झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १८ फागुन । सरकारले निजामती सेवाको उच्च, महत्त्वपूर्ण र प्रभावकारी मानिने सचिवको व्यवस्थापन हचुवाको आधारमा गर्दा मन्त्रालय र मातहत निकायले प्रभावकारी परिणाम दिन नसकेको पाइएको छ । हाल रहेका ६० भन्दा बढी सचिवको व्यवस्थापन गर्दा केहीलाई छोडेर धेरै ठाउँमा हचुवाकै नीति अपनाइएको छ । प्रदेशमा वरिष्ठ सचिवलाई पठाउनुपर्नेमा भर्खरै मात्रै बढुवा भएका कनिष्ठहरुलाई पठाउने गरिएको छ । सबै मन्त्रालय र प्रदेश सरकारको प्रशासनिक कमान्ड सचिवले नै सम्हाल्ने गर्छन् । यति महत्त्वपूर्ण भूमिकामा रहने सचिवको व्यवस्थापन गर्दा सरकारले संवेदनशीलता अपनाउनुपर्ने सुझाव प्रशासनविद्को छ । तर, यतिखेर सबै मन्त्रालय र निकायलाई समन्वय गर्ने र ती निकायले जिम्मेवारीअनुसार काम नगरेमा जिम्मेवारीअनुसार काम…

Read More

झापा, १८ फागुन । भारतीय लसुनको आयात हुन थालेपछि बजारमा लसुनको मूल्य आधा घटेको छ । चीनमा देखिएको कोरोना भाइरसका कारण चीन–नेपाल सीमानाका बन्द गरिएपछि व्यापारीहरूले लसुनको अभाव भएको भन्दै मूल्य बढाएका थिए । यसरी बढेको मूल्य अहिले भारतीय लसुनका कारण दिनप्रतिदिन घट्दै गएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्यसूची अनुसार पुस अन्तिम साता चिनियाँ लसुनको थोक मूल्य प्रतिकिलो रू. २२० थियो । तर, आयात बन्द भएपछि व्यापारीहरूले आफूसँग भएको लसुन होलसेलमा प्रतिकिलो रू. ७ सयदेखि ८ सयसम्ममा बेचेको कालीमाटी तरकारी बजारका व्यवसायी रामबहादुर क्षत्रीले बताए । भारतीय लसुनको आयात हुन थालेपछि भने मूल्य घट्दै प्रतिकिलो…

Read More

बिर्तामो‌ड, १७ फागुन । झापाको‌ कनकाईमाई नदीमा गंगा आर‌ती गरि‌ने‌ भएको‌ छ । ग्लो‌वल मल्टिकल्चर‌ल अर्गनाइजे‌शन, ने‌पालको‌ आयो‌जनामा यही फागुन २३ गते‌ गंगा आर‌ती हुने‌ भएको‌ हो‌ । भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउन बहुधार्मिक, बहुभाषिक, बहुसांस्कृति तथा बहुआयामीक रुपमा कनकाईमाई नदीमा गंगा आर‌तीको‌ सुरुवात गर्न लागिएको‌ हो‌ । गंगा आर‌तीसँगै‌ फागुन २४ र‌ २५ गते‌ बिर्तामो‌डमा धार्मिक पर्यटन महो‌त्सव मनाउ लागिएको‌ छ । सो‌ही दिनदे‌खि आर‌तीलाई निर‌न्तर‌ता दिइने‌ जनाइएको‌ छ । शनिबार‌ पत्रकार‌ सम्मे‌लनको‌ आयो‌जना गर‌ी आयो‌जक संस्था ग्लो‌वल मल्टिकल्चर‌लका अध्यक्ष एलपी बुढाथो‌कीले‌ कार्यक्रमबार‌े‌ जानकार‌ी दिएका हुन् । उनले‌ सबै‌ जातजाति, भाषाभाषी, धर्ममानुर‌ागीहरुको‌ सहभागिता गंगा आर‌ती गरि‌ने‌ बताए । ‘यो‌ कुनै‌ एक जात वा धर्मसँग…

Read More

बिर्तामोड, १७ फागुन । नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले नेकपा नेतृत्वको सरकारले पार्टीभित्रको विवाद मिलाउन संविधान संशोधन गर्न खोज्नु गलत भएको बताएका छन् । शनिबार झापाको विर्तामोडमा पार्टीको क्षेत्रीय सम्मेलनमा नेता सिटौलाले सरकारले पार्टीका नेताहरुको चित्त बुझाउन संविधान संशोधन गर्ने प्रयास गरेको भन्दै आपत्ति जनाए । पराजित व्यक्तिलाई संविधानको भावना र व्यवस्था विपरीत राष्ट्रिय सभामा ल्याउन खोज्नु संविधानको दुरुपयोग भएको उनको भनाइ छ । कम्युनिस्ट सरकारले अदालतलाई पनि कम्युनिस्ट अदालत बनाउन खोजेको उनको आरोप छ । दुई तिहाइको दम्भमा सरकारले संवैधानिक निकाय र आयोगहरुलाई रबर स्टाम्प बनाउन खोजेको सिटौलाले आरोप लगाए ।

Read More

बिर्तामोड, १७ फागुन । नेपाल अलैंची व्यवसायी महासंघका निवर्तमान अध्यक्ष निर्मल भट्टराईले नेपाल उद्योग वाणिज्य महासंघको आसन्न महाधिवेशनमा वस्तुगततर्फको केन्द्रीय सदस्य पदमा आफ्नो उम्मेद्वारी घोषणा गरेका छन् । चैतमा महासंघको महाधिवेशन सम्पन्न हुँदैछ । नेपाल अलैंची व्यवसायी महासंघको शुक्रबार सम्पन्न कार्यसमिति बैठकले निवर्तमान अध्यक्ष भट्टराईलाई केन्द्रीय सदस्य पदमा उठाउने निर्णय गरेसँगै शनिबार विर्तामोडमा आयोजित घोषणासभामा भट्टराईले आफ्नो उम्मेद्वारी घोषणा गरेका हुन् । महासंघले नै आयोजना गरेको उम्मेद्वारी घोषणासभामा महासंघका अध्यक्ष राजकुमार कार्कीले नेपाल उद्योग वाणिज्य महासंघको सदस्यता प्राप्त गरेका झापामा क्रियाशील पाँचवटा वस्तुगत संघहरुको सहमति र समर्थनमा आसन्न निर्वाचनका लागि वस्तुगततर्फको केन्द्रीय सदस्य पदमा भट्टराईको उम्मेद्वारी रहने घोषणा गरे ।…

Read More

झापा, १७ फागुन । फेसन अनुसार नवजात शिशुदेखि बालबालिकालाई बजारमा पाइने फेसनेबल लुगा लगाइदिन्छौँ तर त्यो स्वास्थ्यका दृष्टिकोणले कत्तिको फाइदाजनक हुन्छ, त्यो कहिल्यै सोच्नुभएको छ ? आफ्नै नातागोता र छरछिमेकका हजुरआमालाई उहाँले सोध्नुभयो, किन शिशुको भोटोमा भित्री राख्नुपर्छ ? किन तुना हाल्नुपर्छ, टाँक राख्न मिल्दैन ? शिशु सुताउने तकियामा किन तोरीका दाना हाल्नुपर्छ ? भोटोको भित्रीका मुख्य दुई काम रहेछन् गर्मी हुँदा यसले पसिना सोस्छ । बाहिरको खस्रो कपडाबाट बालबालिकाको नरम छाला जोगाउँछ । टिकाउका लागि बाहिरी कपडा भित्रीभन्दा अलिक खस्रो नै चाहिन्छ । टाँक लगाउनु हुँदैन । बालबालिकाले खेल्दाखेल्दै निल्न सक्छन् । तुना भयो भने सजिलै सानोठूलो बनाउन मिल्छ…

Read More

झापा, १७ फागुन । नेकपाको विवाद ‘विन–विन’मा टुंगिने भएको छ । नेताहरू उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने र अर्थमन्त्री डा. युवराज खतिवडालाई पनि निरन्तरता दिने विकल्पमा सहमतिनजिक पुगेका छन् । गत बुधबार नेकपा सचिवालय बैठकले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत गर्ने राष्ट्रिय सभा सदस्यमा उपाध्यक्ष गौतमलाई लैजाने निर्णय गरेको थियो । तर, अर्थमन्त्री खतिवडालाई निरन्तरता दिने योजनामा रहेका पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले पार्टी निर्णय नमान्ने चुनौती दिएपछि विवाद उत्कर्षमा पुगेको थियो । वरिष्ठ नेता माधव नेपाल र महासचिव विष्णु पौडेलले गौतम र डा. खतिवडालाई व्यवस्थापन गर्ने गरी संकट टार्ने मध्यमार्गी उपाय सुझाएका हुन् । त्यसमा प्रधानमन्त्री ओली पनि…

Read More

काठमाडौँ, १७ फागुन । विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ०ले नेपाललाई कोरोना भाइरस ९कोभिड–१९० को अति उच्च जोखिमको सूचीमा राखेको छ । डब्लूएचओको मुख्यालयमा बिहीबार साँझ बसेको साप्ताहिक ब्रिफिङपछि नेपाल कोरोना भाइरसको अति उच्च जोखिमको सूचीमा परेको हो । डब्लूएचओले दक्षिण एसियाको भारत, श्रीलंका, पाकिस्तान र अफगानिस्तानलाई समेत कोरोना भाइरसको अति उच्च जोखिम भएको देशको सूचीमा राखेको छ । यो भन्दा अघि डब्लूएचओले चीनलाई मात्रै अति उच्च जोखिममा राखेको थियो । हालसम्म नेपालमा एक जनालाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठका अनुसार संक्रमणको दृष्टिले उचच जोखिममा रहेको भन्दै विश्व स्वास्थ्य संगठनले नेपाललाई सूचीकृत गरेको हो…

Read More

बनियानी, १६ फागुन । झापाको बिर्तामोडस्थित गरामनी क्याम्पसको भवन शिलान्यास गरिएको छ । आज एक कार्यक्रमबीच महान्यायधिवक्ता अग्नि खरेलले भवनको शिलान्यास गरेका हुन् । भवन शिलान्यास गर्नुहुँदै महान्यायाधिवक्ता खरेलले राज्यले शिक्षा क्षेत्रमा गरेको लगानी परिणाममुखी बनाउन सम्पूर्ण पक्ष लाग्नुपर्ने बताए । उनले नागरिकको शिक्षा र स्वास्थको व्यवस्थापन गर्नु राज्यको प्रमुख दायित्व भएको औँल्याए । भवन निर्माणका लागि सांसद विकास कोषबाट प्रदेश सरकारले रु ५० लाख विनियोजन गरेको क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष तथा प्रदेशसभा सदस्य एकराज कार्कीले जानकारी दिए । ‘आगामी वर्ष थप बजेट विनियोजन गरेर निर्माण कार्य सम्पन्न गर्छौं’, उनले भने । यो वर्ष भवनको पाँच कोठा असार मसान्तसम्ममा बनाइसक्ने…

Read More

चन्द्रकला भण्डारीझापा, १६ फागुन । कनकाई नगरपालिकाले शुरु गरेको सुत्केरी पोषण कार्यक्रम प्रभावकारी भएको छ । यो कार्यक्रम प्रभावकारी भएसँगै जिल्लाका अन्य स्थानीय तहले पनि सुत्केरी पोषण कार्यक्रम शुरु गरेका हुन् । झापाका १५ स्थानीय तहमध्ये सबैभन्दा पहिले कनकाई नगरपालिकाले यो कार्यक्रम शुरु गरेको थियो । विसं २०७४ साउनबाट शुरु गरेको यो कार्यक्रमबाट हालसम्म ४३० सुत्केरीले पोषणअन्तर्गत पाउने सेवा सुविधा लिएको नगरपालिकाका सूचना अधिकारी हरिप्रसाद मिश्रले बताए । यो कार्यक्रमअन्तर्गत नगरपालिकाले स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिलालाई पोषणबापत दुई हजार रुपैयाँ रकम प्रदान गर्ने व्यवस्था गरेको छ । शुरुमा नगरपालिकाले सरकारी स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण, गर्भ जाँच र सुत्केरी हुने…

Read More