
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
कोरोना भाइरस विश्वभर फैलिरहेको अवस्थामा अभिनेता अक्षय कुमारले गएको हप्ता प्रधानमन्त्री राहत कोषमा २५ करोड सहयोग गरेका थिए । यसबीच, उनले बीएमसीलाई तीन करोड रुपैयाँ डोनेट गरेका छन् । पीपीइ, मास्क र रेपिड टेस्टिङ किट बनाउनका लागि उनले सहयोग गरेका हुन् । अक्षयले पैसा सहयोग गरेको जानकारी ट्रेड एनालिस्ट तरण आदर्शले सोसल मिडियामार्फत् दिएका छन् । उनले लेखेका छन्, ‘पीएम केयर फन्डमा २५ करोड डोनेट गरेपछि अक्षय कुमारले बीएमसीलाई तीन करोड दिएका छन् ।’ अक्षयले सामाजिक सञ्जालको माध्यमबाट कोरोना भाइरसप्रति जागरुकता पनि फैलाइरहेका छन् । कोरोनाबाट बच्न घरभित्रै विशेष सावधानी अपनाएर बस्न उनको अपिल छ । उनले सोसल मिडियाबाट मुम्बई…
सन्तोष शर्माझापा, २८ चैत । झापामा राहत वितरणमा एकरुपता ल्याउन मापदण्ड बनाउने तयारी थालिएको छ । जिल्लास्तरीय ‘कोरोना भाइरस रोकथाम, उपचार तथा समन्वय अनगुमन समिति’ झापाको बैठकले राहत वितरणमा एकरुपता ल्याउन र लक्षित परिवारसम्म राहत पु¥याउन मापदण्ड बनाउने तयारी थालेको जिल्ला समन्वय समिति झापाका प्रमुख एवम् समितिका संयोजक सोमनाथ पोर्तेलले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकले कोरोना भाइरसको संक्रमण नियन्त्रण, रोकथाम एवम् राहत वितरणका सम्बन्धमा विभिन्न नौ वटा निर्णयसमेत गरेको छ । ‘भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ’, उहाँले भन्नुभयो, ‘झापाको पूर्वी र दक्षिणी सीमा भारतसँग जोडिएकाले उच्च सतर्कता आवश्यक देखिन्छ, सँगै राहत वितरण र राहत सामग्रीमा एक रुपता…
झापा, २९ चैत । कोरोना भाइरसको संक्रमण नियन्त्रण, रोकथाम र उपचारका क्रममा मृत्यु भएमा प्रदेश नं. १ सरकारले ५० लाख रुपैयाँ सेवाको कदर स्वरुप प्रदान गर्ने भएको छ । मुख्यमन्त्री शेरधन राईले कोरोना भाइरसको नियन्त्रण, रोकथाम तथा उपचार कार्यमा संलग्न सरकारी वा गैरसरकारी अस्पतालमा प्रदेश सरकारले खटाएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, स्थानीय तहमा कार्यरत कर्मचारी वा अन्य कुनै पदाधिकारीको त्यसरी खटाएको अवस्थामा कोरोना रोगको कारणबाट मृत्यु भएमा निजको परिवारलाई एकमुष्ट ५० लाख प्रदान गर्ने निर्णयसमेत भएको बताउनुभयो । प्रदेश सरकारले स्थापना गरेको प्रदेश १ जनसुरक्षा कोषमा १२ करोड ८७ लाख ६६ हजार ६ सय ५३ रुपैयाँ जम्मा भएको छ ।…
झापा, २९ चैत । नयाँ वर्ष लागेसँगै निर्धारित भइसक्नुपर्ने विद्युत् महसुलको नयाँ दर निर्धारण प्रक्रिया अन्योलमा परेको छ । बन्दाबन्दी घोषणा गरेका कारण नयाँ महसुल निर्धारणमा प्रक्रिया अन्योलमा परेको हो । विद्युत् नियमन आयोगले यसका लागि आवश्यक प्रक्रिया अघि बढाइरहेका बेला बन्दाबन्दी घोषणाले निर्धा्रित सार्वजनिक सुनुवाइसमेत स्थगित भएको छ । आयोगले यही चैत १४, १५ र १७ गतेका लागि नेपाल विद्युत् प्राधिकरणले पेस गरेको महसुल निर्धारण प्रस्तावमाथि सरोकारवाला राखेर सार्वजनिक सुनुवाइ गर्ने तयारी आयोगको थियो । बन्दाबन्दीको घोषणासँगै महसुल निर्धारणका काम रोकिएका छन्, आयोग अध्यक्ष डिल्लीबहादुर सिंहले भने, यो अवस्था कहिलेसम्म लम्बिन्छ र त्यसको असरसमेत के हुनेभन्ने विषयमा गहन रूपले…
झापा, २९ चैत । राहतका नाउँमा गरिबलाई कुहिएको चामल दिएको भन्दै पश्चिम नवलपरासी रामग्राम नगरपालिकाका गरिब तथा विपन्न परिवारले नगरपालिकाअगाडि खाद्यान्न फालेका छन् । नगरपालिकाले गरिब तथा विपन्नको तथ्याकं संकलन गरी शुक्रबारदेखि वडामार्फत खाद्यान्न वितरण सुरु गरेको हो ।रातहको चामल गन्हाएको भन्दै गरिब तथा विपन्नले आफूले पाएको खाद्यान्न नगरपालिकाको गेटअगाडि लगेर छरिदिएका हुन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
झापा, २९ चैत । पछिल्लो ६ दिनयता कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या स्थिर रहेको पाइएको छ । पछिल्लो दिनमा परीक्षण गर्ने क्रम बढाइँदासमेत कोरोना संक्रमितको संख्या नदेखिनुलाई सकारात्मक रुपमा लिइएको सरकारी अधिकारीहरुले बताएका छन् । गत २४ घण्टामा ६ सय ३० जनाको कोरोना परीक्षण गर्दा कसैमा पनि संक्रमण नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । आजको राजधानी दैनिकमा खबर छ ।
काठमाडौं, २९ चैत । कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढेको अवस्थामा सघन उपचार कक्ष (आईसीयू) मा बिरामीलाई राखेर गरिने उपचारका लागि कति चिकित्सक र नर्स खटाउनुपर्ला ? अनुमान गर्नुहोस् । संक्रमितलाई अस्पतालमा राखेर उपचार गराउनुपर्ने अवस्थामा अहिलेसम्म स्वास्थ्य मन्त्रालयले २८ जना चिकित्सक र ३० जना नर्सलाई मात्र तालिम दिएको छ। अहिले कोरोना भाइरसको संक्रमण दोस्रो चरणमा स्थिर अवस्थामा रहेको छ। यसको रोकथाम र उपचारका लागि खटिएका चिकित्सक एवं स्वास्थ्यकर्मीले आधारभूत सामग्री र उपकरणको अभाव भोगिरहेका बेला संक्रमण बढे परिचालनका जनशक्ति अभाव हुने देखिएको छ। भविष्यमा संक्रमित बढी पाइएको अवस्थामा ती जिल्लामा तालिमप्राप्त चिकित्सक र नर्सलाई लैजाने योजना छ। यो जनशक्ति अपर्याप्त…
बिर्तामोड, २८ चैत । कोरोना भाइरस (कोभिड–१९) विरुद्ध सचेतना अभियानमा पूर्वप्रहरी जुटेका छन् । नेपाल पूर्वप्रहरी संगठन प्रदेश नं. १, नेपाल पूर्वप्रहरी संगठन बिर्तामोड नगर कमिटी र सेभेन स्टार सेक्युरिटी सर्भिस बिर्तामोडको संयुक्त आयोजनामा ‘कोरोना भाइरस सचेतना अभियान’ सञ्चालन गरिएको सेभेन स्टारका बिर्तामोडका शाखा प्रमुख विजय बस्नेतले जानकारी दिनुभयो । ‘कोरोना भाइरसको जोखिम, बच्ने उपाय, लकडानको पालना गरौँ, होम क्वारेन्टाइनमा बसौँ लगायतका अपिल सहित प्रचारप्रसार गरिरहेका छौँ’, बस्नेतले भन्नुभयो, ‘चैत १५ गतेदेखि माइकिङ सुरु गरेका छौँ ।’ जिल्लाका १४ स्थानीय तहमा प्रचारप्रसार गरिसकिएको छ भने अहिले बिर्तामोड नगर क्षेत्रमा माइकिङ गरिरहेको बस्नेता बताउनुहुन्छ । स्थानीय प्रशासनसँगको समन्वय गरेर सुरु गरिएको…
विराटनगर, २८ चैत । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारको अबको जोड कोरोना संक्रमण पत्ता लगाउने परीक्षणमा केन्द्रीत भएको बताउनु भएको छ । ‘‘हामीहरु अहिले कोरोना भाइरस (कोभिड—१९) विरुद्धको लँडाईमा छौं । यो भाइरस रोकथाम, नियन्त्रण र जनताको जीवन रक्षाका लागि देश लकडाउन भएको पनि आज १८ दिन भएको छ,’’ मुख्यमन्त्री राईले शुक्रबार भन्नु भएको छ,‘‘यो भाइरस नियन्त्रणकै लागि अहिले पनि देश लकडाउनको अवस्थामा छ । अहिले हाम्रो प्रदेशबाटै कोरोना परीक्षण भइरहेको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट दिनमा १२ जनाको दरले स्वाब टेस्ट भइरहेको कुरा विदितै छ ।’’ शुक्रबारबाट कोशी अस्पतालबाट कम्तिमा दिनमा ९६ जनाको…
मेचीनगर, २८ चैत । झापा निर्वाचन क्षेत्र नं. १ अन्तरगत प्रदेश सभा सदस्य श्रीप्रसाद मैनालीले आफ्नो क्षेत्रका जनताको अवस्थाको जानकारी तथा राहत वितरण प्रक्रियाको अनुगमन गरेका छन् । बिहीबार र शुक्रबार दुई दिन फरक–फरक समयमा प्रदेश सभा सदस्य मैनालीले आफ्नो क्षेत्रमा पर्ने दुई स्तानीय तहका ११ वटा वडामा पुगेर अवस्थाका बारेमा जानकारी लिएका हुन् । चैत्र ११ गतेबाट सुरु भएको लकडाउनका कारण अतिविपन्न, गरीब तथा असहाय मजदुरहरुलाई खाद्य संकट आउन सक्ने देखिए पछि केन्द्र, प्रदेश र स्थानीय सरकारले राहत वितरणको कार्य गर्न थालेका छन् । यसैक्रममा मेचीनगरले पनि वडाहरुमार्फत पहिलो चरणमा ३ हजार घर परिवारलाई राहत बनाएको थियो । तर,…