
झापा, १० भदौ । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवाका नागरिकको उद्धार जारी रहेको नेपाली सेनाले जनाएको छ। सेनाका अनुसार हालसम्म १२ जनाको उद्धार गरिएको छ।
नेपाली सेनाको हेलिकोप्टरमार्फत स्याफ्रुबेँसीबाट ६, मैलुङबाट २ र धुन्चेबाट ४ जनाको उद्धार गरिएको हो।
उद्धारका लागि नेपाली सेनाका चार र निजी कम्पनीका आठ गरी १२ वटा हेलिकोप्टर परिचालन गरिएको सेनाले जनाएको छ। यसैबीच, नेपाली सेनाको मेडिकल टोलीले त्रिशूलीस्थित नं. १ सैन्य तालिम केन्द्रमा आकस्मिक उपचार सेवा प्रदान गरिरहेको छ।
Facebook Comments Box


