झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ११ चैत । कोरोना त्रासले खल्बलियो एलपी ग्यास वितरण प्रणाली सहज हुन थालेको छ । बजारमा ग्यास अभाव हुन सक्ने भन्दै उपभोक्ताले ग्यास सिलिन्डर मौज्दात राख्न थालेपछि दुई हप्तादेखि बजारमा ग्यास सहज थिएन । मागभन्दा बढी आपूर्ति हुँदा पनि बजारमा अभाव देखिएको थियो तर नेपाल ग्यास उद्योग सङ्घ र नेपाल आयल निगमले उपत्यकाका विभिन्न स्थानमा रिटेल आउटलेट अर्थात् रिटेल काउन्टर सञ्चालन गरेपछि सहज बन्दै गएको हो । आइतबारदेखि रिटेल आउटलेटबाट ग्यास वितरण गरेपछि उपभोक्ताले सहज ग्यास पाएका हुन् । सोमबार अनामनगरमा वितरण गरिएको नेपाल ग्यास सहज वितरण भएको छ । नेपाल ग्यासको सिलिन्डर लिएर आउने सबैले ग्यास पाएका छन्…

Read More

झापा, ११ चैत । भाडावाला सरोकार समाज नेपालले कोरोना भाइरस (कोभिड–१९) को प्रभाव मध्यनजर गर्दै तीन वा चार महिनासम्म घरभाडा मिनाहा गर्न माग गरेको छ । बहालमा बस्ने अहिले ठूलो मर्कामा परेको समाजको निष्कर्ष छ । यो अवस्था आत्मसात गर्दै सरकारले तत्काल यसतर्फ ध्यान दिनुपर्ने र मानवताका हिसाबले केही समय घरबहाल मिनाहा गर्नुपर्ने माग समाजले गरेको हो । आजको राजधानी दैनिकमा खबर छ ।

Read More

काठमाडौं, ११ चैत । अमेरिकामा पछिल्लो समय कोरोना भाइरसबाट २४ घण्टामै १४० जनाले ज्यान गुमाएका छन् । यो सँगै त्यहाँ ज्यान गुमाउनेको कुल संख्या ५ सय ५३ पुगेको छ । अमेरिकाको न्यूयोर्क विश्वमहामारीको अर्को केन्द्र बन्न सक्नेमा विज्ञहरूले चे’तावनी दिइरहेका छन् । न्यूयोर्कमा भेन्टिलेटर लगायत अत्यावश्यक स्वास्थ्य सामग्री अब १० दिनलाई मात्र पुग्ने चेतावनी दिइसकेको छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार सोमबार मात्रै अमेरिकामा १४० को मृत्यु भएको छ भने १० हजार १६८ जना नयाँ सं’क्रमित फेला परेका छन् । अहिलेसम्म अमेरिकामा संक्रमित हुनेको संख्या ४३ हजार ७३४ पुगेको छ । तीमध्ये २९५ जना पूर्ण…

Read More

काठमाडौँ, ११ चैत । काठमाडौँमा कोरोना संक्रमित बिरामी भेटिएपछि सरकारले मंगलबार बिहानदेखि लागू हुने गरि पूरै नेपाल लकडाउन गरेको छ । यद्यपी अत्याआवश्यक सवारी साधान भने चल्न पाउनेछन् । हिजो सोमबार बसेको उच्चस्तरीय समन्वयन समितिको बैठकले ११ गते बिहान ६ बजेदेखि १८ गते बिहान ६ बजेसम्म घरबाट बाहिर निस्कन नपाउने निर्णय (लकडाउन गर्ने) गरेको हो । उक्त नियम ७७ वटै जिल्लामा लागू हुने र उक्त निर्देशनको अवज्ञा गरे संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्ने समितिले जनाएको छ । संक्रामक रोग ऐन २०२० अनुसार कुनै व्यक्तिले रोग फैलिएको अवस्थामा सरकारले जारी गरेको निर्देशनको अवज्ञा गरेमा एक महिनासम्म कैद वा सय…

Read More

काठमाडौं, ११ चैत । कोरोना भाइरसले नेपालमा दोस्रो व्यक्ति पनि संक्रमित भएको समाचार सोमबार सार्वजनिक भएपछि सरकारले मंगलबार बिहानदेखि पुरै नेपाल लकडाउन गरेको छ । यो सँगै आपसमा ‘सामाजिक दुरी’ कायम गर्न र घरमै बस्न पनि सरकारले अनुरोध गरेको छ । यसलाई आमजनसमुदायले गम्भीरतापूर्वक लिनुपर्ने देखिएको छ । जनस्वास्थ्यका विज्ञहरू सरकारी अनुरोधलाई आमजनसमुदायले ग’म्भीर रूपमा नलिएको भन्दै चिन्ता व्यक्त गर्छन् । सरकारले सकेसम्म घरबाट ननिस्कन र सम्भव भएसम्म घरबाटै काम गर्न अनुरोध गरेको छ । सोमबारबाटै चिनियाँ र भारतीय सबै नाकाबाट नेपाल प्रवेश गर्न बन्देज गरिएको छ भने कोभिड–१९ बाट प्रभावित ५० देशबाट हवाई मार्ग हुँदै नेपाल आउन रोक लगाइएको…

Read More

नमीन ढकालइलाम, १० चैत । पर्यटकहरुले सधैं भरिभराउ हुने कन्याम केही दिन यता सुनसान झैं भएको छ । दिनहुँ दुई हजारभन्दा बढी पर्यटक पुग्ने कन्याममा अहिले मुस्किलले १० देखि २० जना मात्र पर्यटक देखिन्छन् । मेची राजमार्ग दायाबाया ठेलामा राखिएको पसलहरु बन्द छन् । देशका अन्य पर्यटकीय गन्तव्यलाई कोरोना भाइरसको त्रासले गाँजे झैं कन्याम पनि अछुतो रहेन । दिनुहँ पाँच हजार रुपैयाँसम्म आम्दानी गर्ने व्यापारीहरु बोहोनीकै पर्खाइमा दिन काट्दै छन् । नगरपालिकालाई ठेला सञ्चालन गरे बापत महिनामा बुझाउनुपर्ने ९००रुपैयाँ पनि संकलन गर्न समस्या हुने उनीहरुको दुखेसो छ । ‘केही दिन यता व्यपार घट्यो। साँझ पर्न लाग्यो बोनीसम्म गर्न पाइएको छैन…

Read More

झापा, १० चैत । नेपाल सरकारले कोरोना भाइरस भित्रिने जोखिम कम गर्न आज बिहान १० बजेदेखि सीमानाका बन्द गर्ने निर्णय गरेपछि पूर्वीनाका काँकडभिट्टामा बिहानैदेखि भारत फर्कने भारतीय नागरिकको भीड छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले आज बिहान ८ बजेसम्ममा ५०० भन्दा बढी भारतीयहरु काँकडभिट्टा नाकामा जाँच गराएर पश्चिम बङ्गालतर्फ गएको जानकारी दिनुभयो । आजै बिहान भारतबाट १०० को हारहारीमा नेपाली यस नाकाबाट नेपाल भित्रिएका छन् । आइतबार भारतमा जनता कफ्र्यु लगाइएका कारण भारत जान नपाएकाहरु आज बिहानैदेखि काँकडभिट्टा आएका हुन् । नेपालका कलकारखानामा मजदुरी गर्न, व्यापार व्यवसाय गर्न र घुमफिरका लागि आएका भारतीय नागरिकहरु नाका…

Read More

काठमाडौँ, १० चैत । फ्रान्सबाट कतार हुँदै आएकी एक जना नेपाली विद्यार्थीमा कोरोना भाइरस देखिएको छ। सोमबार पत्रकार सम्मेलन गर्दै स्वास्थ्य मन्त्री भानुभक्त ढकालले ती बिरामीको अहिले टेकु अस्पतालमा उपचार भइरहेको जानकारी दिए। १९ वर्षीया ती युवतीमा कोरोना भाइरसको संक्रमण आइतबार साँझ पुष्टि भएको मन्त्री ढकालले जानकारी दिए। ‘उनको परिवारलाई क्वारेन्टाइनमा राखेका छौं र उनी सँगै जहाजमा आएका अन्य मानिस कहाँ(कहाँ छन्रु भनेर खोजी गर्दैछौं’, पत्रकार सम्मेलनमा मन्त्री ढकालले भने। नेपालमा कोरोना भाइरसको पुष्टि भएको यो दोस्रो केस हो। महिना दिनअघि चीनको वुहानबाट फर्किएका एक नेपालीलाई पनि कोरोना देखिएको थियो । अहिले उनी उपचारपछि निको भएर घर फर्किएका छन्।

Read More

काठमाडौं, १० चैत । भारतको राजधानी दिल्लीसहित विभिन्न राज्यमा मार्च महिनाको अन्त्यसम्मका लागि लकडाउन गरिएको छ । कोरोनाभाइरस सङ्क्रमण फैलिन नदिन भन्दै राजधानी दिल्लीसहित विभिन्न राज्यमा सोमवार बिहान ६ बजेदेखि लकडाउन सुरु भएको हो । तर दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालका अनुसार उक्त अवधिमा अत्यावश्यक सेवाहरू भने सञ्चालन हुने वीवीसीले आफ्नो समाचारमा उल्लेख गरेको छ । यसअघि आइतवार भारतभरि बिहानदेखि बेलुकासम्म जनता कर्फ्यू लागु गरिएको थियो । आइतवार साँझ भारत सरकारले देशका २२ राज्यका ७५ जिल्लामा मार्च ३१ सम्मको लागि लकडाउन वा अनावश्यक आवतजावतमा प्रतिबन्ध घोषणा गर्‍यो । कोरोनाभाइरस सङ्क्रमण भेटिएका स्थानमा ती प्रतिबन्ध लागु हुनेछन् ।

Read More

काठमाडौं, १० चैत । कोरोना संक्रमण (कोभिड–१९) को सन्त्रास विश्वभर फैलिँदै गएपछि नेताहरुले निवास तथा पार्टी कार्यालयमा हुँदै आएका दैनिक भेटघाट तथा कार्यक्रम बन्द गरेका छन् । कोरोना संक्रमण विश्वभर फैलँदै गएपछि प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित सबै राजनीतिक दलका शीर्ष नेताले दैनिक भेटघाट र कार्यक्रम बन्द गरेका हुन् । ‘प्रधानमन्त्रीज्यूले अति आवश्यक भेटघाट र जरुरी काम तथा निर्देशनलाई निरन्तरता दिइरहनु भएको छ, दैनिक रूपमा हुने अन्य कार्यक्रममा भने सहभागिता जनाउनुभएको छैन,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले राजधानीसँग भने । प्रधानमन्त्री ओलीले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गरेका थिए भने मन्त्रिपरिषद्को बैठकमा…

Read More