झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

दोहा, २६ फागुन । खाडी मुलुक कतारले नेपालसहित १४ देशका यात्रुलाई अस्थायी प्रतिबन्ध लगाएको छ । कोरोना भाइरस नियन्त्रण तथा रोकथामकालागि भन्दै नेपालसहित १४ देशका यात्रुमाथि कतारले प्रतिबन्ध लगाएको गल्फ टाइम्सले जनाएको छ । कतार सरकारले आइतबार एक सुचना जारी गर्दै नेपालसहित १४ देशहरु चीन, इजिप्ट, भारत, इरान, इराक, लेबनान, बंगलादेश, नेपाल, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइल्यान्डका नागरिकलाई प्रतिबन्ध लगाएको हो । कोरोना भाइरसको सं’क्रमणबाट सोमबार बिहानसम्म कतारमा ३ जना आप्रवासी कामदारसहित १५ जना सं क्रमित भएका छन् ।

Read More

झापा, २६ फागुन । दक्षिणी झापाको नेपाल–भारत सीमा झापा गाउँपालिका–१ स्थित कुमरखोदमा कोरोना भाइरस (कोभिड–१९) हेल्थ डेक्स स्थापना गरिएको छ । आइतबार एक कार्यक्रमका बीच झापा गाउँपालिकाकी उपाध्यक्ष कुन्तीदेवि बुडाथोकीले हेल्थ डेक्सको उद्घाटन गर्नुभयो । आइतबार नै भारतीय बजार डिगलबैंकमा भारतले कोरोना भाइरसको हेल्थ डेक्स स्थापना गरेको छ । झापा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख लक्ष्मण विश्वकर्माले कोरोना भाइरसको संक्रमण रोक्नका लागि दुवैतर्फ हेल्थ डेक्स स्थापना गरिएको बताउनुभयो । ‘हामीले हेल्थ डेक्स सञ्चालन गरेकै दिन भारततर्फ पनि हेल्थ डेक्स स्थापना गरिएको छ’, उहाँले भन्नुभयो, ‘हामीले हेल्थ डेक्स राखेको जानकारी पाएपछि हेर्न गयौँ र उहाँहरु पनि हाम्रो तिर आएर हेर्नुभयो ।’ कोरोना…

Read More

बिर्तामोड, २५ फागुन । झापाको मेचीनगरबाट प्रहरीले आज १० वटा गोरु बरामद गरेको छ । आज दिउँसो मेचीनगर–४ आमडाँगीबाट इलाका प्रहरी कार्यालय काँकडभिट्टा र जिप्रका झापाबाट खटिएको प्रहरी टोलीले अवैध रुपमा नेपालबाट भारततर्फ जाँदै गरेको गोरु १० वटा फेला पारेको हो । उक्त गोरु इप्रका काकरभिट्टामा राखिएको छ ।

Read More

झापा, २५ फागुन । मोरङको लेटाङ फुटबल क्लब यहाँ जारी १ नम्बर प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता सुखानी सहिद स्मृति गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । म्याङलुङ नगर खेलकुद विकास समिति तेह्रथुमलाई ३–१ गोलअन्तरमा पराजित गर्दै लेटाङले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । खेलको २६औँ मिनेटमा लेटाङकी एमा राईले गोल गर्दै खाता खोलेकी थिइन् । त्यस्तै, टिमका लागि सपना मगरले खेलको ३५औँ मिनेटमा दोस्रो गोल गरेर तेह्रथुमविरुद्ध २–० गोलको अग्रता दिलाइन् । प्रतिस्पर्धात्मक खेलमा तेह्रथुमले दोस्रो हाफमा लय समाए पनि पनि जीत सम्भव भएन । तर, खेलको ४७औँ मिनेटमा कप्तान एनिन लिम्बूले गोल गरेर खेलमा फर्किने प्रयास गरिन् । उनले…

Read More

काठमाडौं, २५ फागुन । महामारीका रुपमा विश्वभर फैलिएको कोरोना भाइरसविरुद्ध सचेतना फैलाउने उद्देश्यले लोक तथा दोहोरी गायक पशुपति शर्माले ‘कोरोना भाइरस’ बोलको लोकगीत सार्वजनिक गरेका छन् । गीतमा शब्द र संगीत गायक शर्माकै रहको छ भने कुमार राना मगरको मिक्सिङ छ । गीतको भिडियो र अडियोलाई गुड लक नेपालले बजारमा ल्याएको छ । गीतको भिडियोमा पनि पशुपति शर्माले नै अभिनय गरेका छन् । यो भिडियोलाई दुर्गा पौडेलले खिचेका हुन् भने सम्पादन नविन घर्ती मगरले गरेका हुन् ।

Read More

काठमाडौँ, २५ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच एकताको घोषणा भएको छ । लामो छलफल र संवादपछि ती दुई पार्टीबीच एकता गर्ने सहमति भएको हो । एकीकरणसम्बन्धी आधारपत्रमा पशुपतिशम्शेर जबरा, डा प्रकाशचन्द्र लोहनी र कमल थापाले शनिबार राति हस्ताक्षर गरेर घोषणासभा यही फागुन २८ गते आयोजना गर्ने जनाएका छन् । सहमतिअनुसार एकीकृत पार्टीमा राप्रपा (संयुक्त) का दुई जना अध्यक्ष, राणा तथा लोहनी र राप्रपाका थापा अध्यक्ष रहनेछन् । केन्द्रीय समितिमा मनोनयन, सचिवालय निर्माण, जिम्मेवारी बाडफाँटलगायत दैनिक कार्यसञ्चालन तीन अध्यक्षको सहमतिमा गरिनेछ । संविधानमा रहेका असहमतिलाई कायम राख्दै एकीकृत राप्रपाले राजसंस्थासहितको प्रजातन्त्र र सनातन हिन्दू राष्ट्र अङ्गीकार…

Read More

विराटनगर, २५ फागुन । मोरङको बाहुनीमा आइटिएफ तेक्वान्दो डोजाङ बेलबारीद्वारा¬ प्रदेश नं १ स्तरीय प्रथम बेलबारी मेयर कप तेक्वान्दो प्रतियोगिता आज सम्पन्न भएको छ । आइटिएफ तेक्वान्दोले गत महिना मोरङको दुर्गम ग्रामीण क्षेत्र मिक्लाजुङ गाउँपालिकामा प्रदेशस्तरीय जिल्ला खेलकूद प्रतियोगिताको आयोजना सम्पन्न गरेको थियो भने आगामी चैत महिनामा भोजपुर जिल्लामा खेलकूद आयोजना गरिने आइटिएफका उपाध्यक्ष प्रवीणकुमार कार्कीले बताउनुभयो । प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वासले विजयी खेलाडीलाई पुरस्कार वितरण गर्दै खेलका माध्यमबाट राष्ट्रको नाम विश्वमा चिनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले प्रदेश सरकार खेलकूद पूर्वाधारमा लगानी गर्ने प्रतिबद्धताका साथ खेलाडीलाई विशेष प्रोत्साहन दिने कार्य गरिरहेको जानकारी…

Read More

झापा, २४ फागुन । दक्षिण कोरियाले नेपाली कामदारको कोटा घटाएको छ। आगामी वर्ष दक्षिण कोरियाले ५ हजार ७ सय जना मात्रै कामदार लैजाने भएको हो। एचआरडी कोरियाका प्रतिनिधि र वैदेशिक रोजगार विभागबीच शुक्रबार भएको छलफलमा दक्षिण कोरियाले श्रमिकको कोटा घटाएको जानकारी गराएको हो। आगामी वर्ष कृषि क्षेत्रमा कामदार नलैजाने पनि कोरियाले जानकारी गराएको छ। तर यसअघि नै भाषा परीक्षा उत्तीर्ण गरेर रोष्टरमा रहेका श्रमिकहरु भने जान पाउनेछन्। गत वर्ष नेपाली श्रमिकका लागि १० हजार ५० जनाको कोटा तोकिएको थियो। त्यसमध्ये कृषि क्षेत्रमा ३ हजार र औद्योगिक क्षेत्रमा ७ हजार ५० जनाको कोटा तोकिएको थियो। दक्षिण कोरियाले सन् २००८ बाट ईपीएस…

Read More

मोरङ, २४ फागुन । मोरङ बुढिगंगा-२ बस्ने अन्जन चौधरीको अढाई बर्षकी छोरी भावना चौधरीको डुबेर मृत्यु भएको छ । आज बिहान साढे ९ बजे मोरङ सुनसरी सिचाई योजना नहर नजिकै खेल्ने क्रममा एक्कासी लडेर नहरमा डुबेर घाईते भएकी भावनालाई आफन्तले उपचारार्थ बिराट मेडिकल कलेज लगेकोमा उनको उपचारको क्रममा १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Read More

धनकुटा, २४ फागुन । ताप्लेजुङ मौवाखोला-४ का २० बर्षीय सविन शेर्पाको धनकुटामा मृत्यु भएको छ । लोकसेवा परिक्षाको लागि हिजो धनकुटा-७ स्थितमा रहेको एक होटलमा आई बसेका शेर्पा आज बिहान साढे ८ बजे उठेर पेन्ट लगाउने क्रममा अचानक ढली बेहोस भएकोमा साथीहरुले उपचारार्थ जिल्ला अस्पताल धनकुटामा ल्याई उपचार गराई रहेकोमा उपचारकै क्रममा उनको बिहान साढे १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

Read More