
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ३० फागुन । नेपाल प्रहरीमा मौलाएको कमिसनको खेलले गर्दा गुणस्तरहीन लत्ताकपडा खरिद हुँदै आएको छ। ठेकेदार र केही प्रहरी अधिकारीबीच हुने कमिसनको खेलको असर सामानको गुणस्तरमा पर्न गएको हो। यस वर्ष मात्र होइन विगतदेखि नै प्रहरी प्रधान कार्यालयले खरिद गर्ने लत्ताकपडामा ठूलै परिमाणको कमिसनको खेल हुँदै आएको छ। यस वर्ष पनि कमिसनकै कारण गुणस्तरहीन लत्ताकपडा, डिएसएम बुट, पार्क ज्याकेट खरिद गरिएको स्रोतको दाबी छ। ठेकेदार कम्पनीहरुले प्रहरीको प्रबन्ध शाखामा काम गर्ने कर्मचारीलाई मात्रै १० प्रतिशत कमिसन बुझाएर गुणस्तरहीन सामान बुझाउने गरेका छन्। ‘ठेकेदारले भुक्तानीको सुरु रकम जति आउँछ त्यसको १० प्रतिशत कमिसनबापत बुझाउने गरेका छन्। जुन रकम माथिसम्मै पुग्छ’,…
झापा, ३० फागुन । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको त्रास बढेसँगै नेपाल र भारतबीच आउजाउका लागि केही निश्चित सीमा नाका मात्र सञ्चालन गरिने भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बिहीबार बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले व्यवस्थित भन्सारसहितका नाकाबाट मात्र स्वास्थ्य परीक्षण गरी आवागमन गराउन व्यवस्था मिलाउने निर्णय गरेको छ । भारतीय स्वास्थ्य मन्त्रालयले पनि बुधबार सूचना जारी गर्दै ‘सडक मार्ग हुँदै आउने विदेशीको आवागमनलाई पर्याप्त स्वास्थ्य परीक्षण सुविधा भएका अध्यागमन जाँच चौकीसहितका नाकामा सीमित गरिने’ भनेको थियो । अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले कोभिड–१९ को महामारीबाट बच्न भारतसँग जोडिएका खास–खास नाकाबाट…
शिवसताक्षी, ३० फागुन । शिवसताक्षीको दूधेमा भेट्रान कप हुने भएको छ । दूधे खेल मैदानमा आगामी चैत्र १५ गतेदेखि २४ गतेसम्म प्रदेश नं. १ स्तरीय प्रथम कर्णबहादुर स्मृति भेट्रान कप हुने विहीबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । भेट्रान प्रतियोगितमा प्रथम हुने टिमले रु ७५ हजार र द्वितीय हुने टिमले रु ४५ हजारसहित मेडल, शिल्ड र प्रमाण पत्र प्राप्त गर्ने खेल संयोजक सन्तोष थोप्राले बताए । प्रतियोगितामा विराटनगर, इटहरी, धरान, दमक, सुरुङ्गा चन्द्रगढी, विर्तामोड, धाइजन र आयोजकबाट ए र वी गरी जम्मा १० टिम समावेश हुने स्व. कर्ण बहादुर नेम्वाङ्ग छोरा सन्तोष नेम्वाङ्गले जानकारी दिए । खेलाडीले मेन अफ…
मोरङ, ३० फागुन । मोरङ सुनवर्षी–८ हर्चनगढीबाट तीन भारतिय नागरिक हतियार सहित पक्राउ परेका छन । पक्राउ पर्नेमा जिल्ला अररिया धर्मगंज पंचायत पलासी थाना डकैता भारत बस्ने २१ बर्षीय अजय कुमार मण्डल, १८ बर्षीय आन्नद कुमार मण्डल र २१ बर्षीय राकेश कुमार साह रहेका छन । हिजो राती सावाँ ८ बजे हर्चनगढी स्थितमा रहेको एक घरमा मादक पदार्थ सेवन गरी बसिरहेका उनिहरुलाई १ थान कटुवा पेस्तोल, १ राउण्ड गोली र उनीहरुले प्रयोग गरेको १ थान १५० सिसिको अन टेस्ट पल्सर मोटरसाईकल सहित नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
सुनसरी, ३० फागुन । मोरङ सुन्दरहरैचा–७ का ५० वर्षीय योगेन्द्रप्रसाद रिजालको सवारी दुर्घटनाबाट मृत्यु भएको छ । हिजो बिहान साढै ११ बजे सुनसरी भोक्राह नर्सिङ–४ चिरौली चोक स्थित राजमार्गमा पश्चिमबाट पुर्वतर्फ आउदै गरेको प्रदेश १–०२००१ ज ३९०६ नम्बरको माईक्रो र बिपरित दिशाबाट गईरहेको को ३२ प ३९४४ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुदा मोटरसाईकल चालक योगेन्द्र प्रसाद रिजाल गम्भिर घाईते भई बिराटनगर न्युरो अस्पतालमा उपचार भईरहेकोमा उनको उपचारको क्रममा साझँ साढे ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । दुबै साधन र माईक्रो चालक बिराटनगर–१६ का ५२ बर्षीय आयुराज लामा नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको…
बिर्तामोड, २९ फागुन । पूर्वको प्रमुख व्यापारिक केन्द्र बिर्तामोडमा बिएमडब्ल्यु मोटराड र बेनेली मोटरसाइकलको सोरुम सञ्चालनमा आएको छ । गरुड अटो मोबाइल्स प्रालिले बिएमडब्ल्यु मोटराड र बेनेली मोटरसाइकलको बिक्री सुरु गरेको हो । गरुड अटो मोबाइल्सका सञ्चालक प्रज्ज्वल राईका अनुसार दुवै मोटरसाइकलको आधिकारिक सोरुम प्रदेश नम्बर १ मै पहिलो हो । नेपालका लागि बिएमडब्ल्यु मोटराडको आधिकारिक बिक्रेता टर्क मोटर्स् ट्रेडिङ प्रालि र बेनेली मोटरसाइकलको आधिकारिक बिक्रेता केटिएम इन्टरनेसनल प्रालिको आधिकारिक बिक्रेताको रुपमा गरुड अटो मोबाइल्स काँकरभिट्टा रोडको सुगम पेट्रोलको पारिपट्टि रहेको छ । बिहीबार एक कार्यक्रमका बीच गरुड अटो मोबाइलका सञ्चालक प्रज्ज्वल राई, आमा तुलसा सुब्बा राई, झापाका प्रहरी प्रवक्ता…
बिर्तामोड, २९ फागुन । झापाको मेचीनगर नगरपालिकाको दुई भिन्दाभिन्दै स्थानबाट बुधबार प्रहरीले चार जनालाई लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको छ । मेचीनगर–६ स्थित भन्सार गेटबाट र मेचीडाँडाबाट १८ ग्राम ब्राउनसुगरसहित चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । भन्सार गेट छेउबाट लागुऔषध नियन्त्रण ब्युरो काँकारभिट्टाबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले भारतीय बजार पानीट्याङकीबाट नेपालतर्फ आउँदै गरेका अर्जुनधारा नगरपालिका–४ का १७ वर्षीय राजेश खड्का, अर्जुनधारा नगरपालिका–७ का १८ वर्षीय सुनिलकुमार मण्डल र १९ वर्षीय राजेश कालिकोटेलाई २ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो । त्यस्तै, मेचीडाँडाबाट इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले सुनसरी धरान उपमहानगरपालिका–८…
झापा, २९ फागुन । झापाको पूरानो बजार भद्रपुर एकताका पूर्वको नाकाकै रुपमा स्थापित थियो । धान, सनपाट र लकडीको व्यापारले पूर्वमा विराटनगरपछिको दोस्रो ठूलो बजारको रुपमा स्थापित थियो, भद्रपुर । तीन किलोमिटर दुरीमा रहेको भारतको गलगलिया रेल्वे स्टेशनबाट धान, सनपाट र लकडी बंगाल, बिहार, केरला लगायतमा स्थानमा सप्लाई हुन्थ्यो । २००४ देखि २०१८ सम्ममा ठूला–ठूला १४ वटा राइस मिल भद्रपुरमा स्थापना भएका थिए । जिल्लाका पुराना बजारहरु गौरीगञ्ज, शनिश्चरे र धुलाबारीको सबै कारोबार भद्रपुरबाटै हुन्थ्यो । काँकरभिट्टा, बिर्तामोड, सुरुङ्गा, दमक लगायतका बजार गुमनाम थिए । तर, अहिले यी बजारहरु पूर्वका प्रमुख शहरको सूचीमा पदैर् गएका छन् । भद्रपुर इतिहास बन्दै गएको छ । तत्कालीन सरकारले २००८ सालमा पहिलो…
सन्तोष शर्माझापा, २९ फागुन । झापा बिर्तामोड–१० की ४६ वर्षीया दिलु राईले नेपाली हाते कागज बनाउन थालेको तीन दशक बितेको छ । उनले १६ वर्षको उमेरबाटै हाते कागज बनाउन थालेकी हुन् । दिलुसँगै उनका श्रीमान् ४६ वर्षीय कुमार राई पनि कागज बनाउन सिपालु छन् । पाँचथरमा हाते कागज बनाएर जीवन धान्दै आएको राई परिवार चार वर्षअघि मात्र झापा झरेको हो । बसाइँसराइँसँगै उनीहरुले बिर्तामोड–९ स्थित गरामनीमा घर–जग्गा भाडामा लिएर हाते कागज उत्पादन गदैर् आएका थिए । कामप्रतिको लगनशीलता र परिश्रमले अहिले राई परिवार सोही पेशाबाट घर जग्गा जोड्न सफल भएको छ । बिर्तामोड–१० मा तीन कठ्ठा जग्गा खरीद गरेर घर निर्माण गर्नुका साथै कागज उत्पादनका लागि…
झापा, २९ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक महिनामा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर सरकारी जागिर खाने १५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । अनुसन्धानका क्रममा उनीहरुले शैक्षिक प्रमाणपत्र भारतको बिहारबाट बनाएर ल्याएको भेटिएको छ । बिहारको संस्कृत शिक्षा बोर्ड र मिथिला संस्कृत विश्वविद्यालयबाट प्रमाणपत्र ल्याएर सरकारी सेवामा प्रवेश गर्ने अधिकांश शिक्षक, प्रहरी र सार्वजनिक संस्थानका कर्मचारी छन् । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेरै सरकारी सेवा प्रवेशदेखि बढुवासमेत भएको पाइएको छ । त्यस्ता कर्मचारीविरुद्ध अख्तियारले उजुरीका आधारमा अनुसन्धान गरेर मुद्दा दर्ता गरेको हो । आजको राजधानी दैनिकमा खबर छ ।