ओखलढुङ्गा, १० भदौ । सिद्धिचरण नगरपालिका–४ चार्खुमा विद्युत् चुहावट (सर्ट) भएर आगलागी हुँदा दुई घर जलेर नष्ट भएका छन् ।
मङ्गलबार साँझ कोटमाया कार्कीको घरबाट सुरु भएको आगो फैलिएर ज्ञानकुमारी कार्कीको घरमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, दमकल र स्थानीयवासीको सहयोगमा करिब तीन घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो ।

आगलागीबाट अन्नपात, लत्ताकपडा, नगद तथा सुनजस्ता गहना जलेर करिब २६ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । घटनामा मानवीय तथा चौपाया क्षति भने भएको छैन ।
Facebook Comments Box



