तिलाई भने रोकिने छैन। संक्रमण बढ्न थालेपछि भारतले पनि मंगलबार नै २१ दिने लकडाउनलगत्तै अर्को १९ दिन…

Read More

काठमाडौं, ३ बैशाख । सरकारी आग्रह अनुसार १ प्रतिशत विन्दुले ब्याजदर घटाउने निर्णय गरेका बैंकहरूलाई भने यो निर्णयले ठूलो रकम नाफा हुने भएको छ । यसबाट २७ वटा वाणिज्य बैंकलाई मात्रै डेढ अर्ब रुपैयाँभन्दा बढी अतिरिक्त नाफा हुने भएको हो । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ – कोरोना भाइरस संक्रमणका कारण शिथिल अर्थतन्त्रलाई टेवा दिन राष्ट्र बैंकले ब्याजदर घटाउने नीति अघि सारेको थियो। नेपाल बैंकर्स संघका अनुसार गत पुस मसान्तमा २७ वाणिज्य बैंकसँग ३० खर्ब ६२ अर्ब रुपैयाँ निक्षेप थियो। त्यसमध्ये झण्डै आधा अर्थात् ४९ प्रतिशत मुद्दति निक्षेप थियो। नेपाली बैंकहरूले औसत ३ महिना अवधिको मुद्दति निक्षेप बढी लिएका…

Read More

विराटनगर, ३ बैशाख । प्रदेश १ मा कोरोना रोग पत्ता लगाउन गरिने छरितो विधि (र्यापिड डाइग्नोष्टिक टेस्ट) को गति बढेसंगै यसको नतिजा आउने संख्या पनि थपिएको छ । दु्रत परीक्षण र पीसीआर विधिबाट प्रदेश १ मा मंगलबारसम्म जम्मा ६ सय ५३ जनाको नमूना परीक्षण भएको छ । यो विधिअन्तर्गत मंगलबारसम्म जम्मा ४ सय २ जनामा कोरोना परीक्षण गरिएको ती सबैको नतिजा नेगेटिभ आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जानकारी दिएको छ । जसमा ५६ महिला र ३ सय ४६ पुरुष छन् । यसैगरी पीसीआर विधिबाट गरिएको परीक्षण भई नतिजा आउनेको संख्या जम्मा २ सय ३९ पुगेको छ…

Read More

काठमाडौं, ३ बैशाख । कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण देखिएका एकै परिवारका सदस्यहरू फागुन ५ गते बेलायत गएका थिए। एक महिनाको बेलायत बसाइपछि उनीहरू चैत्र ५ ९मार्च(१८० गते बिहान कतार एयरको क्युआर ६४४ नम्बरको उडानबाट काठमाडौं आएका हुन्। यो जहाजबाट नेपाल फर्किएका दुई जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि अन्य यात्रुहरूको खोजी सुरु भएको छ। बेलायतबाट फर्किएका मध्ये २ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। अन्य एकजनामा कोरोना भाइरसको संक्रमण नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। उनीहरू एकै परिवारका सदस्य हुन्। र्‍यापिड टेस्ट किटबाट गरिएको परीक्षणमा सोमबार तीनजनामा नै कोरोना भाइरसको संक्रमण देखिएको थियो। त्यसलगत्तै तीनैजनालाई थप परीक्षणका लागि पाटन अस्पताल लगिएको…

Read More

भद्रपुर, ३ बैशाख । झापाको मेची अञ्चल अस्पताल भद्रपुरमा बडी स्यानिटाइजर टनेल प्रयोगमा ल्याइएको छ । अस्पतालमा आउने बिरामी र तिनीका आफन्तलाई कोरोना भाइरसबाट जोगाउन अस्पतालको अकास्मिक कक्ष नजिकैको प्रवेशद्वारमा बडी स्यानिटाइजर टनेल प्रयोगमा ल्याएको हो । मेचीनगरस्थित मेची अभियानका संयोजक विजय डालमियाले आफ्नै पहलमा तयार पारिएको सो बडी स्यानिटाइजर टनेल अस्पतालका मेसु डा। पीताम्बर ठाकुरलाई मङ्गलवार दिउँसो हस्तान्तरण गरेपछि प्रयोगमा ल्याएका हुन् । टनेलमा प्रवेश गर्ने व्यक्तिले गेटमा खुट्टाले स्विच थिचेपछि भित्र पस्नासाथ केमिकलयुक्त स्प्रेले बडी स्यानिटाइज हुने संयोजन डालमियाले जानकारी दिए । ‘टनेलमा प्रवेश गर्ने व्यक्तिलाई नि सङ्क्रमित गर्ने केमिकल स्प्रेमार्फत स्यानिटाइज गरिन्छ, उनले भने, ‘यसको अर्थ कुनै…

Read More

अनिल वाग्लेइलाम, २ वैशाख । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था बिर्तामोड झापाले लक डाउनका कारण खाद्यान्य अभाव झेलिरहेका विपन्न नागरिकलाई दिनेगरि आज इलामको सुर्योदय नगरपालिकालाई ५० हजार रुपैयाँ सहयोग गरेको छ । सो सहकारीको फिक्कल सेवा केन्द्र प्रमुख कल्पना ढुङ्गानाले नगर प्रमुख रणबहादुर राई र उपप्रमुख दुर्गादेवी भट्टराईलाई सो सहयोग रकम हस्तान्तरण गर्नुभयो । पूर्वका ६ जिल्ला कार्य क्षेत्र भएको सो सहकारी संस्थाले कार्य क्षेत्र भरीका ७० बटै स्थानीय तहमा आर्थिक सहयोग गर्ने गरी ५० लाखको राहत प्याकेज घोषणा गरि हस्तान्तरण गरिरहेको छ । कोरोना भाइरसको प्रकोप फैलिन नदिन राज्यले गत चैत ११ गतेदेखि देशव्यापी लकडाउन गरेको छ…

Read More

अनन्तप्रकाश बस्तीमित्र सन्तोष आचार्यको अनलाइनमा “कोरोना प्रकोपमा हाम्रो पत्रकारिता” विषयको लेख पढेँ । पढिसकेपछि साँची यो कोरोना भाइरस संक्रमण पछि अहिले चलिरहेको सामाजिक, साँस्कृतिक आर्थिक, राजनैतिक पद्दतिहरुमा कति परिवर्तन होला कि नहोला ? भन्ने प्रश्नले निकैवेर सोच्न वाध्य बनायो । तर पहिले सोच्नलाई बाटो खोलेको त्यो सन्तोषजीको लेखको विषयलाई एकैचोटी छोडेर आफ्नु कुरा राख्नु हुन्न भन्ने लाग्यो । फेरी प्रतिक्रिया पाउ है भनेर बहाँले नै लेखे पछि कलम चलाउदाँ अन्यथा हुन्न जस्तो लागेर संचार माध्यममा करिब १२ वर्ष पछिको यो कार्य फेरि गर्दै छु । सन्तोषजीको लेखको पृष्ठभागमा कोरोना प्रकोपको उद्विकास र प्रसारको विषय उल्लेख छ । केही फ्लु, महामारी…

Read More

झापा, २ वैशाख । आज बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाइ थप गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको संक्रमण दिन दिनै भेटिन थालेपछि आगामी वैशाख १५ गते सम्मका लागि लकडाउनको अवधि थप गर्ने निर्णय गरेको हो । यस बारेमा आधिकारी जानकारी पत्रकार सम्मेलन गरेर सार्बजनिक गर्ने बताइएको छ । गत चैत ११ गतेबाट थालिएको लकडाउन तेस्रो पटक लम्ब्याउने सरकारले निर्णय गरेको हो । यस अघि थपिएको लकडाउन भोलि बैशाख ३ गते सकिदै छ । सरकारले पुन १२ दिन थपेर बैशाख १५ गते सम्म लकडाउन गर्ने निर्णय गरेको हो । आजै राजधानीमा पनि थप २ कोरोना संक्रमित भेटिएको पुष्टि भैसकेको छ ।…

Read More

झापा, २ बैशाख । र्यापिड डायग्नोष्टिक टेष्टमा कोरोनाभाइरसको संक्रमण देखिएका सनसिटी अपार्टमेन्टका दुई जनामा पीसीआर परीक्षणबाट पनि कोभिड–१९ को संक्रमण रहेको पुष्टि भएको छ । कागेश्वरी मनोहरा नगरपालिका–९ काँडाघारीमा रहेको सनसिटी अपार्टमेन्टमा बस्दै आएका एकै परिवारका तीन जनाको (यापिड डायग्नोष्टिक टेष्ट ९आरडिटी० मा कोरोना भाइरस देखिएका कारण सोमबार पाटन अस्पताल भर्ना गरिएको थियो । त्यहाँ उनीहरुको स्वाबको नमूना लिएर परीक्षणका लागि पठाइएको थियो । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार २ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ भने एक जनाको रिपोर्ट आउन बाँकी रहेको छ । एकजनाको भने परीक्षणमा केही समस्या देखिएपछि पुनः स्वाव लिएर परीक्षण गरिँदैछ । आमा, छोरा र…

Read More

झापा, २ बैशाख । सुनसरी र उदयपुरमा दुई जनाको मृत्यु भएको छ । सुनसरीको दुहवी नगरपालिका–७ मा रहेको नहरमा डुबेर ८ बर्षीय बालकको मृत्यु भएको हो । मोरङ रङगेली नगरपालिका–२ घर भई दुहवीको एबीआइ ईटाभट्टामा काम गर्ने सुरज ऋषिदेबको ८ बर्षीय छोरा करण ऋषिदेब सोमवार बिहान ९ बजेको समयमा आफ्नो आमासँगै नहरमा नुहाउन गएका बालक अचानक पानीमा डुबेर घाईते भएकोमा उपचारको लागी सामुदायिक अस्पताल दुहवी लैजाने क्रममा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ । रूखबाट लडेर १ जनाको मृत्युउदयपुरको बेलका नगरपालिका–२ का ४९ बर्षीय जित बहादुर…

Read More