
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, २३ फागुन । झापाको बिर्तामोड–५ स्थित डिज्नी प्ले स्कूलको अभिभावक दिवसमा विद्यार्थीले विभिन्न प्रस्तुती दिएका छन् । आज आयोजित अभिभावक दिवसमा विद्यालयका नर्सरीदेखि ५ कक्षा सम्मका विद्यार्थीले फेसन शो, डान्स, स्पीचलगायतका प्रस्तुती दिएका हुन् । स्कूलकी संस्थापक निर्मलाकुमारी शर्माको अध्यक्षतामा भएको कार्यक्रममा सांसद ओम सरावगीको प्रमुख आतिथ्यमा रहेको थियो । कार्यक्रममा संस्थापक शर्माले सम्पूर्ण अतिथि, अभिभावकलाई शब्दद्वारा स्वागत गर्नुभएको थियो । कार्यक्रममा बाल कलाकार प्रितम आचार्यले प्रस्तुती दिएको स्कूलका प्रिन्सिपल शरद जोशीले बताउनुभयो । कार्यक्रममा रोट्रयाक बिर्तामोड मिड टाउनका चाटर्ड प्रेसिडेन्ट सन्तोष अग्रवाल, रोटरीयन भाष्करण शर्मा लगायतको आतिथ्य रहेको स्कूलकी सह–संस्थापक डिम्पल अग्रवालले जानकारी दिनुभयो । २०६३ सालमा स्थापना…
झापा, २३ फागुन । देशभर शुक्रबारको मौसममा आंशिक देखि सामान्य बदली रहने छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज हावाहुरीरच’ट्याङरअसिनासहित प्रिमनसुनकै ठूलो वर्षा हुने सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार स्थानीय वायुमा पश्चिमी वायुसमेत मिसिएकाले आज अलि ठूलै वर्षा हुने सम्भावना देखिएको छ । साथै हावाहुरी आउने, च’ट्याङ र असिना पर्ने सम्भावना पनि उत्तिकै रहेको उनले बताइन् । ‘यो प्रि(मनसुनका बेला खासगरी स्थानीय वायुको प्रभावले मौसम बदली हुन्छ, तर पश्चिमी वायुसमेत मिसिँदा मौसमी प्रणाली अलि शक्तिशाली हुन्छ, यसकारण आज अलि ठूलै वर्षा हुने सम्भावना देखिएको हो ।’ साथै उच्च पहाडी तथा हिमाली भूभागका…
झापा, २३ फागुन । दक्षिण कोरिया, जापानलगायत कोरोना भाइरस (कोभिड–१९) संक्रमित देशबाट आउने–जाने नेपालीलाई सरकारले कडा निगरानी राखेपछि फर्कन चाहने नेपाली प्रभावित हुने भएका छन् । सरकारले कोरिया, जापान, चीनलगायत केही देशबाट नेपाल आउने नेपालीलाई समेत होम क्वारेन्टाइनमा बस्नुपर्ने नियम बनाएको छ । कोरोना भाइरसको रोकथाप, नियन्त्रण, र सजगता अपनाउन सरकारले यस्ता श्रम गन्तव्यबाट आउने नेपालीलाई थप निगरानीमा राखेको हो । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना प्रभावित देशका विदेशस्थित आफ्ना नियोगलाई पत्राचार गरेर स्वदेश फर्कने नेपालीलाई थप निगरानीमा राखिने जनाएको छ । आजको कारोबार दैनिकमा खबर छ ।
धरान, २३ फागुन । प्रदेश १ लाई साहसिक खेल पर्यटनको रुपमा विकास गर्न प्रदेश सरकारले नीति अघि सारेपछि पहिलो पटक सुनसरीको धरानमा व्यावसायिक साहसिक खेल जिपलाइन शनिबारदेखी सुरु हुने भएको छ । वल्र्ड वाइड ग्रुप नेपाल प्रालिले धरान ४ भेडेटारदेखी देवीथानसम्म ६ सय ५० मिटरको जिपलाइन सञ्चालन सुरु गर्न लागेको हो । केदार बहादुर थापा, विवश भण्डारी, यम राई र डोलिका लिम्बुलगायतको लगानीमा करिब ३ करोडको लागतमा जिपलाइन सञ्चालन हुन लागेको हो । यस अघि नै जिपलाइनको परीक्षण सफल भइसकेको सञ्चालक मध्येका केदार बहादुर थापाले बताउनुभयो । यो समूहको काभ्रेको धुलिखेलमा जिलाइन सञ्चालित छ । ६ सय ५० मिटर दुरीमा…
कनकाई, २३ फागुन । कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा भइरहेको जिल्ला स्तरीय फुटबल प्रतियोगितामा आयोजक टिमले जुनतारा महिला फुटबल क्लब खुदुनाबारीलाई ५—० गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । आयोजकका तर्फबाट लक्ष्मी श्रेष्ठले २ गोल तथा बविता मगर र छत्रिका चौधरीले समान एक एक गोल गर्नुभयो । बाकी एक गोल कनकाईले उपहार गोल पाएको थियो । आजको खेलमा कनकाईकी सिमन राई वुमन अफ दी म्याच हुदै नगद एक हजार रुपैँया पाउनुभयो । कनकाई खेलकुद प्रतिष्ठानले आयोजना गरेको प्रतियोगितामा झापाका ८ महिला टिमको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम र दोस्रो हुने टिमलाई नगद ६० हजार र ३५ हजार रुपैँया पाउनेछन…
बिर्तामोड, २३ फागुन । प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले मुुलुकको आर्थिक समृद्धिमा सहकारी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । झापाको बिर्तामोडमा जिल्ला सहकारी संघको आयोजना र आरएमडीसी लघुवित्त वित्तीय संस्थाको प्राविधिक सहयोगमा बिहीबार आयोजित ‘आरएमडीसी र सहकारी संस्थाहरु’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले सरकारी क्षेत्रले मुलुकको गरिबी निवारण र आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान गरेको बताउनुभयो । ‘सहकारीको माध्यमबाट कृषि, व्यापार, उद्योग लगायतको क्षेत्रमा उल्लेखनीय काम भएका छन्’, उहाँले भन्नुभयो, ‘यसका लागि राज्यको तर्फबाट सहकारी क्षेत्रलाई सम्मान गर्नुपर्छ, सँगै नियमन तथा अनुगमन गरेर व्यवस्थित गर्न जरुरी छ ।’ संविधानतः सहकारीलाई तीन खम्बे…
झापा, २२ फागुन । प्रदेश सरकारले कोरोना संक्रमणको विषयमा सतर्कता अपनाउन र पूर्वतयारी स्वरूप विभिन्न ६ वटा अस्पताल २८ वडा बेड तयार गरिएको जनाएको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेशसभाको बिहीबारको बैठकमा त्यसबारे जानकारी गराएका छन् । सदनमा उठेको विषयमा जवाफ दिँदै कोरोनाको विषयमा अनावश्यक त्रास फैलाउने वा अफवाह फौलाउन नहुने बताए । उनले प्रदेशका विभिन्न ६ वटा अस्पतालमा बेड तयार गरिएको बताए । मन्त्री घिरिमेले भने, ‘‘आइसोलेसन वार्ड तयार गरिएको छ । अझ प्रबन्ध गर्ने सरकारको तयारी छ ।’’ प्रकोप बारम्बार आउने भएकाले नियमन गर्नका लागि प्रदेश सरकारले आपत्कालीन स्वास्थ्य व्यवस्थापन केन्द्र कोसी अस्पताल परिसरमा निर्माण गरिएको…
भद्रपुर, २२ फागुन । बिश्वका ८० भन्दा बढी मुलुकमा संक्रमण देखिइसकेको प्राणघातक कोरोना भाइरस भित्र्न नदिन झापाको चन्द्रगढी विमानस्थलमा आजदेखि कोरोना भाइरस हेल्थ डेस्क स्थापना गरिएको छ । बिभिन्न ठाउँबाट आएका मानिसको आवत–जावत हुने भएकोले कारोना भाइरसविरुद्ध सचेतना अपनाउँदै बिमानस्थलमा हेल्थ डेस्क स्थापना गरिएको हो । भद्रपुर नगरपालिकाको स्वास्थ्य शाखाको व्यवस्थापन तथा जिल्ला प्रशासन कार्यालय र जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा विमानस्थलमा ‘कारोना भाइरस परामर्श तथा प्राथमिक परीक्षण कक्ष’ आजदेखि सञ्चालनमा आएको नागरिक उड्डयन प्राधिकरण भद्रपुरका प्रमुख पूर्णप्रसाद चूडालले जानकारी दिनुभयो । कक्षलाई एक थान इन्फोरेट थर्मामिटर (ज्वरो नाप्ने यन्त्र) प्राप्त भएको छ ।भद्रपुर बिमानस्थल प्रयोग गरी काठमाडौं जाने यात्रुको सो…
झापा, २२ फागुन । झापासहित मोरङ र इलाममा आगलागी हुँदा ७१ लाख ८० हजार रुपैंया बराबरको क्षति भएको छ । झापाको कमल गाउँपालिका–५ मंगलबारे बजारमा रहेको शेरबहादुर लिम्बुको घरमा ग्यास पड्की आगलागी हुँदा घर तथा घर भित्र रहेको लत्ता कपडा ,भाडाबर्तन लगायतका सामानहरु नष्ट हुँदा २० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगो हिजो बेलुका लागेको थियो । उता इलामको फाकफोकथुम गाउँपालिका–६ फुस्रेमा रहेको तिनजुरे बोर्डिङ स्कुलको छात्राबासको दुई तले घरमा बिधुत सर्ट भई आगलागी हुँदा घर पुर्ण रुपमा जलेको साथै घर भित्र रहेको नगद दुई लाख ,५ तोला सुन, ल्याप्टप ४ थान कम्प्युटर २ थान लगायतका सामानहरु…
बिर्तामोड, २२ फागुन । झापा अर्जुनधारा–११ का २३ वर्षीय समिर माझी र २२ वर्षीय सुरज माझी लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका छन । हिजो अपरान्ह पौने ५ बजे भारतिय बजार पानीटंकीबाट काँकडभिट्टा सिमा एरिया तर्फ आईरहेका दुबै जनालाई नियन्त्रणमा लिई चेकजाचँ गर्ने क्रममा उनिहरुको साथबाट ४।५ ग्राम ब्राउनसुगर फेला पारी बरामद गरिएको ईलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ । पक्राउ परेका दुबै जनालाइ ईलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।