झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौँ, १ बैशाख । रौतहट जिल्लामा नयाँ कोरोनाभाइरस संक्रमित फेला परेका छन् । जिल्लामा क्वारेन्टाइनमा रहेका एक जना १९ वर्षीय पुरुषमा कोरोनाभाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोनासंक्रमितको कूल संख्या १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज नै कैलालीको लम्की चुहा नगरपालिका–१ मा ६५ वर्षीया एक महिला कोभिड–१९ पोजेटिभ भेटिएकी थिइन् । हालसम्म कैलाली जिल्लामा ४, पर्सा जिल्लामा ३, काठमाडौँमा ३, बाग्लुङमा २ तथा रौतहट र कञ्चनपुरमा १–१ जना कोरोनाभाइरस संक्रमित फेला परेका छन् । यसमध्ये काठमाडौँमा रहेका एक जना संक्रमित निको भएर घर फर्किसकेका छन् ।

Read More

खोटाङ, १ बैशाख । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ का १५ बर्षीय सुबिन राईको दुधकोशी नदीमा डुबेर मृत्यु भएको छ । आईतवार दिउँसो १२ बजेको समयमा सोक्माटार स्थित दुधकोशी नदीमा माछा मार्न गएका राई जाल हान्ने क्रममा सोही जालमा बेरिएर पानीमा डुब्दा मृत्यु भएको बुझीएको र सो सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । रुखबाट लडेर १ जनाको मृत्युउदयपुरको बेलका नगरपालिका–५ का ७२ बर्षीय दल बहादुर राईको रुखबाट लडेर मृत्यु भएको छ । आइतवार बिहान १० बजेको समयमा घर नजिकै जंगलामा घाँस काट्न भनी जामुनको रुखमा चढेका राई अचानक रुखबाट लड्डा घटनास्थलमै मृत्यु भएको बुझीएको र सो…

Read More

झापा, ३० चैत । प्रदेश नं. १ का प्रदेशसभा सदस्य सीता थेबे कोभिड–१९ सङ्क्रमणको जाँचका लागि रेपिड डाइग्नोष्टिक टेष्ट टोली लिएर पाँचथरमा रहेका क्वारेन्टाइनमा पुग्नुभएको छ । गत चैत १ गतेयता विदेशबाट फर्केर क्वारेन्टाइनमा रहेका तथा विगतमा क्वारेन्टाइनमा बसिसकेका व्यक्तिमा कोभिड–१९ सङ्क्रमणको जाँचका लागि स्वास्थ्यकर्मीको टोली लिएर उहाँ यहाँका चार क्वारेन्टाइनमा पुग्नुभएको हो । प्रदेश नं १ सरकारले शनिबार पाँचथरका लागि २०० थान आरडिटी किटसहित स्वास्थ्यकर्मीको टोली पठाएको थियो । कोरोना भाइरस सङ्क्रमणको सन्त्रासले सम्भावितको परीक्षण गर्न डराइरहेका स्वास्थ्यकर्मीलाई हौसला दिन प्रदेशसभा सदस्य थेबे आफैँ क्वारेन्टाइनमा पुग्नुभएको हो । प्रदेशसभा सदस्य थेबे स्वास्थ्यकर्मीको टोली लिएर फिदिम नगरपालिका तथा हिलिहाङ र…

Read More

विराटनगर, १ बैशाख । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नयाँ वर्ष २०७७ कोभिड १९ लाई पराजित गर्दै स्वच्छ, सुखी र समुन्नत प्रदेशको प्रादेशिक लक्ष्य र चाहनालाई तीव्र गतिमा मूर्त रुप दिने वर्षका रुपमा रहने समृद्ध विश्वास व्यक्त गर्नुभएको छ । नयाँ वर्ष २०७७ का अवसरमा सन्देश दिँदै मुख्यमन्त्री राईले हाम्रो सुन्दर जीवन रक्षाका लागि लकडाउनको कुनै विकल्प नभएको स्पष्ट गर्नुभएको छ । आज बिहान ८ बजे दिनुभएको सन्देशमा उहाँले भन्नुभएको छ, ‘भारतमा बढ्न सक्ने सम्भावित सङ्क्रमण र हाम्रो खुला सीमाहरुका कारण हामीले उच्च सर्तकता अपनाउनु पर्नेछ । कुनै पनि नाम वा बहानामा हाम्रो दक्षिणतर्फको नाकाहरुबाट हुन सक्ने आवागमनलाई…

Read More

झापा, ३० चैत । कनकाई नगरपालिका–४ सुरुङ्गाकी ७४ वर्षीय ज्येष्ठ नागरिक रनमाया गजुरेलले आफ्नो बृद्ध भत्ता वापतको रू १० हजार कनकाई नगरपालिकाले स्थापना गर्नुभएको कोरोना विपत कोषमा प्रदान गर्नुभएको छ । रनमाया धनले धनी भने होइनन्, उहाँ मनले धनी हुन् । कनकाईमाई नदीको डिलमा एक्लै बस्दै आउनुभएकी रनमायाले संकटका बेलामा विपन्न परिवारलाई राहत दिन सकियोस् भनेर सहयोग गरेको बताउनुभयो । रनमायाको सहयोगले सबैलाई संकटको सामना गर्न प्रेरणा मिलेको कनकाई नगरपालिका–४ का वडाध्यक्ष पौड्यालले बताउनुभयो । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि लकडाउन घोषणा गरेको छ । आजसम्म १९ दिनको अवधिमा सबैभन्दा धेरै मजदुर वर्ग यसको प्रत्यक्ष मारमा…

Read More

भद्रपुर, १ वैशाख । जनउत्तरदायी स्थानीय सरकार अभियान अन्र्तगत भद्रपुर ९ र १० नम्वर वडा कार्यालयले अतिविपन्न वर्गका लागि पहिलो चरणमा ११ सय घरधुरीलाई खाद्यान्न राहत स्वरूप वितरण गरेको छ । देश कोरोना संक्रमण त्रासका कारण लकडाउनमा रहेको अवस्थामा श्रमजीवि अतिविपन्न परिवारले वडा भित्र खाद्यान्न अभावले भोकै मर्ने अवस्था आउन नदिन नगर सरकारको विपत व्यवस्थापन कोष तथा स्थानीय संघ संस्था र दातासित सहकार्य गरी वडा नम्वर ९ ले ५ सय ५ परिवार र वडा नम्वर १० ले ५ सय ६३ अति विपन्न परिवारलाई दाल, चामल, नुन र तेल सहयोग स्वरूप वितरण गरेका हुन् । दुवै वडा साविकको चन्द्रगढी गाविसका अधिकाम्स…

Read More

बिर्तामोड, ३० चैत । कोरोना भाइरस विरुद्धको अभियानमा राहतका लागि सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था बिर्तामोड–२ चारपानेले झापाका ६ स्थानीय तहलाई रकम प्रदान गरेको छ । कोरोना भाइरसका कारण देश लकडाउनमा रहेको भन्दै विपन्न परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले संस्थाले झापाका पाँच नगरपालिका र एक गाउँपालिकालाई आइतबार चेक प्रदान गरेको हो । सहाराले अर्जुनधारा, शिवसताक्षी, मेचीनगर नगरपालिकालाई जनही एक लाख ११ हजार र बिर्तामोड नगरपालिकालाई एक लाख ७१ हजार र बुद्धशान्ति गाउँपालिकालाई ६१ हजार रुपैयाँ प्रदान गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत महेन्द्र गिरीले बताए । उनले बिराटनगर उपमहानगर पालिकालाई एक लाख ११ हजार र प्रदेश नं. १ का…

Read More

भद्रपुर, ३० चैत । निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) भद्रपुर नगर समितिले अतिविपन्न वर्गका लागि खाद्यान्न राहत स्वरूप ३५ क्वीन्टल चामल भद्रपुर नगर सरकारलाई हस्तान्तरण गरेको छ । देश कोरोना संक्रमण त्रासका कारण लकडाउनमा रहेको अवस्थामा श्रमजीवि अतिविपन्न परिवारले नगर क्षेत्रमा खाद्यान्न अभावले भोकै मर्ने अवस्था आउन नदिन संगठनले सहयोग स्वरूप प्रति वडा ३५० किलोका दरले चामल हस्तान्तरण गरेको हो । १० वटा वडा रहेको भद्रपुर नगरपालिका भित्र तीन स्थानमा छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरी प्याब्सन भद्रपुर नगर अध्यक्ष डिल्ली दुलाल नेतृत्व टोलीले नगर उपप्रमुख चन्द्रमाया श्रेष्ठको उपस्थितिमा चामल हस्तान्तरण गरेको थियो । साविकको पृथ्वीनगर क्षेत्रमा रहेका वडाहरू १,…

Read More

बुद्धशान्ति, ३० चैत । झापाको बुद्धशान्ति गाउँपालिकामा नेकपाबाट विजयी उम्मेद्वारले एक महिनाको सेवा सुविधा वापतको ३ लाख ११ हजार ३ सय रुपैयाँ अतिविपन्न नागरिकलाई खाद्यान्य उपलब्ध गराउने गरी बुद्धशान्ति गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा गर्ने भएका छन् । राज्यले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन नदिन चैत्र ११ गतेदेखि लक डाउन गरेपछि कोहि पनि नागरिक भोकै हुनुनपरोस् भन्दै अतिविपन्न नागरिकका लागि सहयोग गर्ने निर्णय गरिएको नेकपा बुद्धशान्तिका अध्यक्ष टिका पाठकले बताउनु भयो । आज आइतबार विहान बसेको नेकपा बुद्धशान्तिको बैठकले बुद्धशान्तिमा नेकपाबाट विजयी जनप्रतिनिधि २९ जनाकै एक महिनाको सेवा सुविधा गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय भएको…

Read More

बुधबारे, ३० चैत । बुधबारे जेसीजले लक डाउनका कारण खाद्यान्य अभाव झेली रहेका अतिविपन्न नागरिकलाई खाद्यान्य उपलब्ध गराउने गरी बुद्धशान्ति गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषलाई नगद २६ हजार ३ सय र ५७ थान सावुन उपलब्ध गराएको छ । आज आइतबार गाउँपालिकाका परिसरमा गएर बुधबारे जेसीजले रकम र सावुन गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेल, उपाध्यक्ष मीरा भूर्तेल र प्रमुख प्रशासकीय अधिकृत इन्द्र चापागाईलाई हस्तान्तरण गरेको बुधबारे जेसीजका महासचिव दीपेन सिटौलाले जानकारी दिनुभयो । मानवताको सेवा नै जिवनको सर्वोत्तम कार्य हो भन्ने जेसीजको मुल मर्मलाई ख्यालमा राखेर अतिविपन्न नागरिकको घरमा चुल्हो बल्नुपर्छ, खान पाउनु पर्छ भन्ने कुरालाई आत्मसाथ गर्दै जेसीजले केही सहयोग गरेको बुधबारे…

Read More