झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

खोटाङ, २ बैशाख । खोटाङको बाह्रपोखरी गाउँपालिका–१ मा श्रीमतीले खुकुरी प्रहार गर्दा श्रीमानको घटनास्थलमै मृत्यु भएको छ । सोमवार दिउँसो १ बजे ५० बर्षीया मेनुका राईले निजकै श्रीमान ५० बर्षकै छ कुमार राईलाई एक्कासी खुकुरी प्रहार गर्दा निजको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय खोटाङ बजारले जनाएको छ । घटनास्थलमा उक्त कार्यालयबाट प्रहरी टोली खटि गई श्रीमानलाई खुकुरी प्रहार गर्ने मेनुका राईलाई पक्राउ गरेको छ भने मृतकको कानूनी प्रकृया पुरा गरी शव परिक्षणको जिल्ला अस्पताल गाईघाट पठाएको छ साथै अन्य थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।

Read More

रोहित काफ्लेभद्रपुर, २ बैशाख । झापाको सदरमुकाम भद्रपुरस्थित कलबलगुरी क्वारेन्टाइनमा रहेका १७ जनालाई आज घर पठाइएको छ । ८ जनालाई आजै साँझसम्ममा पठाउने तयारी गरिएको छ । भद्रपुर नगरपालिकाको समन्वयमा नेपाली सेनाले व्यवस्थापन गरेको क्वारेन्टाइनमा १४ दिन बिताएपछि गरिएको र्यापिड डायग्नोष्टिक टेस्ट (आरडीटी) किट परीक्षणमा सबैको कोरोना रिपोर्ट नेगेटिभ आएकोले उनीहरुलाई घर पठाइएको भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले बताए । जिल्ला प्रशासन कार्यालय झापाको समन्वयमा वसको व्यवस्था गरी उनीहरुलाई घरमै अरु सात दिन क्वारेन्टाइनमा बस्ने गरी घर पठाइएको नगरप्रमुख श्रेष्ठको भनाइ छ । सरकारे गरेको लकडाउनकै बेला भारतका विभिन्न ठाउँबाट हिँडेर आई पूर्वी कोँकरभिट्टा र पूर्वी दक्षिणी भद्रपुर नाकाबाट नेपाल…

Read More

काठमाडौँ, २ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा लकडाउनलाई आगामी मे ३ तारिख सम्म लम्ब्याउने घोषणा भएको छ । राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले समय मै लकडाउनको निर्णय गर्नाले भारतमा अत्यन्तै न्यून क्षति पुगेको पनि बताए । विश्वभर महामारीको रुप लीईरहेको कोरोनालाई रोकथाम गर्न आफ्नो नागरिकले घर मै बसेर लकडाउनको पालना गरेकोमा सबै प्रति आभारी रहेको पनि बताएका छन । लकडाउनले आर्थिक रुपमा ठुलो नोक्सानी भएको आफुलाई थाहा भएको तर मानव जीवन भन्दा ठुलो धन नभएको पनि उनले बताए । लकडाउनको नियम पालना गर्नु नै कोरोनाबाट बाच्ने एक उपाय रहेको प्रधानमन्त्री मोदीको बुझाई छ ।

Read More

झापा, २ बैशाख । नेपालमा पछिल्ला केही दिनयता कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दर बढेको छ । मुख्यत भारतीय सीमा नाका र विदेशबाट आएकाहरुका कारण जोखिम बढेको हो । कोरोना परीक्षणको दायर बढाइए पनि ‘कन्ट्र्याक्ट ट्रेसिङ’ र ‘ट्र्याकिङ’ प्रभावकारी बन्न सकेको छैन । पछिल्ला तीन दिनको अवधिमा पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण दर बढ्न सक्ने भन्दै सतर्क रहन चिकिन्सकले सुझाएका छन् । आजको राजधानी दैनिकमा खबर छ ।

Read More

रौतहट, २ बैशाख । रौतहटको ईशनाथ नगरपालिकामा कोरोना भाइरस संक्रमण देखिएका युवक भारतको राजधानी दिल्लीबाट फर्केको पाइएको छ। भारतको राजधानी दिल्लीस्थित पहाडगंजको एउटा ब्याग कारखानामा काम गर्ने १९ वर्षिय युवकलाई कोरोना भाइरसको संक्रमण देखिएको हो। संक्रमित युवकसँगै ईशनाथका ३ जना दिल्लीबाट फर्किए। अन्य तीन जनाको रिपोर्ट भने निगेटिभ आएको छ। भारतमा पनि लकडाउनको विस्तार भएसँगै उद्योग बन्द भए पछि चारै जना युवकहरु बिहारी साथीहरुसँगै पैदल निस्केका थिए। चैत १४ मा पैदलै हिँडेका सबैजनाले भारतको बिहारका यात्रुहरुसँगै ट्रकमा आएका थिए। ट्रकले १६ गते बिहान मोतिहारी पुर्‍याएको थियो। मोतिहारीमा बिहान १० बजे झरेपछि चारैजना करिब ४० किलोमिटर पैदलै हिँडेर राति दश बजे…

Read More

काठमाडौं, २ बैशाख । कोरोना भाइरस (कोभिड—१९) को बहाना बनाएर एक घरधनीले गर्भवतीलाई जबरजस्ती कोठा (डेरा)बाट निकालेका छन् । कीर्तिपुर–१० का स्थायी बासिन्दा गणेशमान महर्जनले नौ महिनाकी गर्भवती देवी शर्मालाई आइतबार साँझ अमानवीय व्यवहार गर्दै डेराबाट निकालेका हुन् । बागलुङ जैमिनी नगरपालिकाकी देवीका पति बैकुन्ठ शर्मा जाजरकोटमा अध्यापन गराउँछन्। काठमाडौंमा आउँदाजाँदा बस्नुपर्ने भएकाले शर्माले कीर्तिपुरमा पनि डेरा लिएका थिए । कीर्तिपुर आउनुअघि देवी जाजरकोटमा पतिसँगै बस्थिन् । जाजरकोटबाट आएकाले कोरोना संक्रमण हुन सक्ने भन्दै घरधनी महर्जनले गर्भवती देवीसहित उनका पति र सानो बालकलाई डेराबाट निकालेर ढोकामा ताला लगाएका छन् । आजको नागरिक दैनिकमा खबर छ ।

Read More

झापा, २ बैशाख । प्रदेश नं. १ मा कोरोना भाइरसका शङ्कास्पद विरामीको परीक्षणमा सोमबारसम्ममा ६७० जनाको रिपोर्ट नेगेटिभ देखिएको छ । थ्रोट स्वाब नमूना सङ्कलन गरिएका २३३ जनाको नमूनामध्ये पिसिआर मेशिसनमा परीक्षण गर्दा २१३ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ३५७ जनाको र्यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश नं १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना डेस्कका अनुसार थ्रोट स्वाबअन्तर्गत ३८ महिला सहित २३३ जना नमूना सङ्कलन गरिएकामा २० जनाको रिपोर्ट आउन बाँकी छ ।प्रदेशमा रहेको ४ हजार ४११ वेडको क्वारेन्टाइनमा ४९ महिलासहित ५७२ जना राखिएको छ भने ४४६ वटा आइसोलेशन बेडमा चार महिलासहित १० जना…

Read More

सन्तोष आचार्यभित्तामा क्यालेण्डर फेरिएका छ तर दिनचर्यामा भने कुनै परिवर्तन आएको छैन । गएको ११ गतेदेखि लगातार लकडाउन छ । गृहबन्दी जस्तो अवस्थामै भए पनि सम्बत परिवर्तन भएको अर्थात नयाँ वर्षको प्रारम्भको अवसरमा सम्पूर्ण पाठक तथा प्रिय जनप्रति कोरोना भाइरस विरुद्ध लड्ने सामथ्ग्र्य प्राप्त होस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु । कोरोनाको प्रकोप : गत डिसेम्बर ३१ तारिखका दिन दिउँसो १ बजेर ३८ मिनटमा चिनको औद्योगिक शहर वुहानको मासु बजारमा कोरोना भाइरस पहिलो पटक देखा पर्यो । त्यस पछि ९ जनवरी २०२० मा कोरोना भाइरसको संव्रmमणका कारण ६१ वर्षिय व्यक्तिको पहिलो पटक मृत्यु भयो । यो मृत्युसँगसँगै चिनको वुहानमा हज्जारौको…

Read More

बिर्तामोड, २ बैशाख । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भए÷नभएको पत्ता लगाउन झापामा १२८ जनाको ‘¥यापिड डाइग्नोष्टिक टेष्ट’ (आडीटी) गरिएको छ । क्वारेन्टाइन÷ होमक्वारेन्टाइनमा बसेर १४ दिन पूरा गरेकाहरुमा गरिएको उक्त परीक्षणमा सबैको नतिजा नेगेटिभ आएको स्वास्थ्य कार्यालय झापाका महामारी कार्यक्रम संयोजक जीवन चम्लागाईंले जानकारी दिनुभयो । १०९ जना पुरुष र १९ जना महिलाको आरडीटी गरिएको हो । झापाको कनकाईस्थित दलीत भवनमा रहेका ८ जना, दमकको क्वारेन्टाइन र होमक्वारेन्टाइनमा रहेका १४, भद्रपुरको कलवलगुडीमा रहेको क्वारेन्टाइनमा २७, मेचीनगरको आदर्श मावि इटाभट्टामा रहेका ८, धाइजन स्वास्थ्य चौकीमा ७, काँकरभिट्टामा ५७, झापा गाउँपालिकाको डिल्लीराम माविको रहेका क्वारेन्टाइमा ७ जनाको आरडीटी गरिएको कार्यक्रम संयोजक…

Read More

अनिल वाग्लेबुद्धशान्ति, २ बैशाख । बर्ने चिया कमानका श्रमिकहरुले लकडाउन भएको २१ औं दिनका दिन राहत स्वरुप खाद्यान्य पाएका छन् । बुद्धशान्ति गाउँपालिकाले उनीहरुलाई सोमबार खाद्यान्य उपलब्ध गराएको हो । कमानमा चिया टिप्ने २ सय ९५ परिवारका १ हजार १ सय ९१ जनालाई खाद्यान्य उपलब्ध गराइएको बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेलले बताउनुभयो । कमानमा दैनिक ज्याला मजदुरी गर्ने श्रमिकहरुलाई खाद्यान्य स्वरुप प्रति सदस्य ५ केजी चामल, प्रतिपरिवार २ केजी दाल, एक लिटर तेल, एक केजी नुन र हात धुने सावुन उपलब्ध गराएको उपाध्यक्ष मिरा भूर्तेलले जानकारी दिनुभयो । दैनिक कमानमा चिया टिप्ने श्रमिकहरु लक डाउनका कारण काम नभएपछि दैनिक पेट…

Read More