झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

सन्तोष शर्माबिर्तामोड, १६ चैत । झापाको बिर्तामोड नगरपालिकाले आजदेखि घर–घर विषादीरहित सागसब्जी पु¥याउन शुरु गरेको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्न सरकारले देशभर लकडाउन घोषणा गरेपछि सागसब्जीको अभाव हुन नदिन नगरपालिकाले ‘मेयर विषादीमुक्त कार्यक्रम’ अन्तरगत कृषकले उत्पादन गरेका सागसब्जी घर–घरमा पु¥याउन शुरु गरेको हो । कृषकको घरमै गएर तरकारी किनेर उपभोक्ताको घर–घरमा प¥याउन शुरु गरिएको नगरपालिकाका कृषि शाखा अधिकृत राजेन्द्र कडरियाले जानकारी दिनुभयो । ‘नगरपालिकाले विषादीरहित उत्पादनका लागि प्रबद्र्धन गरेका कृषकको घर–घरमा गएर तरकारी संकलन गर्न थालेका छौँ’, उहाँले भन्नुभयो, ‘सहज र सस्तो मूल्यमा नगरबासीको घर–घरमा आजदेखि पु¥याउन थालेका हौँ ।’ कृषकसँगको खरीद मूल्यमा रू…

Read More

बाह्रदशी, १६ चैत । झापा बिर्तामोडका दुई युवा व्यवसायी प्रविण र पुरुषोत्तम अग्रवालले ६५ विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेका छन् । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण देश लकडाउनको अवस्थामा रहेका बेला दुई समाजसेवी युवाले बाह्रदशीका ६५ विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेका हुन् । दैनिक ज्यालादारी गरेर गुजारा गर्ने वर्गका मानिसले लक डाउनको पाँच दिनसम्म खाना खान कठिनाई भइरहेको अवस्थामा अग्रवालद्वयले गाउँपालिकाको वडा नम्बर ७ का वडाध्यक्ष मित्र भट्टराईसँगको सहकार्यमा विपन्न समुदायका नागरिकलाई खाद्यन्य बितरण गरेका हुन् । विपन्न समुदायका नागरिककलाई दाल, चामल, नून लगायतका खाद्य सामग्री वितरण गरिएको हो । ‘विपत्तीका बेलामा मानवियताका आधारमा सहयोग गरेका हौँ’, उनीहरु भन्छन्,…

Read More

भद्रपुर, १६ चैत । भद्रपुरको ओमसाई पाथिभरा अस्पतालमा मिर्गौलाका २० जना विरामीले डाइलासिस सेवा लिइरहेका छन् । जेनरल वार्डमा थप ३० जनाको उपचार भइरहेको छ । जसमध्ये चार जना आइसीयूमा भर्ना छन् । डाक्टर र अन्य स्वास्थ्यकर्मीहरु भने प्लास्टिकको सेतो रेनकोटलाई व्यक्तिगत सुरक्षा उपकरण (पीपीई)को रुपमा उपयोग गर्दै विरामीको उपचारमा खटिन बाध्य छन् । अस्पतालका निर्देशक बालकुमार पोखरेल व्यक्तिगत सुरक्षाको भरपर्दो व्यवस्थाको अभावमै डाक्टर र नर्सहरुले कोभिड १९ (कोरोना भाइरस) संक्रमणको जोखिम मोलेर विरामीको सेवा गरिरहेको बताउँछन् । सय बेडको सो अस्पतालमा १० वटा आइसियु र दुईवटा भेन्टिलेटर रहेको छ । ‘बजारबाट सुरुमै १५ वटा सेतो रेनकोट ल्याएका थियौं, त्यसैलाई…

Read More

धरान, १५ चैत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को नमूना परीक्षण आजदेखि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुरु गरिएको छ । आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले धरानबाट पनि आजदेखि नमूना परीक्षण शुरु गरिएको जानकारी दिनुभयो । यसअघि काठमाडौँको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र कोरोना भाइरस परीक्षण गरिन्थ्यो । उहाँका अनुसार चीनबाट सामग्री आएपछि हेटौँडा, नेपालगञ्ज र पोखरामा पनि नमूना परीक्षण गरिने छ । उहाँले आजदेखि कोभिड–१९ का बारे सर्वसाधारणलाई जानकारी दिन थप एक कल सेन्टर विस्तार गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार पहिले १११५ नम्बर र अर्को नयाँ ११३३ नम्बरको कल सेन्टर थप गरिएको छ…

Read More

झापा, १५ चैत । नेपालमा कोरोना भाइरसको पाँचौ संक्रमित भेटिएका छन् । बेल्जियमबाट कतार एयरलाइन्समा नेपाल आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरस पोजेटिभ भेटिएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शनिबार गरिएको परीक्षणमा ती युवतीमा कोरोना पोजेटिभ भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । उनी बेल्जियमबाट कतार हुँदै चैत ४ गते क्यूआर ६५२ नम्बरको फ्लाइटबाट उनी नेपाल आएको देवकोटाले बताए । उनको अवस्था सामान्य रहेको पनि देवकोटाले बताए । ती युवती बागलुङकी हुन् ।

Read More

झापा, १५ चैत । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल सरकार र आमजनताले कोरोना विरुद्धको लडाईंमा देखाएको सावधानीप्रति धन्यवाद दिँदै थप सतर्क हुन आग्रह गर्नुभएको छ । अध्यक्ष दाहालले आज एक भिडियो सन्देश दिँदै विश्वलाई नै चुनौती दिएको यस महामारीबाट हामी छिट्टै मुक्त हुने र मानव जाति तथा राष्ट्रको एकता र उच्च मनोबलले हामी विजयी हुने दृढ विश्वाससमेत व्यक्त गर्नुभएको छ । सरकारले कोरोना नियन्त्रणमा अपनाएको सार्थक प्रयासको विशेष धन्यवाद दिँदै उहाँले भन्नुभएको छ, “विश्व स्वास्थ्य सङ्गठनले समेत नेपाललाई उच्च जोखिममा रहेको देशका रुपमा चित्रण गरेको सन्दर्भमा म नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकार तथा नेकपाका…

Read More

पार्थ मण्डलभद्रपुर, १५ चैत । ज्वरो र रुघाखोकी देखिएपछि मेची अञ्चल अस्पताल भद्रपुरको आइसोलेसन वार्डमा दुईजना भर्ना भएका छन् । भद्रपुर नगरपालिका ३ साबिक महेशपुर बस्‍ने एक परिवारका सबै सदस्यमा ज्वरो र रुघाखोकी बल्झिएपछि दुई जनालाई अस्पतालको आइसोलेसनमा र पाँचजनालाई कलवलगुरी प्रशिक्षण केन्द्रको अस्थायी क्‍वारेन्टाइनमा पठाइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। पीताम्बर ठाकुरले जानकारी दिए। उनीहरूलाई शनिवार बिहान अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको डा। ठाकुरले बताए। कोरोना भाइरस सङ्क्रमणको आशङ्कालाई पुष्टि गर्न दुवैजनाको थ्रोट स्वाब परीक्षण गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाउने अस्पतालले जनाएको छ। यता प्रहरी स्रोतका अनुसार फागुन २९ गते ती परिवारका एक सदस्य कतारबाट घर फर्किएका थिए। कतारबाट फर्किएका…

Read More

उपेन्द्र महतो सञ्चालक रहेको मेडिसिटी हस्पिटल । काठमाडौँ, १५ चैत । थापाथलीमा नर्भिक अस्पताल चलाइरहेका डलर अर्बपति विनोद चौधरी र भैंसेपाटीमा ‘अत्याधुनिक सुविधा’को मेडिसिटी अस्पताल चलाइरहेका गैरआवासीय धनाढ्य उपेन्द्र महतोले सार्वजनिक भाषणमा भन्ने गर्छन्, “नेपालीलाई जीवनदान दिन सक्ने सुविधासहितका अस्पताल चलाएका छौं। हाम्रा अस्पतालमा आएका अन्तिम अवस्थाका बिरामी पनि जीवनदान लिएर फर्कन्छन् ।” देशमै सर्वाधिक महङ्गा मानिने यी अस्पताल सामान्य नागरिकका पहुँचबाहिर छन्। सम्पन्नशालीहरूले मात्रै आट्न सक्ने यी अस्पताल अहिले विश्व नै कोरोना महामारीविरुद्ध जुटिरहेको बेला पनि पैसावाल बिरामीको खोजीमा छन्। नर्भिक अस्पतालका अध्यक्ष बसन्त चौधरीले नेपाल सरकारले खडा गरेको कोरोना भाइरस नियन्त्रण तथा रोकथाम कोषमा अस्पतालको तर्फबाट ५० लाख रूपैयाँ बराबरको…

Read More

विराटनगर, १५ चैत । कोभिड–१९ का आशङ्का गरिएका २५ जनाको स्वाब परीक्षण गर्दा २० वटाको नतिजा नेगेटिभ निस्केको छ । पाँचजनाको नतिजा आउन बाँकी रहेको प्रदेश नं १ का सामाजिक विकास मन्त्रालय प्रवक्ता एवम् जनस्वास्थ्य महाशाखा प्रमुख डा. सुरेश मेहताले जानकारी दिनुभयो । ती स्वाबको परीक्षण गर्न काठमाडाँैस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको थियो । यसरी नमूना पठाइएकामध्ये विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान १६, उदयपुर अस्पताल गाईघाट १, प्रदेश अस्पताल (कोशी) विराटनगर ६ र मेची अस्पताल भद्रपुरबाट २ रहेको थियो । सम्भावित कोरोना भाइरसको जोखिम हुन नदिन बनाइका आइसोलेशन र क्वारेन्टाइमा शुक्रबार साँझसम्म ७१२ जनालाई राखिएको छ । प्रदेश…

Read More

झापा, १५ चैत । विश्वभरि महामारीका रूपमा फैलिँदै गएको कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या अफगानिस्तानमा शनिबारसम्म ११० पुगेको छ । थप १४ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएपछि कोभिड–१९ सङ्क्रमित व्यक्ति ११० पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता वाहिदुल्लाह मयारले शनिबार बताउनु भएको छ । अफगानिस्तानको हेरात प्रान्तमा ११, छिमेकमा रहेको फराह प्रान्तमा १ जना र पूर्वी प्रान्त घाज्नी एक जनामा थप सङ्क्रमण देखिएको मयारले जानकारी दिनु भएको् छ । अफगानिस्तानमा गत फेब्रुअरीबाट कोरोना भाइरसको सङ्क्रमण देखिएको र सो समयदेखि हालसम्म १ हजार भन्दा बढी व्यक्तिलाई कोरोना भाइरस (कोभिड–१९) को परिक्षण गरिएको छ । परिक्षणको क्रममा ११० जनामा कोरोना भाइरस सङ्क्रमण देखा परेको मयारले…

Read More