झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २४ फागुन । कोरोना भाइरस (कोभिड–¬१९) को रोकथाम तथा नियन्त्रणका लागि सरकारले सीमा क्षेत्रमा कडाइ गर्न थालेको छ । कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन देशको सीमा नाकामार्फत हुने आवतजावतमा सुरक्षाकर्मीले थप निगरानी बढाउने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ । कोरोना भाइरसको प्रभाव न्यूनीकरण, पूर्वतयारी तथा सहजीकरण समिति अध्यक्ष गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा आज बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठकले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वयमा हुने स्वास्थ्य परीक्षणमा सहयोग गर्ने, जनमानसमा कोरोना भाइरससम्बन्धी जनचेतना बढाउन सूचना सम्प्रेषण गर्ने तथा सरकारबाट गठित उच्चस्तरीय समन्वय समितिलाई आवश्यक सहयोग गर्ने निर्णयसमेत गरेको छ । बैठकले दैनिक रूपमा आवश्यक पर्ने अत्यावश्यक…

Read More

झापा, २४ फागुन । नेपाल ट्रस्टको नाममा रहेको काठमाडौं छाउनीस्थित १५ रोपनी जग्गा छाड्न पूर्वअधिराजकुमारी प्रेरणाराज्यलक्ष्मी शाह अन्ततः तयार भएकी छिन् । हकदाबी गर्ने कानुनी बाटो बन्द भएपछि उनी सरकारी संरचनासहितको जग्गा छाड्न तयार भएकी हुन् । तर, उनले यसका लागि सरकारसँग थप समय मागेकी छिन् । गत ४ माघमा ट्रस्ट कार्यालयले घरजग्गा खाली गर्न ३५ दिने सूचना निकालेको थियो । म्याद गुज्रिएपछि घरजग्गा खाली गर्न थप समय माग गर्दै प्रेरणाले ट्रस्ट कार्यालयमा निवेदन दिएकी छिन् । तर, ट्रस्ट सञ्चालक समितिको बैठक बस्न नसक्दा सो सम्बन्धमा निर्णय हुन नसकेको कार्यालयका सहसचिव राजेश्वर ज्ञवालीले बताए । आगामी बैठकमा म्याद थपसम्बन्धी प्रेरणाको…

Read More

झापा, २४ फागुन । कोरोना भाइरस प्रकोपको बहानामा व्यवसायीले कृत्रिम अभाव सिर्जना गर्दै दैनिक उपभोग्य वस्तुको भाउ बढाउन थालेपछि सरकाले नियन्त्रण प्रयास थालेको जनाएको छ । दैनिक उपभोग्य वस्तुको बजारभाउ नियन्त्रणका लागि आक्रामक रूपमा प्रस्तुत भएको सरकारले अब एउटा परिवारका लागि बढीमा दुईवटा बढी ग्याँस सिलिन्डर घरमा राख्नसमेत नदिने भएको छ । जसका लागि दुईभन्दा बढी सिलिन्डर लिनेहरूको रेकर्ड राख्न थालिएको छ । शुक्रबारदेखि हरेक ग्याँस विक्रेता र डिलरमा पुगेर दुईभन्दा बढी सिलिन्डर लिने उपभोक्ताहरूको रेकर्ड राख्न थालिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । कोरोना भाइरस प्रभावकै कारण पछि नपाइने हल्लासँगै अहिले राजधानीलगायत मुलुकभरका विभिन्न सहरमा खाना पकाउने…

Read More

झापा, २४ फागुन । आईसीयूको बेडबाट उठेर बस्न तथा हिँडडुल गर्न थालेका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बिहान चिकित्सकसँग केही ठट्टासमेत गर्न भ्याए । स्वास्थ्यमा समस्या रहे पनि ओलीले विगतदेखि नै चिकित्सकसँग ठट्टा गर्दै आफू रोगसँग सहज किसिमले सामना गर्न सक्षम रहने बताउँदै आएका छन् । बेडबाट उठेर यताउता हिँड्न थालेपछि प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य परीक्षण गर्न आएका चिकित्सकसँग अब आफ्नो आयु १५ वर्ष थपिएको भन्दै ठट्टा गरे । उपचारमा संलग्न एक चिकित्सकले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सोचेभन्दा बढी सुधार हुँदै गएको बताए । उनले आफूलाई अझै १५–२० वर्ष केही नहुने भनेपछि चिकित्सकहरू मुस्कुराएका थिए । प्रधानमन्त्री ओलीले चिकित्सकसँग ठट्टाका क्रममा…

Read More

झापा, २४ फागुन । चीनबाट सुरु भएको कोरोना भाइरस ९कोभिड–१९० विश्वका करिब ८० मुलुकमा पुगेर त्रासदी फैलिएपछि वैदेशिक रोजगारीमा जाने नेपाली युवाको संख्या ७५ प्रतिशतले घटेको छ। नेपालमा वैदेशिक रोजगारी सुरु भएयता ७५ प्रतिशतको गिरावट आएको यो पहिलोपटक हो। २०७२ मा नेपालमा आएको भूकम्प वा विदेशमा भएका अन्य कुनै पनि घटनाले यति धेरै असर पारेको थिएन। वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले कोरोना भाइरसको त्रास बढ्दै गर्दा विदेशको रोजगारीमा जानेको संख्या ७५ प्रतिशतले घटेको बताए। ‘यतिखेर भिसा आइसकेका र नगए भिसा रद्द हुनेबाहेक अरु सबैले वैदेशिक रोजगारी स्थगित गरेको देखिन्छ,’ दाहालले शुक्रबार भने, ‘कोरोना त्रासले रोजगारीभन्दा जीवन ठूलो ठानेर हुन…

Read More

झापा, २३ फागुन । नेपाली काँग्रेसले तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका साङ्गठनिक संरचना समायोजन गर्नका लागि गरिएको सहमतिअनुसार लोकतान्त्रिक फोरमका ११ सदस्यलाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा समायोजन गरेको छ । काँग्रेस केन्द्रीय कार्यसमितिको यसअघिको निर्णयअनुसार पार्टी सभापति शेरबहादुर देउवाले उक्त मनोनयन गर्नुभएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । पार्टीको केन्द्रीय सदस्यमा मनोनयन हुनेमा रामजनम चौधरी (कैलाली), नसिर सिद्धिकी (सिराहा), भारतेन्दुकुमार मल्लिक (झापा), हेमराज तातेड (सप्तरी), गोपाल दहित (बर्दिया), मङ्गलप्रसाद थारु (बर्दिया), योगेन्द्र चौधरी (दाङ), हरिप्रसाद न्यौपाने (मोरङ), सुमित्रा थरुनी (सुनसरी), कल्पना चौधरी (सुनसरी) र पवनकुमार सारडा (मोरङ), रहनुभएको छ । तत्कालीन लोकतान्त्रिक फोरमलगायत अन्य राजनीतिक दलको साङ्गठनिक संरचना समायोजनका…

Read More

झापा, २३ फागुन । तनावपूर्ण खेलबाट कनकाई नगर खेलकुद विकास समिति झापा १ नम्बर प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता सुखानी सहिद स्मृति गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पाहुना टोली चौदण्डी नगरपालिका उदयपुरलाई २–१ गोलअन्तरमा पराजित गर्दै कनकाईले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । अर्जुनधारा ९ स्थित नमूना खेलमैदानमा आयोजित पहिलो क्वाटरफाइनलको दोस्रो हाफ तनावग्रस्त बन्यो । पहिलो हाफमा १ गोलले पछि परेको स्थितिलाई उल्टाउँदै कनकाईले बाजी मारेको हो । पहिलो हाफको अग्रतालाई जोगाउन नसक्दा चौदण्डी पहिलो खेलबाटै बाहिरियो । पहिलो हाफको ३१औँ मिनेटमा चौदण्डीकी चोमोलुङ्मा राईले गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन् । तर, दोस्रो हाफको १४औँ मिनेटमा कनकाईकी…

Read More

झापा, २३ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले व्यापार व्यवसायमा सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग रु ५० हजार घुस लिएको अभियोगमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा बलका रूपमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक खगेन्द्र चापागाईंवि’रुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । झापाको टाङ्घनडुब्बा चौकीमा कार्यरत चापागाईंमाथि सामान ल्याउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको अभियोग लागेको छ । यस्तै बिल फरफारक गरिदिने प्रयोजनका लागि भोजपुर जिल्ला आमचोक गाउँपालिकामा कार्यरत असिस्टेन्ट सवइञ्जिनीयर विष्णुकुमार राईले रु पाँच हजार घुस लिएको अभियोगमा आजै आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । हुखोला खानेपानी योजनाको बिल मिलाइदिने प्रयोजनका लागि राईले घुस मागेको आयोगले…

Read More

बिर्तामोड, २३ फागुन । झापाको बिर्तामोड नगरपालिकाका सबै अस्पतालमा कोरोना भाइरस (कोभिड–१९) बाट बच्न हेल्थ डेक्स स्थापना गरिने भएको छ । नगरपालिकाले शुक्रबार यहाँका सबै अस्पतालहरुसँग छलफल गरी डेक्स स्थापना गर्ने निर्णय गरेको नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले जानकारी दिए । ‘नगर क्षेत्रमा कोरोना भाइरसको संक्रमण हुन नदिन पूर्व सचेतना अपनाउन लागेका हौँ’, उनले भने, ‘यसका लागि सरोकारवाला सबै संघसंस्था एकजुट हुन आवश्यक छ ।’ बिर्तामोड पूर्वको मुख्य व्यापारिक केन्द्र भएकाले उच्च आवागमन हुने हुँदा सतर्कता अपनाउन यस्तो नीति लिइएको नगरप्रमुख शिवकोटीले बताए । छलफलपछि केही अस्पतालले शुक्रबारदेखि केहीले र केहीले शनिबारदेखि हेल्थ डेक्स सञ्चालन गर्ने भएका छन् । त्यस्तै, आँखाको उपचारका…

Read More

अर्जुनधारा, २३ फागुन । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ११ स्थित सालबारीमा पाँच जना सुत्केरी महिलालाई आवश्यक सामाग्री हस्तान्तरण गरिएको छ । आज एक कार्यक्रमका बीच आमा शिशु कार्यक्रम अन्तरगर्तको सामाग्री हस्तान्तरण गरिएको हो । नगरपालिकाकी उप–प्रमुख कमला खतिवडा आर्चाय र नगरको स्वास्थ्य टिमले सुत्केरी महिलालाई परामर्श सहित झुल, नेपकिन, डाइपर, बोतल, ब्ल्याङ्केट थर्मोमिटर लगायतका सामाग्री हस्तान्तरण गरेको छ । बच्चा जन्मेको साताभित्र वडा कार्यालयको स्वास्थ्य शाखामा जानकारी गराइएपछि सुत्केरीकालागि आवश्यक सामाग्री प्रदान गरिने वडा कार्यालयले जनाएको छ ।

Read More