
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
इलाम, १३ चैत । इलामको रोङ गाउँपालिका–१ की ५० बर्षीया टिकामाया राईले खुर्पाले आफ्नै घाँटीमा प्रहार गरी आत्महत्या गरेकी छन् । रोङ गाउँपालिका–४ घर भई चैत्र ११ गते आफ्नो दाजुको घरमा आएकी राईले बुधवार दिउँसो करिव १ बजेको समयमा खुर्पाले आफ्नै घाँटीमा प्रहार गरी आत्महत्या गरेको जनाईएको छ । घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागी मेची अस्पताल भद्रपुर पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
महोत्तरी, १३ चैत । कोरोना सङ्क्रमण रोक्न महोत्तरीमा धमाधम क्वारेन्टाइन बनाइँदैछन् । जिल्लामा भारत र अन्य मुलुकबाट घर फर्कनेहरु थपिदै जाँदा उनीहरुलाई सुरक्षित राख्न क्वारेन्टाइन बनाउन थालिएको हो । जिल्लाका जलेश्वर, बर्दिवास र पिपरामा गरी ५९ श्ययाको क्वारेन्टाइन तयार भएको छ । यसैगरी जिल्लाका सबै ९१५वटै० स्थानीय तहमा क्वारेन्टाइन निर्माण गर्न आवश्यक समन्वय भइरहेको जिल्लाका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिनुभयो । यसैबीच क्वारेन्टाइन बनाउन ठाउँको खोजी भइरहेका बेला राजपा नेपालकी नेतृ तथा प्रतिनिधिसभा सदस्य निर्जला राउतले बर्दिवास–१४ स्थित आपूmले सञ्चालन गर्दै आएको होटल पावन मिथिलाको भवन उपलब्ध गराइने बताउनुभएको छ । यसैगरी बर्दिवास–१४ स्थित होटल शुभसन्ध्या पनि आवश्यकताअनुसार…
खोटाङ, १३ चैत । विश्वभर फैलिएको कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण तथा उपचार कोषका लागि खोटाङमा कर्मचारीदेखि सांसदसम्मले सहयोग घोषणा शुरु गरेका छन् । उनीहरुले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर कोरोनाको कारण सङ्कटको सामना गरिरहेको नेपाल सरकारको सहयोगार्थ राज्यबाट आफूले पाउने पारिश्रमिक प्रदान गर्ने घोषणा गरेका हुन् । प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले एक महिनाको पारिश्रमिक ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोष’मा जम्मा गर्ने घोषणा गर्नुभएको छ । खोटाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य भट्टराईले कोरोनाको कारण सङ्कटको सामना गरिरहेको सरकारको सहयोगार्थ महिना दिनको सेवासुविधावापतको पारिश्रमिक कोषमा जम्मा गरिदिने सामाजिक सञ्जालमार्फत घोषणा गर्नुभएको हो । सङ्कटको समयमा राज्यलाई सकेको सहयोग गर्नु प्रत्येक…
अम्बिका भण्डारी झापा, १३ चैत । लकडाउनका बेला चौबीसै घण्टा सेवा पु¥याउन झापामा छ अत्याधुनिक सुविधासहित एम्बुलेन्स तयारी अवस्थामा राखिएका छन् । स्वास्थ्य कार्यालय झापाका अधिकृत जीवन चौलागाईंका अनुसार ती एम्बुलेन्सका चालकले कोरोना भाइरसको सङ्क्रमणबाट बच्न पिपीइ ड्रेस (पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट) लगाएका हुनेछन् । उहाँले दमक, विर्तामोड, धुलाबारी, कनकाइ, बनियानी र भद्रपुर क्षेत्रका छ एम्बुलेन्स तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो । चालकलाई एन–९५ मास्कसमेत दिएर हरि–हिमा ढकाल स्मृति प्रतिष्ठान दमकको मे१च ५६४१, पदमप्रसाद उप्रेती प्रतिष्ठान विर्तामोडको मे१च ८९९, उद्योग वाणिज्य सङ्घ मेचीनगरको मे१च ९२१, प्रधान डाग्नोस्टिक सेन्टर कनकाइको मे१च १२९६, कचनकवल गाउँपालिकाको प्रदेश१–००१झ २०३ नम्बर र मेची अञ्चल अस्पतालका एम्बुलेन्स…
झापा, १२ चैत । कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन झापाको बुद्धशान्ति गाउँपालिकाले नेपालभन्दा बाहिरबाट आएका आफ्ना नागरिकको स्वास्थ्य परीक्षण गर्न स्वास्थ्यकर्मीलाई घरघरमै खटाएको छ । गाउँपालिकाले स्वास्थ्यकर्मीलाई पर्सनल प्रोटेक्टेड इक्युपमेन्ट (पिपीइ) र माक्स लगाएर उनीहरुको स्वास्थ्य परीक्षण गरिरहेको गापा अध्यक्ष रमेश भुजेलले बताउनुभयो । उहाँका अनुसार गापाका विभिन्न वडामा कतार, दुबई, इटाली र बैङ्लोरबाट आएका व्यक्ति छन् । “हामीले १० थान पिपीइ काठमाडौँबाट मगाएर सुरक्षित तवरले स्वास्थ्यकर्मीको टोली गाउँगाउँ खटाएका छौँ”, उहाँले भन्नुभयो, “दुई दिनभित्रमा २० जना विदेशबाट आएका व्यक्ति सम्पर्कमा आएका छन् । उनीहरुको स्वास्थ्य जाँच गराउँदा सामान्य रहेको छ र बैङ्गलोरबाट आएका छ विद्यार्थीलाई एउटा खाली घरमा क्वारेन्टाइन…
भद्रपुर, १२ चैत । नेपालमा फेला परिसकेको कोभिड–१९ को सङ्क्रमण फैलिन नदिने उद्देश्यले सरकारले घर बाहिर ननिस्कन दिएको आदेशलाई झापाका नागरिकले पूर्णरूपमा पालना गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले अत्यावश्यकबाहेकका सम्पूर्ण सेवाहरु बन्द गरिएको बताउँदै लकडाउनको उल्लङ्घन नभएको बताउनुभयो । “सबैले लकडाउन हाम्रै लागि हो भनेर सरकारी आदेशको पालना गरिरहेकै छन्”, उहाँले भन्नुभयो, “हिजो अली उल्लङ्घन भएको थियो, आदेश नमान्नेका सवारी साधान नै नियन्त्रणमा लिएपछि आज पूर्ण पालना भएको छ ।” प्रवक्ता श्रेष्ठले लकडाउनको प्रहरीले अनुगमन गरिरहेको र झापामा सबैतिर सर्वसाधारण घरभित्रै बसेको जानकारी आएको बताउँदै किराना…
काठमाडौँ, १२ चैत । प्रतिनिधिसभाको अर्को बैठक यही चैत २३ गते दिउँसो १ बजेका लागि निर्धारण गरिएको छ । चैत १३ गते दिउँसो १ बजे बस्ने गरी निर्धारण गरिएको प्रतिनिधिसभाको बैठक कोरोना भाइरसको सम्भावित सङ्क्रमणका कारण चैत २३ गतेका लागि निर्धारण गरिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । कोरोना भाइरसको सम्भावित सङ्क्रमणका कारण सरकारले देशभर अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण सेवाको आवतजावतमा प्रतिबन्ध लगाएको छ । सोही कारण बैठक बस्न नसक्ने भएकाले सभामुखले अर्को बैठक चैत २३ गते बस्नेगरी निर्धारण गर्नुभएको सङ्घीय संसद्का कार्यवाहक महासचिव गोपालनाथ योगीद्वारा आज जारी सूचनामा उल्लेख छ ।
जनकपुरधाम, १२ चैत । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना भाइरस नियन्त्रणको प्रयासमा कुनै कमी नराख्न मन्त्रालयका सचिवहरुलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री कार्यालयमा आज बिहान बसेको बैठकमा मुख्यमन्त्री राउतले कोरोना भाइरस नियन्त्रणका लागि गरिएका तयारीबारे जानकारी लिनुभएको थियो । साथै आगामी दिनमा अपनाउनुपर्ने नीतिको सम्बन्धमा छलफल भएको मुख्यमन्त्रीका प्रेस संयोजक आतिस मिश्रले जानकारी गराउनुभयो । उक्त बैठकमा निमित प्रमुख सचिव नारायण दवाडी, आन्तरिक मामिला तथा कानून मन्त्रालय र सामाजिक विकास मन्त्रालयका सचिवलगायतको उपस्थिति थियो । यसैबीच, कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सामाजिक विकासमन्त्री नवलकिशोर साहको संयोजकत्वमा समिति गठन गरिएको छ । सो समितिमा विभिन्न सङ्घ संस्थाका…
झापा, १२ चैत । नेपालमा थप एक जनामा कोरोना भाइरस भेटिएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या तीन पुगेको छ । काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले गरेको नमुना परीक्षणमा पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको हो । सुरुमा चीनबाट आएका एक जना विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो । उनी उपचारपछि निको भएर घर फर्किसकेका छन् । उनलाई कोरोना सङ्क्रमण भएको झण्डै एक महिनापछि फ्रान्सबाट फर्किएकी विद्यार्थीमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कतार ट्रान्जिट हुँदै आएकी ती विद्यार्थी उपचारमा छिन् । बुधबार तेस्रो संक्रमित भेटिएको प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले बताएका छन् । एक व्यक्तिको रिपोर्टमा पोजेटिभ आएको उनले पुष्टि…
रमेश लम्साल र अशोक घिमिरेकाठमाडौँ, १२ चैत (रासस) : कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन सरकारले साताव्यापी ‘लकडाउन’ गरेको छ । लकडाउनको आज दोस्रो दिन । नागरिकको दैनिक उपभोग्य वस्तुको आपूर्तिलाई सहज बनाउन सरकार प्रयत्नशील छ ।सरकारले आफ्ना निकाय तथा सुरक्षाकर्मीको सहयोगमा सहज आपूर्तिका लागि भरमग्दूर प्रयत्न गरिरहेको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टसँग आपूर्तिको अवस्था र सरकारको तयारीका बारेमा कुराकानी गर्न आज बिहान रासस मन्त्रीनिवास पुल्चोक पुग्दा पनि उहाँ आपूर्ति व्यवस्थालाई थप सहज बनाउन खटिइरहनुभएको थियो ।वरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान कोइरालाले नेपाल–भारत सीमाक्षेत्र रक्सौलमा औषधि तथा औषधिजन्य सामग्री बोकेका १६ ट्रक रोकिएको सूचना कोरोना भाइरस (कोभिड–१९) को…